PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • पशुपति क्षेत्रभित्रको बाटो विवाद: स्थानीयले बाटोमै गरे वृक्षारोपण, कागेश्वरी मनोहराका प्रतिनिधि बाटो खोल्ने रणनीतिमा

    पशुपति क्षेत्रभित्रको बाटो विवाद: स्थानीयले बाटोमै गरे वृक्षारोपण, कागेश्वरी मनोहराका प्रतिनिधि बाटो खोल्ने रणनीतिमा

    काठमाडौं : पशुपति क्षेत्रमा युनेस्कोको मापदण्ड विपरीत तिलगंगा- ताम्रगंगा र श्लेष्मान्तक वनलाई अतिक्रमण गरी बनाइएको सडकमा आज स्थानीयहरुले वृक्षारोपण गरेका छन्। सर्वोच्च अदालतले सो सडक बन्द गर्न फैसला सुनाएपछि पशुपति क्षेत्र विकास कोषले बाटो बन्द गर्न सुरु गरेको थियो। तर कागेश्वरी मनोहरा नगरपालिकाले सडक बन्द गर्न नदिने भन्दै विरोध गरेको थियो। जनप्रतिनिधिले नै सर्वोच्चको फैसलाको विरुद्ध बाटो खुलाउन प्रयास गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • सेनाको कब्जाबाट मुक्त हुँदै भक्तपुरको रानीपोखरी, काठमाडौंको टुँडिखेललाई कसले बचाउने?

    सेनाको कब्जाबाट मुक्त हुँदै भक्तपुरको रानीपोखरी, काठमाडौंको टुँडिखेललाई कसले बचाउने?

    भक्तपुर : भक्तपुर बोलाछेंका श्याम कृष्ण प्रजापति अहिले ७० वर्षका भए। युवा उमेरसम्म उनी हिँड्दै रानी पोखरी पुग्थे, थाकेको समय त्यहाँका सत्तलमा विश्राम गर्थे अनि साथीभाइसित गफिन्थे। तर, २०४० सालपछि भने उनले रानीपोखरीमा स्वतन्त्र भएर पाइला टेक्न सकेनन्। २०४० सालसम्म सबैका लागि खुल्ला रहेको रानीपोखरी क्षेत्रको करिब ३२ रोपनी क्षेत्रफल तत्कालीन शाही सरकारले सैन्य तालिम केन्द्रको विकास गर्न अधिग्रहण गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • 'जात्रा'ले स्थापना गरेको शास्त्र जोगाउन असफल 'जात्रै जात्रा' (समीक्षा)

    'जात्रा'ले स्थापना गरेको शास्त्र जोगाउन असफल 'जात्रै जात्रा' (समीक्षा)

    'जीवन जात्रा हो। शास्त्रमा लेख्न छुटेको मात्रै हो।' ३ वर्ष अघि फणीन्द्र तिमल्सिना, जयराम लामिछाने (जोयस) र मुन्ना ठाकुरले असन र इन्द्रचोकमा बैकबाट लुटिएको तीन करोड लुकाउन धेरै मिहिनेत गरे। प्रहरीसँग लुकाउँदै, आफ्नै मान्छेहरुँग लुकामारी खेल्दै उनीहरुले चोरिएको रकमलाई प्रयोग गर्ने उपाय खोजे। आफूहरु लड्दै अरुहरुलाई हसाए। पछि पैसा फिर्ता गर्दै समाजमा हिरो बने। धिमे र भुस्याको तालमा असनमा विजय…

    विस्तृतमा पढ्नुस्

  • सत्यमोहनको सय वर्ष बाँच्ने सुत्र: दिनको एक पेग अय्ला

    सत्यमोहनको सय वर्ष बाँच्ने सुत्र: दिनको एक पेग अय्ला

    ललितपुर महानगरको प्राङ्गण भरिभराउ थियो। बिहानको सिमसिमे पानीले ल्याएको चिसो हटिसकेको थियो। महानगरपालिकाले संस्कृतिविद सत्यमोहन जोशीको शताब्दिऔं जन्मोत्सवलाई भव्य बनाउन सक्दो प्रयास गरेको थियो। तर सयौंको संख्यामा उपस्थित स्थानीयहरु भने सय बर्ष बाँच्ने ‘टिप्स’ सुन्न हतारिरहेका थिए। तर त्यति चाँडै कहाँ पो सुन्न पाइन्छ र चाहेको कुरा ! कदर पत्र, सम्मानपत्र, दोसल्ला, माला, अनि नेताहरुका भाषण। शताब्दि पुरुष जोशीकाबारे प्रशंसाका…

    विस्तृतमा पढ्नुस्

  • संस्कृति र पुरातत्वका जीवन्त संग्रहालय सत्यमोहन, भन्छन् 'अब विश्रामको मुडमा छु'

    संस्कृति र पुरातत्वका जीवन्त संग्रहालय सत्यमोहन, भन्छन् 'अब विश्रामको मुडमा छु'

    कुरा १९८५ सालतिरको हो। ललितपुर बुखम्वहालबाट एउटा केटो लखरलखर हिँड्दै काठमाडौँ, रानीपोखरी अघिल्तिरको दरबार हाइस्कुल पुग्थ्यो। ललितपुरबाट त्यहाँ पढ्न आउने सायदै अरू कोही थिए। ७-८ वर्षीय केटो एक्लै हिँड्दै फाट्टफुट्ट रहेका पसल नियाल्दै पढ्नका लागि आउँथ्यो। पढ्नकै लागि करिब दुई घण्टाको हिँड्नुपर्थ्यो। स्कुल समयमै पुग्थ्यो। सरासर लास्ट बेन्चमा गएर घुस्रन्थ्यो। किनकी पढाइमा कमजोर। ग्रेस मार्क्सको सहारामा बल्लतल्ल पास हुने। शिक्षकको…

    विस्तृतमा पढ्नुस्

  • ५ सय वर्ष पुरानो क्वथुननी बचाउन असनमा विरोध सभा, सरकार असफल बनाउन गुठी संस्थान नै लागेको नेकपा सांसदको आरोप

    ५ सय वर्ष पुरानो क्वथुननी बचाउन असनमा विरोध सभा, सरकार असफल बनाउन गुठी संस्थान नै लागेको नेकपा सांसदको आरोप

    काठमाडौं: गुठी संस्थानले असनमा रहेको ५ सय वर्ष पुरानो क्वथुननी भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि असनवासीले आज विरोध प्रदर्शन गरेका छन्। असन चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयहरुले गुठीले काठमाडौंमा व्यापार सभ्यताको विकास भएको असनको मध्ये भागमा रहेको क्वथुननी भत्काएर रैनाथे नेवारहरुलाई विस्थापित गर्न लागेको भन्दै विरोध गरेका हुन्। क्वथुननी बचाउ अभियानले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको रानीपोखरी सेनाको नियन्त्रणमा, आफ्नै कुल देवता पूजा गर्न सेनाको घेराबन्दी

    भक्तपुरको रानीपोखरी सेनाको नियन्त्रणमा, आफ्नै कुल देवता पूजा गर्न सेनाको घेराबन्दी

    भक्तपुर: भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन संकाय) रहेको भवनको माहौल आज भिन्न छ। सैनिकको बाक्लो उपस्थिति हुने र महाविद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाहेक अहिले त्यहाँ भक्तपुरका स्थानीयहरुको जमघट छ।  महाविद्यालय परिसरभित्र रहेको रानीपोखरी वरिपरि रहेको आ-आफ्नो दिगु द्य: (कुलदेवता) को वार्षिक पूजाका लागि भक्तपुरवासी रानीपोखरी पुगिरहेका छन्। अरु समय भने स्थानीयहरुलाई आफ्नै कुलदेवता रहेको रानीपोखरीमा प्रवेशको…

    विस्तृतमा पढ्नुस्

  • ५ सय वर्ष पुरानो क्वथुननी 'गुण्डा नाइके'लाई सुम्पिँदै गुठी संस्थान : प्रतिरोधमा उत्रिँदै असनवासी

    ५ सय वर्ष पुरानो क्वथुननी 'गुण्डा नाइके'लाई सुम्पिँदै गुठी संस्थान : प्रतिरोधमा उत्रिँदै असनवासी

    'ज्यान दिन्छौं तर यो घरमा डोजर चल्न दिँदैनौं' गुठी संस्थानले असनमा रहेको ५ सय वर्ष पुरानो क्वथुननी भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि ६१ वर्षीय सजीव बज्राचार्य प्रतिरोधको तयारी गरिरहेका छन्। सजीवका पुर्खाहरुले असनको क्वथुननीको यही घरबाट व्यापार सुरु गरेका थिए। सजीवले आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिँदै आएका छन्। तर, गुठीको निर्णयसँगै सजीवसँगै १४ परिवार असनबाट विस्थापित हुने जोखिम छ।…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक विदेश पुगेकी 'कुमारी'को अनुभव : त्यता पनि माग्ने हुँदा रैछन्, अन्तरिक्ष यात्रा गर्न पाए हुन्थ्यो !

    पहिलो पटक विदेश पुगेकी 'कुमारी'को अनुभव : त्यता पनि माग्ने हुँदा रैछन्, अन्तरिक्ष यात्रा गर्न पाए हुन्थ्यो !

    'मस्कोमा पनि माग्ने मान्छे हुँदा रहेछन् !'  पहिलो पटक विदेश यात्रा गरेर फर्केकी १२ वर्षकी मतिनालाई सबैभन्दा अनौठो यही लाग्यो। ९ वर्षसम्म जीवित देवी कुमारीका रुपमा पुजिँदै आएकी मतिना शाक्य वैशाखको पहिलो साता विदेश पुगेकी थिइन्।   सन् २००७ मा यसैगरी भक्तपुरकी कुमारी सजनी शाक्य लिभिङ गडेस शीर्षकको वृत्तचित्र रिलिजको कार्यक्रममा अमेरिका पुगेकी थिइन्। तर त्यसको महँगो मूल्य चुकाउनु पर्‍यो। परम्परा विपरीतको…

    विस्तृतमा पढ्नुस्

  • एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्‍यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा

    एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्‍यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा

    वि.सं १९८१ पौष १४ गते राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाले त्यस बखतको विशाल टुँडिखेलको मध्य भागमा रहेको खरीको बोटसहितको ऐतिहासिक चौतारामा बसेर नेपाल अधिराज्यबाट दासत्व मोचनको घोषणा गरेका थिए। चन्द्र शम्शेरको उक्त घोषणालाई त्यस बेला धेरैले क्रान्तिकारी परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका थिए। Source: Images of the Century 'जहाँनिया राणाशासन' मा पनि कोही दासत्वबाट मुक्त हुन सक्ला भनेर कसैले…

    विस्तृतमा पढ्नुस्

  • ३८ वर्षअघि भोटाहिटीमा बनेको नेपालकै पहिलो 'अन्डरग्राउन्ड सब-वे' ठेकेदारको नियन्त्रणमा

    ३८ वर्षअघि भोटाहिटीमा बनेको नेपालकै पहिलो 'अन्डरग्राउन्ड सब-वे' ठेकेदारको नियन्त्रणमा

    ३८ वर्षअघि काठमाडौंको जनसंख्या खासै धेरै थिएन, न त सवारीसाधनको चाप नै बढी थियो। तर काठमाडौंको एक भागमा भने प्रायः भिडभाड र ट्राफिक समस्या हुने गर्थ्यो- रत्नपार्कबाट भोटाहिटी हुँदै असन जाने चौबाटो।   त्यो समयमा कुनै निश्चित स्थानमा मात्रै जेब्रा क्रसिङ बनाइएको थियो। तर चौडा सडक मध्ये पर्ने शहिदगेट -दरबारमार्ग सडक खण्डमा पर्ने भोटाहिटी चोकमा भने बाटो काट्ने कुनै माध्यम थिएन। मानिसहरु…

    विस्तृतमा पढ्नुस्

  • खुल्लामञ्च खुल्ला गराउँदा हरिप्रभामाथि जाइलागे व्यापारी, मिडियाप्रति कडा आक्रोश

    खुल्लामञ्च खुल्ला गराउँदा हरिप्रभामाथि जाइलागे व्यापारी, मिडियाप्रति कडा आक्रोश

    काठमाडौं: शनिवार मध्याह्न खुल्लामञ्चमा बनाइएको बसपार्कमा एक्कासी गाडी आउन रोकियो। डोजरसहित प्रहरी खुल्लामञ्च प्रवेश गरे र त्यहाँ बनाइएका संरचना खाली गर्न आह्वान गरे। नयाँ बनेको संरचनामा सटर खोलेर व्यापार गर्दै आएका व्यवसायीहरुलाई खाली गर्न भनेपछि केहीले हतारहतार आफ्ना सामान निकाले। केहीले विवाद पनि थाले। अनि सुरु भयो खुल्लामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु भत्काउने काम। पुरानो बसपार्कमा २१ तल्ले 'भ्यू टावर' सहितको…

    विस्तृतमा पढ्नुस्

  • 'प्रधानमन्त्री ओलीको ठाडो आदेशमा खुल्लामञ्चमा अवैध रुपमा बनेका सटर भत्काइयो'

    'प्रधानमन्त्री ओलीको ठाडो आदेशमा खुल्लामञ्चमा अवैध रुपमा बनेका सटर भत्काइयो'

    काठमाडौं: खुल्लामञ्चमा बनाइएको बसपार्कमा अवैध रुपमा निर्माण गरिएको सटरसहितको संरचना आज भत्काइएको छ। प्रधानमन्त्रीको आदेशमा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको सक्रियतामा अवैध सटरहरु भत्काइएका हुन्। सटर भत्काइँदा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य उपस्थित थिए। पुरानो बसपार्कमा २१ तल्ले 'भ्यू टावर' सहितको बहुउद्देश्यीय बनाउने अनुमति पाएको ठेकेदार जलेश्वर स्वच्छन्द बिकोईले नै खुल्लामञ्चमा सम्झौता…

    विस्तृतमा पढ्नुस्

  • भारतको भर नपरी पाटनमा पुनर्निर्माण : कलानगरीमा पनि सरकारी ठेक्काकै समस्या

    भारतको भर नपरी पाटनमा पुनर्निर्माण : कलानगरीमा पनि सरकारी ठेक्काकै समस्या

    ललितपुर : विश्व कला परिषद्ले ललितपुर महानगरभित्र पर्ने पाटन क्षेत्रलाई गत कार्तिकमा विश्वकै ३५ औं 'कला नगरी' घोषणा गर्‍यो। १६ औं र १७ शताब्दीतिर सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लले पाटन दरबारमा विभिन्न सम्पदा निर्माण गरी काष्ठकलाले निपूर्ण मन्दिर, पाटी, सत्तलहरु बनाएका थिए। तर, २०७२ सालको भूकम्पले पाटनका ती सम्पदाहरुमा क्षति पुग्यो। दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, चार नारायण…

    विस्तृतमा पढ्नुस्

  • सम्पदा पुनर्निर्माणमा भक्तपुरका मेयर प्रजापतिको सुत्रः 'विदेशीलाई ठेक्का नदिने, सकेसम्म मौलिक पहिचान'

    सम्पदा पुनर्निर्माणमा भक्तपुरका मेयर प्रजापतिको सुत्रः 'विदेशीलाई ठेक्का नदिने, सकेसम्म मौलिक पहिचान'

    भक्तपुर कुनै बेला नेपालमण्डलको राजधानी थियो। लिच्छवी र मल्लकालमा भक्तपुर देशको केन्द्र मात्र बनेन, भौतिक र अभौतिक सम्पदामा पनि उत्तिकै धनी बन्यो। तर, २०७२ साल वैशाख १२ गतेको भूकम्पले त्यहाँका भौतिक सम्पदा माथि क्षति पुग्यो। त्यसबाट त्यहाँका अभौतिक सम्पदा सञ्चालनमा समेत प्रभाव पर्‍यो। वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा रहेका सयौँ सम्पदामध्ये १३० वटा सम्पदाहरूमा धेरै क्षति पुगेको थियो। जनप्रतिनिधि नहुँदा…

    विस्तृतमा पढ्नुस्

  • खुल्लामञ्च खोज्दै प्रधानमन्त्री, सेना र मेयरविरुद्ध नाराबाजी, 'खुल्ला मञ्च, कहाँ छ खुल्ला?' भन्दै बन्द गराइयो सटर

    खुल्लामञ्च खोज्दै प्रधानमन्त्री, सेना र मेयरविरुद्ध नाराबाजी, 'खुल्ला मञ्च, कहाँ छ खुल्ला?' भन्दै बन्द गराइयो सटर

    काठमाडौं: काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २१ तल्ले भ्यू टावर सहितको व्यापारिक भवन बनाउने निर्णय गरेपछि त्यहाँको बसपार्क खुल्लामञ्च सारिएको थियो। आधा भागमा बसपार्क बनाउँदा राजनीतिक परिवर्तनको साक्षी बनेको खुल्ला मञ्च साँघुरियो। पछि फेरि खुल्लामञ्चको बाँकी रहेको आधा जग्गा वीर अस्पताल र दरबार हाइ स्कुललाई दिइएपछि खुल्लामञ्च जनताका लागि बन्दै रह्यो। यसैबीच केही हप्ताअघि बसपार्क क्षेत्रमा ८ वटा नयाँ सटर बनाइयो।…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्ष बित्योः ओलीको बोली अनुसार उठेन बुङमती, स्थानीय भन्छन्, 'हावा गफ गरेर गए'

    तीन वर्ष बित्योः ओलीको बोली अनुसार उठेन बुङमती, स्थानीय भन्छन्, 'हावा गफ गरेर गए'

    काठमाडौँः २०७२ साल माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओली तामझामका साथ ललितपुर महानगरपालिका (साबिकको कार्यविनायक नगरपालिका) पुगेका थिए। भूकम्पको पीडामा अस्थायी टहरामा बसिरहेका बुङमतीका बासिन्दाहरुबीच भत्किएको रातो मच्छिन्द्रनाथको मन्दिर परिसरमा उभिएर देवतालाई साक्षी राखेर प्रधानमन्त्री ओलीले बुङमतीलाई सम्पदा बस्ती घोषणा गर्दै पुनर्निर्माण महाभियानको शुभारम्भ गरेका थिए। बारम्बार भूकम्प गइरहने भएकाले त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न १२ देखि २२ सेकेन्ड अगाडि…

    विस्तृतमा पढ्नुस्

  • भगीरथ भैयाको चिनो, १९९० को भूकम्पमा भत्किएको भाइदेग: पुनर्निर्माण हुँदै

    भगीरथ भैयाको चिनो, १९९० को भूकम्पमा भत्किएको भाइदेग: पुनर्निर्माण हुँदै

    २०७२ साल वैशाख १२ गतेको भूकम्प भन्दा शक्तिशाली थियो १९९० सालको भूकम्प। त्यसबेला काठमाडौं उपत्यकामा रहेका धेरैजसो घर र मन्दिरहरु भत्किएका थिए। १९९० सालको भूकम्पमा भत्किएका कयौं मन्दिरको पुनर्निमाण गर्ने काम राणाहरुले नै गरे। तर, केही मन्दिरहरुले आफ्नो ऐतिहासिक स्वरुप गुमाए। फलस्वरुप नयाँ पुस्तालाई ती मन्दिरको इतिहासबारे ज्ञान हुने कुरै भएन। १९९० सालको भूकम्पमा भत्किएको तर आफ्नो मौलिक शैली गुमाएर…

    विस्तृतमा पढ्नुस्

  • अन्त नहुने जात्रा हाँडीगाउँमा : पोखरीभित्र गहना खोजिने

    अन्त नहुने जात्रा हाँडीगाउँमा : पोखरीभित्र गहना खोजिने

    वसन्त ऋतुको आगमनसँगै उपत्यका जात्रामय भयो। तीनै शहरको केन्द्रदेखि गाउँगाउँसम्म विभिन्न जात्राहरु भइरहेका छन्। भिन्न स्थान, भिन्न परिवेश तर सबैलाई जोड्ने पर्वहरु। यसैबीच आज काठामाडौंको नर: (हाँडीगाउँ)मा तिसा: मालिगु जात्रा ( गहना खोज्ने जात्रा) हुँदैछ। लिच्छवीकालदेखि सुरु भएको भनिएको सो जात्रा अरु स्थानमा भन्दा भिन्न छ। यहाँ त्वरं: अजिमा (वैष्णवी टुंडाल देवी)को मूर्तिलाई खटमा राखेर तिसा: मालिगू पुखु (गहना पोखरी)…

    विस्तृतमा पढ्नुस्

  • बिस्काको रमझममा विवादित बनेको टौमढीको त्यो घर जसबाट हेर्दाको पैसा उठाउँदा बल्झियो नक्सा विवाद

    बिस्काको रमझममा विवादित बनेको टौमढीको त्यो घर जसबाट हेर्दाको पैसा उठाउँदा बल्झियो नक्सा विवाद

    चैत २७ गते भक्तपुरको टौमढी स्कवायरमा हजारौं मानिसहरु जम्मा भएका थिए। भक्तपुरकै प्रसिद्ध बिस्का जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ यात्राको दृश्य हेर्न मानिसहरु तछाडमछाड गरिरहेका थिए। वरिपरिका सबै घर भरिभराउ थिए। जात्राको तस्विर खिच्न र दृश्य कैद गर्न फोटो पत्रकारहरु र टिभी क्रु टौमढीका घरघर चहार्न थाले। सबैलाई राम्रो तस्विर खिच्ने आकांक्षा हुने नै भयो। धेरैको नजर गयो टौमढीमा रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell