PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • पूर्व कुमारीलाई अभिनन्दन गर्दै फसिकेबमा कुमारी पूजाको निरन्तरता

    पूर्व कुमारीलाई अभिनन्दन गर्दै फसिकेबमा कुमारी पूजाको निरन्तरता

    काठमाडौं :  काठमाडौंमा नेवार समुदायको बाहुल्यता रहेका हरेक टोलमा कुमारी मन्दिरहरु हुन्छन्। कुमारी पूजा गर्ने परम्परा १२ औं शताब्दीमा गुणकामदेवले सुरु गरेको कथन छ। मल्लकालमा भने आ-आफ्नो टोलमा कुमारीको मन्दिर स्थापना गर्ने चलन सुरु भएको बताइन्छ। रञ्जना (रञ्जना सिनेमा हल जाने) गल्ली भनेर चिनिने काठमाडौंको फसिकेबमा पनि कुमारीको मन्दिर रहेको छ। कुनैबेला चर्चित रञ्जना हलभित्र नै कुमारी मन्दिर रहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • वाङको नेपाल भ्रमण छायाँमा पार्ने गरी नेपालबारे मोदीले गरे ९ ट्वीट, फेरि नेपाल भ्रमणमा आउने  

    वाङको नेपाल भ्रमण छायाँमा पार्ने गरी नेपालबारे मोदीले गरे ९ ट्वीट, फेरि नेपाल भ्रमणमा आउने  

    काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यी अहिले नेपाल भ्रमणमा छन्। भ्रमणका क्रममा दुई देशबीच तीनवटा सहमति पत्रमा हस्ताक्षर भए। तर, नेपालको मुख्य चासो भने पुराना सम्झौता कार्यान्वयन गराउनमै रह्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वाङ यीसँगको भेटमा पुराना सहमति कार्यान्वयनमै जोड दिए। वाङ हाल उपत्‍यकाका विभिन्न स्थानको भ्रमणमा व्यस्त छन्। हिजो चन्द्रागिरी पुगेका वाङ आज भक्तपुर पुगे। उनी काठमाडौं घुमिरहँदा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • य:सिं ठड्याएसँगै येँया: सुरु,  य:सिं ढाल्ने साइत असोज १ गते बिहान ५ बजेर ३५ मिनेटमा

    य:सिं ठड्याएसँगै येँया: सुरु,  य:सिं ढाल्ने साइत असोज १ गते बिहान ५ बजेर ३५ मिनेटमा

    काठमाडौं : काठमाडौंको हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै आजबाट विधिवत् रुपमा येँया: (इन्द्रजात्रा) सुरु भएको छ। भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्‍याइएको य:सिंलाई आज बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा इन्द्रध्वज फहराएर ठड्याइएको हो। त्यसअघि हनुमानढोकास्थित डबलीमा किलागलको दी प्याखं प्रस्तुत गरिएको थियो। मजिपा लाखे, सवभक्कु, पुलुकिसी लगायतका नाचहरु भने आज बेलुकीबाट सुरु हुनेछन्। आजै दिवंगत आफन्तहरुको सम्झनामा पाल्चामा…

    विस्तृतमा पढ्नुस्

  • 'जंग हिरण्य हेम नारायण मन्दिर' को पुनर्निर्माणमा त्रुटि भएको स्वीकार्‍यो पुरातत्वले

    'जंग हिरण्य हेम नारायण मन्दिर' को पुनर्निर्माणमा त्रुटि भएको स्वीकार्‍यो पुरातत्वले

    काठमाडौं : कालमोचन घाटमा रहेको राणाकालीन 'जंग हिरण्य हेम नारायण मन्दिर'को पुनर्निर्माणमा त्रुटि भएको पुरातत्व विभागले स्वीकार गरेको छ। मन्दिरभित्र पानी चुहिरहेको र पानी पुनर्निर्माणका क्रममा ऐतिहासिक पक्षलाई बेवास्ता गरिएको समाचार प्रकाशित भएपछि विभागले मन्दिरबारे सजग रहेको प्रतिक्रिया दिएको हो। पहिलोपोस्टसँगको कुरामा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भने मन्दिर पुनर्निर्माणको काम सकिए पनि त्यहाँ अझै केही संरचना राख्न बाँकी रहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख अतिथिका रुपमा निम्त्याइएका पर्यटनमन्त्री योगेश दबूको कार्यक्रममा भएनन् उपस्थित : कारण, छायाँदेवी कम्प्लेक्स उद्घाटनको विवाद

    प्रमुख अतिथिका रुपमा निम्त्याइएका पर्यटनमन्त्री योगेश दबूको कार्यक्रममा भएनन् उपस्थित : कारण, छायाँदेवी कम्प्लेक्स उद्घाटनको विवाद

    काठमाडौं: नेवार समुदायको साझा राष्ट्रिय संगठन 'नेवा: देय् दबू'को रजत जयन्तीका अवसरमा आज राजधानीको खुशीबुँमा विशेष कार्यक्रम आयोजना भयो। कार्यक्रमको मुख्य अतिथिका रुपमा निम्तो गरिएको थियो, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई। मन्त्री भट्टराई आउने कार्यक्रम तय भएदेखि नै नेवा: राजनीतिक अभियानलगायतका संघ संगठनहरुले विरोध गरे। कारण बन्यो,  ठमेलको कमल पोखरीमाथि बनेको विवादस्पद छायाँदेवी कम्प्लेक्स। गत वर्ष सो कम्प्लेक्सको…

    विस्तृतमा पढ्नुस्

  • येँया:का लागि मल्लकालीन प्रवेशद्वारमा यसरी पुर्‍याइयो य:सिं, हनुमानढोकामा कसले शुरु गर्‍यो य:सिं ठड्याउन?

    येँया:का लागि मल्लकालीन प्रवेशद्वारमा यसरी पुर्‍याइयो य:सिं, हनुमानढोकामा कसले शुरु गर्‍यो य:सिं ठड्याउन?

    काठमाडौं अहिले 'फेस्टिभ मुड'मा छ। गुँला पर्व सकिएसँगै काठमाडौंवासी अहिले येँया: (इन्द्रजात्रा)को तयारीमा छन्। आठ दिन लामो येँया:का लागि य:सिंलाई भोटाहिटी पुर्‍याइएको छ। यससँगै काठमाडौंका भित्री शहरमा जात्राको चहलपहलसमेत शुरु भइसेकेको छ। भाद्र शुक्ल द्वादशीमा विधिवत रुपमा हनुमानढोकामा रहेको काल भैरब अगाडि य:सिं ठड्याएर येँया: को शुरुवात हुनेगर्छ। यसवर्ष येँया:का लागि य:सिंलाई तत्कालिन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीमा पुर्‍याइएको…

    विस्तृतमा पढ्नुस्

  • खुल्ला गरिँदै झ्व:छेँ; यसरी ब्युतिँदैछ हिप्पीको फ्रिक स्ट्रिट

    खुल्ला गरिँदै झ्व:छेँ; यसरी ब्युतिँदैछ हिप्पीको फ्रिक स्ट्रिट

    वसन्तपुरमा रहेको 'झ्व:छेँ' लाई नेपालको पहिलो 'पर्यटकीय हब' भन्दा फरक नपर्ला। सन् १९६० तिरको कुरा हो। बिहानदेखि मध्यरातसम्म झ्व: छेँका सडक गल्लीमा पर्यटकहरु हुन्थे। नेपालीभन्दा विदेशीको उपस्थिति धेरै हुन्थ्यो। प्रायजसोका हातमा गाँजा हुन्थ्यो। केही विदेशी'एप्पल पाइ' पाउने पसलमा भेटिन्थे। खुल्ला स्वतन्त्रताको परिचयक थियो यो ठाउँ। १९५० सम्म त नेपाल विश्वका लागि बन्द नै थियो। तर, जब नेपाल खुल्ला भयो तब…

    विस्तृतमा पढ्नुस्

  • जंगबहादुरले मोक्षका लागि बनाएको कालमोचनको बेहाल : ऐतिहासिक पक्षको बेवास्ता, पुनर्निर्माण सकिएको मन्दिरमा चुहिन्छ पानी

    जंगबहादुरले मोक्षका लागि बनाएको कालमोचनको बेहाल : ऐतिहासिक पक्षको बेवास्ता, पुनर्निर्माण सकिएको मन्दिरमा चुहिन्छ पानी

    तत्कालीन श्री ३ जंगबहादुर राणाले विसं १९३१ मा थापाथलीस्थित बाग्मती किनारमा 'जंग हिरण्य हेम नारायण मन्दिर' बनाए। बेलायत यात्राबाट फर्केपछि उनले रानी र छोराको नाममा सो मन्दिर निर्माण गरेका थिए। टेकुदेखि थापाथली दोबानसम्म करिब १० वटा घाट छन्। त्यसमा सबैभन्दा महत्त्वपूर्ण घाटका रूपमा कालमोचन घाटलाई लिइन्छ। जंगबहादुरले सत्ता कब्जा गर्नका लागि धेरै षड्यन्त्र रचेका थिए। त्यसक्रमा उनले धेरै नरसंहार र गोत्र…

    विस्तृतमा पढ्नुस्

  • धरहरा बनाउँदा सुन्धाराको सुर्ता : पैसा तिर्नुपर्ने बनाउछौ भने छाड, हामी आफै बनाउँछौं

    धरहरा बनाउँदा सुन्धाराको सुर्ता : पैसा तिर्नुपर्ने बनाउछौ भने छाड, हामी आफै बनाउँछौं

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकांक्षी योजनाका रुपमा रहेको धरहरा निर्माणको विषयसँगै सुन्धाराको भविष्यमाथि पनि स्थानीयले प्रश्न गर्न थालेका छन्। कुनै बेला शहरको पानी भर्न जाने सुन्धाराको अस्तित्व यतिखेर हीन अवस्थामा छ। त्यसैले अब सुन्धारा टिकेट काटेर देखाउनका लागि मात्र बन्ने हो कि भन्ने चिन्तामा छन् स्थानीय। त्यसैकारण काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले लुँहिटी (सुनधारा)…

    विस्तृतमा पढ्नुस्

  • उपाकुका लागि सुन्धाराको बाटो खोलिने, ज्ञवाली भन्छन्,'धरहरा निर्माणपछि बाटो यथावत् रहन्छ'

    उपाकुका लागि सुन्धाराको बाटो खोलिने, ज्ञवाली भन्छन्,'धरहरा निर्माणपछि बाटो यथावत् रहन्छ'

    काठमाडौं:  येंया: (इन्द्रजात्रा) अन्तर्गत उपाकुका दिन काँचो माटोको दियोमा बत्ती बाल्दै नेवार समुदाय पित्तृ मोक्षका लागि ऐतिहासिक मार्ग हुँदै नगर परिक्रममा गर्ने गर्छन्। तर, यसपटक सुन्धारा बागदरबारबीचमा पर्ने उपाकु मार्ग निर्मार्णधिन धरहराका कारण अवरुद्ध भएपछि स्थानीय विरोधमा उत्रेका छन्। उनीहरुले धरहराका कारण सो मार्ग अतिक्रमणमा परेको आरोप लगाउँदै यसपटक भाद्र २४ गते परेको उपाकुका लागि सो सांस्कृतिक मार्ग खुल्ला हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • धरहरामा मिचिँदै 'उपाकु मार्ग' : काँचो दियो बाल्दै जाने रुट अब के होला?

    धरहरामा मिचिँदै 'उपाकु मार्ग' : काँचो दियो बाल्दै जाने रुट अब के होला?

    येंया: (इन्द्रजात्रा) को पहिलो दिन भाद्र शुक्ल द्वादशीमा वर्ष भरी दिवंगतहरुको सम्झनामा दीप बाल्दै नेवार समुदाय उपाकु जाने गर्छन्। लिच्छवी कालमा सुरु भएको 'उपाकु' जाने क्रममा मन्दिर, दोबाटोमा काँचो दियो बालेर राख्दै यात्रा गरिन्छ। यसरी बाटोमा दियो बाल्दै यात्रा गर्नाले पितृमोक्ष हुने जनविश्वास छ। यो वर्ष भदौ २४ गते उपाकु परेको छ। काठमाडौंमा उपाकुको आफ्नै रुट छ। यसबेला क्षेत्रपाटी, ठँहिटी, ज्याथा,…

    विस्तृतमा पढ्नुस्

  • ५०० वर्ष पुरानो क्वथुननी बचाउन १५ हजारको हस्ताक्षर गुठी संस्थानलाई, कार्यालयमै गुञ्जियो गुठी संस्थान खारेजीको नारा 

    ५०० वर्ष पुरानो क्वथुननी बचाउन १५ हजारको हस्ताक्षर गुठी संस्थानलाई, कार्यालयमै गुञ्जियो गुठी संस्थान खारेजीको नारा 

    काठमाडौं: असनमा रहेको ५०० वर्ष पुरानो ऐतिहासिक अशोक वृक्ष विहार भत्काएर गुठी संस्थानले व्यापारिक कम्पलेक्स बनाउन लागेको भन्दै आज गुठी संस्थान घेराउ गरिएको छ। असनवासी र सम्पदा अभियन्ताहरुका साथमा असनबाट सुरु भएको र्‍याली इन्द्रचोक , जुद्धशालिक, खिचापोखरी, धरहरा, त्रिपुरेश्वर हुँदै गुठी संस्थानको केन्द्रीय कार्यालयमा पुगेको थियो। अभियन्ताहरुले करिब आधा घण्टा गुठी संस्थान घेराउ गर्दै गुठीले सम्पदा संरक्षण गर्न नसकेको र…

    विस्तृतमा पढ्नुस्

  • आज नगर परिक्रमा गर्न निस्कँदै भिंद्य:, भारतको सहयोग छाडेर आफ्नै बुतामा पुन: निर्माण

    आज नगर परिक्रमा गर्न निस्कँदै भिंद्य:, भारतको सहयोग छाडेर आफ्नै बुतामा पुन: निर्माण

    आज साँझ पाटन दरबार क्षेत्रमा रहेका 'भिंद्य:' नगर परिक्रमा गर्न बाहिरिँदैछन्। भिंद्य: रहेको पाटनको सो ऐतिहासिक मन्दिरमा वि सं २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको थियो। बाहिरबाट मन्दिर ठडिएको देखिए पनि भित्रबाट भने जिर्ण भइसकेको थियो। जिर्ण मन्दिर ढल्न सक्ने सम्भावना पनि थियो। पाटनमै अरु ठाउँमा पुनर्निर्माणको काम सुरु भए पनि सो मन्दिरको काम भने चार वर्ष सम्म…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले गरायो राधालाई पाटनको कृष्ण मन्दिरमा प्रवेश 

    भूकम्पले गरायो राधालाई पाटनको कृष्ण मन्दिरमा प्रवेश 

    'यो पनि कृष्णको, त्यो पनि कृष्णको, सारा संसार कृष्णको, म पनि कृष्णको' कृष्ण जन्माष्टमीका दिन आज देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। कृष्णसँगै उनकी बालसखा राधाको नाम पनि गीतहरुमा सुनिन्छन्। बाल्यकालदेखि सँगै रहेका यी दुई एकअर्का प्रति मोहित थिए। धार्मिक पुराणहरुमा राधा र कृष्णका अनेकौं लीलाहरुको वर्णन पाइन्छ। यससँगै कृष्णकी गोपिनीहरुको लीला पनि…

    विस्तृतमा पढ्नुस्

  • पलेस्वाँ पुखु ब्युताउँने सहमति तर भ्रमण वर्षसम्म भने पार्किङ स्थल नै

    पलेस्वाँ पुखु ब्युताउँने सहमति तर भ्रमण वर्षसम्म भने पार्किङ स्थल नै

    ललितपुरको न: त्वामा रहेको पलेस्वाँ पुखु (कमल पोखरी) ब्युताउँने विषयमा महानगरपालिका र स्थानीयबीचको विवाद अन्त्य भएको छ। मल्लकालीन पोखरी रहेको स्थानमा ललितपुर महानगरपालिकाले पर्यटक बसपार्क संचालन गर्दै आएको छ। तर, न:त्वाका स्थानीयले भने सो स्थानमा पोखरी नै बनाउनुपर्ने माग गरिरहँदा महानगरपालिकाले पर्यटक बसपार्क संचालनका लागि ठेक्का दिएपछि एक महिनायता स्थानीयले विरोध गर्दै आएका थिए। उनीहरुले पोखरी प्रवेश गर्ने ढोकामा ताल्चा…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा मध्यपुर थिमीमा निस्किए लायकू भैल:, के हो लायकू भैलः?

    मध्यरातमा मध्यपुर थिमीमा निस्किए लायकू भैल:, के हो लायकू भैलः?

    सापारुको अन्त्यसँगै मध्यपुर थिमीमा विभिन्न नाचहरु प्रदर्शनमा आएका छन्। थिमी, बोडे, नगदेशमा निलबाराही, महांकाल, अष्टमातृका, भष्मासुर मोहिनी लगायत नाच प्रदर्शनमा आएका हुन्। यता शनिबार मध्यरातदेखि भने मध्यपुर थिमीमा लोपोन्मुख 'लायकू भैलः' नाच सुरु भएको छ। नेपालभाषामा लायकूको अर्थ दरबार र भैलः को अर्थ भैरव भन्ने हुन्छ। ४७ वर्ष रोकिएको सो नाच स्थानीयको सक्रियतामा केही वर्ष यतादेखि पुन: सञ्चालनमा आएको हो।…

    विस्तृतमा पढ्नुस्

  • रवीशको प्रश्नले नै म्यागसेसे : के मोदीले उनीसामु खोल्लान मुख?

    रवीशको प्रश्नले नै म्यागसेसे : के मोदीले उनीसामु खोल्लान मुख?

    'म मोदी विरोधी होइन। म मोदीसँग प्रश्नमात्र सोध्छु' भारतमा अप्रिल ११ देखि सुरु भएको लोकसभा निर्वाचन मे १९ मा गएर टुंगियो। निर्वाचनबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले बहुमत ल्यायो। मोदी दोस्रोपटक प्रधानमन्त्री भने। तर, निर्वाचनका बीच उनले दिएका केही अन्तर्वार्ता विवादास्पद रहे। आफ्नो पाँच वर्ष कार्यकालको दौरान मोदी मिडियाका प्रश्नबाट भाग्दै आएका थिए। न कुनै अन्तर्वाता न पत्रकारसँग भेटघात नै।…

    विस्तृतमा पढ्नुस्

  • ५ सय वर्ष पुरानो क्वथुननी बचाउन कांग्रेस सांसदको आग्रह, 'पार्टीको होइन, नेपालको झण्डा लिएर सडकमा आऔं'

    ५ सय वर्ष पुरानो क्वथुननी बचाउन कांग्रेस सांसदको आग्रह, 'पार्टीको होइन, नेपालको झण्डा लिएर सडकमा आऔं'

    काठमाडौं: गुठी संस्थानले असनमा रहेको ५ सय वर्ष पुरानो क्वथुननी भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि स्थानीयहरुले विरोध गरिरहेका छन्। क्वथुननी बचाउ संघर्ष समितिको अगुवाइमा गत जेठ १९ गतेबाट सुरु भएको हस्ताक्षर संकलन कार्यक्रम उपत्यकाका तीनै जिल्लामा संचालन गरिएको थियो। हालसम्म करिब १५ हजार हस्ताक्षर संकलन भएको समितिले जनाएको छ। संकलन गरिएको हस्ताक्षर र ज्ञापनपत्र प्रधानमन्त्रीका साथै भूमिसुधार मन्त्रालय, गुठी…

    विस्तृतमा पढ्नुस्

  • गुठी संस्थानको लापरवाहीः झन्डै रोकियो इष्टदेवी तलेजुको पवित्रारोहण पूजा

    गुठी संस्थानको लापरवाहीः झन्डै रोकियो इष्टदेवी तलेजुको पवित्रारोहण पूजा

    काठमाडौः राजधानीको वसन्तपुरस्थित तलेजु भवानीलाई नेपालको इष्टदेवीका रुपमा पुज्ने गरिन्छ। वर्षभरि नै तलेजु मन्दिरमा अनेकौं पूजाहरु हुने गर्छन्। गथांमुग: को दिन पनि तलेजु भवानीको पवित्रारोहण पूजा हुने गर्छ। बिहानदेखि बेलुकीसम्म विभिन्न चरणमा छुट्टा छुट्टै पूजा हुन्छ। विशेष गरी यस दिन तलेजु भवानीलाई हातले बनाएको विशेष किसिमको जनै र कपासको धागो तिसा: (गहना) का रुपमा चढाउने गरिन्छ। यस्तै साँझ तलेजु भवानीलाई…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय पाठ्यक्रममार्फत 'ख्वपको दर्शन' सिकाउँदै भक्तपुरका विद्यालय

    स्थानीय पाठ्यक्रममार्फत 'ख्वपको दर्शन' सिकाउँदै भक्तपुरका विद्यालय

    भक्तपुर दहीको सहर हो। दहीको राजा 'जुजु धौ'का कारण भक्तपुरले नेपाली समाजमा छुट्टै पहिचान बनाएको छ। हुन त अरू स्थानमा पनि दही बन्छन्। तर भक्तपुरको चार किल्लाभित्र बन्ने जुजु धौ बनाउने प्रक्रिया अन्य स्थानमा भन्दा फरक हुन्छ। धेरैलाई माटोको भाँडोमा दूधलाई जमाएर नै जुजु धौ बनाइन्छ भन्ने लाग्छ। तर त्यसो होइन। जुजु धौका लागि जुजु धौंकै 'पुसा' (जुजु धौ बनाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell