PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • कपिलवस्तुको यशोधरा गाउँपालिकामा कांग्रेस विजयी

    कपिलवस्तुको यशोधरा गाउँपालिकामा कांग्रेस विजयी

    कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।  मतगणनाको अन्तिम मतपरिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार गिरिजेशकुमार पाण्डेयले तीन हजार २७५ र उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदेव कलवारले तीन हजार १५५ मत प्राप्त गरेका छन्।  यसैगरी उपप्रमुखमा कांग्रेसकी कन्यावती उपाध्याय दुई हजार ९५७ मत प्राप्त गरी विजयी भएकी छन् भने निकट प्रतिद्वन्द्वी सङ्घीय…

    विस्तृतमा पढ्नुस्

  • इराकमा आइएसको गतिविधि बढ्दो, जुन महिनामा मात्र ४११ मारिए 

    इराकमा आइएसको गतिविधि बढ्दो, जुन महिनामा मात्र ४११ मारिए 

    बगदाद : इराकमा भइरहेको हिंसात्मक द्वन्द्वका क्रममा परी गत जुन महिनामा मात्र कम्तीमा पनि ४११ जनाको मृत्यु भएको छ।  यस अवधिमा अरु २९४ जना घाइते भएका इराकस्थित राष्ट्रसङ्घीय मिसनका अधिकारीहरुले जानकारी दिएका छन्।  मिसनको कार्यालयद्धारा जारी वक्तव्य र मिसनले सार्वजनिक गरेको तथ्याङ्कमा सुरक्षाकर्मीतर्फ मारिएकाहरुको विवरण भने समावेश गरिएको छैन।  मारिएका सर्वसाधारणमध्ये अधिकांश इराकको उत्तरी प्रदेश निनेभेहका रहेका छन्। जहाँ २८९…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा आइएसद्वारा १० तालिवान लडाकुको घाटी रेटेर हत्या

    अफगानिस्तानमा आइएसद्वारा १० तालिवान लडाकुको घाटी रेटेर हत्या

    अफगानिस्तान : तालीवान लडाकुको आक्रमणमा परी अफगानिस्तानको उत्तरी बल्ख प्रदेशमा सरकार समर्थक १३ जना लडाकु मारिएका छन्।  तालिवानहरुले थापेको विद्युतीय धरापमा परी उनीहरु मारिएका प्रदेश सरकारका प्रवक्ताले जानकारी दिएका छन्। आक्रमणको तालिवान लडाकूहरुले जिम्मेवारी लिएका छन्।  त्यसैगरी अर्को एक समाचारअनुसार अफगानिस्तानकै उत्तरी क्षेत्रमा पर्ने जावजान प्रान्तमा तालिवान लडाकूप्रति केही नरम रहेको भनिएको इस्लामिक स्टेटले तालिवान समूहका १० जना लडाकूको शिर छेदन…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारीबाट फर्किएका ८ उद्यमीलाई सरकारले  गर्‍यो पुरस्कृत

    वैदेशिक रोजगारीबाट फर्किएका ८ उद्यमीलाई सरकारले  गर्‍यो पुरस्कृत

    काठमाडौँ : वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बनेकाहरुलाई श्रम तथा रोजगार मन्त्रालयले पुरस्कृत गरेको छ।  वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम तथा रोजगार मन्त्रालयले एक जनालाई एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार र सात जनालाई ५० हजार रुपैयाँका दरले उद्यमी पुरस्कार प्रदान गर्ने घोषणा गर्दै गत माघमा आवेदन माग गरेको थियो।  आवेदन दिएकामध्ये उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय विकास मन्त्रालयले भन्यो–जनप्रतिनिधिले काम सुरु गरेपछि पुनः निर्माणको काममा गति

    स्थानीय विकास मन्त्रालयले भन्यो–जनप्रतिनिधिले काम सुरु गरेपछि पुनः निर्माणको काममा गति

    काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि भूकम्पपीडितसँग अनुदान सम्झौता र किस्ता वितरण छिटो हुन थालेको जनाएको छ।   प्रदेश नं ३, ४ र ६ मा जेठ दोस्रो साता जनप्रतिनिधि निर्वाचित भई काम सुरु गरेपछि काममा तीव्रता आएको मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको हो। निर्वाचित प्रतिनिधिले काम सुरु गरेको एक महिनामा पहिलो किस्ता…

    विस्तृतमा पढ्नुस्

  • सरकारको स्पष्टिकरणः पुँजी पुर्‍याउन बूढीगण्डकी चिनियाँ कम्पनीलाई

    सरकारको स्पष्टिकरणः पुँजी पुर्‍याउन बूढीगण्डकी चिनियाँ कम्पनीलाई

    रमेश लम्साल - काठमाडौँ : बृहद् आयोजनाका लागि आवश्यक पर्ने ठूलो पूँजी जुटाउन समस्या पर्ने भएकाले सरकारले सोचेर नै बूढीगण्डकी जलविद्युत् परियोजनामा चिनियाँ लगानीकर्ता कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ।  कुल एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना आन्तरिक स्रोतबाट तत्काल लगानी जुटाउन कठिन हुने भएकाले विदेशी लगानी खोजिएको सरकारको भनाइ छ। आयोजनाको लागत करिब तीन खर्ब रुपैयाँ छ।  अर्थमन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • प्यूठानमा कांग्रेस र एमाले तीन/तीन, राजमो दुई तहमा विजयी

    प्यूठानमा कांग्रेस र एमाले तीन/तीन, राजमो दुई तहमा विजयी

    प्यूठान : स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जिल्लाको नौवटा मध्ये आठवटा तहको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेस र नेकपा एमाले तीन/तीन तथा राष्ट्रिय जनमोर्चा दुईवटामा विजयी भएको छ।  कांग्रेस गौमुखी, नौबहिनी र ऐरावती गाँउपालिकामा, एमाले स्वर्गद्वारी नगरपालिका, माण्डवी गाँउपालिका र सरुमारानी गाँउपालिका तथा राष्ट्रिय जनमोर्चा झिमरुक र मल्लरानी गाउँपालिकामा विजयी भएको छ।  गौमुखी गाँउपालिकाको अध्यक्षमा कांग्रेसका विष्णुकुमार गिरी तीन हजार…

    विस्तृतमा पढ्नुस्

  • बस र ट्रक ठोक्किदा रसियामा १३ जनाको मृत्यु, १२ घाइते

    बस र ट्रक ठोक्किदा रसियामा १३ जनाको मृत्यु, १२ घाइते

    रसियाः रसियाली सहर जाइन्स्कमा एउटा बस र ट्रकसँग ठोक्किदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।  जम्मा २८ जना यात्रु लिएर गुडिरहेको बस ट्रकसँग ठोक्किएपछि सडकमा पल्टिएको र बसमा आगलागी भएको थियो।  आगोले जलेर दुई बालबालिकासहित १३ जनाको घटनास्थलमा नै मृत्युभएको मध्य रसियाको क्षेत्रीय स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रसियाली समाचार संस्था स्पुटनिक न्युज एजेन्सीले…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशनः कानुन कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुस्

    कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशनः कानुन कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुस्

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई आइतबार निर्देशन दिदैं प्रधानमन्त्रीले नीति नियमको कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका प्रधानमन्त्री कार्यालयले जनाएको छ।  प्रधानमन्त्री देउवाले नीति तथा कानुनको निर्माण राजनीतिले गर्ने र स्थायी सरकारका रुपमा रहेका कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्ने उल्लेख गर्दै ऐन नियमको कार्यान्वयन एवम्…

    विस्तृतमा पढ्नुस्

  • बाढीले पोखरा महानगरका केही बस्ती जोखिममा

    बाढीले पोखरा महानगरका केही बस्ती जोखिममा

    पोखराः शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण फुस्रे खोलामा आएको बाढीले पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ र २१ लाई जोडने दोविल्लाको पक्की पुल र सो क्षेत्रको वस्ती जोखिममा परेको छ।  खोलाको बढ्दो कटानसँगै घर जोखिममा परेपछि स्थानीय धरमबहादुर क्षेत्री विस्थापित भएको छ भने भूपेन्द्र गिरी, कमलनारायण गिरी, सरस्वती छन्त्याल र प्रताप रानाका घर उच्च जोखिममा परेका छन्।  खोलाले पूर्वपट्टिको…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारद्वारा यातायातका १६ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    अख्तियारद्वारा यातायातका १६ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय भेरीका १६ कर्मचारीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।  आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार कार्यालयमा आर्थिक वर्ष २०७३/०७४ मा चारपाङ्ग्रे सवारी साधनको सवारी अनुमतिपत्रको लिखित परीक्षामा भ्रष्टाचार गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पाइएकाले हदैसम्मको कारबाहीको माग गरी मुद्दा दायर गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु

    पर्वतमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु

    पर्वत : पर्वतको महाशीला गाउँपालिका–१ मा आइतबार बिहान गएको पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।  साबिकको होस्राङ्दी गाविस–१ बारकुनाका ६३ वर्षीय तीर्थबहादुर मल्ल ठकुरीको घर पहिरोले बगाएको हो। घर बगाउँदा ठकुरीसहित उनकी ८० वर्षीया आमा बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारीको ज्यान गएको हो।  गाउँमा जाने कच्ची सडक निर्माणका कारण माथिबाट आएको ठूलो भेलसँगै भिरालो खेतबाट…

    विस्तृतमा पढ्नुस्

  • झापामा पुजारीले किन गरे आत्महत्या ?

    झापामा पुजारीले किन गरे आत्महत्या ?

    झापा : भद्रपुर नगरपालिका–६ स्थित दुर्गा मन्दिरका पुजारीले मन्दिरमै आत्महत्या गरेका छन्।  भद्रपुर–६ निवासी ४२ वर्षीय प्रदीप चौधरीले आइतबार बिहान करिब ६ बजे झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ। बिहान मन्दिरको भान्सा कोठामा झुण्डिएको अवस्थामा देखेपछि डोरी काटेर स्थानीयले नजिकैको ओमसाई पाथिभरा अस्पताल पुर्याएका थिए।  अस्पताल पुर्याएलगत्तै चिकित्सकले पुजारी चौधरीको मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव मेची…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर भन्छन्–गाउँपालिकामा बैंकमार्फत वित्तीय गतिविधि बढाइन्छ

     गभर्नर भन्छन्–गाउँपालिकामा बैंकमार्फत वित्तीय गतिविधि बढाइन्छ

    काठमाडौँः नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको नयाँ संरचनाअनुसार प्रत्येक गाउँपालिकामा बैंक स्थापना गरी वित्तीय गतिविधि बढाउने योजना रहेको बताएका छन्।  सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एन्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स कम्पनीलाई प्राप्ती गरेपछिको आइतबार साँझ एकीकृत कारोबारको शुभारम्भ गर्दै गभर्नर नेपालले ग्रामीण क्षेत्रका जनतालाई पनि वित्तीय पहुँचमा पुर्याउन तथा स्थानीय तहमा पुँजी निर्माणका लागि बैंकको भूमिका रहेको…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर भन्छन्–वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्छ

    गभर्नर भन्छन्–वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्छ

    काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्ने बताएका छन्।  कुमारी बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ गर्दै गभर्नर नेपालले  स्थानीय तहको निर्वाचनपछि ठूलो आर्थिक क्रियाकलाप स्थानीय तहमा हुने र त्यहाँ पुँजी आवश्यक पर्ने हुँदा बैंकहरु चाडो स्थानीय तह (गाउँसम्म) पुग्नु आवश्यक भएको बताए।  गभर्नर नेपालले भने,“बैंक र वित्तीय संस्थाको क्षमता अभिवृद्धि गरी…

    विस्तृतमा पढ्नुस्

  • चीनद्वारा सशस्त्र प्रहरीको प्रशिक्षण प्रतिष्ठान नेपाललाई हस्तान्तरण

    चीनद्वारा सशस्त्र प्रहरीको प्रशिक्षण प्रतिष्ठान नेपाललाई हस्तान्तरण

    काठमाडौँ : चीन सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठानको संरचना शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।  बलको प्रधान कार्यालयमा गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच तालिम केन्द्रको संरचना हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो। तीन सय १८ रोपनी क्षेत्रफमा फैलिएको सो प्रतिष्ठान निर्माणका लागि चीनबाट तीन अर्ब ६० करोड…

    विस्तृतमा पढ्नुस्

  • दिक्तेलमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, स्थिति तनावपूर्ण

     दिक्तेलमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, स्थिति तनावपूर्ण

    खोटाङ : विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ।  नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि शुक्रबार साँझ दोहोरो झडप भएको थियो।  रुपाकोट मझुवागढी नगरपालिका–१ मा काँग्रेस विजय भएपछि दिक्तेल बजारमा निकालिएको विजयी जुलुसमा एमालेका कार्यकर्ताले दिक्तेलस्थित त्रिवेणी चोकमा आक्रमण गरेको थियो। दुई पार्टीबीच भएको दोहोरो झडपपछि एमालेका भीम राई, सुवास…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री महरा भारत भ्रमणमा जाने

    उपप्रधानमन्त्री महरा भारत भ्रमणमा जाने

    काठमाडौँ : उपप्रधानमन्त्री कृष्णबहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा यही असार १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका छन्।  भ्रमणका क्रममा पराष्ट्रमन्त्री महराले भारतीय समकक्षीसँग भेटी द्विपक्षीय हितका बारेमा विचारको आदानप्रदान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • साइप्रसको शान्ति वार्ता अगाडि बढाउन राष्ट्रसङ्घ महासचिव स्विजरल्याण्डमा

    साइप्रसको शान्ति वार्ता अगाडि बढाउन राष्ट्रसङ्घ महासचिव स्विजरल्याण्डमा

    स्विजरल्याण्ड : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनीओ गुटेर्रेस शुक्रबार स्विजरल्याण्ड आइपुगेका छन्।  साइप्रसको शान्ति बार्तालाई अगाडि बढाउनका लागि उनी स्विजरल्याण्ड पुगेका राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन्। साइप्रसको शान्ति प्रक्रियालाई सकारात्मक तरिकाले टुङग्याउन स्विजरल्याण्डमा शान्ति वार्ता आयोजना गरिएको छ।  राष्ट्रसङ्घीय महासचिव गुटेर्रेसले स्विजरल्याण्डको अल्पाईन टाउनमा वार्ताका सहभागीहरुलाई भेटेर विभिन्न पक्षबाट छलफल गर्नेछन् भने सम्वन्धित विषयमा हुने छलफलको अध्यक्षता पनि गर्नेछन्।  साइप्रस बारेको सम्मेलनको…

    विस्तृतमा पढ्नुस्

  • रसियामा पश्चिमी मुलुकबाट खाद्यान्न आयातमाथिको प्रतिबन्ध जारी रहने

    रसियामा पश्चिमी मुलुकबाट खाद्यान्न आयातमाथिको प्रतिबन्ध जारी रहने

    मस्को : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकबाट गरिने खाद्यान्न आपूर्तिमा लगाइएको प्रतिबन्धलाई थप १८ महिनाका लागि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन्। युरोपेली मुलुकले रसियामाथिको प्रतिबन्धलाई बढाएसँगै रसियाद्वारा यो नीति लिइएको हो।   रसियाली राष्ट्रपति पुटिनको कार्यालयले शुक्रबार पश्चिमा मुलुकविरुद्ध सन् २०१८ को डिसेम्बर ३१ सम्म लागू हुने गरी उक्त निर्णय आएको जनाएको छ। रसियाली प्रधानमन्त्री दिमित्री मादवेदेवले गत बिहीबार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell