PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • सरकारको पत्र आओस् अनि म बोल्छु : राजदूत उपाध्याय

    सरकारको पत्र आओस् अनि म बोल्छु : राजदूत उपाध्याय

    रमेश वाग्ले/पहिलोपोस्ट - काठमाडौं : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सरकारको ‘फिर्ता बोलाउने पत्र’ पाउनासाथ नेपाल फर्कने बताएका छन्। सरकार गिराउने खेलमा लागेको भन्दै सरकारले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।   सुशील कोइराला प्रधानमन्त्री हुँदा लामो समयदेखि रिक्त रहँदै आएको भारतको राजदूतमा उपाध्यायलाई नियुक्ति गरिएको थियो। उनी त्यतिखेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य थिए। पूर्वमन्त्री समेत रहेका उपाध्यायलाई सरकारले…

    विस्तृतमा पढ्नुस्

  • ​राजदूत फिर्ता बोलाएकोमा कांग्रेसको आपत्ति, विपक्षीको रिसले सम्बन्ध बिगार्न खोजेको आरोप

    ​राजदूत फिर्ता बोलाएकोमा कांग्रेसको आपत्ति, विपक्षीको रिसले सम्बन्ध बिगार्न खोजेको आरोप

    काठमाडौँ : भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कडा आपत्ति जनाएको छ। विपक्षीसँगको रिसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप कांग्रेस सांसद प्रकाशशरण महतले लगाए। शनिबारको संसद बैठकमा उनले भने, 'सत्ता गठबन्धनले राजदूतमाथि सरकार ढाल्न योजना बनाएको लगायतका आरोप लगाएको छ। यही सरकारको प्रमुख घटक एमाओवादीले विज्ञप्ति जारी गरेको छ। उपप्रधानमन्त्री बहाल…

    विस्तृतमा पढ्नुस्

  • संसदमा कांग्रेसको चेतावनी : एनसेलको कर व्यक्तिगत फाइदाका लागि छाडे प्रतिपक्ष चुप बस्दैन

    संसदमा कांग्रेसको चेतावनी : एनसेलको कर व्यक्तिगत फाइदाका लागि छाडे प्रतिपक्ष चुप बस्दैन

    काठमाडौँ : मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको बिक्रीमा तिर्नुपर्ने अर्बौँको कर सरकारमा बसेकाहरुको व्यक्तिगत फाइदाका लागि छाडिएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ।  शनिबार संसद बैठकमा बोल्दै कांग्रेस सभासद् प्रकाशशरण महतले भने, 'यो खतरनाक काम भएको छ। अरबौँ रुपैयाको कर छली भएको समाचार आएको छ। राज्यको अरबौँ रुपैयाँ व्यक्तिका फाइदाका लागि  छाडेर यस्ता कारोवार हुन्छन् भने प्रतिपक्ष आँखा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको भ्रमण किन रद्द? राजदूत किन फिर्ता? संसदमा परराष्ट्र मन्त्रीले प्रष्ट पार्ने

    राष्ट्रपतिको भ्रमण किन रद्द? राजदूत किन फिर्ता? संसदमा परराष्ट्र मन्त्रीले प्रष्ट पार्ने

    काठमाडौँ : सम्पूर्ण तयारी पूरा भइसक्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गर्ने र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सम्बन्धमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले संसदमा प्रष्ट पार्ने भएका छन्।  मन्त्री थापाले अपराह्न ४ बजे स‌ंसदमा यसबारे बोल्ने तय भएको छ।  यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजदूत फिर्ता बोलाइएकोमा कडा आपत्ति जनाएको थियो।  'भारतस्थित…

    विस्तृतमा पढ्नुस्

  • ​सांसदले भने – सरकार, रेल गुडाउँदै गरौँला, पहिला संसदको शौचालयमा पानीको व्यवस्था गर

    ​सांसदले भने – सरकार, रेल गुडाउँदै गरौँला, पहिला संसदको शौचालयमा पानीको व्यवस्था गर

    रमेश वाग्ले - काठमाडौँ : धेरैलाई लाग्छ संसद देशको सम्पूर्ण नीति निर्माण गर्ने थलो हो। त्यहाँ साना-साना विषयको कुनै मतलब हुँदैन। सांसदहरु जनताका विषयमा सोच्छन्, उनीका खास समस्या हुँदैनन् र सुनिँदैनन पनि। तर संसदभित्रको यथार्थ भने फरक छ।  यहाँ त्यस्ता केही प्रसंगहरु छन् जुन तपाईँका लागि अनपेक्षित भए पनि सत्य हुन्।  संसद्को शौचालयमा पानी देऊ तपाइँलाई सुन्दा आश्चर्य लाग्न सक्छ।…

    विस्तृतमा पढ्नुस्

  • खुमबहादुर पथमा नेपाली कांग्रेस : संविधानविरुद्ध शीर्ष नेताको अनवरत अभिव्यक्ति

    खुमबहादुर पथमा नेपाली कांग्रेस : संविधानविरुद्ध शीर्ष नेताको अनवरत अभिव्यक्ति

    रमेश वाग्ले/पहिलोपोस्ट - काठमाडौ : मुलुकलाई धर्म निरपेक्ष बनाउँदै जारी भएको संविधानको आयु ८ महिनाको नहुँदै सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसका नेताहरु हिन्दु राष्ट्रको अभियानमा सक्रिय हुन थालेका छन्। उनीहरुले खुलेआम ‘संविधान विरुद्ध’ अभिव्यक्ति दिन थालेका छन्। नेपाली कांग्रेस महाधिवेशनअघि हिन्दु राज्यको पक्षमा अभिव्यक्ति दिएर विवादमा आएका महामन्त्री डा. शशांक कोइरालाले गत हप्ता अमेरिकामा एक अन्तर्वार्तामा 'म हिन्दु हुँ त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेसका सांसद सरकार परिवर्तनको मूडमा

    ​कांग्रेसका सांसद सरकार परिवर्तनको मूडमा

    रमेश वाग्ले- काठमाडौँ : संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सांसदहरुले वर्तमान सरकारको विकल्प खोज्ने मूडमा देखिएका छन्। सभापति शेरबहादुर देउवा संसदीय दलको नेता निर्वाचित भएपछि सोमबार सुरु भएको पहिलो बैठकमा बोल्ने अधिकांश सांसद्ले सरकार परिवर्तन आवश्यक भएकोमा जोड दिए।  सरकार परिवर्तनका विषयमा बोल्ने अधिकांश सांसद कांग्रेसभित्रको शेरबहादुर देउवा गुटका हुन्।   कांग्रेस नेता बालकृष्ण खाँडले सत्ता गठबन्धनलाई अप्राकृतिक गठबन्धनको…

    विस्तृतमा पढ्नुस्

  • वास्तु नमिलेकोले कांग्रेस कार्यालयभित्र तोडफोड, देउवाका लागि बन्दैछ नयाँ भिआइपी कार्यकक्ष

    वास्तु नमिलेकोले कांग्रेस कार्यालयभित्र तोडफोड, देउवाका लागि बन्दैछ नयाँ भिआइपी कार्यकक्ष

    रमेश वाग्ले - काठमाडौँ : नेपाली कांग्रेसको सभापति निर्वाचित भएको महिना दिन नाघिसक्दा पनि शेरबहादुर देउवा सानेपास्थित केन्द्रीय कार्यालयमा रहेको सभापतिको कुर्सीमा गएर बसेनन्। आफ्नो पुरानो कार्यकक्षमा नै उनले कार्यभार ग्रहण गरे।   पुरानो कार्यकक्ष वास्तुशास्त्र अनुसार उपयुक्त नभएको भन्दै परिवर्तन गर्न सभापति शेरबहादुर देउवालाई उनका आध्यात्मिक सहयोगी तथा वास्तुविद् डाक्टर माधवमंगल जोशीले सुझाव दिएका थिए।  त्यसैले अहिले उनका लागि भव्य…

    विस्तृतमा पढ्नुस्

  • मधेसका बुद्धिजीवी भन्छन् - 'मधेस आन्दोलन सफल पार्न खस आर्य नेतृत्व आवश्यक'

    मधेसका बुद्धिजीवी भन्छन् - 'मधेस आन्दोलन सफल पार्न खस आर्य नेतृत्व आवश्यक'

    रमेश वाग्ले/पहिलोपोस्ट - काठमाडौँ : २०६३ सालको मधेस विद्रोहका क्रममा पहाडीलाई घरबास छोडेर भाग्नसम्म बाध्य पार्यो। त्यहाँबाट चर्किएको मधेसी र पहाडी समुदायबीचको मनोवैज्ञानिक द्वन्द्व अहिलेसम्म समाधान र सम्बोधन हुन सकेको छैन।  गएको २०७२ साल असोज ३ गते संविधान जारी गर्नु अघिदेखि सुरु भएको मधेस आन्दोलन संविधान जारी भएको चौथो दिनदेखि नाकाबन्दीमा परिणत भयो। करिब साढे चार महिना नाकाबन्दीसहितको आन्दोलन जारी…

    विस्तृतमा पढ्नुस्

  • जेलको कथा सुनाउँदै प्रधानमन्त्रीले भने- 'कुरा काट्नेहरु पुनर्निर्माण स्वयंसेवामा जानुस्'

    जेलको कथा सुनाउँदै प्रधानमन्त्रीले भने- 'कुरा काट्नेहरु पुनर्निर्माण स्वयंसेवामा जानुस्'

    पहिलोपोस्ट काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणमा सरकारले काम गरेन भनेर कुरा काट्नेहरुलाई एक महिना स्वयंसेवामा जान आग्रह गरेका छन्। पुनर्निर्माणमा जाने इन्जिनियरहरुको अभिमुखीकरण तालिम समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले कुरा काट्नजस्तो सजिलो काम गर्न नहुने भन्दै पार्टीहरुलाई पनि एक महिना स्वयंसेवक परिचालन गर्न आह्वान गरे। 'सरकारले पुनर्निर्माण गरेन भनेर कुरा काट्नेहरु धेरै छन्, म चाहन्छु- कुरा काट्ने सबै एक…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणमा १३ सय ४४ इन्जिनियर खटिँदै : भवन निर्माण विभागबाट आजै नियुक्ति

    पुनर्निर्माणमा १३ सय ४४ इन्जिनियर खटिँदै : भवन निर्माण विभागबाट आजै नियुक्ति

    पहिलोपोस्ट   काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका घरहरुको पुनर्निर्माणका लागि १३ सय ४४ जना इन्जिनियर खटाउन लागेको छ। भूकम्पको एक वर्ष तीन दिनपछि पुनर्निर्माणका लागि फिल्डमा जाने इन्जिनियरको टुंगो लागेको हो। भूकम्पले बढी क्षति पुर्‍याएका जिल्लाका प्रत्येक गाविसमा अब एक जना सिभिल इन्जिनियर र एक जना आर्किटेक्चर जानेछन्।   प्राधिकरणले सिभिल र आर्किटेकमा बिई गरेका इन्जिनियरहरुलाई पुनर्निर्माणको…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियरले प्रधानमन्त्रीसँग 'भत्ता-भत्ता' भन्दै होहल्ला गरेपछि...

    इन्जिनियरले प्रधानमन्त्रीसँग 'भत्ता-भत्ता' भन्दै होहल्ला गरेपछि...

    रमेश वाग्ले/पहिलोपोस्ट- काठमाडौं  : सरकारले भूकम्पको एक वर्ष नाघेपछि क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पहिलोपटक इन्जिनियर पठाउन लागेको छ। भर्खरै बिई सकेर पुनर्निर्माणमा जान लागेका इन्जिनियरको अभिमुखीकरण तालिम समापनमा उनीहरुलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली आज प्रज्ञा भवन पुगे। भूकम्पबाट आहत जनतालाई राहत दिन जान लागेका युवा इन्जिनियरलाई प्रधानमन्त्री ओलीले हौसला मात्र दिएनन् मनोरन्जन पनि गराए। ओलीले दिने हौसला मात्र नभएर…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भन्छन्- मधेशमा दुई प्रदेश नै समस्याको समाधान

    बाबुराम भन्छन्- मधेशमा दुई प्रदेश नै समस्याको समाधान

    रमेश वाग्ले/पहिलोपोस्ट काठमाडौँ : नयाँ शक्ति अभियान नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसमा दुई प्रदेश नै समस्याको समाधान भएको तर्क गरेका छन्।राज्यको अहंलाई झुकाउन अहिले चलिरहको मधेसी आन्दोलनको केही जोर नचल्ने दाबी पनि उनले गरे।  मधेसको भ्रमण सकेर फर्किएपछि मधेसका बुद्धिजीवीहरुसँगको अन्तरक्रियामा बोल्दै उनले क्षेत्रीय आन्दोलनले मात्र केही निष्कर्ष दिन नसक्ने बताए। 'मधेसमा जुन प्रकारको शक्ति छ, त्यसमा आदिवासी जनजाति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell