बुटवल : रुपन्देहीका सबै स्थानीय तहमा विहानैदेखि गणना सुरु भएको छ। मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधबार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा आज बिहानदेखि गणना सुरु गरिएको हो। जिल्लाका सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिकालगायत केही गाउँपालिकामा भने रातिदेखि नै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए। लुम्बिनीः रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र सम्मईमाई गाउँपालिकामा मतगणना…
दाङ : दाङको गढवा गाउँपालिका वडा नं ८ मा नेकपा माओवादी केन्द्रको समूह विजयी भएको छ। अध्यक्षमा सद्धाम सिद्दिकी १०७ मत प्राप्त गरी विजयी भएका हुन्। त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक तथा सदस्यमा चन्द्रबहादुर विक र नारायणसिंह थापा विजयी भएका छन्। कुल मतदाता ४९८ रहेकामा ३४७ मत खसेको थियो। त्यस्तै, राप्ती गाउँपालिका वडा नं ९…
बैतडी : बैतडीको पुर्चौडी नगरपालिका– १ मा वडा अध्यक्षसहित कांग्रेसको पुरै प्यानल विजयी भएको छ। वडा अध्यक्षमा कांग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याए। दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा विन्देश्वरी जोशी ३८१, खुलासदस्यमा जगतसिंह भण्डारी ४११ र हिक्मत जागरी ४२४ मत प्राप्त गरी विजयी भएका…
हङकङ : चिनियाँ राष्ट्रपति सि जिनपिङले हङकङ्लाई चीन सरकारले सधैँ सहयोग गर्ने बताएका छन्। हङकङ् सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचौ बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हङकङ आइपुगेका सिले केन्द्र सरकारका हैसियतले चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङ्को विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधैं सहयोग गर्ने बताए। चिनियाँ सरकारी समाचार समिति…
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ। पञ्चेश्वर– ६ को वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गरे। महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी भएका छन्। यस्तै,…
म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा एक महिलाले श्रीमानको हत्या गरेकी छन्। घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा प्रहार गर्दा श्रीमान ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार साँझ घर झगडा हुँदा ६२ वर्षीया तारादेवीले श्रीमानको टाउकामा बेल्चाले हानेको देखिएको प्रहरीको भनाइ छ। तारादेवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
लमजुङ : लमजुङको मस्र्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम् उपयोग गरी आर्थिक प्रवद्र्धनमा टेवा पुर्याउन विशेष प्राथमिकताका साथ भू–उपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको हो। बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरु र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउन सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने…
इस्तानबुलः कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका विषयमा पछिल्लो समय केही प्रयास भइरहेका बेला साउदी अरेबियाले कतारसँग वार्ता नगर्ने भनी दिएको प्रतिक्रियाको कतारले कडा बिरोध गरेको छ। कतारको समस्या समाधानका लागि पछिल्लो पहलस्वरुप केही गल्फका देशले शर्त राखेका थिए। उनीहरुले १३ बुँदे प्रस्ताव पनि सार्वजनिक गरेका छन्। यी शर्तमध्ये साउदी अरेबियाले कतारको अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने…
डोल्पा : वर्षायाम सुरु भएसँगै पानीका मुहान बढेपछि डोल्पावासी दूषित पानी पिउन बाध्य भएका छन्। वर्षायाम सुरु भएसँगै निरन्तर रातको समयमा भइरहेको वर्षात्ले खानेपानीको मुहानमा फोहर बगाएर ल्याउने गरकाले खानेपानी दूषित भएको हो। स्वच्छ पानी नहुँदा त्यही दूषित पानी पिउनुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिकाका दुर्गाप्रसाद देवकोटाले बताए। डोल्पाको त्रिपुराकोट, गल्ली, रल्ली, खदाङलगायतका दर्जनौँ बस्तीमा स्वच्छ खानेपानीको अभावमा अहिले पनि…
राजविराजः असारको १५ अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा सप्तरीमा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ। यसवर्ष असारको सुरुमै पर्याप्त वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ। अहिलेसम्म एक हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नभएपछि गतवर्षको तुलनामा यसवर्ष पनि खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन्। जेठ र असारको पहिलो…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राजस्व, ऋण, अनुदानबाट प्राप्त सहयोग अनुशासित रुपमा खर्च गराउन महालेखापरीक्षकको कार्यालयले कडा रुपमा काम गर्नुपर्ने बताएकी छन्। महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वित्तीय अनुशासनहीनतामा चुप लागेर बस्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताइन्। राष्ट्रपतिले भनिन्,‘प्रत्येक वर्ष बेरुजु कहालीलाग्दो रुपमा बढिरहेको छ, वित्तीय अनुशासन कायम गर्न बेरुजु छिटो फछ्र्योट हुनुपर्छ, आर्थिक अनियमितता र…
दाङ : दाङको दङ्गीशरण गाउँपालिका वडा नं १ को वडा अध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ। एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी हुभएका छन्। त्यसैगरी, महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी भएका छन्। रासस
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले सुरुवातमै जित हासिल गरेको छ । अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्का विजयी भएका हुन्। खड्का ५४८ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गरेका छन्। अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट…
नाइजेरिया : नाइजेरियाको शक्तिशाली आतङ्कवादी संगठन बोको हरामले दशजना नाइजेरियाली महिला प्रहरी अपहरण गरी बन्दी बनाएको छ। उनीहरुले ती महिला प्रहरीलाई अपहरण गरी बन्दी बनाएको दाबी गरेका छन्। अपहरण सम्वन्धि जानकारीसहितको दृष्य उनीहरुले एक स्थानीय पत्रिकालाई उपलब्ध गराएका छन्। उक्त पत्रिकाले बोको हरामले दिएको दृष्यकाबारेमा बिहीबार जानकारी गराएको बताइएको छ। त्यस्तै, बोको हरामको एक अनलाइन भिडियो प्रसारणमा पनि दशजना महिला…
काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो। भेटमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अष्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गरे। उनले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलिया सरकारले पुर्याएको सहयोगको…
कुमार चौलागाई/नारायण अधिकारी चितवन : काठमाडौँको ‘लाइफलाइन’का रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा चरम लापर्वाही भएको पाइएको छ। निर्माण कम्पनीले यो वा त्यो बहाना बनाई सडक निर्माणमा ढिलाइ गर्नाले त्यसको प्रत्यक्ष मार यात्रु तथा मालबाहक सवारीले बेहोर्नुपरेको छ। अहिले उक्त ३६ किलोमिटर खण्डको यात्रा गर्न घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ। तर निर्माण कम्पनीले भने सम्झौतालगत्तै भूकम्प र नाकाबन्दीका कारण नौ महिना…
दार्चुला : दार्चुलाको महाकाली नगरपालिका– १ मा नेपाली कांग्रेसको समूह विजयी भएको छ। महाकाली– १ को वडा अध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गरेका छन्। महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा मीना भुल तथा खुला सदस्यमा कम्मानसिंह कुँवर र महेशसिंह कुँवर विजयी भएका छन्। सो वडामा कुल…
दाङः दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित कांग्रेसको समूह विजयी भएको छ। अध्यक्षमा नेपाली कांग्रेसका पदम केसी तीन सय ५४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तराम भण्डारीले २५४ मत प्राप्त गरे। त्यसैगरी, महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार धर्ती र माधिका कुँवर विजयी भएका छन्।रासस
काठमाडौँ : जननेता मदन भण्डारीको सम्मानमा नेकपा एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार कमल कोइरालालाई प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा वरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहेको छनोट समितिको सिफारिसमा निर्णय गरिएको प्रचार विभागका सचिव विष्णु रिजालले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।…
काठमाडौँ : जनसङ्ख्या तथा वातावरण मन्त्रालयले चिरस्थायी जैविक प्रदूषक (पोलुट्यान्ट) रोक्न कार्ययोजना तयार गरेको छ। मन्त्रालयले सन् २००१ मा भएको स्टकहोम महासन्धीले सूचीकृत गरेको जैविक प्रदूषक रोक्न कार्ययोजना तयार गरेको हो। कार्ययोजनामा सुझाव लिन आज आयोजना गरिएको अन्तर मन्त्रालयस्तरीय कार्यशालामा राष्ट्रिय कार्यान्वयन योजनाका संयोजक डा भूपेन्द्र देवकोटाले नेपाल स्टकहोम सम्मेलनको पक्ष राष्ट्र भएकाले नेपालमा देखिएका जैविक प्रदूषक रोक्न आफूहरुले काम…