धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा कांग्रेस विजयी हुनुपर्ने बताएका छन्। धनगढी उपमहानगरपालिकाको फूलबारी र मनहेरामा आज छुट्टाछुट्टै रुपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनसँग सम्बन्धित भएकाले यो चुनावमा कांग्रेसले जित्नै पर्ने बताए। प्रधानमन्त्री देउवाले जनताको अधिकारका लागि सात सालदेखि हालसम्म भएका परिवर्तनका आन्दोलनको नेतृत्व कांग्रेसले गरेकै कारण नेपाली जनता…
धनगढीः नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा माओवादीले खेलेको भूमिकाकै कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको बताएका छन्। धनगढी उपमहानगरपालिकाको फूलबारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र, संविधानसभामार्फत संविधान निर्माण, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता जस्ता महत्वपूर्ण राजनीतिक उपलब्धि भएर मुलुक नयाँ संरचनाअनुसार निर्वाचनको चरणमा आइपुगेको बताए। उनले नेपाली कांग्रेस…
प्रकाश सिलवाल काठमाडौंः शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा चारबुँदे सहमति भएको छ। सहमति भएसँगै अमरण अनसनमा बसेका शिक्षकको अनशन तोडिएको छ। उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थिति र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको रोहबरमा सिंहदरबारस्थित मन्त्रालयमा भएको वार्तामा कार्यरत सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गर्ने र असफल हुनेलाई तोकिएको सुविधा दिने उल्लेख छ। रिक्त दरबन्दीमा हुने त्यस्तो…
काठमाडौँः सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ। कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै समितिले भद्रकालीमा अनशन सुरु गरेको आज सातौँ दिन वार्ता हुन लागेको हो। शिक्षा मन्त्रालयले आफूहरुलाई वार्तामा आउन आग्रह गरेकाले त्यसको तयारी भएको समितिका अध्यक्ष होमनाथ चौलागाईंले जानकारी दिए। रासस
बागलुङः बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन्। गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा नयाँ भवन बन्न लागेको हो। २५ लाख रुपैयाँको लागतमा बन्ने चारकोठे पक्की भवनको निर्माण कार्य दसैँसम्म पूरा हुने जनाइएको छ। सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन बनाउन लागिएको समाजका अध्यक्ष नरबहादुर…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन्। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ/सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा ट्रेड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्नेलगायतका माग गरेका छन्। नेपाल निजामती कर्मचारी सङ्गठन, काठमाडौँ, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), काठमाडौँ र नेपाल राष्ट्रिय…
रोल्पाः हरेक पटकको निर्वाचनमा विशेष चर्चाको शिखरमा रहँदै आएको रोल्पाको थवाङले यसपटक पनि धेरैको ध्यान खिच्न सफल भएको छ। यसअघिका निर्वाचनमा कहिले शून्य मतदान त कहिले पूर्ण मतदान गर्दै चर्चा बटुल्ने थवाङले यसपटक भने नेपाली कांग्रेससँग तालमेल गरी दिएको स्वतन्त्र उम्मेदवारीले विशेष चर्चा पाएको हो। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रभाव क्षेत्र मानिने थवाङले यस पटकको निर्वाचनमा के गर्छ…
काठमाडौंः सरकारले काठमाडौँ–तराई/मधेस जोड्ने द्रुत मार्ग (फाष्ट ट्र्याक) छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि पारित गरेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। फाष्ट ट्र्याक सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो। यस्तै, बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी…
श्रीनगरः भारत प्रशासित काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहबीच भीषण भिडन्त भएको छ। भिडन्तमा कम्तीमा पनि तीन जना हतियारधारीको मृत्यु भएको छ। अरु कैयौँ घाइते भएका जनाइएको छ। भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको छ। काश्मिरको पुल्वामा जिल्लाको काकापोला गाउँमा बिहीबार बिहानीपख गस्तीमा खटिएका सरकारी सुरक्षाकर्मीहरुसँग भिडन्त भएको भारतीय प्रहरीले जानकारी दिएको छ। प्रहरीका अुनसार भिडन्तका कारण घाइते…
चितवनः चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए चितवन खैरहनी नगरपालिका वडा नं १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो। पट्टी खोलेको मौकामा आफू दाहिने हात नभएको अवस्थाको उनले सेल्फी खिचे। “आफनो फोटो त राख्नै पर्यो नि”, कोण मिलाई–मिलाई सेल्फी लिएपछि खुसीका साथ प्रसादले भने। जेठ १७ गते पूर्वी चितवनको कुमरोजस्थित इचर्नी खोलामा जाँदा गोहीले आक्रमण गरी…
दाङः असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, लमही नगरपालिकामा एक सय दुई जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन्। त्यसैगरी बबई गाउँपालिकामा ५५, राजपुर गाउँपालिकामा ७२, राप्ती गाउँपालिकामा एकसय १४, दङ्गीशरण…
इनरुवाः स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहेको बेला सुनसरीमा विभिन्न पार्टीका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त भएका छन्। ठूला राजनीतिक दलदेखि स्वतन्त्रका उम्मेदवार आफ्नो पक्ष तथा आफ्नो चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेका हुन्। जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवार…
याङ्गुनः म्यानमारमा लामो समयदेखि हिंसात्मक आक्रमणहरु जारी राखेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोहीबिरुद्ध सरकारले कारबाहीलाई निकै कडा पारेको छ। कारबाहीका क्रममा कैयौँ नागरिक बङ्गलादेशतर्फ भागेका छन्। गत अक्टोबर महिनादेखि कारबाही सुरु गरिएको हो । आक्रामक कारबाहीका क्रममा केही मारिएका, केहीले आत्मसमर्पण गरेका छन् भने ठूलो सङ्ख्याका विद्रोहीहरु भागेर छिमेकी बङ्गलादेशतर्फ पनि लागेका छन्। प्रहरीले दिएको जानकारीअनुसार कारबाहीका कारण गत अक्टोबर महिनादेखि…
पाँचथरः नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय,प्रदेश र केन्द्रको गरी तीनै तहको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन्। पाँचथरको फिदिममा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले निर्वाचन अघि संविधान संशोधनमा एमालेले सहयोग नगर्ने बताए। उनले प्रदेश नम्बर २ मा निर्वाचनको मिति सार्दा पनि राजपा सरकारमा नआउने भएपछि सरकारले चुनाव सारेको कुनै अर्थ नभएको बताए। उनले मधेसी तथा…
नवलपरासीः नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहअन्तर्गतका ७० वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। बढी जनशक्ति आवश्यक पर्ने भनिएका ती मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। कुल १२० वटा मतदानस्थलमध्ये २७ वटालाई संवेदनशील र २३ वटालाई सामान्य मतदानस्थल निर्धारण गरी सुरक्षा रणनीति अघि सारिएको हो । यसैगरी,…
मोरङः मोरङको लेटाङ नगरपालिका वडा नं ६ का नेपाली कांग्रेसका खुल्ला सदस्यका उम्मेदवार मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ। ५६ वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण निधन भएको हो। भण्डारी चुनावी घरदैलो कार्यक्रममा चार/पाँच दिनदेखि नै बिरामी रहेका र आज बिहान झापाको दमकमा उपचार गराएर फर्कने क्रममा बाटोमै मृत्यु भएको कांग्रेस नेता जङ्ग तामाङले जानकारी दिए। विसं २०४६ देखि नै…
भीमदत्तनगरः कञ्चनपुरका नौवटा स्थानीय तहको निर्वाचनमा सातजना महिला प्रमुख पद हात पार्न चुनावी मैदानमा उत्रिएका छन्। दुई नगरपालिका र सात गाउँपालिका रहेको कञ्चनपुरमा चारवटा नगरपालिकाको प्रमुख पदमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएर महिला नेतृहरु चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा साङ्गठनिक रुपमा कमजोर देखिएका दलहरुले महिलालाई प्रमुख पदमा टिकट दिएरअघि सारेपनि प्रमुख दलहरुले पनि प्रायः सबै…
बैतडीः बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुबाछोरा र दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन्। डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर राना ९शीतलले० नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। कर्ण दाजु र लोकेन्द्र भाइ हुन्। नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताए। दुवैले एकैपदका…
काठमाडौंः विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई १९ अर्ब पाँच लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ। आगामी पाँच वर्षका लागि प्रदान गर्न लागेको उक्त सहायता शिक्षाको गुणस्तर सुधार, आधारभूत तथा माध्यमिक शिक्षामा न्यायोचित पहुँच विस्तार, अध्ययन–अध्यापन तथा विद्यार्थीको सिकाइमा सुधारका साथै सुदृढ शैक्षिक प्रणाली निर्माणमा उपयोग गरिनेछ । ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित…
अफगानिस्तानः अफगानिस्तानको लासकर घा सहरमा तलब लिन लाइन लागेका सरकारी कर्मचारीलक्षित एक कारबम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने म्ती ५० जना घाइते भएका छन्। सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्षित गरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान गरिएको छ। रमाजानको महिनामा भएको यो रक्तपातपूर्ण पछिल्लो घटना हो। रासस/एएफपी