नारायण ढुङ्गाना चितवन : दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात÷आठ कट्ठा खेतमा रोपाइँ सकिसकेका थिए। यसपटक पर्याप्त पानी नपर्दा उनले रोपाइँ गर्न पाएका छैनन्। वर्षा नभएकाले नै उनले रोपाइँ गर्न नपाएका हुन्। सिंचाइबाट पानी लगाए रोपाइँ त हुन्थ्यो होला तर खेत नगल्दै रोपेको रोपो दुई तीन दिनमै मर्न थाल्छ भनेर उनले वर्षा कुरेका हुन्।…
विराटनगरः भोलि हुने दोस्रो चरणको स्थानीय निर्वाचनलाई ध्यानमा राखी मोरङको भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ। सीमा नाका बन्द भएसँगै दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका हुन्। मोरङ जिल्लाको ६३ किलोमिटर लामो सीमा क्षेत्रको दशगजा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले आ–आफ्नो क्षेत्रबाट संयुक्त रुपमा गस्ती सुरु गरेका मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले…
सिरियाः इश्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको जेलमा अमेरिका नेतृत्वको हवाइ आक्रमण हुँदा कम्तिमा ५७ जना कैदी र सुरक्षाकर्मीको मृत्यु भएको छ। सिरियाको पूर्वी प्रान्त देर अल जोरको मायादिन सहरलाई लक्षित गरी आक्रमण भएको सिरियाली मानव अधिकार अनुगमनकारी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ। संस्थाका अनुसार जेल अलकायदा आवद्ध सिरियाली समूह नुस्रा फ्रन्ट समर्थक नेताहरूलाई थुनिएको एउटा प्रमुख…
बेइजिङः भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरुलाई यहाँबाट फिर्ता गर्न चीनले आग्रह गरेको छ। साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्वारलाई बन्द गरेको छ। चीनले भारतीय सेनाले सिक्किम क्षेत्रमा चिनियाँ भूभागमा अनधिकृत रुपमा अतिक्रमण गरेको दावी गर्दै भारतसँग सिमानामा देखिएको समस्या विषयमा नयाँदिल्ली तथा बेइजिङस्थित…
भक्तपुर : मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । ध्रुव महर्जनद्वारा सञ्चालित सिद्धार्थ पेट्रोल पम्पमा भएको आगलागीमा चारजना घाइते भएका छन् । पम्पसँगै पसल गरी बस्ने सीता तामाङ जलेर घाइते भएका छन् भने उहाँका श्रीमान राम तामाङ, मजदुर निराजन उप्रेती र ट्याङ्करका सहचालक पवन श्रेष्ठ भाग्ने क्रममा घाइते भएका छन् । घाइतेमध्ये तीनजना…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत बुधबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्। मंगलबार एक सन्देश दिँदै प्रधानमन्त्रीले प्रदेश नम्बर १, ५ र ७ का मतदातालाई निर्धक्ककासाथ मतदानमा सहभागी हुन आह्वान गरेका हुन्। उनले भनेका छन्,“यस ऐतिहासिक अवसरमा प्रथम चरणको निर्वाचनमा सहभागी नागरिकको जस्तै सक्रिय रुपमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न…
राजविराजः स्याल धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर मंगलबार साँझ सप्तरी कञ्चनपुर नगरपालिका–८ की ४० वर्षीया कविता विक घाइते गम्भीर घाइते भएकी छन्। सोही ठाउँ बस्ने इन्द्रबहादुर राईले आफ्नै मकै बारीमा स्याल धपाउन भरुवा बन्दुक पड्काउँदा गोली लागेर उनी घाइते भएकी प्रहरीले जनाएको छ। उनको कञ्चटमा गोली लागेको छ । उपचारका लागि कवितालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको…
हेमन्त केसी सुर्खेतः माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ। यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्सन काउन्टर स्थापना गरिएको जानकारी दिए। जीएमआरले नोभेम्बर तेस्रो साता प्रभावित क्षेत्रका जग्गाधनीसँग अप्रिल…
सिवी अधिकारी काठमाडौँः पर्यटन क्षेत्रको विकासका लागि नीतिगत मार्गदर्शन गर्ने ‘राष्ट्रिय पर्यटन परिषद्’ को वैठक डेढ वर्षदेखि बस्न सकेको छैन। मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकास किन प्रभावकारी भएको छैन भन्ने दृष्टान्त परिषद्को अवस्थाले झल्काउँछ। सरकारले मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका बढाउन भन्दै प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय परिषद् गठन गरेको थियो। प्रधानमन्त्री अध्यक्ष र पर्यटन मन्त्री उपाध्यक्षसहित २० वटा…
यूएईः युनाइटेड अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा बिन जैयद अल नयन सन् २०१४ मा मस्तिष्कघातका कारण बिरामी भएपछि आइतबार पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन्। मुसलमानहरुको महत्वपूर्ण पर्व इद उल फित्र मनाउने क्रममा राष्ट्रपति शेख खलिफा सार्वजनिक कार्यक्रममा सहभागी भएका यूएईको सरकारी समाचार संस्था ‘वाम’ ले जनाएको छ। वामले राष्ट्रपति सार्वजनिक कार्यक्रममा सरिक भएका तस्बिर सार्वजनिक गरेको…
भोजपुर : भोजपुरमा तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए। उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत भेटिएका हुन्। मृत्यु हुनेमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल छन्। घटनाबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ। रासस
गौशालाः श्रीमती हत्या गरेको आरोपमा प्रहरीले महोत्तरीको मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनीलाई पक्राउ गरेको छ। २० वर्षीया श्रीमती टिङ्की कुमारीको हत्याको अरोपमा प्रहरीले सहनीलाई पक्राउ गरेको हो। बिवाह भएको दुई वर्ष बितिसक्दा पनि सन्तान नभएको तथा पत्नी मन नपरेको भन्दै सहनीले परिवारका अन्य सदस्यसँग मिलेर टिङ्कीको हत्या गरेको आरोप मृतकका माइती पक्षले लगाएका छन्। घाँटीमा गम्छाको पासो लगाई…
चितवन : सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउसो आवागमन रोकिएको नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि सवारी आवागमन नरोकिने भएको छ। दिउसो पनि सवारी चल्न दिएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ। विस्तारका क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो। त्यसअघि…
काठमाडौँः नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वर्षेनी बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ। लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी दिइएको हो। गृह मन्त्रालयकाअनुसार नेपालमा लागूऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो। २०६३ सालको तुलनामा यो करिव ४५ हजारले बढी हो। कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले लागूऔषध नियन्त्रणका…
बनेपा : वर्षायाम सुरु भएसँगै काभ्रेको बनेपा र पनौती नगरपालिकाका उपभोक्ताले धमिलो र लेदो पानी पिउन बाध्य भएका छन्। खानेपानीको चरम सङ्कट रहेको बनेपा र पनौती नगरपालिकामा वर्षौंदेखि खानेपानी संस्थानले वर्षाको समयमा धमिलो र लेदो पानी वितरण गर्दा मानव स्वास्थ्यमासमेत नकारात्मक असर परेको छ। खानेपानी संस्थान बनेपा शाखाका प्रमुख बुद्धरत्न महर्जनले खानेपानी छान्ने फिल्टर नभएका कारण धमिलो खानेपानी वितरण भएको…
झापाः झापाको बिर्तामोडका दुई स्थानमा बम फेला परेको छ। बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेका इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ। मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटर नजिकै बम फेला परेको हो। बिहान हिंड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले सो स्थानको २०० मिटर वरपर खाली गराएर…
सोलः दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन यसै हप्ता संयुक्त राज्य अमेरिका जाने भएका छन्। त्यसक्रममा राष्ट्रपति इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने बताइएको छ । पछिल्लो समय उत्तर कोरियाले दक्षिणकाविरुद्धमा भन्दै आणविक परीक्षणका साथै दक्षिणको विरोध गरेका आक्रामक अभिव्यक्तिहरु दिंदै आएको छ। यस्तो अवस्थामा दक्षिणका राष्ट्रपतिले अमेरिकाको भ्रमण गर्न लागेका हुन्। उनले यसै विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि भेटवार्ता…
चितवनः दक्षिण चितवनको माडीका बासिन्दा आठ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनी बिच्छ्याइएको तारमा खराबी आएकाले असार ५ गतेदेखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन्। नेपाल विद्युत प्राधिकरण भरतपुर केन्द्रका विद्युत् प्राविधिक तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवरले समस्या पत्ता लगाउन नसकिएपछि अहिले भारतबाट मेसिन मगाइएको जानकारी दिए। विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले…
जाजरकोटः दरबन्दी अभावमा जाजरकोटको छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय दुई वर्षदेखि खोटो संकलन गरी विक्रि गरेको रकमले सञ्चालन हुँदै आएको छ। सामुदायिक वनमा रहेको सल्लाको खोटो विक्री गरी सामुदायिक वन उपभोक्ता समितिलाई नियमितरुपमा हुने आम्दानीबाट शिक्षकलाई तलब दिन थालिएको हो। विसं २०३९ मा प्रावि तह सञ्चालन भएको यो विद्यालयमा २०७२ सालमा मावि तह बनेको थियो। विद्यालयमा अहिले विद्यार्थीको…
बेइजिङः चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ्–साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ। सोमबार बिहान ११ः०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइका लागि छुटेको छ भने सोही समयमै साङ्घाइबाट सिआर ४०० बिएफ मोडेलको अर्को रेल बेइजिङ्का लागि छुटेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ। चीनको यो द्रुत गतिको रेलले आज पहिलो पटक बेइजिङ्बाट सेवा…