PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • मन्त्री अर्याललाई बुझाइयो लिम्पियाधुरासहितको नक्सा, 'चीनलाई साथमा लिएर सीमा विवाद समाधान गर्नुपर्छ'

    मन्त्री अर्याललाई बुझाइयो लिम्पियाधुरासहितको नक्सा, 'चीनलाई साथमा लिएर सीमा विवाद समाधान गर्नुपर्छ'

    काठमाडौं : भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर प्रकाशित गरेपछि देशव्यापी विरोध भइरहेको छ। त्यसैको विरोधमा सीमा बचाउ अभियानले भारतको नक्सालाई काउन्टर दिँदै लिम्पियाधुरा सहितको नेपालको नक्सा तयार पारेको छ। आज अभियानले सोही नक्सा भूमि व्यवस्था, सहकारी तया गरीबी निवारण मन्त्री पद्यमा अर्याललाई हस्तान्तरण गरेको छ। लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार गरिएको थियो। सोही…

    विस्तृतमा पढ्नुस्

  • अकुपाइ टुँडिखेल : अभियन्तादेखि किन तर्किन्छन् मेयर शाक्य?

    अकुपाइ टुँडिखेल : अभियन्तादेखि किन तर्किन्छन् मेयर शाक्य?

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई महानगरको कार्यालयमा भेट्ने समय हो दिउँसो। महानगरको कार्यालयस्थित उनको कार्यकक्षबाहिरै एउटा सूचना टाँसिएको छ, जसमा लेखिएको छ - प्रमुखज्यु सँगको भेटघाट २ बजेपछि। त्यसैलाई आधार मान्दै काठमाडौंको मध्यभागमा रहेको टुँडिखेल खुल्ला गराउने उद्देश्यसहित शुरु भएको अकुपाइ टुँडिखेलका अभियन्ताहरु सोमवार महानगर प्रमुख शाक्यलाई भेट्न बागदरबारस्थित काठमाडौं महानगरको मुख्य कार्यालय पुगे। अभियानलाई नागरिक स्तरबाट समर्थन…

    विस्तृतमा पढ्नुस्

  • मूर्ति हराउने क्रम बढ्यो : अमेरिकामा रहेको मूर्ति फर्काउन कुटनीतिक नियोग र इन्टरपोललाई पत्राचारको तयारी

    मूर्ति हराउने क्रम बढ्यो : अमेरिकामा रहेको मूर्ति फर्काउन कुटनीतिक नियोग र इन्टरपोललाई पत्राचारको तयारी

    काठमाडौं : यही महिनाको पहिलो साता भक्तपुर र ललितपुरबाट सयौं वर्ष पुरानो मूर्तिहरु हराए। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा रहेको लक्ष्मी नारायणको मूर्ति एकाएक जहाँ सशस्त्र प्रहरीको सुरक्षा गस्ती रहन्छ। मन्दिर परिसरबाटै मूर्ति हराउन थालेपछि मन्दिरमा रहेका अरु मूर्ति र कलाहरुको सुरक्षा कसरी हुनसक्छ भन्नेमा स्थानीय चिन्तित छन्। चाँगुनारायण मन्दिरको उत्तर दिशामा रहेको सत्तलमा थियो, लक्ष्मीनारायणको मूर्ति। लिच्छवीकालको अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • रञ्जना लिपिको पुनरुत्थान : क्यालिग्राफीप्रति आकर्षण, प्रयोग चाहिँ न्यून

    रञ्जना लिपिको पुनरुत्थान : क्यालिग्राफीप्रति आकर्षण, प्रयोग चाहिँ न्यून

    शुक्रवार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा रञ्जना लिपि पुनरुत्थानको बारेमा अन्तर्क्रिया चलिरहेको थियो। डबलीको केही टाढा भने बालबालिका रञ्जना लिपिमा आफ्नो नाम लेखाउन लामवद्ध देखिन्थे। ती बालबालिका रञ्जना लिपिबारे अनभिज्ञ हुँदाहुँदै पनि नाम टिपाउन तत्पर थिए। नेपाल लिपि गुठीले सुरु गरेको रञ्जना क्यालिग्राफी क्याम्पेन अन्तर्गत अहिले देशभर रञ्जना लिपिलाई पुर्नजीवित बनाउने प्रयास भइरहेको छ। त्यसैको निरन्तरता स्वरुप काठमाडौंमा संचालन भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • काल भैरवको 'बर्थ डे सेलिब्रेसन' : किन काटियो 'न्याय मूर्ति'सामु केक?  

    काल भैरवको 'बर्थ डे सेलिब्रेसन' : किन काटियो 'न्याय मूर्ति'सामु केक?  

    काठमाडौं : बुधवार साँझ हनुमानढोकामा एक्कासी 'ह्याप्पी बर्ड डे' गीत गुञ्जियो। विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्थानमा सार्वजनिक रुपमा नै जन्मदिनको गीत बजेपछि धेरै मानिस आश्चर्यमा परे। भैरवाष्टमी (भैरव अष्टमी) भएकाले धेरै मानिस हनुमानढोकामा रहेको काल भैरवको दर्शन गर्न पुगेका थिए। भैरव उत्पत्ति भएको दिनलाई भैरव अष्टमीका रुपमा मानिँदै आएको छ। तर, बुधवार साँझ भने सबैलाई आश्चार्यमा पार्ने गरी काल भैरवको 'बर्थ डे'…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरीमा पानी अड्याउन 'माअप्पा' बिछ्याउने काम सुरु, पुनर्निर्माण नसकिँदै किन बाहिरियो भक्तपुर?

    रानीपोखरीमा पानी अड्याउन 'माअप्पा' बिछ्याउने काम सुरु, पुनर्निर्माण नसकिँदै किन बाहिरियो भक्तपुर?

    काठमाडौंः २०७२ सालको भूकम्पमा क्षति पुगेको रानीपोखरीको पुनर्निर्माणको काम भइरहेको छ। अहिले रानीपोखरीमा पानी अड्याउनका लागि कालो माटोले सलामी दिने र माअप्पा (पातलो इट्टा) बिछ्याउने काम भइरहेको छ। मन्दिर र पुलको काम पनि ६ महिना भित्र सकाउने लक्ष्यका साथ कामदारहरु लागि परेका छन्। सुरुमा पानी अड्याउनका लागि भक्तपुरबाट दक्ष जनशक्ति खटाइएको थियो। त्यसका लागि दैनिक रुपमा ३० देखि ४० महिला…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीको अवरोध, उपमेयरको आक्रोश: यसरी लाग्यो दुईमाजु मन्दिरमा बनेको टहरामा ताला

    व्यवसायीको अवरोध, उपमेयरको आक्रोश: यसरी लाग्यो दुईमाजु मन्दिरमा बनेको टहरामा ताला

    काठमाडौं: मल्लकालीन दुईमाजु मन्दिर अतिक्रमण गरी बनाइएको टहरामा ताला लगाइएको छ। टुँडिखेलको महत्वपूर्ण हिस्सा रहेको दुईमाजु मन्दिरमा बनाइएको फलामे टहरामा काठमाडौं महानगरपालिका र गुठी संस्थानले ताला लगाएको हो। मल्ल राजाहरुको देवाली मन्दिरका साथै पृथ्वी नारायण शाहले काठमाडौं विजय गरेपछि शक्ति आराधना गरेको दुईमाजु मन्दिरमा गुठी संस्थान, काठमाडौं महानगरपालिकाको संलग्नतामा भाडामा दिइएको थियो। त्यसयता, स्थानीयले गुठीको कदमको विरोध गर्दै आएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर उपनिर्वाचन: नगरकोटको लाइफलाइन सडक बन्यो चुनावी मुद्दा, ठेकेदार शारदाप्रसादको फोटोमाथि राजनीति

    भक्तपुर उपनिर्वाचन: नगरकोटको लाइफलाइन सडक बन्यो चुनावी मुद्दा, ठेकेदार शारदाप्रसादको फोटोमाथि राजनीति

    नगरकोट: जबजब निर्वाचन आउँछ तबतब गाउँघरमा सडकको कुरा हुन्छ। वर्षौंदेखि नबनेका सडक बनाउने आश्वासन बाँड्दै उम्मेदवारहरु घरघर पुग्छन्। कोही मतदाता नेताहरुको नियतमाथि नै प्रश्न  गर्छन् त कोही यसले जिते बाटो बनाउँलान् भन्ने आशामा रहन्छन्। बाटो बनाएजस्तो गरी टालटुल काम हुन्छ। तर, यथार्थमा धेरैको आशा पूरा हुँदैन। अहिले भक्तपुरमा पनि ठीक यस्तै भइरहेको छ। यहीबेला क्षेत्र नम्बर १ प्रदेश (क) मा…

    विस्तृतमा पढ्नुस्

  • गुरु नानकको जन्मोत्सव : पहिचानको पर्खाइमा नेपालका शिख, भन्छन् - हामी पंजाबी होइनौं

    गुरु नानकको जन्मोत्सव : पहिचानको पर्खाइमा नेपालका शिख, भन्छन् - हामी पंजाबी होइनौं

    ६५ वर्षीय ज्ञानी गुरु बखस सिंहले जन्मेदेखि आफ्नो कपाल, दारी काटेका छैनन्। गुरु नानकको उपदेश अनुसार उनी कपालको स्याहार गर्छन्। टाउकोमा पगडी बाध्छन्। हातमा कढा र शरीरमा क्रिपान बोक्छन्। काठमाडौंमा जन्मेर यहाँका गल्लीगल्ली घुमेका उनलाई भविष्यमा नेपालमा शिख समुदायको पहिचानले सताउने गर्छ। 'हामी नेपाली हौं। यही जन्मेका। पगडी बाँधेर हिँडेको हामीलाई पंजाबी पंजाबी भन्छन्। यो सुन्दा नरमाइलो लाग्छ,' बखस सिंहले…

    विस्तृतमा पढ्नुस्

  • आँखा खोल्दा कालापानी त भारतमा : के व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीको सडक सपना पूरा होला?

    आँखा खोल्दा कालापानी त भारतमा : के व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीको सडक सपना पूरा होला?

    स्थानीय तहमा निर्वाचन भएसँगै दार्चुलाको व्याँस गाउँपालिकाले कालापानीसम्म पदमार्ग बनाउने निर्णय गर्‍यो। त्यसका लागि तयारी पनि भयो। तर, पदमार्ग बनाउन भने सजिलो थिएन। असजिलो हुनुको कारण चाहिँ विकट भूगोलमात्र होइन। हो त राजनीतिक, त्यो पनि छिमेकी मुलुक भारतको। यही गाउँपालिकाको वडा नम्बर १ हो छ्याङ्गरु जहाँ एक सयभन्दा बढी घरधुरी छन्। छ्याङ्गरु पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्छ अनि फेरि नेपाल…

    विस्तृतमा पढ्नुस्

  • 'अकुपाइ टुँडिखेल' मा मेयर शाक्यलाई निम्तो, सहभागी होलान् 'मानव साङ्लो'मा?

    'अकुपाइ टुँडिखेल' मा मेयर शाक्यलाई निम्तो, सहभागी होलान् 'मानव साङ्लो'मा?

    काठमाडौँः सूर्योदयसँगै आजकल भक्तपुरका खुल्ला स्थानमा निकै चहलपहल हुने गरेको छ। बालबालिकादेखि वृद्धवृद्धासम्म बिहानै व्यायाम गर्न निस्कने गर्छन्। भक्तपुर नगरपालिकाले नगरका प्रत्येक वडाका खुल्ला स्थानमा व्यायाम केन्द्र बनाएसँगै अहिले स्थानीयले त्यसको फाइदा उठाइरहेका छन्। भक्तपुरका मेयर सुनिल प्रजापति खुल्ला स्थानमा व्यायामस्थल निर्माण गर्नुको मुख्य उद्देश्य सबै नागरिकहरूलाई स्वस्थ बनाउनु रहेको बताउँछन्। जनतालाई सैन्य तालिम दिने समाजवाद उन्मुख व्यवस्था अनुसार आफ्ना नीति…

    विस्तृतमा पढ्नुस्

  • ओझेलमा दरबारमार्गको परिचय तीनधारा, ब्युँतने प्रयासमा स्वह्रा हिटी

    ओझेलमा दरबारमार्गको परिचय तीनधारा, ब्युँतने प्रयासमा स्वह्रा हिटी

    काठमाडौँ: काठमाडौँको मध्य भागमा छ रानीपोखरी। मल्लकालीन यो पोखरी हाल पुनर्निर्माणको चरणमा छ। भूकम्पले क्षति पुर्‍याएको हाल कालो माटो राख्ने र पोखरीमा पानी अड्याउने तयारीदेखि मन्दिर र पुल बनाउने कार्य भइरहेको छ। यसक्रममा रानीपोखरीको पानीको स्रोत पत्ता लगाउने धेरै प्रयास भए। रानीपोखरीमा हिटी (ढुंगेधारा) र इनारबाट पानी आउने गरेको बताइए पनि अनुसन्धानको क्रममा त्यो फेला परेको छैन। यता, हिटी संरक्षणमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालको पुरातत्त्वसँग घुलमिल हुँदै युनेस्को प्रतिनिधि, म्यानहार्ट भन्छन् 'नेपालको संस्कृति र यहाँका मानिस अद्वितीय छन्' 

    नेपालको पुरातत्त्वसँग घुलमिल हुँदै युनेस्को प्रतिनिधि, म्यानहार्ट भन्छन् 'नेपालको संस्कृति र यहाँका मानिस अद्वितीय छन्' 

    नेपाल आउनुभन्दा अघि क्रिस्टियन म्यानहार्ट पेरिसस्थित संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को) को हेडक्वार्टर (केन्द्रीय कार्यालय) मा कार्यरत थिए। हेडक्वार्टरमै रहेर उनले विभिन्न देशको सांस्कृतिक प्रोजेक्टहरूमा काम गरे। अफगानिस्तान, चीन, भारत, भुटानको संस्कृतिसँग घुलमिल हुने अवसर पाए। धेरै दक्षिण एसियाली देशसँग उनले काम गरे। ५ वर्ष अगाडी युनेस्कोको हेडक्वार्टरबाट म्यान्हार्ट पहिलोपटक अर्को राष्ट्रमा खटिए। उनी नेपालका लागि युनेस्कोको…

    विस्तृतमा पढ्नुस्

  • शनिवार 'अकुपाइ टुँडिखेल', मानव साङ्लोलाई जनप्रतिनिधिको साथ: 'हामीले धेरै सह्यौ, अब पनि चुप बसे केही बाँकी रहँदैन'

    शनिवार 'अकुपाइ टुँडिखेल', मानव साङ्लोलाई जनप्रतिनिधिको साथ: 'हामीले धेरै सह्यौ, अब पनि चुप बसे केही बाँकी रहँदैन'

    काठमाडौं: नेपालभाषामा टुँडिखेललाई 'तुंख्यो' भनिन्छ। तुंख्यो अर्थात 'पानी भएको खेत'। परापूर्वकालमा ढिस्कोले पुरिएर रहेको यस खेतमा रुखैरुख थिए। पानी निस्किरहने भएकाले धेरै क्षेत्रमा दलदल थियो। त्यसैले जताजतै पानी नै पानी भएकाले यसलाई 'तुंख्यो'  भनियो। नेपालमा राणाशासन सुरु हुने बेलासम्म काठमाडौंको मध्य भागमा रहेको यो खेत बहुप्रयोजनका लागि प्रयोग गरिन्थ्यो। त्यहाँ नेवार समुदायले कूल पूजा गर्थे। दुईमाजु मन्दिरमा शक्तिको उपासना हुन्थ्यो।…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरुकै मञ्चमा रक्षा मन्त्री पोखरेलले भने : आगो सल्काउने काम भयो

    गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरुकै मञ्चमा रक्षा मन्त्री पोखरेलले भने : आगो सल्काउने काम भयो

    काठमाडौं : हरेक वर्ष झै नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिले नेपाल संवतको स्वागतमा काठमाडौंको वसन्तपुरमा भिंतुना सभा आयोजना गर्‍यो। सभामा प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए प्रधानमन्त्री केपी शर्मा ओली। वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री आउने कुरा चल्दै गर्दा त्यहाँ उनले गुठी विधेयकका बारेमा केही बोल्ने अपेक्षा थियो। तर, प्रधानमन्त्री ओली कार्य व्यस्तताका भन्दै सभामा उपस्थित भएनन्। उनको ठाउँमा आए उप्रप्रधान…

    विस्तृतमा पढ्नुस्

  • नेपाल संवतको व्यवहारिक कार्यान्वयनमा सरकारको जमानी : उप प्रम इश्वर पोखरेल

    नेपाल संवतको व्यवहारिक कार्यान्वयनमा सरकारको जमानी : उप प्रम इश्वर पोखरेल

    काठमाडौं : उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाल संवत् व्यवाहारिक रुपमा लागू गर्न अझै जटिल रहेको बताएका छन्। 'नेपाल संवत् ११४०' को उपलक्ष्यमा वसन्तपुरमा आयोजित भिंतुना सभालाई सम्बोधन गर्दै पोखरेलले नेपाल संवत् नेपालीहरुको विज्ञान र जीवनसँग सम्बन्धित रहेको भन्दै यसलाई व्यवहारिक रुपमा लागू गराउन सरकारले प्रयास गरिरहेको बताए। नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० ले भिंतुना सभा आयोजना…

    विस्तृतमा पढ्नुस्

  • 'धनलक्ष्मी'को चित्र रङ्ग्याउन नथाकेकी चेतकुमारीको चिन्ता : पुर्ख्यौली पेशा नासिने नै भयो

    'धनलक्ष्मी'को चित्र रङ्ग्याउन नथाकेकी चेतकुमारीको चिन्ता : पुर्ख्यौली पेशा नासिने नै भयो

    करिब २५ वर्ष अघिको कुरा हो। भक्तपुरकी चेतकुमारी चित्रकार हरेक वर्ष तिहार सुरु हुनुभन्दा केही अघिदेखि काठमाडौं धाउँथिन्। किनमेलका लागि ठान्नुभयो भने, सोझै गलत। उनी झोलाभरी लक्ष्मीका तस्विर बोकेर आउँथिन्, आफ्नै हातले बनाएको। ती लक्ष्मीका फोटोहरु वरपर राखेर आफू बीचमा थपक्क बस्थिन् - मरु सत्तल अर्थात् काष्ठमण्डप अगाडि। त्यो जमानामा अहिलेजस्तो भारत र चीनबाट आयातित लक्ष्मीको प्रिन्टेड तस्विरमा पूजा गरिँदैन…

    विस्तृतमा पढ्नुस्

  • कामदारसँगको वार्तापछि पशुपति आर्यघाटमा हट्यो अवरोध : दाहसंस्कार शुल्कमा वृद्धि, यी विषयमा भयो सहमति 

    कामदारसँगको वार्तापछि पशुपति आर्यघाटमा हट्यो अवरोध : दाहसंस्कार शुल्कमा वृद्धि, यी विषयमा भयो सहमति 

    काठमाडौं : सेवा सुविधा वृद्धिको माग गर्दै आज बिहानबाट आन्दोलनमा उत्रिएका पशुपति आर्यघाटका शव जलाउने कामदार सहमतिमा आएका छन्। बिहानबाट आन्दोलन थालेपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको र सहमति भएको  पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजु रेग्मीले बताए। 'उहाँहरुले राख्नुभएको मागका बारेमा छलफल भयो। अहिले सहमति भइसकेको छ। घाट सञ्चालन भइसक्यो,' पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक रेग्मीले भने। पशुपति आर्यघाटका घाट…

    विस्तृतमा पढ्नुस्

  • 'सचेत गराउन' खतराको सूचीमा उपत्यकाका सम्पदाः युनेस्को मिसन भन्छ, 'सरकारले कुरै बुझेन'

    'सचेत गराउन' खतराको सूचीमा उपत्यकाका सम्पदाः युनेस्को मिसन भन्छ, 'सरकारले कुरै बुझेन'

    काठमाडौं: काठमाडौं उपत्यका मूर्त र अमूर्त सम्पदाको केन्द्र नै मानिन्छ। काठमाडौं, ललितपुर र भक्तपुरका सात सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन्। काठमाडौंमा रहेको हनुमानढोका दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भू, पशुपतिनाथ, ललितपुरको पाटन दरबार क्षेत्र र भक्तपुरको भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर विश्वसम्पदा सूचीमा छन्। फरकफरक ठाउँमा रहे पनि यी सबै सम्पदाहरु छुट्टाछुटै विश्व सम्पदा क्षेत्र भने होइनन्। युनेस्कोले उपत्यकाका सातैवटा सम्पदाहरुलाई एउटै रुपमा…

    विस्तृतमा पढ्नुस्

  • नेवार समूदायको भाइटीका कात्तिक १३ गते, बिदा दिने प्रधानमन्त्री ओलीको आश्वासन

    नेवार समूदायको भाइटीका कात्तिक १३ गते, बिदा दिने प्रधानमन्त्री ओलीको आश्वासन

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक १३ गते सार्वजनिक विदा दिने वचन दिएका छन्। नेवार समुदायले यो वर्ष कात्तिक १३ गते किजापूजा 'भाइटीका' मनाउँदैछन्। तर, राष्ट्रिय पञ्चांग निर्णायक समितिले जारी गरेको पात्रोमा भने कात्तिक १२ गते भाइटीका उल्लेख छ।  समितिले सार्वजनिक गरेको पात्रो व्यवहारिक नभएको भन्दै परम्परागत तरिकाले नै भाइटीका मनाउने निर्णय नेवार समुदायले गरिसकेको छ। सरकारले कात्तिक १२ गतेसम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell