स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि सिवाइसी अत्तरियाले ९५ रनको स्कोर पनि डिफेण्ड गर्दै धनगढी प्रिमियर लिग मा जित हात पारेको छ। अत्तरियाले मंगलवार धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको हो। उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्ससँग हारेको धनगढीको यो लगातार दोस्रो हार हो। फाप्ला मैदानमा ९६ रनको सामान्य लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। राजु…
काठमाडौं: फिल्म यात्रा 'अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। फिल्ममा एक भ्लगर युवाको कथा समेटेको बताइएको छ। फिल्ममा सलिनमान बनियाँको मुख्य अभिनय छ। सलिनमानको यो दोस्रो फिल्म हो। उनले झरना थापा निर्देशित 'ए मेरो हजुर २'बाट डेब्यू गरेका थिए। निर्माण टिमले यसअघि फिल्मको पोस्टर सार्वजनिक गरेको थियो। अहिले भने टिमले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ। 'पाँच पंछी'बोलको गीतको भिडियोमा सलिनको टिम सोलुखुम्बुसम्मको यात्रामा…
काठमाडौं: लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले सोमबार इन्गेजमेन्ट गरेका छन्। प्रेम दिवसका दिन अर्थात फ्रेब्रुअरी १४ तारिखमा बिहे गर्ने तयारीमा रहेका उनीहरुले सामाजिक सञ्जालमा इन्गेज्मेन्टका तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक गर्दै उनीहरुले लेखेका छन् 'सबै कथाहरु राम्रा छन् तर, हाम्रो कथा चाहीँ मेरो मनपर्ने हो।' केहीदिनअघि उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा बिहेको कार्डसमेत सार्वजनिक…
ढाका : भारतीय टिभी सिरिज क्राइम पेट्रोलबाट प्रभावित भई बंगलादेशमा एक २२ वर्षीय युवकले आफ्नै भाउजुको हत्या गरेको बताएका छन्। क्राइम पेट्रोल वास्तविक जीवनमा आधारित अपराधका घटनाबारे टेलिभिजन कार्यक्रम हो। आफूलाई पैसा नदिएपछि भाउजुको हत्या गरेको बताउने लिमनले सिरियलले प्रभावित गरेको बयान दिएका हुन्। लिमनकी ३२ वर्षीया भाउजु हसिना बेगम फेब्रुअरी ८ का दिन कालिहाटस्थित भाडाको घरमा मृत फेला परेकी…
दमौलीः बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन्। गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो। कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो। कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा…
काठमाडौँः चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ। विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथ देवलका कैदी रहेका छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए। “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो”, उनले…
रमेश लम्साल- नयाँदिल्ली भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन्। “तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न भारतीय…
काठमाडौँः म्यानपावर कम्पनीको बैंक ग्यारेन्टी र धरौटी रकम बढेको छ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले यसअघि कायम रहेको धरौटी रकम बढाउने गरी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन पारित गरेको छ। समितिबाट पारित प्रतिवेदनसहितको विधेयक अब प्रतिनिधि सभामा पेस हुनेछ। संघीय संसद्का दुबै सदनबाट सोही प्रतिवेदन अनुसार विधेयक पारित भएमा वार्षिक एक सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी…
किराहरूको सङ्ख्या व्यापक रूपमा घट्दै जाने क्रम कायम रहे एक शताब्दीभित्र पूर्ण लोप हुनसक्ने बायोलोजिकल कन्सर्भेसन जर्नलको ग्लोबल साइन्टिफिक रिभ्यूमा उल्लेख गरिएको छ। अध्ययनहरूले हाल ४१ प्रतिशत किरा फट्याङग्रा लोप हुने संघारमा रहेको देखाएको छ। त्यस्तो अवस्थाले पृथ्वीको जैविक पर्यावरणमा नै असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। उक्त अध्ययनमा संलग्न युनिभर्सिटी अफ सिड्नीका वैज्ञानिकहरूले पृथ्वीमा किराको सङ्ख्या प्रतिवर्ष २.५ प्रतिशतले…
काठमाडौँः अब स्नातक तह उत्तीर्ण नगरी बढुवाबाट अधिकृतस्तरमा पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अब कुनै किसिमबाट पनि अधिकृतस्तरमा बढुवा हुनका लागि न्युनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। यसअघि अधिकृतस्तरमा…
इनरुवाः सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ। डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन्। हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। राई विवाहित हुन्। उनका श्रीमान् विदेशमा छन्। हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक…
काठमाडौँ : सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। भारतमा भइरहेको हिरो वुमन्स गोल्डकप अन्तर्गत सोमवारको खेलमा नेपालको महिला टिमले भारतको महिला टिमलाई २-१ ले पराजित गरेको हो। नेपालले भारतलाई पराजित गरेको यो पहिलो पटक हो। साफ च्याम्पियनसिपमा नेपालको लागि भारत जहिल्यै तगारो बन्ने गरेको छ। आगामी मार्चमा नेपालमै हुने साफ महिला…
ललितपुर : बी डिभिजन लिग अन्तर्गत सोमवार भएको खेलमा मध्यपुर युथ एसोसिएसन र सातदोवाटो युथ क्लब विजयी भएका छन्। मध्यपुरले खुमलटार युथ क्लबलाई ३-२ ले पराजित गरेको हो। सुबमा विक्रम कार्की कैलाश लामिछाने र विवेश गुरुङले गोल गरे। खुमलटारको लागि अभय रानाले ४०औँ र ७४औँ मिनेटमा गोल गरे। यस्तै अर्को खेलमा सातदोवाटोले श्री कुमारीलाई क्लबलाई २-१ ले हरायो। सातदोवाटोका लागि…
काठमाडौँः दाङ प्रहरीले तीन वर्षीया बालिका अपहरण गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीले अपहरणको अभियोगमा सोमबार दिउँसो घोराही उपमहानगरपालिका ९ ढिकपुर बस्ने २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए। चौधरीले सोमबार दिउँसो घोराही उप-महानगरपालिका १४ कपासीमा डेरा गरी बस्ने अस्मिता शाहीकी छोरी अपहरण गरेको खबर प्रहरीले पाएको थियो। चौधरीले अपहरण गरी फरार रहेको…
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)मा कागजमा बलिया देखिएका दुई टोली हुन्, महेन्द्र नगर युनाइटेड र रुपन्देही च्यालेन्जर्स। पहिलो दिनै यी दुई टोलीबीचको खेल हुँदा रोमाञ्चक खेल हुने अपेक्षा थियो। दुवै टिममा केही स्टार खेलाडीका साथै राम्रो विदेशी खेलाडी भएपनि धेरै रन भने बन्न सकेन। धेरै रन नबनेपनि अन्तिम बलसम्म खेल पुग्दा रोचक भने बन्यो। दुई बलियो टोलीबीचको लो स्कोरिङ…
थाइल्यान्डका राजा महा बजरालोङ्कोनकी दिदी राजकुमारी उबोलरत्न महिडोल राजकन्याको राजनीतिमा प्रवेश गर्ने सपना अन्तत: तुहिएको छ। आगामी महिना हुने आम निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वारी दर्ता गराएकी राजकुमारी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अयोग्य भएको थाइल्याण्डका राजाले ठहर गरेका हुन्। राजाको भनाईपछि थाइल्याण्डको निर्वाचन आयोगले राजुकमारीको उम्मेदवारी बदर भएको घोषणा गरेको छ। निर्वाचन आयोगले राजसंस्था राजनीतिभन्दा माथि हुने समेत बताएको छ। उनले विवादास्पद थाइ…
काठमाडौं: मनोज पण्डित निर्देशित फिल्म 'खाग'को प्रदर्शन मिति तय भएको छ। फिल्म आगामी फागुन २४ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ। फिल्म कमलजंग कुँवरको निबन्ध 'गैंडालाई चार वर्ष'मा आधारित रहेर बनेको छ। फिल्ममा प्रविन खतिवडा चितवन राष्ट्रिय निकुञ्जका वार्डेनको भुमिकामा देखिएका छन्। निर्माण टिमले फिल्मले गैंडाको संरक्षण सम्बन्धी विषयलाई समेटेको जानकारी दिए। निर्देशक पण्डितले यसअघि 'दासढुङ्गा', 'छायाँ', 'ग्रेटर नेपाल' निर्देशन गरिसकेका छन्।…
काठमाडौं: 'द ब्रेकअप'को टिमले फिल्मको प्रचार थालेको छ। अनमोल केसी अभिनित 'क्याप्टेन'सँगै एउटै मितिमा प्रदर्शनमा आउने फिल्मको टिम यतिखेर प्रचारमा व्यस्त छन्। आगामी फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म निर्माण टिमले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कार्यक्रम गरेको छ। फिल्मका मुख्य अभिनेता आशिरमान देशराज जोशी श्रेष्ठले कार्यक्रममा फिल्मबारे जानकारी दिएका छन्। उता, अनमोल भने फिल्म प्रचारका लागि नेपालगञ्ज पुगेका थिए। पुल्चोकको कार्यक्रममा आशिरमानसँगै रेमनदास श्रेष्ठ र…
साइबर पङ्क एक्सन फिल्म एलिटा : ब्याटल एन्जल अमेरिका लगायतका देशहरुमा फेब्रुअरी १४ मा रिलिज हुँदैछ। तर एप्पल इन्टरटेनमेन्टले क्युएफएक्स सिनेमाजसितको सहकार्यमा आइतबार राति क्युएफएक्स छायाँ सेन्टरमा विशेष प्रदर्शन गर्यो। पेड स्निक प्रिभ्यु नाम दिइएको विशेष प्रदर्शनमा सेलिब्रिटी, सञ्चारकर्मी र फ्यानहरुको उपस्थिति थियो। जेम्स क्यामरुन र रबर्ट रोड्रिगुएजको यो फिल्मले दर्शकलाई २६ औँ शताब्दीको कथामा लान्छ। एउटा ठूलो युद्धपछि पृथ्वी ध्वस्त…
तीन दिनको लगातार वर्षापछि आइतबार काठमाडौंको आकाश खुल्यो। अभिनेता नाजिर हुसेन र गायक सागर आले भने बिहान पानी नपरेपछि गोदावरी जान निस्किए। गोदावरी हुँदै करिब चार किलोमिटर कच्ची बाटैबाटो उकालो लाग्नु थियो उनीहरुलाई। 'म त फूपुको छोरीको विवाह छोडेर आएको। उडिसकेपछि भ्याए जाउँला के रे,' सागरको बोलीमा प्याराग्लाइडिङक गर्ने उत्साह प्रष्ट सुनिन्थ्यो। बोल्दै गर्दा उनी पटकपटक पुग्नु पर्ने डाँडातिर हेर्छन्…