PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • गुइ टोलमा चन्द्रलोक धाराको यस्तो हालत! एक गाग्री पानीको ६ रुपैयाँ

    गुइ टोलमा चन्द्रलोक धाराको यस्तो हालत! एक गाग्री पानीको ६ रुपैयाँ

    ललितपुर महानगरपालिका वडा नम्बर ८, गुइत: (गुइ टोल) स्थित एक ढुंगेधारामा ११ वर्षीया पूर्णिमा घलान र निरुता शाह पानी भर्दै थिए। ढुंगेधारामा पानी नआएको वर्षौं भइसक्दा पनि दुईवटा जर्किन र प्लास्टिकको जग बोकेर उनीहरु पानी भर्न आएका थिए।  पूरै जीर्ण अवस्थामा रहेको ढुंगेधाराबाट पानी आउने स्थानमा भने सिमेन्टले फलामको पाइप अड्काइएको छ। पाइप पनि खियाले बिग्रिसकेको छ। ढुंगेधाराबाट पानी आउने कुरै…

    विस्तृतमा पढ्नुस्

  • पहरोमै उब्जिएको हाक्पारे सुनियो राजधानीमा : काठमाडौंमा सुनाउँदा मख्ख लोकमान वनेम

    पहरोमै उब्जिएको हाक्पारे सुनियो राजधानीमा : काठमाडौंमा सुनाउँदा मख्ख लोकमान वनेम

    ए… आहिङे फगर हिङ मून्धूम पोङल: आसेनी फगर मिङ मून्धूम पोङल: ए… साक्क (बाँचिन्छ भने जीवनको शास्त्र बनोस् मरेछौं भने नाम अमर रहिरहोस्)  ताप्लेजुङका रैथाने हाक्पारे गायक लोकमान वनेम राजधानी आउँदा उनलाई भेट्न हामी ललितपुरको नखिपोट पुग्यौं। गीत गाउन आएका उनले गाएरै स्वागत गरे।  भेट्दा रुघा खोकीले ग्रस्त थिए। कारण खुलाए, 'ताप्लेजुङमा पनि हिउँमा गाडी चलाएर आएको। यता फेरि धुँवा…

    विस्तृतमा पढ्नुस्

  • यसरी ठडिँदैछ काठमाडौं चिनाउने काष्ठमण्डप : १५ सय वर्ष पुराना काठ भेटियो जस्ताको तस्तै, नयाँसँग पुन: प्रयोग हुँदै

    यसरी ठडिँदैछ काठमाडौं चिनाउने काष्ठमण्डप : १५ सय वर्ष पुराना काठ भेटियो जस्ताको तस्तै, नयाँसँग पुन: प्रयोग हुँदै

    हनुमानढोकास्थित पहिले महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय रहेको भवन बाहिर करिब २५ फिटका १५/१५ इन्चका काठहरु राखिएका छन्। शिल्पकारहरु राखिएका काठ काट्न व्यस्त देखिन्छन्। दरबार क्षेत्र घुम्न आएका जो कसैको पनि नजर यी दृश्यमा पर्नु अनौठो होइन।  यती ठूला र धेरै काठ केका लागि? धेरैको प्रश्नसँगै सुझाव हुने गर्छ :  स-मिलमै लगेर काटेको भए पनि त हुन्थ्यो नि। उनीहरुले दिने…

    विस्तृतमा पढ्नुस्

  • बौद्धनाथ महाचैत्यमा ठोकिएका किला र तारहरु हटाइयो

    बौद्धनाथ महाचैत्यमा ठोकिएका किला र तारहरु हटाइयो

    काठमाडौं : विश्व सम्पदा क्षेत्रमा सूचीकृत बौद्धनाथ महाचैत्यमा ठोकिएका किला र बत्ती बाल्नका लागि राखिएको तारहरु निकालिएको छ।  गत मंसिर २९ गते बिजुली बत्ती बाल्ने भन्दै श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अगुवाइमा 'ड्रिलिङ र क्लिपिङ' गरी किला र तारहरु स्तूप वरिपरि राखिएको थियो। किला ठोकिएपछि स्तूपको महत्व घट्ने र विश्व सम्पदा सूचीबाट बौद्धनाथ हट्न सक्ने भन्दै त्यसकार्यको विरोध भएको…

    विस्तृतमा पढ्नुस्

  • विवादमा टोपी दिवस, अभियान्ता भन्छन्  'ढाका टोपी दिवस होइन, नेपाली टोपी दिवस'

    विवादमा टोपी दिवस, अभियान्ता भन्छन्  'ढाका टोपी दिवस होइन, नेपाली टोपी दिवस'

    'टोपी दिवस रे ! अब बख्खु दिवस! धोती दिवस!.... संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसंस्कृति स्विकारिसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज?' पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सन् २०१७ जनवरी १ तारिखमा ट्विट गर्दै प्रश्न गरे। ट्विट लगत्तै उनको तर्कको विरोध भयो। प्रयोगकर्ताहरूले बाबुरामले किशोर अवस्थामा टोपी लगाएको फोटो रिट्वीट गरे। प्रधानमन्त्रीको शपथ लिँदा 'कोट पाइन्टमा भादगाउँले टोपी' लगाएको…

    विस्तृतमा पढ्नुस्

  • पद्मरत्न तुलाधरको अन्तिम नाटक मञ्चनसँगै नेपाल भाषा सहित्य नख: समापन

    पद्मरत्न तुलाधरको अन्तिम नाटक मञ्चनसँगै नेपाल भाषा सहित्य नख: समापन

    ललितपुर : दोस्रो नेपाल भाषा साहित्य नख: सम्पन्न भएको छ।  शनिवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा पाटन दरबारको भन्दा: क्यबमा भएको कार्यक्रम उद्घाटन गरेका थिए।  कार्यक्रममा नेपाल भाषाका तीनवटा किताब विमोचन गरिएको थियो। राजेन मानन्धरद्वारा लिखित 'हल हल बुंगद्य:', इन्द्र मालीद्वारा लिखित नेपालभाषा यासु धकू (नेपाल भाषाका क्रियापद) र भूषण प्रसाद श्रेष्ठको 'छन्द १०१…

    विस्तृतमा पढ्नुस्

  • ११ वर्षपछि मध्यपुर थिमिमा नवदुर्गा नाच, विशेष पुजा गरी देवगणहरुलाई विदाई भोज

    ११ वर्षपछि मध्यपुर थिमिमा नवदुर्गा नाच, विशेष पुजा गरी देवगणहरुलाई विदाई भोज

    भक्तपुर : ११ वर्ष अघि थिमिमा नवदुर्गा नाच अन्तर्गत नवदुर्गा गण देवलाई आ-आफ्नो टोलमा बोलाएर सगुन दिने 'द्य: व्वयकेगु' गर्नेक्रममा देवगण माथि स्थानीय केही व्यक्तीहरुले अभद्र व्यवहार गरे। त्यसपछि देवगणहरुले सुरक्षाको कारण देखाउँदै त्यहाँ नाच देखाउन अस्वीकार गरेका थिए। प्रत्येक वर्ष य:मरी पुन्हीदेखि एक हप्तासम्म नवदुर्गा नाचको रमझमले दिनरात रम्ने थिमीमा ११ वर्षसम्म नवदुर्गा नाच भएन। यसबाट त्यहाँका स्थानीयहरु दुखी थिए। …

    विस्तृतमा पढ्नुस्

  • बौद्ध स्तुपमा प्वालैप्वाल : के हो विवाद? यस्तो छ चिनियाँ लामाको ‘कनेक्सन’

    बौद्ध स्तुपमा प्वालैप्वाल : के हो विवाद? यस्तो छ चिनियाँ लामाको ‘कनेक्सन’

    त्यो दिन (मंसिर २९ गते शनिबार) विश्व सम्पदा क्षेत्रमा सूचीकृत बौद्धनाथ महाचैत्य क्षेत्रमा आगन्तुकहरुको चाप बढी थियो।  विदेशी पर्यटकहरुको संख्या कम थिएन। तर त्यसदिन केही ताइवानी, चिनियाँ नागरिकहरु महाचैत्य (स्तुप) क्षेत्रमा किला, ड्रिलिङ मेसिन इत्यादि औजारसाथ देखा परे। उनीहरुसँग थिए त्यहीँका केही बौद्ध भिक्षुहरु। बिदाका दिन भएकाले बौद्ध स्तूपमा कर्मचारी कम थिए।  विदेशी नागरिकसहित आएका व्यक्तिहरुले विस्तारै बौद्ध स्तूप वरिपरि…

    विस्तृतमा पढ्नुस्

  • यःमरी - नेवार समुदायको एउटा परिकार जुन सबैलाई मनपर्छ तर परिवर्तन हुँदैछ समयसँगै

    यःमरी - नेवार समुदायको एउटा परिकार जुन सबैलाई मनपर्छ तर परिवर्तन हुँदैछ समयसँगै

    'वा पासा वा वा सकलें वा छेँखापतिं य:मरी फ्वं वनेवा त्यःछिं त्यः बक छिं त्यः लातापाता कुलिंचा जुस्सें त्यः '  नेवार समुदायमा य:मरी पुन्हीका दिन यस्तै गीतहरु गाउँदै य:मरी माग्न जाने प्रचलन रहेको छ।  'यःमरी च्वामु, उकी दुने हाकु, ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरीकुति' (मनपर्ने रोटी चुच्चो छ, त्यसभित्र कालो छ, दिने जवान, नदिने बूढी)  भन्दै य:मरि माग्न जाने बेला युवायुवती…

    विस्तृतमा पढ्नुस्

  • कंक्रिट पदमार्ग निर्माण रोक्न पुरातत्त्वको निर्देशन 

    कंक्रिट पदमार्ग निर्माण रोक्न पुरातत्त्वको निर्देशन 

    काठमाडौं : पुरातत्व विभागले विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको मृगस्थली श्लेशमान्तक वनदेखि विश्वरुप मन्दिरसम्मको पदमार्ग निर्माण कार्य रोक्न फेरि निर्देशन दिएको छ।  यसअघि पनि विभागले पशुपति क्षेत्र विकास कोषलाई कंक्रिटको प्रयोग गरी वन क्षेत्रमा बन्दै गरेको पदमार्ग रोक्न आदेश दिएको थियो। विभागले हाल निर्माण भइरहेको पदमार्ग सम्बन्धमा आफूहरुले मंसिर ४ गते पठाएको पत्रको बेहोरा विपरीत काम भएको भन्दै यस्तो निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • श्लेषमान्तक वनमा निर्मित ‘कन्क्रिट’ परिपथ सम्पदा बचाउ अभियन्ताले भत्काए, ५ जना प्रहरीको नियन्त्रणमा

    श्लेषमान्तक वनमा निर्मित ‘कन्क्रिट’ परिपथ सम्पदा बचाउ अभियन्ताले भत्काए, ५ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं: विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रस्थित श्लेषमान्तक वन र विश्वरुपा मन्दिर क्षेत्रमा  निर्माण भइरहेको परिपथ, सम्पदा बचाउ अभियानका अभियान्ताहरुले भत्काएका छन्। निर्माण गरिएको परिपथ भत्काएको भन्दै अभियानको नेतृत्व गरिरहेका गणपतिलाल श्रेष्ठसहित ५ जना सम्पदा अभियान्ताहरुलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनीहरुलार्इ प्रहरी वृत्त गौशालामा राखिएको छ। सर्वोच्चले निर्माण कार्य रोक्न दिएको आदेशको प्रतिलिपि उनीहरुले ठेकेदारका प्रतिनिधि र त्यहाँ उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • घाटमा शव जलाउन नपाउँदा नेवार बस्तीमा 'भूकम्प', नारा उठ्यो : 'जिगु नं हि क्वा: !'

    घाटमा शव जलाउन नपाउँदा नेवार बस्तीमा 'भूकम्प', नारा उठ्यो : 'जिगु नं हि क्वा: !'

    मंसिर २३ गते आइतवार।  काठमाडौंको चा:वही: (चावहिल) की ४९ वर्षया भीममाया डंगोलको मृत्यु भयो।  चा:वही: का डंगोल समुदायका गुठियारहरुले भीममायाको शवलाई अन्तिम संस्कारका लागि ओम अस्पताल पछाडि रहेको पिंग द्य: (गंगाहिटी) मा लैजाने तयारी गरे। त्यस स्थानमा रहेको दिपमा चा:बहीका डंगोलहरुले वर्षौंदेखि आफ्नो समुदायका दिवंगतहरुको दाहसंस्कार गर्दै आएका छन्। नेवारी बोलिचालीमा 'घाट' लाई  'दिप' भनिन्छ।   आइतबार बिहान करिब ११…

    विस्तृतमा पढ्नुस्

  • निर्जिव ख्वा:पामा 'एक्सप्रेसन' भर्दै सुरज : तामा र पित्तलमा कसरी आउँछ मानवीय संवेदना?

    निर्जिव ख्वा:पामा 'एक्सप्रेसन' भर्दै सुरज : तामा र पित्तलमा कसरी आउँछ मानवीय संवेदना?

    पाटनका ६१ वर्षे पूर्णरत्न शाक्यले आफ्नो जीवनभर हस्तकला क्षेत्रमा लगाए। भैरव र सिंगिनीको ख्वा:पा  (मुकुन्डो) बनाए, आफ्नै डिजाइनमा। तर, उनले गरेको काम केही व्यक्तिमा सीमित रह्यो। छिमेकीले पूर्णरत्नलाई राम्रो कलाकार भनेर त चिन्थे तर उनले के बनाउँछन् भन्नेबारे कमैलाई मात्र थाहा थियो। पाटनकै मानिसहरुबीच उनी गुमनाम थिए।     तर, चार पुस्तादेखि शाक्य परिवारले बनाउँदै आएको ख्वा:पा कलालाई नेपथ्यमा सीमित गर्न पूर्णमानका…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा काठमाडौँमा सर्पाहुति, भेटिएन सर्प, थकू जुजुले दिए माछा, फट्याङ्ग्राको आहुति : यस्तो छ कथा

    मध्यरातमा काठमाडौँमा सर्पाहुति, भेटिएन सर्प, थकू जुजुले दिए माछा, फट्याङ्ग्राको आहुति : यस्तो छ कथा

    काठमाडौं: बालाचतुर्दशीको अवसरमा बिहानै पशुपतिमा सतविज छर्न मानिसहरु भेला हुँदै गर्दा शोभा भगवती मन्दिर वारी रहेको लुं:ति अजिमा (इन्द्रायणी) मन्दिरमा छुट्टै चहलपहल थियो। सर्पको आहुति दिएको हेर्न करिब २०० मानिसहरु मध्यरातमा लुं:ति अजिमामा जम्मा भए। भुस्या र मादलको तालमा केही युवाहरुले मन्दिर परिक्रमा गरेपछि त्यहाँ उपस्थित मानिसको संख्या बढ्दै थियो। सबैको एउटा इच्छा थियो, सर्पाहुति हेर्ने अर्थात होममा जिउँदो सर्पको…

    विस्तृतमा पढ्नुस्

  • फास्ट-ट्रयाक प्रवेशविन्दू विवादः खोकना कि फर्सिडोल? स्थानीय भन्छन् 'सरकार नौमति बजाएर आउँछ रे, संघर्ष नगरी सुख छैन'

    फास्ट-ट्रयाक प्रवेशविन्दू विवादः खोकना कि फर्सिडोल? स्थानीय भन्छन् 'सरकार नौमति बजाएर आउँछ रे, संघर्ष नगरी सुख छैन'

    काठमाडौँः मंसिर ११ गते 'नयाँ युगको सुरुवात' भन्दै सरकारले सहभागिता, योगदान र सामाजिक सुरक्षालाई प्रोत्साहन गर्ने नाराका साथ सामाजिक सुरक्षा योजना घोषणा गर्‍यो । त्यही दिन खोकनावासीहरु भने आफ्नो 'पुरानो युगीन सम्पदा र संस्कृति बचाउन सांस्कृतिक आन्दोलन गर्ने रणनीति' बनाउन तयारी गर्दै थिए। प्रस्थानविन्दू विवादमा रहेको काठमाडौं-तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाले खोकना र बुंगमतिको अस्तित्व समाप्त हुने भन्दै त्यहाँका बासिन्दाहरुले विरोध…

    विस्तृतमा पढ्नुस्

  • २२ तले बन्दैछ 'नयाँ नेपालको नयाँ धरहरा': साढे तीन अर्बको प्रोजेक्ट, दुई वर्षमा सक्ने लक्ष्य

    २२ तले बन्दैछ 'नयाँ नेपालको नयाँ धरहरा': साढे तीन अर्बको प्रोजेक्ट, दुई वर्षमा सक्ने लक्ष्य

    अहिले एउटा नारा चर्चामा छ -'समृद्ध नेपाल सुखी नेपाली'। राज्यले नीति कार्यक्रममार्फत लिएको यो नारा पूरा होला वा नहोला? सरकारको कार्यशैली र गति हेर्दा यकिनसाथ भन्न सकिन्न। तर, कामकाज गर्ने गतिमा परिवर्तन आए दुई वर्षमा एउटा उपहार पक्का पाउनुहुनेछ। त्यो हो -दुई लिफ्ट'सहितको २२ तले धरहरा। २०७२ वैशाख १२ गतेको महाभूकम्पले ऐतिहासिक ९ तले धरहरा ढल्यो। भूकम्प गएको तीन वर्षसम्म…

    विस्तृतमा पढ्नुस्

  • उज्यालोको पर्खाइमा नेपालमै पहिलोपटक बिजुली बलेको घर

    उज्यालोको पर्खाइमा नेपालमै पहिलोपटक बिजुली बलेको घर

    सबै जना तिहारको रमझममा झुमेका छन्। घरहरूमा झिलिमिली बत्ती बलिरहेका छन्। तर, खोकनामा ऐतिहासिक महत्त्व बोकेको एक घरमा बिजुलीका तार र बल्ब त छन्, बत्ती बाल्न घरमा मानिस छैनन्। यो त्यही घर हो, जहाँ नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको थियो। अहिले घर जीर्ण बनेको छ। सेतो रंगले पोतिएको पुरानो घर। सँझ्याः, तिकिझ्याः, म्हय्‌खाझ्याः रहेको घर भने टेकोको भरमा अड्डिएको छ। सँझ्या:…

    विस्तृतमा पढ्नुस्

  • न्हू दँ :  भोलि वसन्तपुरमा गरिने कार्यक्रममात्रै स्थगित, मौन पदयात्रा भने हुने

    न्हू दँ :  भोलि वसन्तपुरमा गरिने कार्यक्रममात्रै स्थगित, मौन पदयात्रा भने हुने

    काठमाडौं : नेपाल संवत् ११३९ न्हूदँ (नयाँ वर्ष) को अवसरमा गरिने कार्यक्रमहरु हुने नहुनेमा अन्यौल भएको छ।  नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ ले पूर्वमन्त्री, वामपन्थी एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनका कारण नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने सबै कार्यक्रमहरु सोमबार स्थगित गरेको बताएको थियो।   समितिले भने नेपाल संवत् ११३९ न्हू दँका अवसरका दिन अर्थात्…

    विस्तृतमा पढ्नुस्

  • भारतीय लक्ष्मीले विस्थापित गर्दैछ नेपालको मौलिक लक्ष्मी, के फरक हुन्छ दुई लक्ष्मीको चित्रमा?

    भारतीय लक्ष्मीले विस्थापित गर्दैछ नेपालको मौलिक लक्ष्मी, के फरक हुन्छ दुई लक्ष्मीको चित्रमा?

    भक्तपुरको नागपोखरीस्थित थलाछेँको एउटा साँघुरो कोठामा एक वृद्ध कागजमा रंग लगाउँदै थिए।  भूकम्पले हल्लाएको घर। अलि ठूलो धक्का आयो भने ढलिहाल्ला कि भन्ने डर। यही तीन तल्ले घरको भूइँतल्लामा धनधान्यकी देवी लक्ष्मीको चित्र तयार पार्दै थिए ७७ वर्षीय कृष्णराम चित्रकार। यो चित्र लक्ष्मीपूजामा बेच्न राखिन्छ।  बीचमा लक्ष्मी, दायाँ कुबेर र सेतो ख्या: (ख्याक), मुनितिर लक्ष्मीको वाहन कछुवा। सबैमा पालैपालो रंग…

    विस्तृतमा पढ्नुस्

  • 'भुस्याहा' कुकुर पाल्ने रघु भन्‍छन् : ‘विदेशी कुकुर पालेर के गर्व गर्छौ, सडकका अलपत्र कुकुरलाई घर दिए पो !’

    'भुस्याहा' कुकुर पाल्ने रघु भन्‍छन् : ‘विदेशी कुकुर पालेर के गर्व गर्छौ, सडकका अलपत्र कुकुरलाई घर दिए पो !’

    पाटनको कृष्ण मन्दिर अगाडि रघु आदित्य आफ्नो 'चिम्पु' सँग डुल्दै थिए। सानो र दुब्लो भएपनि चिम्पु राम्रो नश्ल (ब्रिड) को देखिन्थ्यो। धेरैले चिम्पु कुन ब्रिडको भनी सोध्छन्। उनी हाँस्दै जवाफ फर्काउँछन्, 'यो त सडकबाट उठाइएको कुकुर हो।'  अर्थात् भुस्याहा कुकुर। २०७२ सालमा गएको भूकम्पको केही महिनापछि* बेवारिसे अवस्थामा सडकमा भेटेका थिए चिम्पुलार्इ रघुले। त्यसबेला चिम्पुलार्इ इ- क्यानिस भन्ने रोग लागेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell