PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

  • अस्पताल सुधार्न खोज्दा भक्तपुर जिल्ला अस्पतालकी सुपरिटेन्डेन्टलाई सरुवाको धम्की !

    रमेश गिरी  भक्तपुर : भक्तपुर जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको बताएका छन्। डा हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घण्टा सेवा दिने निर्णय गरेपछि सरुवाको धम्की आएको बताइन्।  अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ११ बजे…

    विस्तृतमा पढ्नुस्

  • किसानलाई अनुदानमा हाते ट्याक्टर

    किसानलाई अनुदानमा हाते ट्याक्टर

    इलाम : जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्याक्टर वितरण गरेको छ।  कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको हो। कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटासहित जम्मा ३५ वटा ट्याक्टर उपलब्ध गराएको हो ।  खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्याक्टरको माग पनि उच्च…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार बैठकमा प्रमुख दलबीच यस्तो भयो सहमति

    बालुवाटार बैठकमा प्रमुख दलबीच यस्तो भयो सहमति

    काठमाडौँ  : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन प्रक्रिया अघि बढाउने सहमति गरेका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै पक्षका शीर्ष नेताको बैठकले संविधान संशोधन प्रक्रिया शीघ्र अघि बढाउन अन्य दलसँग पनि वार्ता र छलफल गर्ने सहमति गरेको हो।  बैठकमा राजपा नेपाल र सरकारबीच भएको तीनबुँदे…

    विस्तृतमा पढ्नुस्

  • राजपाले दल दर्ताका लागि आयोगमा दियो निवेदन,  दर्ता नम्बर ८३६६

    राजपाले दल दर्ताका लागि आयोगमा दियो निवेदन,  दर्ता नम्बर ८३६६

    काठमाडौँ :  राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ।  तराई–मधेस केन्द्रीत राजनीति गर्दै आएका छ दलले एकीकृत पार्टीका रुपमा राष्ट्रिय जनता पार्टी दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा औपचरिकरुपमा निवेदन दिएका हुन्।  दल दर्ताका लागि निवेदन दिन राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, अनिल झा, राजकिशोर यादव अपराह्न ४.४५ बजे आयोगमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • ओलीको गृहनगरमा एमालेकै बर्चश्व, दमक नगरप्रमुखमा रोमनाथ ओली विजयी

    ओलीको गृहनगरमा एमालेकै बर्चश्व, दमक नगरप्रमुखमा रोमनाथ ओली विजयी

    दमक : झापाको दमक नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। यसअघि आफ्नो वचश्र्व राख्दै आएको दमक नगरमा यसपटकसमेत एमालेले आफ्नो बलियो उपस्थिति कायम गर्न सफल भएको छ। एमाले अध्यक्ष केपी ओलीको गृह नगरका रुपमा चिनिने दमकमा एमालेले अभूतपूर्व जित हासिल गरेको हो।  दमक नगर प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा गीता अधिकारी निर्वाचित भएका हुन्।  निर्वाचित ओलीले १० हजार ८०६ मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • केयुकेएल साउन १ गतेदेखि कम्प्युटर प्रणालीमा जाने

    केयुकेएल साउन १ गतेदेखि कम्प्युटर प्रणालीमा जाने

    काठमाडौँ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ।  कम्प्युटर प्रणालीमा गएपछि उपत्यकाका जुनसुकै कार्यालयबाट पानीको महसुल तिर्न सकिनेछ। साउनदेखि नै लिमिटेडका ‘मिटर रिडर’ ले पनि प्राधिकरणले जस्तै स्थलगत रुपमै ‘बिलिङ’ गर्ने प्रविधि प्रयोग गर्ने प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। उनले भने,‘छ महिनापछि घरमा मिटर रिडर ‘बिलिङ’ गर्न…

    विस्तृतमा पढ्नुस्

  • मध्यअफ्रिकी गणतन्त्रमा ट्रक दुर्घटनामा ७८ जनाको मृत्यु, ७५ घाइते

    मध्यअफ्रिकी गणतन्त्रमा ट्रक दुर्घटनामा ७८ जनाको मृत्यु, ७५ घाइते

    बाङ्गुई  : मध्यअफ्रिकी गणतन्त्रको बामबरी सहरमा भएको ट्रक दुर्घटनामा परी ७८ जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीले जानकारी गराएका छन् । घटनामा ७५ जना घाइते भएका छन्।  मृतकमध्ये अधिकांश व्यक्ति ग्रामिण सडकको बाटो हुँदै मालौम भन्ने ठाउमा साप्ताहिक बजारमा व्यवसाय गर्न हिडेका स्थानीय रहेका क्वेका नामक एक स्थानीय मुश्लिम युवा सङ्गठनका सदस्य ओमार तिजजानीले जानकारी दिए। घटनामा ७५ जना घाइते…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा भूकम्पः दुईको मृत्यु, एक सयभन्दा बढी घाइते

    फिलिपिन्समा भूकम्पः दुईको मृत्यु, एक सयभन्दा बढी घाइते

    ताक्लोबान : फिलिपिन्समा बिहीबार गएको शक्तिशाली भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने अरु सय जना घाइते भएका छन्।  सरकारी अधिकारीहरुले भूकम्पका कारण दर्जनौ घरहरुमा क्षति पुगेको जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु लेयट प्रान्तमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ।   सर्बेक्षण संस्थाले ६.५ म्याग्नीच्युडको भूकम्प ६.५ किलोमिटर गईराईबाट आएको जनाएको छ।  फिलिपिन्सका भूकम्पविज्ञहरुले लेयटको…

    विस्तृतमा पढ्नुस्

  • बाढीले महाकालीको पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित

    दार्चुला : तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासी बढेको छ।  बिहीबार दिउँसो दुई बजेपछि एक्कासी नदीमा पानीको सतह बढेपछि स्थानीयवासीमा त्रास थपिएको छ।  विसं २०७० असारको पहिलो साता आएको महाकालीको बाढीलाई झझल्को दिने गरी नदी किनारमा निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काउँदा बङ्गाबगड क्षेत्रका बासिन्दामा बाढी त्रास बढेको स्थानीयले बताएका छन्। महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति

    खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति

    काठमाडौँ ; राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको सम्बद्ध पक्ष सक्रिय भएर अगाडि बढेमा यसले केही वर्षभित्र नै ठूलै फड्को मार्नसक्ने बताएकी छन्।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौँ राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यले सकारात्मक प्रोत्साहनका रुपमा खेलाडीको जीवनवृत्ति र स्तरोन्नतिका लागि अवसर प्रदान गर्नुपर्ने तथा खेलाडीलाई सम्मान गर्दै जानुपर्ने बताइन्।  उनले…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकः असार २५ देखि दैनिक  १० घण्टा बन्द गरिने

    नारायणगढ–मुग्लिन सडकः असार २५ देखि दैनिक  १० घण्टा बन्द गरिने

    चितवन : पहिरोलगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाएको हो। प्रजिअ नारायणप्रसाद भट्टले बैठकले मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको जानकारी दिए। यसैगरी बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४बजे यातायात…

    विस्तृतमा पढ्नुस्

  • बङ्गलादेशमा बाढीबाट ९ लाख प्रभावित

    बङ्गलादेशमा बाढीबाट ९ लाख प्रभावित

    ढाका : यसवर्षको भारी मन्सूनी वर्षाबाट अहिलेसम्म करिब नौ लाख जनता नराम्ररी प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका छन्। बङ्गलादेशको प्राकृतिक प्रकोप व्यवस्थापन तथा उद्धार मन्त्रालयका सचिव शाह कमालले उत्तरपूर्वी बङ्गलादेशका दुई सिल्हेट र मोल्बी बजार तथा दक्षिणपूर्वी खण्डको कक्स बजारसमेत गरी तीन जिल्ला बाढीबाट प्रभावित भएका जानकारी दिए। सरकारले बाढीबाट विस्थापित करिब दुई हजार परिवारलाई तुरुन्तै राहत सामाग्री…

    विस्तृतमा पढ्नुस्

  • मोसुलमा अझै तीन सय आइएस लडाकु बाँकी

    मोसुलमा अझै तीन सय आइएस लडाकु बाँकी

    मोसुल : इराकको मोसुलको पूरानो सहरको सानो इलाकामा अझै पनि करिब ३ सय इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारीहरू बाँकी रहेका त्यहाँका सैनिक कमाण्डरहरूले जानकारी दिएका छन्।  मोसुलको पूरानो सहर टिग्रीस् नदीनजिकै सानो इलाकामा आइएस आतङ्ककारी समूहका करिब ३ सय आतङ्ककारी लडाई जारी राखेको अनुमान गरिएको मेजर जनरल समी अल आरीधीले बताएका छन्।  यद्यपी सैनिक स्रोतले संवाददाताहरूलाई दिएको जानकारी अनुसार इराकीबलले मोसुल…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा तरुण दलका कार्यकर्ताको मृत्यु

    दुर्घटनामा तरुण दलका कार्यकर्ताको मृत्यु

    इटहरी : धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक ट्याक्टरको ठक्करबाट तरुण दलका कार्यकर्ता रोशन तामाङको मृत्यु भएको छ ।  इटहरीबाट मोटरसाइकलमा विराटनगर गइरहेका तामाङ ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएपछि पछाडिबाट आइरहेको ट्रकले किचेको थियो। प्रहरीले ट्रक र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। रासस  

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाद्वारा बाढीले भत्काएको सप्तरीको महुली खोलाको बाँध निर्माण सुरु

    नेपाली सेनाद्वारा बाढीले भत्काएको सप्तरीको महुली खोलाको बाँध निर्माण सुरु

    राजविराज : लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँध निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ।  बाढी पीडितलाई मध्यनजर गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटानस्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए।  त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत बाँध पुनःनिर्माणका लागि बाढी प्रभावित क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ र पुराना मुद्रा अङ्कित टिकट प्रदर्शनी हुने

    काठमाडौँ : नेपाल फिलाटेलिक सोसाइटीले बैंक नोटको विगतदेखि वर्तमानसम्मको परिचय दिने उद्देश्यले मुलुकमा हालसम्म प्रचलनमा ल्याइएका मुद्रा तथा कागजी नोट र हुलाक टिकट सङ्कलन गरेको छ।  सोसाइटीको स्वर्णजयन्तीका उपलक्ष्यमा असार २३ देखि २६ गतेसम्म नेपाल कला परिषद्मा ती सङ्कलनको ‘हुलाक वस्तुमा नेपाली मुद्रा तथा नेपाली नोटको संयुक्त प्रदर्शनी’ गरिनेभएको छ। करिब सात दशकअगाडिदेखि प्रकाशनमा ल्याइएका नेपाली सिक्का तथा कागजी मुद्रा…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति र जर्मन चान्सलरबीच सामुहिक लगानीका विषयमा कुराकानी

    चिनियाँ राष्ट्रपति र जर्मन चान्सलरबीच सामुहिक लगानीका विषयमा कुराकानी

    बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनफिङ र जर्मन चान्सलर एङ्गिला मार्केलबीच बर्लिनमा भेटवार्ता भएको छ।  भेटमा उनीहरुबीच चीन–जर्मन आपसी हितका विभिन्न पक्षमा कुराकानी भएको जनाइएको छ ।  त्यसैगरी, आगामी दिनमा यी दुई देशबीचका साझा चासोका विषयमा के कसरी अगाडि बढ्ने तथा सामुहिक लगानी र अन्य आर्थिक विकासका मुद्धामा कसरी सहकार्य गर्ने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ।  सन् २०१४ मा…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सुरक्षा भत्ता टोलटोलबाट वितरण गर्ने घोराही उपमहानगर बोर्ड बैठकको निर्णय

    दाङ : घोराही उपमहानगरपालिकाको पहिलो बोर्ड बैठकले सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्ने निर्णय गरेको छ।  पदभारग्रहणपछि बसेको बैठकले सामाजिक सुरक्षा भत्ता वितरणलाई पूर्णरुपमा बैंकिङ प्रणालीमा रुपान्तरण गरी घुम्ती प्रणालीबाट टोलटोलमा वितरण गर्नेसहितका पाँचवटा निर्णय भएको छ।  त्यसैगरी, सबै वर्गका फरक क्षमता भएका व्यक्तिको लगत अध्यावधिक गरी सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित भएका व्यक्तिको पहिचान गरी नगरपालिकाको आन्तरिक स्रोतबाट सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • विनियोजन विधेयकमाथिको छलफल जारी, सांसदहरुद्वारा खर्च कटौती प्रस्ताव प्रस्तुत

    विनियोजन विधेयकमाथिको छलफल जारी, सांसदहरुद्वारा खर्च कटौती प्रस्ताव प्रस्तुत

    काठमाडौँ  : व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदद्वय डिल्लीप्रसाद काफ्ले र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्।  विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत आजको बैठकका निम्ति निर्धारण गरिएका नौवटा मन्त्रालयमा विनियोजित रकम घटाइयोस् भन्दै उनीहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन्।  सांसद काफ्लेले जनसङ्ख्या तथा वातावरण, पशुपन्छी विकास, भूमिसुधार तथा व्यवस्था र वाणिज्य मन्त्रालय शीर्षकको खर्च…

    विस्तृतमा पढ्नुस्

  • थप ३१५ बूढीगण्डकी प्रभावितले मुआब्जा पाउने

    थप ३१५ बूढीगण्डकी प्रभावितले मुआब्जा पाउने

    गोरखा : १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन्।  मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो। प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएर सोही खातामा मुआब्जा रकम पठाउने गरिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell