PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • तालिवानद्वारा अफगानिस्तानमा दुई महिला प्रहरीको हत्या

    तालिवानद्वारा अफगानिस्तानमा दुई महिला प्रहरीको हत्या

    अफगानिस्तानः अफगानिस्तानको उत्तरी भू–भागमा पर्ने बादख्शान प्रान्तमा तालिवान आतङ्ककारी समूहले दुई महिला प्रहरीको हत्या गरेका प्रहरी प्रवक्ता महफोजुल्लाह अकबरीले जानकारी दिएका छन्।  बादख्शान प्रान्तको आर्गो जिल्लामा अवस्थित स्पिल गुल गाउँमा आफ्ना परिवारसँग भेटघाट गर्न गइरहेका दुई महिला प्रहरीलाई बाटोमै तालिवान आतङ्ककारी समूहले गोली प्रहार गरी हत्या गरेको अकबरीले जानकारी दिएका हुन्।  सन् २००१ को अन्त्यमा शासन सत्ताबाट हटेका समयदेखि हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा सुरु

    काठमाडौँः काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्रका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा सुरु गरेको छ ।  महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवम् उनीहरुमा भएका रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले महानगरपालिकाले सो अभियान सुरु गरेको हो। अभियानको आज प्रमुख विद्यासुन्दर शाक्य थालनी गरे।  अभियान सुरुसँगै अब नियमित रुपमा महानगरका ज्येष्ठ नागरिकले उपचार पाउने…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको मेरिङ्देन–६ मा एमालेको प्यानलै विजयी

    ताप्लेजुङको मेरिङ्देन–६ मा एमालेको प्यानलै विजयी

    ताप्लेजुङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–६ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। परिणामअनुसार अध्यक्षमा ३९२ मतका साथ ठाकुरसिंह लिम्बू विजयी भएका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जयनारायण नाल्बोले २२६ मतन प्राप्त गरेका छन्।  त्यसैगरी, मैवाखोला गाउँपालिका–६ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा २७३ मतका सात विष्णुकुमार नियोङ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सन्तकुमार थुप्राले ३३७…

    विस्तृतमा पढ्नुस्

  •  युक्रेनी उच्च गुप्तचर अधिकारीको हत्या

     युक्रेनी उच्च गुप्तचर अधिकारीको हत्या

    युक्रेनः युक्रेनका उच्च गुप्चतर अधिकारीको एक कार विष्फोटमा मृत्यु भएको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ।  कार बम विष्फोटमा रक्षा मन्त्रालयका मुख्य निर्देशक म्याक्सिम सापोभलको मृत्यु भएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशक म्याक्सिम सापोभलको विष्फोटमा परी घटनास्थलमै मृत्यु भएको छ।’ आवासीय क्षेत्रको सडकमा रहेको उनको कारलाई स्थानीय समयअनुसार करिब ८ बजे विष्फोट गराउँदा दुई…

    विस्तृतमा पढ्नुस्

  • बम विष्फोट गराउने दुईजना पुर्पक्षका लागि थुनामा

    बम विष्फोट गराउने दुईजना पुर्पक्षका लागि थुनामा

    राजविराजः  नापी कार्यालय राजविराजमा बम विष्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ।  बम विष्फोटको अभियोगमा पक्राउ परेका सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए।  राजविराज–छिन्नमस्ता सडकखण्डमा चेकजाँचका क्रममा मोटरसाइकल चढेर जाँदै गरेका शर्मालाई प्रहरीको विशेष टोलीले जेठ १३ गते हतियार…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको कोटहीमाईमा १६ गते मतदान

    रुपन्देहीको कोटहीमाईमा १६ गते मतदान

    रुपन्देही : रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ।  उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिए ।  नेकपा माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार मुरली मल्लाहाको शनिबार निधन भएको थियो।रासस   

    विस्तृतमा पढ्नुस्

  • बाजुराको गुम्बा गाउँमा ११ बजे नै मतदान सम्पन्न

    बाजुराको गुम्बा गाउँमा ११ बजे नै मतदान सम्पन्न

    बाजुराः बाजुराको हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ।  ३० मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले जानकारी दिए। रासस   

    विस्तृतमा पढ्नुस्

  • बेलायतका विद्यालयमा चक्कु निषेध

    बेलायतका विद्यालयमा चक्कु निषेध

    लण्डनः बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ।  यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ।  विद्यालय प्रवेशद्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ।  लण्डनका मेयर सादिक खानले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको सुरक्षाका लागि गएको प्रहरीको जिप दुर्घटना, ९ प्रहरी घाइते

    प्रधानमन्त्रीको सुरक्षाका लागि गएको प्रहरीको जिप दुर्घटना, ९ प्रहरी घाइते

    धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा दुर्घटनामा परेको छ।  से १ ज १५०३ नम्बरको जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लागेकाले प्रहरी टोली सुरक्षाका लागि…

    विस्तृतमा पढ्नुस्

  • सुडान काण्डका दोषी राणाद्वारा सर्वोच्चमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

    सुडान काण्डका दोषी राणाद्वारा सर्वोच्चमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

    काठमाडौँ : सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन्।  सुडान घोटालाका आरोपित काठमाडौँ महानगरपालिका–४ कपन मार्ग लोसाल बस्ने राणा सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएका सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए। राणालाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ ।  राणाले सजाय छुटका लागि सर्वोच्च अदालत…

    विस्तृतमा पढ्नुस्

  • रोल्पाको जनता आधारभूत केन्द्रमा मतदान पुनः सुचारु

    रोल्पाको जनता आधारभूत केन्द्रमा मतदान पुनः सुचारु

    रोल्पा : मतपेटिकामा तेजाब हालेपछि स्थगित रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रको मतदान प्रक्रिया पुनः सञ्चालन भएको छ।  सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान पुनः सुरु भएको मतदान अधिकृत भरतमणि पोखरेलले जानकारी दिए।  एक सय ५० मत खसिसकेपछि एक अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएपछि मतपेटिकामा रहेका १५ मत…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा दैनिक १२ घण्टा लोडसेडिङ, विगतमा नेपालको जस्तै उर्जामा वेथिति !

    पाकिस्तानमा दैनिक १२ घण्टा लोडसेडिङ, विगतमा नेपालको जस्तै उर्जामा वेथिति !

    नदिम उल हक  ईस्लामावाद : लगभग एक दशकदेखि पाकिस्तानलाई आवश्यक उर्जा अपुग छ र देशभरका उत्पादक तथा उपभोक्ताहरु दैनिकजसो १२ घण्टासम्मको विद्युत कटौती सहिरहेका छन्। समस्याको जड भनेको सुशासनको कमी हो तर अधिकारीहरु तथा सहयोगदाताहरु यसलाई नदेखे जस्तो गर्छन् अनि अझ खर्चालु तथा अन्ततोगत्वा अनुपयोगी र हस्तक्षेपकारी योजना अघि बढाउँछन्।  पाकिस्तानको अनुभव भनेको कसरी गरीब मुलुकहरुले गरिबीबाट उम्कने जस्ता सुधारका…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान

    दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान

    सोलः दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो। उनी महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित भएका थिए। अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपति मुनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता…

    विस्तृतमा पढ्नुस्

  • इलाममा मतदान गरी फर्कदै गरेका एक मतदाताको मृत्यु

    इलाममा मतदान गरी फर्कदै गरेका एक मतदाताको मृत्यु

    इलामः इलामको रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा एक मतदाताको मृत्यु भएको छ।  मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासी बेहोस भएर ढलेका चेतनाथ आचार्यको मृत्यु भएको हो । बेहोस भएर ढलेका आचार्यलाई झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृतक घोषणा गरेका थिए। रोङ गाउँपालिका–३ का आचार्य दिउँसो मतदान गरी घर फर्किरहेका बेला बेहोस भएका थिए। रासस   

    विस्तृतमा पढ्नुस्

  • बाँकेको कालाफाँटामा आगलागी, १३ घर जलेर नष्ट

    बाँकेको कालाफाँटामा आगलागी, १३ घर जलेर नष्ट

    कोहलपुर : बाँकेको कालाफाँटामा आज आगलागी भएर १३ वटा फुसको घर र केही गोठ जलेर नष्ट भएका छन्।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। रासस   

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने– निर्वाचनसँगै सीमा फेरबदलको विषय लोकतन्त्रकै उपहास 

    ओलीले भने– निर्वाचनसँगै सीमा फेरबदलको विषय लोकतन्त्रकै उपहास 

    काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव भइरहँदा सीमा परिवर्तन गर्न खोज्नु लोकतन्त्रको उपहास भएको बताएका छन् ।  मदन भण्डारी फाउन्डेसनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औँ जन्मजयन्तीका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सीमा फेरबदल र मत च्यात्ने कार्यले लोकतन्त्रको सुदृढीकरणमा बल नपुग्ने बताए।  जनादेशको सम्मानका लागि निष्पक्ष चुनाव हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले जननेता भण्डारीद्वारा…

    विस्तृतमा पढ्नुस्

  • एमालेको मागः धाँधली भएका स्थानमा पुनः मतदान

    एमालेको मागः धाँधली भएका स्थानमा पुनः मतदान

    काठमाडौँः नेकपा एमालेले निर्वाचनका क्रममा सत्ताको दुरुपयोग गर्दै जनमतलाई प्रभावित पार्ने काम भएको भन्दै ती स्थानमा पुनः मतदानको माग गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ती जारी गरी सत्तारुढ पार्टीद्वारा अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको गरेको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएकोमा आपत्ति जनाउँदै पुनः मतदानको माग गरेका हुन्।  अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान…

    विस्तृतमा पढ्नुस्

  • हवाई आक्रमणमा सिरियामा ४० सर्वसाधारणको मृत्यु

    हवाई आक्रमणमा सिरियामा ४० सर्वसाधारणको मृत्यु

    दमासकसः सिरियाको पूर्वी प्रान्त देइर अल जोउर प्रान्तमा भएको अमेरिकाआवद्ध सेनाको हवाई आक्रमणमा कम्तीमा ४० सर्वसाधारणको मृत्यु भएको छ।  राज्यद्वारा सञ्चालित समाचार समिति सानाले हवाई आक्रमणमा ४० सर्वसाधारण मारिएका जानकारी दिएको हो। सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो जारी द्वन्द्वमा परी हालसम्म ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।  द्वन्द्वका कारण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसद्वारा पाल्पामा तीन बागी उम्मेदवारमाथि कार्वाही

    कांग्रेसद्वारा पाल्पामा तीन बागी उम्मेदवारमाथि कार्वाही

    पाल्पा : नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै पाल्पाका तीन कार्यकर्तालाई कार्वाही गरेको छ। कांग्रेस जिल्ला सचिव झपेन्द्र गैरेका अनुसार तानसेन नगरपलिका–२ का सक्रिय सदस्य ब्रजेन्द्र प्रधान, तानसेन–४ का अनुपमान कर्माचार्य र बगनासकाली–२ पोखराथोकका देवीप्रसाद न्यौपानेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।  उनीहरुले पार्टीको नीति र निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको कांंग्रेसले जनाएको छ ।…

    विस्तृतमा पढ्नुस्

  • अज्ञात समूहद्वारा इलाममा दुई सवारीसाधनमा आगजनी

    अज्ञात समूहद्वारा इलाममा दुई सवारीसाधनमा आगजनी

    इलाम : अज्ञात समूहले इलाम नगरपालिकाका दुई स्थानमा सवारीसाधनमा गएराति आगजनी गरेको छ। अज्ञात समूहले इलाम नगरपालिका–१ पुवाखोला र इलाम नगरपालिका–१० गोदकमा रोकिराखेका सवारीसाधनमा आगजनी गरेको हो।  मेची राजमार्गको पुवाखोलामा ना २ ख ७८३२ नम्बरको ट्रक र गोदकमा बा १० च ८१९४ नम्बरको महिन्द्रा पिकअप भ्यानमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए।  झापाको विर्तामोडबाट निर्माण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell