काठमाडौं : वर्ष २०१८ चिनियाँ राष्ट्रपति सी जिङपिङका लागि उच्चस्तरीय भ्रमण वर्षको रुपमा रह्यो। विश्वको आर्थिक शक्तिका रुपमा उदाउँदो चीनलाई बाहिरी विश्वसामु परिचित गराउनका लागि सी वर्षभर सक्रिय रहे। यसबीच उनले दर्जनौं विदेशी राष्ट्र तथा सरकार प्रमुखलाई बेइजिङमा स्वागत गरे। विश्व मञ्चमा उदाउँदो चीनको अर्थतन्त्रलाई अगाडि बढाउन राष्ट्रपति सीले उच्चस्तरीय प्रतिनिधिमण्डल टोलीको नेतृत्व गर्दै पूरै विश्वको भ्रमण गर्दै खर्बौँ डलरको…
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपालले एसिया प्यासिफिक समिट आयोजना गरेर कुनै गल्ती नभएको दाबी गरेका छन्। समिटबारे ने क पाको जारी स्थायी कमिटीको बैठकमा विरोध भएपछि नेपालले यस्तो स्पष्टीकरण दिएका हुन्। उनले युनिफिकेसन पिस फेडेरेसन नराम्रो संस्था नभएकोसमेत दाबी गरे। नेपालले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र आफू दुई जनाको सल्लाहमा…
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल इण्डो प्यासिफिक स्ट्राटेजीको हिस्सा नबन्ने बताएका छन्। हालै अमेरिकाको भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले अमेरिकामा त्यहाँका विदेशमन्त्री माइक पोम्पिओसँगको भेटका क्रममा दुई देशको सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको बताए। अमेरिकी विदेशमन्त्रीसँगको भेटमा भएको भनिएको इन्डो प्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भुमिकाको विषय सत्तारूढ दलभित्रै विवादमा तानिएको छ। मन्त्री ज्ञवालीले आइतवार परराष्ट्र मन्त्रालयमा पत्रकार…
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक पाँच दिनदेखि धुम्बाराहीमा जारी छ। बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमले पेस गरेको फरक प्रस्तावमाथि आफ्नो विचार राख्ने क्रम जारी छ। आजको बैठकमा ८ जना सदस्यले आफ्नो मत राखेका छन्। आज मत राख्नेहरुले सरकारको केही बचाउ गरेका छन्। बैठकमा बोल्दै वाणिज्य तथा आपूर्ती…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठकमा दोहोरो पदीय जिम्मेवारीमा रहेका नेताहरुलाई एउटा जिम्मेवारीबाट मुक्त गर्नुपर्ने आवाज उठेको छ। प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म दोहोरो जिम्मेवारीमा रहेको भन्दै यसले पार्टीको काम कारवाही प्रभावित भएको बैठकमा मंगलबार बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले माग गरे। स्थायी कमिटी सदस्य रघुजी पन्तले नेताहरुलाई दिइँदै आएको दोहोरो जिम्मेवारी हटाउन माग गरेको बैठकमा…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक आज २ घण्टा ४० मिनेट बसेर पुनः स्थगित भएको छ। बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ८:३० बजे सुरु भएको बैठक ११:१० बजे स्थगित भएको हो। आजको बैठकमा केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’, पृथ्वीसुब्बा गुरुङले अध्यक्षका तर्फबाट…
काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक आज पनि जारी छ। बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ। बैठकमा बोल्ने सदस्यहरूले सरकारको आलोचना गर्दै नेतृत्वको कार्यशैलीको विरोध गरेका छन्। शनिवार पार्टीका दुई अध्यक्षका तर्फबाट संयुक्त रूपमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको तर्फबाट प्रस्तुत फरक मत माथि सदस्यहरूले आफ्नो मत राखिरहेका छन्। सोमवार…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठकमा सचिवालय सदस्य वामदेव गौतमले दुई अध्यक्षहरुको प्रतिवेदनको काउन्टरमा फरक मत राखे। उनले राखेको फरक मतमा ने क पा नेतृत्वको सरकारले चुनावी घोषणापत्रमा गरिएका प्रतिवद्धता अनुरुप काम नभएको भन्दै आलोचना गरिएको छ। उनले हालसम्म ने क पाको राजनीतिक प्रतिवेदन सार्वजनिक नभएको र लुकाइएको आरोपसमेत लगाएका छन्। उनले राखेको…
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचिवालय सदस्य वामदेव गौतमले पार्टी भित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शक्तिशाली अध्यक्ष बनाउने प्रस्ताव राखेका छन्। शनिबार बसेको पार्टी स्थायी कमिटीको बैठकमा उनले प्रस्तुत गरेको फरकमतमा यस्तो सुझाव दिएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रचण्डलाई शक्तिशाली बनाउन सुझाए। ‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको…
काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले कम्युनिस्टको सरकार भएकै बेला नेपालको राष्ट्रियता खतरामा परेको टिप्पणी गरेका छन्। शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा उनले पेश गरेको फरक मतमा यस्तो आरोप लगाएका हुन्। ‘नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाई समर्थन प्राप्त सरकार भएको अवस्थामा नेपालको राष्ट्रियतासँग सम्बन्धित विषयहरुमा कमजोरी देखापर्न थालेका छन्,’ उनको फरक मतमा अगाडि भनिएको…
काठमाडौं : ६ महिनापछि शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको बैठकमा दुई अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश भयो। २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको काउन्टरमा अर्का सचिवालय सदस्य वामदेव गौतमले फरक मत प्रस्तुत गरेका छन्। ‘पार्टी र सरकारलाई व्यवस्थित गर्ने सम्बन्धमा स्थायी कमिटीमा प्रस्तुत मेरो विचार’ शीर्षकमा १६ पृष्ठ लामो गौतमको फरक मतलाई पार्टीका…
काठमाडौं : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको सात महिना पूरा हुँदैछ। ६ महिनासम्म पार्टीको स्थायी कमिटीको बैठक बस्न सकेन। यस्तोमा पार्टीभित्रै असन्तुष्टि चुलिँदै गयो। सचिवालय सदस्यहरुले बैठक नै बहिस्कार गर्नेसम्मको अवस्था आयो। पार्टीका प्रभावशाली नेताहरु नै नेतृत्वको खुला रुपमा आलोचना गर्दै हिँड्न थाले। असन्तुष्टिहरु मिडियामा छताछुल्ल भए। पार्टीको कुरा मिडियामा छताछुल्ल भएपछि असन्तुष्ट समूहलाई प्रतिवेदनमार्फत् दुई अध्यक्षले…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा (ने क पा) ले पार्टी एकताको काम पूरा नहुँदा एकीकरणका बेला देखिएको उत्साह सेलाउँदै गएको स्वीकार गरेको छ। ६ महिनापछि शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको बैठकमा दुई अध्यक्षका तर्फबाट संयुक्त राजनीतिक प्रतिवेदनमा यस्तो स्वीकारोक्ति गरिएको हो। बैठकमा दुबै अध्यक्षका तर्फबाट २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको…
काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सही दिशा ग्रहण गर्न नसक्ने दाबी गरेको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा दुई अध्यक्षका तर्फबाट पेश भएको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ। ‘विगत निर्वाचन परिणामबाट कमजोर अवस्थामा खुम्चिन पुगेको नेपाली कांग्रेसमा अन्यौल व्याप्त छ। वैचारिक र राजनीतिक पुनःसंरचनाको प्रसंग चले पनि यस…
काठमाडौं : आगामी सोमबार बस्नेगरी नेपाल कम्युनिस्ट पार्टी ने क पाको स्थायी कमिटी बैठक स्थगित भएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बालुवाटार बाहिर पहिलो पटक बसेको स्थायी कमिटीको बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था तथा सरकार संचालनको विषयमाथि आफ्नो धारणा राखेका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको बैठक निर्धारित समयमा नै सुरु भएको छ। एकतापछि पहिलो पटक बालुवाटार बाहिर बैठक बसेको हो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। बैठकमा पार्टी सञ्चालन तथा सरकारको काम कारवाहीको समीक्षा हुने बताइएको छ। त्यस्तै बैठकले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको बैठक शनिबार बस्ने भएको छ। पार्टी कार्यालयका तर्फबाट स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले शनिबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बस्ने सूचना जारी गरेका छन्। गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको ने क पाको स्थायी कमिटीको बैठक…
काठमाडौं : नयाँ सरकार गठन भएसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले २०१८ लाई उच्चस्तरीय भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरे। उनले यस्तो भनिरहँदा दुवै छिमेकी देशबाट उच्चस्तरीय भ्रमण गराउने घोषणा गत मार्चमै गरेका थिए। यसबीच २०१८ बित्नै लागेको छ। दक्षिणी छिमेकी भारतबाट दुई पटक प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेर फर्किए। तर, उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेन। सरकार बन्नासाथ ओलीले…
काठमाडौँ : लामो समय चर्चामा रहेर पनि हुन नसकेको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणमाथि पुन: चर्चा सुरु भएको छ। राष्ट्रपति सीको नेपाल भ्रमणको विषयमा बिहीवार मात्र बेइजिङमा भएको दुई देशका अधिकारीहरूबीचको बैठकमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङमा बिहीवार भएको छलफलमा चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको विषयमा छलफल भएको छ। नेपाल चीन द्विपक्षीय परामर्श संयन्त्रको…
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ को नोभेम्बर ८ मा नोटबन्दीको घोषणा गरे। अवैध कालोधनलाई बाहिर ल्याउनको लागि नोटबन्दी लागू गरिएको उनले घोषणा गरे। भारतले त्यतिबेला प्रचलनमा रहेका पाँच सय र एक हजार दरका नोट खारेज गरी २००० दरको नयाँ नोट प्रचलनमा ल्याएको थियो। हाल भारतले २०० र ५०० दरका नोट पनि प्रचलनमा ल्याएको छ। यो घोषणा हुनासाथ नेपालीहरुसँग…