PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • पर्यटक तान्दै शुक्लाफाँटाका कृष्णसार, संख्या बढेर ६० पुग्यो

    पर्यटक तान्दै शुक्लाफाँटाका कृष्णसार, संख्या बढेर ६० पुग्यो

    कञ्चनपुरः शुक्लाफाँटा आरक्षको हिरापुर फाँटामा ६ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या ६० पुगेको छ।  वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्यामा वृद्धि भएको हो। निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले आठ, पोथी दुई र एक हप्तादेखि पाँच महिनासम्मका पाठापाठीको सङ्ख्या १६ छ।  गतवर्षको यसै अवधिमा कृष्णसारको…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो

    डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो

    डडेल्धुराः दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी सरगर्मी ह्वातै बढेको छ।  असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातसँग प्रत्यक्ष भेटघाट अभियानलाई तीव्रता दिइराखेका छन्। दलका नेता तथा कार्यकर्ताले आ–आफ्ना पार्टीका गीत बजाउँदै घर घरमा गई आ–आफ्ना एजेन्डासहित भोट माग्नमा व्यस्त देखिन्छन्।  उनीहरुले विकासका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर मतदातालाई…

    विस्तृतमा पढ्नुस्

  • खानी विष्फोटमा कोलम्बियामा एकको मृत्यु, १८ बेपत्ता

    खानी विष्फोटमा कोलम्बियामा एकको मृत्यु, १८ बेपत्ता

    बोगोटाः  मध्य कोलम्बियास्थित एक खानीमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्।  उत्तर बोगोटाबाट ९० किलोमिटर उत्तरमा पर्ने कुन्दिनामार्का राज्यको कुकुनुबा सहरमा रहेको खानीमा विष्फोट भएको हो।  अधिकारीहरुका अनुसार विष्फोटको कारण हालसम्म प्रष्ट भएको छैन। विष्फोटमा परी अन्य दुई जना घाइते भएका छन्। खानीमा फर्सेका कामदारहरुको उद्दारका लागि प्रयास भइरहेको संकटकालीन…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा परी चीनमा १४१ जना बेपत्ता

    पहिरोमा परी चीनमा १४१ जना बेपत्ता

    चेङडुः चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन्।  पहिरोले ४६ वटा घर पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी दिएका छन्।  उच्च हिमाली क्षेत्रबाट झरेको पहिरोले तिब्बतीयन र क्विङ स्वशासित क्षेत्र हुदै छिन्मो गाँउमा विहान ६ बजेतिर नदी अवरुद्ध भएको थियो। पहिरोले १६ सय मिटर सडक पनि बगाएको छ।  प्रदेश सरकारले घटनास्थलमा उद्धार तथा…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने–दोस्रो चरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुन्छ

    ओलीले भने–दोस्रो चरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुन्छ

    मोरङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन्। नेकपा एमाले मोरङको उर्लाबारी नगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गरे । एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झण्डा प्रयोग गरेको भन्दै ओलीले भने,‘राष्ट्रिय झण्डा…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा रामपुरका मतदाता भन्छन्– पानी दिनेलाई भोट

    पाल्पा रामपुरका मतदाता भन्छन्– पानी दिनेलाई भोट

    पाल्पाः पाल्पाको रामपुर नगरपालिका– ४ मौलाथरका मतदातालाई चुनाव भन्दा पनि पानी खोजेर जीविकोपाजर्न गर्ने चटारो छ।  यहाँ दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन्। विकास निर्माण लगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् तर यहाँका मतदाताले पानी दिनेलाई मात्र मतदान गर्ने सोचाईमा पुगेका छन्।  मतदाताले विगतका वर्षको निर्वाचनलाई…

    विस्तृतमा पढ्नुस्

  • जनलहर कांग्रेसको पक्षमाः सिटौला

    जनलहर कांग्रेसको पक्षमाः सिटौला

    झापा :  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। झापाको भद्रपुरमा आज अगुवा कार्यकर्तासँगको भेटमा सिटौलाले जनलहर कांग्रेसको पक्षमा देखिएकाले कांग्रेस पहिलो शक्ति बन्ने दावी गरे।  सिटौलाले मुलुकको आर्थिक समृद्धि कांग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेकाले जनलहर कांग्रेसका पक्षमा बढेको बताए। आफूलाई योद्धा बताउने तर हराउन पर्दा पछाडि भूमिका…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन गरी कार्यान्वयनमा लग्नुपर्छः उपप्रधानमन्त्री गच्छदार

    संविधान संशोधन गरी कार्यान्वयनमा लग्नुपर्छः उपप्रधानमन्त्री गच्छदार

    मोरङः उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाइने बताएका छन्। विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताए। उनले दोस्रोचरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी समर्थित जनता, नेता तथा कार्यकर्ताले स्वतन्त्ररुपमा मतदान गर्ने विश्वास व्यक्त गरे। रासस   

    विस्तृतमा पढ्नुस्

  • शिक्षामन्त्री भन्छन्–स्थानीय तहलाई दिएको अधिकारले गुणस्तरीय शिक्षा

    शिक्षामन्त्री भन्छन्–स्थानीय तहलाई दिएको अधिकारले गुणस्तरीय शिक्षा

    काठमाडौँः उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय तहको निर्वाचनसँगै सामुदायिक विद्यालयको शिक्षा राम्रो हुने बताएका छन्।  नेपाली कांग्रेस स्याङ्जा– काठमाडौँ सम्पर्क समितिले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय तहलाई दिइएको अधिकारसँगै सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुने बताए।  उनले व्यावहारिक शिक्षातर्फ मुलुकलाई अगाडि बढाउने सोच मन्त्रालयले गरिरहेको बताए।  निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयले राम्रो अङ्क ल्याउन नसकेको भन्दै उपप्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

    काठमाडौं : सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ।  साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो । ऊर्जा मन्त्रालय आफैंले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ।  ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री मोदी निस्किए अमेरिका भ्रमणमा, ट्रम्पसँग भेटवार्ता हुने

    भारतीय प्रधानमन्त्री मोदी निस्किए अमेरिका भ्रमणमा, ट्रम्पसँग भेटवार्ता हुने

    नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि तीन देशको भ्रमण सुरु गरेका छन्।  मोदीको पोर्चुगल, अमेरिका र नेदरल्याण्डको भ्रमण गर्ने तालिका रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उनको भ्रमण चार दिनको हुने अधिकारीहरुले बताएका छन्। भ्रमणका क्रममा मोदीले ती देशका अधिकारीहरुसँग दुई पक्षीय हित र साझा सरोकारका विषयहरुमा छलफल गर्ने बताइएको छ। मोदी शनिवार पहिला पोर्चुगलको राजधानी लिस्बोन पुगेका छन्। त्यहाँ रहँदा…

    विस्तृतमा पढ्नुस्

  • तारे होटलको संख्या १२० पुग्यो, पर्यटकस्तरीय होटल ९८५

    तारे होटलको संख्या १२०  पुग्यो, पर्यटकस्तरीय होटल ९८५

    काठमाडौँः  पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ।  आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा यो सङ्ख्या बढेर १२० पुगेको छ।  तारास्तर बाहेकका पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७२/७३ सम्म ९६० भएकोमा आर्थिक वर्ष २०७३/७४ को…

    विस्तृतमा पढ्नुस्

  • झलनाथ खनालको आरोपः २ नम्बर प्रदेशको चुनाव सर्नुमा सरकारको लाचारीपन

    झलनाथ खनालको आरोपः २ नम्बर प्रदेशको चुनाव सर्नुमा सरकारको लाचारीपन

    इलामः नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेको बताएका छन्। इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खनालले सरकारले चाहेको भए दुई नम्बर प्रेदेशमा पनि असार १४ मै निर्वाचन हुने बताए। जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै खनालले संविधान कार्यान्वयनका लागि पनि तोकिएकै समयमा तीनै तहको निर्वाचन सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा चार सदस्य निर्विरोध निर्वाचित

    नवलपरासीमा चार सदस्य निर्विरोध निर्वाचित

    नवलपरासीः नवलपरासीको प्रतापपुर गाउँपालिकामा चारजना सदस्य निर्विरोध निर्वाचित भएका छन्।  प्रतापपुर गाउँपालिकाको वडा नं ६ बाट दुईजना खुला सदस्य, एक महिला सदस्य र एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत माधवप्रसाद ढुङ्गानाले जानकारी दिए।  मनोनयनका क्रमका नेपाली कांग्रेसका तर्फबाट मात्र उम्मेदवारी परेपछि चारजना सदस्य निर्विरोध निर्वाचित भएका हुन्। वडा सदस्यमा नगिना राजलाल राजभर र राजेन्द्र तेली तथा…

    विस्तृतमा पढ्नुस्

  • कैलालीको गोदावरी नगर प्रमुखका उम्मेदवारको घरमा बम विष्फोट

    कैलालीको गोदावरी नगर प्रमुखका उम्मेदवारको घरमा बम विष्फोट

    धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार गोकर्ण भट्टको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ।  अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको बम विष्फोटबाट घरको ढोका र झ्यालका सिसा फुटेका प्रहरीले जनाएको छ। विष्फोट गराउने समूहको प्रहरीले खोजी सुरु गरेको छ । भट्ट नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टका भाइ हुन्।…

    विस्तृतमा पढ्नुस्

  • कमल थापा भन्छन्–राप्रपा सर्वधर्म र लोक कल्याणकारी राज्य चाहन्छ

    कमल थापा भन्छन्–राप्रपा सर्वधर्म र लोक कल्याणकारी राज्य चाहन्छ

    उदयपुरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा राप्रपा नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्षमा रहेको र आफूहरुले राज्यको पनि यही नीति होस् भन्ने चाहेको बताएका छन्।  उदयपुरको गाईघाटमा राप्रपा त्रियुगा नगरपालिका गाईघाटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले वर्तमान अवस्थामा सङ्घीय गणतन्त्र नेपालभित्र लोककल्याणकारी राज्य व्यवस्था चाहेको बताए। थापाले हिन्दू धर्मलाई सनातन धर्मको मान्यता दिएर…

    विस्तृतमा पढ्नुस्

  • बेलायती प्रधानमन्त्रीले भनिन्–इयूका जनताको अधिकार सुरक्षित गरिन्छ 

    बेलायती प्रधानमन्त्रीले भनिन्–इयूका जनताको अधिकार सुरक्षित गरिन्छ 

    ब्रसेल्सः बेलायती प्रधानमन्त्री टेरिजा मेले यूरोपेली महासङ्घ (इयू)बाट बर्हिगमनपछि पनि बेलायतमा बसोबास गर्दै आएका इयूका जनताको अधिकारको सुरक्षाको प्रत्याभुत गरिने बताएकी छन्। ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री मेले  ब्रेक्जिट कार्यान्वयनमा आएपछि पनि बेलायत बसोबास गर्दै आएका इयूका जनताले पूर्णरूपमा आफ्ना अधिकारको प्रयोग गर्ने वातावरण सिर्जना हुने गरी आफूले योजना ल्याउन लागेको बताइन्। प्रधानमन्त्री मे इयूका नेताहरूसँगको दुई दिने बैठकमा ब्रेक्जिटबारे…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपाका ५ कार्यकर्ता पक्राउ

    निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपाका ५ कार्यकर्ता पक्राउ

    पाँचथरः निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँचजना कार्यकर्तालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द–४ का विजय नेम्वाङ, फाल्गुनन्द–५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ तथा धनकुटा पाख्रिबास–३ का सङ्घर्ष परियार छन्।  निर्वाचन बिथोल्ने योजना बनाइरहेका बेला उनीहरुलाई पाँचथरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।  प्रहरीले उनीहरुमाथि सार्वजनिक मुद्दा दर्ता…

    विस्तृतमा पढ्नुस्

  • धादिङको जोगिमारामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    धादिङको जोगिमारामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    धादिङः पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडौंबाट चितवन गइरहेको ना ६ ख ३१२३ नम्बरको ट्रक हुग्दी खोलामा पल्टिएर दुर्घटना भएको हो।  दुर्घटनामा चालक बारा गढीमाईका  नरबहादुर खत्री, सहचालक जीवन लामा र सञ्जु राईको मृत्यु भएको छ।  खत्री ट्रक धनी हुन्। तीब्र गतिमा…

    विस्तृतमा पढ्नुस्

  • गरिबी, अशिक्षा र बेरोजगारी हटाउन एमाले नेतृत्व आवश्यकः खनाल

    गरिबी, अशिक्षा र बेरोजगारी हटाउन एमाले नेतृत्व आवश्यकः खनाल

    इलामः नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन्।  इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए। खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भएपनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरे।  उनले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell