बोगोटाः उत्तरपश्चिम कोलोम्बियामा १७० यात्रु सवार डुङ्गा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन्। कोलोम्बियाको उत्तरपश्चिम प्रान्त आनटिओक्युइमा रहेको पर्यटकीय सहर गुआटेपेमा डुंगा दुर्घटना भएको थियो। दुर्घटनाको कारण हालसम्म प्रष्ट नभएको सरकारी अधिकारहरुले बताएका छन्। आनटिओक्युइ क्षेत्रीय सरकारको प्रकोप नियन्त्रण विभागका प्रमुख मर्गारिता मोन्कादामाअनुसार दुर्घटनामा २८ जना बेपत्ता भएका छन्। दुर्घटनापछि कैयौँलाई उद्धार गरिएको…
काठमाडौँः नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ। मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। सेवा सुरुवातले लामो तथा छोटो दूरीका यात्रुले यात्राका क्रममा…
चितवनः आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले चितवनका पाँच व्यवसायिक प्रतिष्ठान बन्द गराएको छ। विभागका शाखा अधिकृत ढुन्डिराज पोखरेलको नेतृत्वमा आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तीर्थ महर्जनसहितको टोलीले आज चितवन जिल्लाका बजार अनुगमन गरी रामनगरको न्यु शिवशक्ति होटल, सुस्मा होटल, नारायणगढको शर्मा आइसक्रिम, आनन्दमार्गको ओम सत्य साई गल्ला पसल र श्री ट्रेडर्सको कारोबार रोक्का गरेको शाखा अधिकृत पोखरेलले…
रमेश लम्साल काठमाडौँः काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ। यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ। महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य धमाधम अगाडि बढाइएको र त्यसमा महानगरको लगानी नपर्ने उल्टै फाइदा हुने प्रवक्ता…
काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार सिंहदरबारभित्रको सबस्टेशनको ६६ केभी भूमिगत तार पड्किँदा विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको हो । सिंहदरबार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा केबलमा क्षति पुग्दा आज दिउँसोदेखि विद्युत् सेवा…
काठमाडौँ : प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाले मुलुकलाई बिखण्डन हुन नदिने बताएका छन्। राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको तस्बिर सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुर्याउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाको सम्मानमा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणले मुलुकलाई एकताको सूत्रमा बाँधे जस्तै नेपाली सेनालाई पनि संविधानले नै राष्ट्रिय एकता, सुरक्षा गर्ने जिम्मेवारी दिएको बताए। पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले नेपालको स्वतन्त्रता…
महोत्तरीः महोत्तरीमा एसिड प्रहारबाट एक महिलाको मृत्यु भएको छ। अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीको गौशाला नगरपालिका–१ का गोनर महतोकी ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको मृत्यु भएको हो। आफ्नै घरमा खुल्ला ठाउँमा सुतिरहेको बेला महतोमाथि एसिड प्रहार भएको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। वृद्धा महतो मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए…
भोजपुर : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन्। नेकपा एमाले, भोजपुर नगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गरे। महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि एमाले योजना बनाएर अघि बढ्ने बताए। रासस
अजयकुमार साह धनुषाः चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको ठूलो समस्या भएको छ । लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या भएको हो। नक्टाझिज, ढल्केवर, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या विकराल बन्दै गएको छ।…
मेलम्चीः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट काठ चोरी तस्करीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लुकाइ छिपाइ काठमाडौं लैजाँदै गरेको एकसय क्युफिट काठसहित प्रहरीले मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ट्रक चालक वीरबहादुर पाख्रिन, सहचालक रामकृष्ण रोक्का र सन्दीप रोक्कालाई पक्राउ गरेको हो। बा४ख २२७६ नम्बरको मिनीट्रकमा राखेर काठ लैजादै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले काठसहित उनीहरुलाई जिल्ला वन कार्यालयको…
म्याग्दीः तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन्। प्रतिविद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका सामुदायिक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो। चालु अािर्थक वर्षमा अनुदान कटौती भएपछि निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन नसकिएको धौलागिरि गाउँपालिका–३ मा रहेको धनजनता माविका प्रधानाध्यापक पुस्कर भण्डारीले बताए। ‘शिक्षा कार्यालयबाट प्राप्त हुने पिसिएफ…
इस्लामावादः पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ। पञ्जाव प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा.अरुन्जेबले आगलागीबाट मृत्यु हुनेको संख्या १२० पुगेको जानकारी दिए। आगलागीमा परी घाइते भएका एक सय भन्दा बढीको बहालपुर जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा गुडिरहेको पेट्रोलियम…
रसुवा : शनिबार रातिको वर्षापछि आएको पहिराले ठूलो र सानु हाकुबीच भागमा पहिरो गएको छ। पहिरोले पार्वतीकुण्ड गाउँपालिकाको भूभागमा रहेको हाकु क्षेत्रमा केही खेतीयोग्य जमिनमा क्षति पुगेको छ। भलले भूकम्पबाट भत्केका पहाडको ढुङ्गामाटो बगाउँदा मकै तथा आलुबालीमा क्षति पुगेको बताइएको छ। रासस
जाजरकोटः जाजरकोटको जुनीचाँदी गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी रेशमबहादुर खड्काले जानकारी दिए। यति लामो समयसम्म फोन सेवा अवरुद्ध भएपनि सरोकारवाला निकायले मर्मतमा ध्यान नदिएको भन्दै स्थानीयवासी आक्रोशित छन्। सेवा अवरुद्ध भएपछि त्यसक्षेत्रका वासिन्दा टेलिफोन गर्न घण्टौं हिंडेर अर्को गाउँ जान बाध्य भएका छन्। नेपाल टेलिकमले भने ब्याट्रीमा…
चितवन : रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ। शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि रातमा सवारी आवागमन रोक्ने तयारी भएको हो। रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको…
बेइजिङः चिनियाँ राष्ट्रपति सि जिनपिङ बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको वीसौं वार्षिकोत्सवमा सहभागी हुन हङकङ जाने भएका छन्। हङकङ बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सव समारोहमा सहभागी हुन सि हङकङ जान लागेका चिनिया सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ। सि जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङमा रहनेछन्। आगामी साता हङकङ हस्तान्तरणको २० बर्ष पुग्दैछ। उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने…
सिन्धुली: असारलागेसँगै महाभारत क्षेत्रमा धान रोपाइँ सुरु भएको छ। रोपाइँ ढिला हुँदा धान नफल्ने भएपछि किसान हतारिएका हुन् । भद्रकाली, जलकन्या, रतनचुरा, तीनकन्यालगायतका स्थानका किसान अहिले धान रोपाइँमा व्यस्त छन्। महाभारतका केही क्षेत्रमा जेठको अन्तिम साताबाटै धान रोपाइँ सुरु हुने गर्दछ। अघिल्लो वर्षको तुलनामा यसवर्ष जिल्लामा केही छिटो रोपाइँ भएको छ। कृषक असारको पहिलो सातानै वर्षेबाली अर्थात् धान रोपाइँमा व्यस्त…
जुम्लाः मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका किसान क्षतिपूर्ति पाएपछि दङ्ग छन्। शिखर इन्स्योरेन्स कम्पनीले पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो। गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका १४७ किसानमध्ये १०५ जनाले क्षतिपूर्ति पाएका हुन्। मौसमी स्याउ असिना र सुख्खा खडेरीले क्षति पुर्याएकाले बिमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको कम्पनीका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले बताए। कम्पनीले १० वटा स्याउका बोट बराबर…
इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताएका छन्। इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले सरकारको कमजोरीका कारणले चुनाव सरेको बताए। खनालले एमालेले नेतृत्व सम्हालेपछि मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सामाजिक–आर्थिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीति लिएर एमाले…
काठमाडौंः नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानको दायरालाई फराकिलो पार्नुपर्ने बताएको छ। परिषद्ले सञ्चालनमा ल्याएको वेब पोर्टलको काठमाडौंमा आज उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव किरण रेग्मीले परिषद्मा सङ्ख्यात्मक अनुसन्धानमा निकै वृद्धि भएपनि गुणस्तरीय अनुसन्धान प्रतिवेदनमा निकै थोरै मात्र उपलब्धि हासिल भएकाले गुणस्तरीय अनुसन्धानको दायरा फराकिलो पार्न परिषद्को ध्यान आकृष्ट गरिन्। सरकारलाई परिषद्ले नीति तथा कार्यक्रम तर्जुमा, स्वास्थ्य अनुसन्धानमा नियमन तथा स्वास्थ्य…