PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • नेवार समुदायमा गथांमुग : राक्षस भगाउन फलामे औंठी लगाइयो, बेलुकी घण्टाकर्णको दहन

    नेवार समुदायमा गथांमुग : राक्षस भगाउन फलामे औंठी लगाइयो, बेलुकी घण्टाकर्णको दहन

    काठमाडौं : आज नेवार समुदायले गथांमुग: मनाउँदैछ। प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाउने प्रचलन छ। संस्कृतिविद् ओम धौभडेल भूतप्रेत, बोक्सी लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने गरिएको बताउँछन्। उनका अनुसार तन्त्रिकविद्या, कुविद्या वा बोक्सी विद्याको साधना गर्नेहरु आज…

    विस्तृतमा पढ्नुस्

  • चुरा पोतेले उनेको हिन्दु मुस्लिम सम्बन्ध

    चुरा पोतेले उनेको हिन्दु मुस्लिम सम्बन्ध

    ललितपुरको झम्सिखेल निवासी सुपर्णा भुसाल 'सौभाग्यको प्रतीक' मानिने चुरा पोते किन्न जहिल्यै मंगलबजार पुग्छिन्। अझ साउन महिनामा त उनी पोते, तिलहरी, चुरा किन्न धेरै पटक मंगलबजार धाउँछिन्। पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर छेउमा चुरा पोतेका पसल छन्। भुसालको रोजाइमा भने फिरोजद्दिन खानले सञ्चालन गरिरहेको त्यहाँकै सबैभन्दा पुरानो चुरापोते पसलमा पर्छ। फिरोजद्दिनका पूर्वज मल्लकालमा काठमाडौँ उपत्यका भित्रिएका थिए। त्यसै बेला उनीहरूलाई…

    विस्तृतमा पढ्नुस्

  • २४ वर्षदेखि जावलाखेल युथ क्लबले भोगचलन गरेको सरकारी जग्गामा चल्यो डोजर: 'व्यापारिक भवन हैन, पार्क बनोस्'

    २४ वर्षदेखि जावलाखेल युथ क्लबले भोगचलन गरेको सरकारी जग्गामा चल्यो डोजर: 'व्यापारिक भवन हैन, पार्क बनोस्'

    ललितपुर: शुक्रबार बिहान जावलाखेलबाट एकान्तकुना जाने बाटोको बीचमा रहेको तरकारी बजारमा डोजर चल्यो। ललितपुर वडा नम्बर ५ मा पर्ने सो जग्गा उपयोग गर्ने गरी २४ वर्ष अघि जावलाखेल युथ क्लब र तत्कालीन ललितपुर नगरपालिका वडा ५ बीच कागज भएको थियो। सम्झौतामा क्लबले २० बर्षका लागि त्यहाँको जग्गा भोगचलन गर्ने सहमति थियो। २० बर्षकालागि जग्गा पाएको क्लबले त्यहाँ तरकारी बजार स्थापना गर्‍यो…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरविरुद्ध उत्रिए स्थानीय : पलेस्वाँ पुखु ब्युताउने प्रयास, स्थानीयलाई सघाएको भन्दै महानगर प्रहरी प्रमुख निलम्बित

    ललितपुर महानगरविरुद्ध उत्रिए स्थानीय : पलेस्वाँ पुखु ब्युताउने प्रयास, स्थानीयलाई सघाएको भन्दै महानगर प्रहरी प्रमुख निलम्बित

    जब पाटन क्षेत्रमा ठूलो पानी पर्छ तब मंगलबजार आसपासका क्षेत्र डुबानमा पर्छन्। यस वर्ष पनि मनसुन अगावैको बर्षाका कारण पुल्चोकबाट मंगलबजार जाने सडक जलमग्न भयो। मनसुनसँगै आएको बर्षाले धेरैका घरभित्र पानी पस्यो। बर्षैपिच्छे मंगलबजार डुबानमा पर्दै गएपछि स्थानीयले डुबान हुनुको कारणबारे बहस गर्न थाले। पहिला पाटनको न: टोलमा रहेका पोखरीहरु नभएका कारण मंगलबजारसम्म डुबानमा परेको निश्कर्ष विज्ञहरुले निकाले। अहिले न: टोलका स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • 'स्मार्ट पार्किङ' को नाममा 'ब्रह्मलुट' : चर्को शुल्क, भद्रगोल पारा

    'स्मार्ट पार्किङ' को नाममा 'ब्रह्मलुट' : चर्को शुल्क, भद्रगोल पारा

    'यो त ब्रह्मलुट हो।' न्युरोड पुगेका युवराज अर्याललाई मोटरसाइकल कहाँ पार्क गर्ने भन्ने चिन्ता थियो। न्युरोडमा शुरु गरिएको 'स्मार्ट पार्किङ'का बारेमा सुनेका उनी खिचापोखरी पुगे। गोरखापत्र संस्थान जाने बाटो छेउको 'स्मार्ट पार्किङ' मा आफ्नो मोटरसाइकल पार्क गर्न खोजे। मोटरसाइकल पार्क गर्नै लाग्दा ज्याकेट र क्यामेरा भिरेका एक युवक आइपुगे र चिट काट्नु पर्ने बताए। हातमा पार्किङको बिल काट्ने मेसिनसमेत बोकेका…

    विस्तृतमा पढ्नुस्

  • 'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ', 'नेवार मुस्लिम पहिचान' खोजीको कथा

    'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ', 'नेवार मुस्लिम पहिचान' खोजीको कथा

    काठमाडौँ: 'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ'   उमेरले ५५ नाघिसकेका ख्वाजा असद शाहले हामीलाई सुनाएको गीत हो यो। काठमाडौँमा जन्मेका ख्वाजा मामाघर वटुमा हुर्के। रैथाने नेवार समुदायको घना बस्तीमा हुर्केका उनी नेवारी कला संस्कृतिसँग घुलमिल छन्। नेवारहरुकै बीच उठबस भएकाले नेपाल भाषामा उनको राम्रै पकड छ। सात पुस्तादेखि ख्वाजाको परिवार इन्द्रचोकमा बस्दै आएको छ। वर्षौँदेखि आकाश भैरव मन्दिर…

    विस्तृतमा पढ्नुस्

  • 'मनसुन'ले कतै पहिरो, कतै बाढी : रानीपोखरीमा भने जम्दै पानी

    'मनसुन'ले कतै पहिरो, कतै बाढी : रानीपोखरीमा भने जम्दै पानी

    काठमाडौं: गत बिहिवारदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीपहिरो गइरहेको छ। कुनै क्षेत्र डुबानमा परी विपद् निम्तिएको छ। यही झरीले बन्दै गरेको रानीपोखरीलाई भने फाइदा भइरहेको छ। अहिले रानीपोखरी जल मग्न भएको छ। आज केही बेर वर्षा रोकिएर घाम लाग्दा पोखरीमा पानीको सतह केही घटे पनि पोखरीको पश्चिम भागमा भने पानी जमेको देखिएको छ। भूकम्पमा क्षति पुगेको रानीपोखरीमा पानी…

    विस्तृतमा पढ्नुस्

  • राज्यको नजरमा नपरेको बौद्ध आन्दोलन : 'चिनियाँ लामा'का कारण बौद्धमा कसरी फैलियो अशान्तिको बादल?

    राज्यको नजरमा नपरेको बौद्ध आन्दोलन : 'चिनियाँ लामा'का कारण बौद्धमा कसरी फैलियो अशान्तिको बादल?

    २०७६ साल असार ९ गते सोमवार। बिहान करिब ११ बजे विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुप परिसरमा अप्रत्यासित रुपमा मानिसको जमघट बाक्लियो। हातहातमा प्लेकार्ड बोकेका उनीहरु अजिमा मन्दिर अगाडि हुँदै गुरु ल्हाखाङ् गुम्बा अगाडि उभिएर नारा लगाउन थाले। गुम्बाको प्रवेशद्वारमा प्रहरीको उपस्थिति पनि बाक्लियो। बाहिर नारा लागिरहँदा प्रवेशद्वारमा प्रहरीसँग केही व्यक्तिको ठेलमठेल भयो। यसैबीच उनीहरुले गुम्बामा रहेको बौद्ध तथा मेलम्ची घ्याङ…

    विस्तृतमा पढ्नुस्

  • कुँदेको काठभित्र इन्द्रप्रसादको पुर्ख्यौली शिल्प

    कुँदेको काठभित्र इन्द्रप्रसादको पुर्ख्यौली शिल्प

    २२ वर्ष अगाडी इन्द्रप्रसाद शिल्पकार स्कुले विद्यार्थी थिए। विद्यालयमा अध्ययनरत छँदा घरमा भने उनको ध्यान घरकै रहेको काठ र ज्यावलमा जान्थ्यो। उनका बुवा इन्द्रकाजी शिल्पकार काठको काम गर्थे। उनको दैनिकी काठमा चित्र बनाउँदै त्यसलाई विभिन्न आकृति दिँदैमा बित्थ्यो। छोरा इन्द्रप्रसाद आफ्नो बुवाको काष्ठ कलालाई नियाल्ने काम गर्थे। काठ कुँदेको हेरेर मात्रै मन बुझेन उनको। इन्द्रप्रसादले बाल्यकालमै बुवाले झैँ हातमा ज्यावल…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथको दु:ख : जात्रा सकिएको सन्देश पाताल पुर्‍याउन पोखरीमा खाल्डो खनेर छाडियो माछा

    रातो मछिन्द्रनाथको दु:ख : जात्रा सकिएको सन्देश पाताल पुर्‍याउन पोखरीमा खाल्डो खनेर छाडियो माछा

    ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिनद्रनाथ) र मीननाथ को रथयात्रा जेठ २६ गते सकिएको थियो। त्यस दिन जावलाखेलमा भोटोजात्रा पछि रातो मछिन्द्रनाथको मूर्तिलाई छ्वाली बालेर बुंगमतीमा विराजमान गरिन्छ। मानिसहरु मूर्तिलाई बुंगमती पुर्‍याएसँगै रातो मछिन्द्रनाथको जात्रा समापन भएको ठान्छन्। तर, त्यसो होइन।     त्यस दिन रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा मात्रै सकिएको हो। तान्त्रिक विधिबाट जात्राको औपचारिक समापन आज मात्रै…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरीमा कालो माटो: तिहारसम्म पानी जम्मा गर्ने लक्ष्य, यसरी बन्दैछ पोखरी

    रानीपोखरीमा कालो माटो: तिहारसम्म पानी जम्मा गर्ने लक्ष्य, यसरी बन्दैछ पोखरी

    काठमाडौं: भक्तपुरकी रामदेवी सिन्ताकल हातमा कु/तकुचा (कोदालो/कुटो) समाउँदै कालो माटोको ठूलो थुप्रोबाट अरु साना साना थुप्रा पार्दैछिन्। सँगै रहेकी तीर्थलक्ष्मी लागे साना थुप्रामा बाँडिएको कालो माटोलाई लाइनमा बसेका अरु महिलालाई पास दिँदैछिन्। लाइनमा बसेका महिलाहरु हात हातै कालो माटो एकले अर्कालाई दिन्छन्। लाइनको अन्तिममा रहेकी अष्टलक्ष्मी दुवाल कालो माटोलाई बालुवा बिछ्याइएको पोखरीमा मिलाउने काम गरिरहेकी छिन्। २०७२ को भूकम्पपछि अस्तित्व नै…

    विस्तृतमा पढ्नुस्

  • घरकीलाई म्याक्सी छैन, छिमेकीलाई ट्याक्सी - अर्थात् आइफा अवार्ड : के नेपालमा श्रीलंका प्रकरण दोहरिएला?

    घरकीलाई म्याक्सी छैन, छिमेकीलाई ट्याक्सी - अर्थात् आइफा अवार्ड : के नेपालमा श्रीलंका प्रकरण दोहरिएला?

    सरकारकै पहलकदमीमा नेपालमा आयोजना हुने भनिएको आइफा अवार्डको विवाद नौलो होइन। जहाँ यसको आयोजना हुन्छ, केही न केही विवाद जन्मिहाल्छ। नेपालमा अहिले जारी बहसले आइफा अवार्ड सहज रुपमा हुन्छ भन्न सकिन्न। केहीगरी भइहाल्यो भने पनि सफल हुने नहुने निश्चित हुन्न। किनकि परिस्थिति सन् २०१० मा श्रीलंकाको जस्तै छ। सन् २०१० मा श्रीलंकामा आइफा अवार्ड गर्ने घोषणा हुँदा पनि माहौल नेपालको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर र काठमाडौंका पोखरीसँगै पाटनको मल्लकालीन पोखरी ब्युताउँदै भक्तपुरबासी

    भक्तपुर र काठमाडौंका पोखरीसँगै पाटनको मल्लकालीन पोखरी ब्युताउँदै भक्तपुरबासी

    काठमाडौं: काठमाडौंको रानीपोखरीको पुनर्निर्माणकालागि हाल भक्तपुरबाट करिब ६० जना आएर काम गरिरहेका छन्। काठमाडौंकै रानीपोखरी भन्दा पुरानो भाजु (भाज्या) पुखु निर्माणमा पनि करिब ४० जना खटिएका छन्। पुनर्निमाणमा खटिनेमा अधिकांश महिला छन्। पुनर्निर्माणको काम ठेक्का बिना उपभोक्ता समितिमार्फत् भइरहेको छ। यी दुवै पोखरी निर्माणको नेतृत्व भक्तपुरका कृष्णप्रसाद दुमरुले गरिरहेका छन्। दुमरु डेढ महिनादेखि भक्तपुरको अर्को जम्बो टोली लिएर ललितपुरको लगनखेल…

    विस्तृतमा पढ्नुस्

  • के प्रधानमन्त्रीले भनेजस्तै मास्क लगाउने घटेका हुन् त काठमाडौंमा?

    के प्रधानमन्त्रीले भनेजस्तै मास्क लगाउने घटेका हुन् त काठमाडौंमा?

    काठमाडौं: काठमाडौंको फोहोरले पुरानै नियति भोग्न थालेको छ। काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलका स्थानीयले फेरि फोहोर फ्याल्न रोकेपछि अहिले काठमाडौंका सडक फोहोरको थुप्रोले भरिएका छन्। आइतवार साँझ महानगर र सिसडोलबासी बीच सहमति भएपछि सोमबार बिहानबाट बल्ल फोहोर उठ्न शुरु भएको छ। चर्को घाम र मनसुने झरीका कारण ती फोहोरबाट आउने प्रदुषण मानव स्वास्थ्यका लागि झनै खतरनाक हुँदै…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयकविरुद्ध विरोध जारी : सरकारलाई खबरदारी गर्न मोटरसाइकल र्‍याली

    गुठी विधेयकविरुद्ध विरोध जारी : सरकारलाई खबरदारी गर्न मोटरसाइकल र्‍याली

    काठमाडौँ: गुठी विधेयकको विरोध गरिरहेका आन्दोलनरत पक्षको अगुवाईमा आज बृहत मोटरसाइकल र्‍याली गरिएको छ। सरकारले राष्ट्रिय सभाबाट ‍औपचारिक रुपमा गुठी विधेयक फिर्ता लिइसके पनि फेरि षड्यन्त्र गरेर उस्तै विधेयक ल्याउन सक्ने भन्दै सरोकारवालाहरुले खबरदारी गर्न र्‍याली आयोजना गरेको जनाएको छ। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नेतृत्वमा मोटर साइकल र्‍याली निकालिएको हो। काठमाडौंको इन्द्रचोकबाट सुरु भएको र्‍याली असन, दरबारमार्ग, गौशाला,…

    विस्तृतमा पढ्नुस्

  • कोलमा तोरी पेलेर बजार माग धान्दै सिकाली : पुरानो र आधुनिक शैलीमा यसरी उत्पादन हुन्छ खोकनामा तेल

    कोलमा तोरी पेलेर बजार माग धान्दै सिकाली : पुरानो र आधुनिक शैलीमा यसरी उत्पादन हुन्छ खोकनामा तेल

    ललितपुर: ६४ वर्षीया गंगा महर्जन नाङ्लोमा तोरी केलाउँदैछिन्। खोकनाकै स्थानीय गंगा जहिल्यै बिहान १० बजे नै सिकाली बहुउद्देश्यीय सहकारी तेल मिल पुग्छिन र तोरी केलाउन लागि पर्छिन्। यता, तोरी पेलेर तेल निकाल्न व्यस्त छन् गोरखाका श्याम गुरुङ। महर्जनले केलाएर राखेको तोरीलाई मेसिनमा पेलेर तेल निकाल्ने काम गुरुङ एक्लैले गर्छन्। यी दुवैजनाको मेहेनतले सहकारीबाट दिनको करिब २०० लिटर तोरीको तेल उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • सरकारले नटेरेपछि काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा खतराको सूचीमा राख्ने प्रस्तावको तयारीमा युनेस्को

    सरकारले नटेरेपछि काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा खतराको सूचीमा राख्ने प्रस्तावको तयारीमा युनेस्को

    काठमाडौं: युनेस्कोले काठमाडौं उपत्यकामा अवस्थित विश्व सम्पदा सूचीलाई खतराको सूचीमा राख्न प्रस्ताव अघि बढाउने तयारी गरेको छ। काठमाडौं उपत्यकामा रहेका सबै सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव गर्ने तयारी गरेको सीएनएनले उल्लेख गरेको छ। काठमाडौं उपत्यकामा मात्रै सातवटा सम्पदाहरु विश्व सम्पदा सूचीमा सूचीकृत रहेका छन्। हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु, पशुपतिनाथ मन्दिर र चांगु नारायण…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयक खारेजीको माग गर्दै खबरदारी र्‍याली, 'नभए ४ गतेको भन्दा ठूलो आन्दोलन हुन्छ'

    गुठी विधेयक खारेजीको माग गर्दै खबरदारी र्‍याली, 'नभए ४ गतेको भन्दा ठूलो आन्दोलन हुन्छ'

    काठमाडौं: सरकारले राष्ट्रियसभामा दर्ता गराएको गुठी विधेयक फिर्ता लिने निर्णय गरेसँगै भोलि त्यसका लागि मतदान हुँदैछ। गुठियारको अधिकार समाप्त हुने प्रावधानसहित ल्याइएको विधेयकविरुद्ध काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा व्यापक विरोध भएपछि सरकारले असार ३ गते विधेयक फिर्ता लिने निर्णय गरेको थियो। तर, गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियान्ताहरुले सरकारले विधेयक फिर्ता लिँदा प्रयोग गरेको भाषाहरुप्रति आपत्ति जनाउँदै विधेयक खारेज हुनुपर्ने भन्दै असार ४…

    विस्तृतमा पढ्नुस्

  • हङकङको शैली पछ्याउँदै नेवा आन्दोलन : एम्बुलेन्सलाई बाटो, सडकको फोहर बटुलबाटुल

    हङकङको शैली पछ्याउँदै नेवा आन्दोलन : एम्बुलेन्सलाई बाटो, सडकको फोहर बटुलबाटुल

    काठमाडौं : केही दिनअघि हङकङमा भएको आन्दोलनको एउटा भिडियो भाइरल भयो। सुपुर्दगी विधेयकको विरुद्धमा हजारौं जनता सडकमा ओर्लिएका थिए। बाटो ठप्प थियो। त्यही समयमा एउटा एम्बुलेन्स आइपुग्यो। सडक छपक्कै छोपेर प्रदर्शनमा उत्रेकाहरुले एम्बुलेन्सलाई बाटो छोडिरहेका थिए। बुधबार गुठी विधेयकको विरोधमा जनता माइतीघरमा भएको प्रदर्शनमा हङकङको त्यही दृश्य दोहोरियो। आन्दोलनमा सहभागीहरु माइतीघरमा मात्र नभइ थापाथली र बानेश्वरसम्म सडकमा थिए। बाटोमा नाचगान…

    विस्तृतमा पढ्नुस्

  • शक्ति प्रदर्शन खबरदारी सभामा 'रुपान्तरण', सरकारको भाषाप्रति आन्दोलनकारीको असन्तुष्टि

    शक्ति प्रदर्शन खबरदारी सभामा 'रुपान्तरण', सरकारको भाषाप्रति आन्दोलनकारीको असन्तुष्टि

    काठमाडौं : सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयक फिर्ता लिने निर्णय गरे पनि त्यसविरुद्धको आन्दोलन नरोकिने भएको छ। आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पद्मा कुमारी अर्यालले विधेयक फिर्ता लिने निर्णय गरेको घोषणा गरिन्। जनसमुदायमा विधेयकको बारेमा विभिन्न किसिमको भ्रम सिर्जना गर्ने र उत्तेजित पार्ने कोसिस भएको भन्दै मन्त्रीले सरोकारवालाहरु सँग थप छलफल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell