बुद्धकृष्ण बाग श्रेष्ठ अहिले निराहार छन्। चैत २९ गतेदेखि उनले अन्न खाएका छैनन्। रक्सी र जाँड खान त हुन्छ, तर खाँदैनन्। वैशाख २ गतेसम्मको आहारा पानीमात्रै हो। त्यसो गरेमा जिब्रोमा स्वाद बस्दैन र जिब्रो नरम हुन्छ। यो सबै तयारी हो नयाँ वर्षको भोलिपल्ट अर्थात वैशाख २ गते बोडेमा हुने 'मे प्वा खनिउ जात्रा' (जिब्रो छेड्ने जात्रा) का लागि। सातौँ पटक…
भक्तपुर: लिच्छवीकाल भन्दा अघि नेपालमण्डलमा मातृसत्तात्मक राज्य व्यवस्था थियो। भक्तपुरलाई राजधानी बनाएर किराँतीहरुले शासन गरिरहेका थिए। लिच्छवीहरुले किराँतीहरुलाई पराजित गर्दै नेपालमण्डलमाथि विजय हासिल गरे। किराँतीहरुलाई पराजित गरेको खुशीयालीमा लिच्छवीहरुले चैत्र शुक्ल मसान्तको दिन य: सिं उठाएर वैशाखको पहिलो दिन य: सिं ढालेर बिस्का जात्रा मनाउने परम्परा सुरु गरेका थिए। एउटा वंशको अन्त्य गर्दै अर्कोको उदय भएको वर्षका उपलक्ष्यमा बिस्का सुरु…
बुधबार भक्तपुरको टौमडीबाट भैरवनाथ र भद्रकालीको रथ मध्यरातमा ग: हिटी पुर्याइयो। त्यहाँसम्म पुर्याइँदा रथमा क्षति पुगेको छ। प्यागोडा शैलीमा बनेको तीन तल्ले रथको फोल:(छानो) बिग्रिएको छ भने काठका तोरणहरु झरेका छन्। भैरवनाथको मूर्तिलाई आज बिहान मन्दिरबाट निकालेर पालाको घरमा राखिएको छ। गएराति टौमडीबाट रथलाई दत्तात्रय पुर्याउने क्रममा घर र बिजुलीका पोलहरुमा ठोक्किन पुग्दा रथमा क्षति पुगेको थियो। रथ तान्ने क्रममा गोलमढी पुग्दा…
शिवदेव तृतीयाले करिब ९०० वर्षअघि गाउँ रहेको कीर्तिपुरलाई शहरका रूपमा विकास गरे। शहरलाई चाहिने सुविधा जस्तै पोखरी, ढुंगेधारा, खुला स्थान, सुरक्षित बस्ती निर्माण गरे। उनकै कीर्तिहरूको कारण कीर्तिपुर नाम रहन गएको स्थानीय बताउँछन्। काठमाडौँ,भक्तपुर र ललितपुरका राजाहरू पारिवारिक रूपमा छुट्टिएर सांस्कृतिक युद्ध लड्दै थिए। तृतीयाले भने कीर्तिपुरलाई त्यही बेला नमुना राज्यको रूपमा विकास गरे। तृतीयाले निर्माण गरेको कीर्तिपुरमाथि वि.सं. १८१४…
कीर्तिपुर : कीर्तिपुरको बाघ भैरब मन्दिर पछाडि ८ सय ६५ किलोको गँ (घण्ट) निर्माण हुने भएको छ। पृथ्वीनारायण शाहले चैत्र २६ मा कीर्तिपुर विजय गरेको र चैत्र २७ गते नाक, कान र ओठ काटेको दिन भन्दै आज गँ राख्ने स्थानको शिलन्यास गरिएको हो। कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गँ निर्माण हुने स्थानमा पुजा गरी शिलन्यास गरेका हुन्। महर्जनले कीर्तिपुरका वीर…
घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी भए, घोडा दौडको अवलोकन गरे। विशिष्ट व्यक्तिहरु सैनिक मञ्चमा कुर्सीमा विराजमान हुँदा सर्वसाधारण भने त्यही कार्यक्रमको एक झलक हेर्न टुँडिखेलका चारै कुनामा तँछाडमछाड गरिरहेका थिए। त्यही बेला पाटन दरबार क्षेत्रको चहलपहल पनि काठमाडौंको टुँडिखेल भन्दा फरक थिएन। त्यहाँ पनि घोडेजात्रा हेर्न आउनेको भीड थियो। तर, त्यहाँ न त कुनै…
भक्तपुरवासी अहिले बिस्का जात्राको चटारोमा छन्। फागू शुक्ल पूर्णिमाको साँझदेखि भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेका बिस्का गीतहरु जस्तै: 'थथिं जा:गु रसबस तोल-ताव, राम हं जि गन वने' (यस्तो रसबस छोडेर हे राम म कहाँ जाउ..) भक्तपुरका दाफाहरुमा गुञ्जिरहेका छन्। चैत २७ गते टौमडीमा भैरवनाथ र भद्रकालीको रथ यात्रा शुरु भएपछि विधिवत रुपमा बिस्का शुरु हुन्छ। वर्षको अन्तिम दिन…
२०७२ साल वैसाख १२ गते गएको भूकम्पले घरसँगै बस्दै आएका तर एकअर्कालाई नचिनेका मानिसहरुबीच आत्मियता बढायो। विपत्तिमा सहयोग र सहकार्य गर्दै भूकम्पसँग लड्नु जो थियो। व्यस्त शहरमा छरिएर रहेका मानिसहरु एकीकृत भए भूकम्पले। गाउँघरमा पनि छरिएर बसेका घरहरुलाई एकै स्थानमा ल्याएर एकीकृत बस्ती बसाल्ने कार्यको थालनी भयो। सरकारले पनि एकीकृत बस्ती बनाउने क्रमलाई प्राथमिकता दियो। भूकम्पले सबैभन्दा प्रभावित जिल्ला मध्ये…
‘भिसीं द्य: या लज: खङ लो वान ला ल्यासे बिस्यु वाने मायेक स्व: झाया ला’ भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरमा विगत ४० वर्षदेखि मन्दिरको रेखदेख गर्दै आएकी केशरी कपालीले प्रेमको प्रतीकमा गाइने मदनोत्सव गीत सुनाइन्। गीतको नेपाली अनुवाद हुन्छ: ‘भीमसेन देवताको लिङ्ग देखेर तिमी डरायौ कि, भाग्नु पर्ने गरिकन तिमी फागु हेर्न आयौ कि।’ पहिला,…
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ३ मा पर्छ हैबुङ। भूकम्पका कारण हैबुङमा रहेका सबै घर भत्किए। सिन्धुपाल्चोक जिल्ला आफैमा भूकम्पबाट सबैभन्दा धेरै प्रभावित जिल्ला थियो। भूकम्पपछि चुनौती थियो घर पुनर्निर्माणको। तर, घर बनाउने कसले? राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्ड अनुरुप घर बनाउन पुरानो दक्षताले नभ्याउने अवस्था थियो। त्यसमाथि 'कर्मी' हरुको गाउँका रुपमा रहेको हैबुङमा घर बनाउने जनशक्ति कोही विदेश थिए त…
मेलम्चीः २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण सिन्धुपाल्चोक जिल्ला धेरै प्रभावित बन्यो। भूकम्पकाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा १३ हजारभन्दा बढी घरहरू क्षति भएका थिए। तर भूकम्प गएको चार वर्ष पुग्न लाग्दा समेत भूकम्प पीडितको पीडा कम भएको छैन। मेलम्ची नगरपालिका अन्तर्गतका धेरै वडा गुनासाले भरिएका छन्। ९ सयभन्दा धेरै गुनासा सम्बोधन हुन सकेका छैनन्। अझ गुनासोमा समेत नाम नपरेका…
भक्तपुर वडा नम्बर १ भारभाच्वका महिलालाई हतारहतार बिहानको काम सकाएर १० बजेसम्म काठमाडौँ पुग्न पर्ने हतारो छ। शिवरात्रीका दिनदेखि दैनिक रूपमा उनीहरूको भक्तपुर - काठमाडौँ यात्रा सुरु भएकाले बिहानदेखि भ्याइ–नभ्याई हुन थालेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावमा भक्तपुर नगरपालिकाले उनीहरूलाई विशेष काम दिएको छ। त्यो हो, काठमाडौँको रानीपोखरी (न्हू पुखु) पुनर्निर्माणमा सहयोग गर्ने। पहिलो दिन उनीहरूले रानीपोखरीमा रहेका झारपात जलाएका…
२०७२ बैशाख १२ गतेको भूकम्पले हेलम्बुको तेम्बाथाङका घर पनि सबै भत्किए। घर भत्किएपछि जेनतेन जस्तापाताको छाप्रो बनाएर बस्न बाध्य भए त्यहाँका स्थानीय। नयाँ घर नबनाई नहुने बाध्यता। तर आर्थिक अवस्था कमजोर। सरकारले दिने भनिएको तीन लाख रुपैयाँ घर बनाउन आवश्यक सामग्री ढुवानीलाई नै नपुग्ने देखियो। अझ मुख्य समस्या थातथलोमा पुन: घर बनाउन जोखिम थियो। धुर्मुस सुन्तलीले एकीकृत बस्ती बसालेको खबर…
'सीएमसी कम्पनी एक महिना बिदामा गएको। बेस्ट अफ लक फर योर लाइफ।' हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको क्षेत्रमा एक सिलिन्डरमा लेखी छोडिएका शब्द हन् यी। गत डिसेम्बरदेखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्नाले बीचमै काम छोडेर हिँड्यो। ९० प्रतिशत काम सम्पन्न भएको दाबी गरिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको ठेकेदार…
काठमाडौं : सुदुरपश्चिममा एक समय एउटा नाम धेरै चर्चामा रह्यो। उनले गाउने लोकगीतहरु श्रोतामाझ निकै चर्चित थियो। उनले करिब एक दर्जन एकल एल्बम निकालेकी थिइन्। धेरैले आफ्नो एल्बम बिकाउन उनलाई एउटा गीत गाउन लगाउँथे। तर, संगीत क्षेत्रमा भित्रिएको आधुनिकताले ती गायिका ओझेलमा परिन्। काठमाडौंमा मात्रै नभइ भारतका केही शहरमा समेत आफ्नो गीत प्रस्तुत गरेकी उनको स्वर एक दशकपछि आज काठमाडौंमा…
काठमाडौँ: नेपालका विभिन्न स्थानबाट चोरेर देशभित्रै र बाहिर पुर्याइएका मूर्ति, तोरन, टिकी झ्या, नागपास लगायतका ऐतिहासिक बस्तुहरू राष्ट्रिय संग्रहालयमा प्रदर्शनमा राखिएका छन्। संग्रहालयको ८०औँ स्थापना दिवसको अवसरमा बुधबारदेखि मूर्ति लगायतका बस्तुहरू प्रदर्शनमा राखिएका हुन्। संग्रहालयमा नेपालबाट चोरी भई विदेश पुर्याइ पछि पुन: फिर्ता ल्याइएका ४५ थान मूर्ति र नेपालमै चोरी भई प्रहरीद्वारा फेला भई संग्रहालयमा राखिएका २१९१ मूर्तिहरुमध्ये प्राचीन र…
काठमाडौँ : भूकम्पले भत्काएको तीन वर्षपछि काष्ठमण्डप पुनर्निर्माणका क्रममा महत्वपूर्ण मानिएको 'प्यंग थां' (चारवटा मूल थाम) आज ठड्याइँदैछ। आज बिहान हनुमानढोका परिसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले थामहरुको संकल्प पूजा गरेका थिए। बज्रयान पद्धतिबाट सम्पतिरत्न बज्राचार्य र वैदिक पद्धतिबाट महेश्वर जुजुले पूजा संचालन गरेका थिए। पूजामा जीवित देव गणेश, भैरव, मखं कुमारी, काष्ठमण्डप पुनर्निर्माण समितिका…
चार युवा इन्जिनियरहरु अहिले काठमाडौंको कालोपुलमा एउटा 'ड्रिम प्रोजेक्ट' सार्वजनिक गर्ने तयारी गर्दैछन्। जियोम्याटिक्स इन्जिनियर सुयम वैद्यको नेतृत्वमा कम्प्युटर इन्जिनियर आशिक सुवेदी, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियर सुशान्त चालिसे र कम्प्युटर इन्जिनियर सन्दीप महर्जनले नेपालमा नौलो खाले 'एप' लाई अन्तिम रुप दिने कोसिस गरिरहेका हुन्। एकआपसमा मिलेर नेपालीलाई हिँडाउने अभियानमा जुट्दै छन् यिनीहरु। यही भ्यालेन्टाइन्स डे अर्थात फाल्गुन २ गते…
काठमाडौं : भूकम्पले क्षतिग्रस्त पशुपति श्लेष्मान्तकमा रहेको विश्वरुप मन्दिर पुनर्निर्माण विवादमा परेको छ। २०७२ सालमा वैसाख १२ गतेको भूकम्पले प्रभावित मन्दिरको समयमै संरक्षण नहुँदा वर्षाले गजुरको पूरै भाग भत्किएको थियो। भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा पनि मन्दिर पूर्नर्निर्माण हुन सकेको छैन। अझ मन्दिरको संरक्षण गर्ने नाममा मन्दिरको अस्तित्व नै संकटमा पर्ने गरी पुन:निर्माण भइरहेको छ। आज काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा…
काठमाडौँः उपत्यकालाई जीवन्त बनाई राख्न यहाँका सम्पदाको महत्त्वपूर्ण भूमिका छ। ती सम्पदामध्ये एक हुन्, ल्वहं हिति अर्थात् यहाँका ढुंगेधारा। करिब एक दशक अघिसम्म उपत्यकाका अधिकांश ढुंगेधारामा पानी आउँथ्यो, मूल स्रोतबाटै। कुनै बेला सयौँ मानिसको तिर्खा मेटाएका ती धारा अहिले आफैं प्याकप्याकी परेका छन्। राष्ट्रिय अभिलेखालयका अनुसार काठमाडौँ उपत्यकामा करिब ४ सय दुंगेधारा छन्। तीमध्ये कति सुकिसके, कति नाम मात्रका छन्। पानी…