PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

  • एसएसपी बढुवामा छुटेपछि एसपी नरेन्द्र उप्रेतीले दिए राजीनामा

    एसएसपी बढुवामा छुटेपछि एसपी नरेन्द्र उप्रेतीले दिए राजीनामा

    काठमाडौँ: एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन्। बढुवामा आफ्नो नाम नपरेको भन्दै एसपी उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका हुन्। गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो। १४ जनामध्ये सशस्त्र प्रहरी गण नं १ नक्सालमा दरबन्दी रहेका सन्दीप भण्डारी पहिलो नम्बरमा छन्। त्यसै गरी प्रहरी प्रधान कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन काठमाडौंमा नक्कली नोटको कारोबारः म्यानपावरमा काम गर्ने कर्मचारीको कोठामा १ लाख ५२ हजार रुपैयाँ बराबरको नक्कली नोट

    रोकिएन काठमाडौंमा नक्कली नोटको कारोबारः म्यानपावरमा काम गर्ने कर्मचारीको कोठामा १ लाख ५२ हजार रुपैयाँ बराबरको नक्कली नोट

    काठमाडौँ: काठमाडौँको गोगंबुमा ठुलो परिमाणमा नक्कली नोट फेला परेको छ। महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो। गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरलाई नक्कली नोटसहित पक्राउ गरेको प्रहरी निरीक्षक  मोहन विक्रम केसीले जानकारी दिए। नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार भएका छन्। प्रहरीले कुँवरको दराजबाट एक हजार…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिसहितका विशिष्टले गरे वसन्त श्रवण

    राष्ट्रपतिसहितका विशिष्टले गरे वसन्त श्रवण

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरिन्। हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरे। परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर तनहुँमा १२ वर्षीय बालकको मृत्यु

    करेन्ट लागेर तनहुँमा १२ वर्षीय बालकको मृत्यु

    दमौलीः तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • बार एशोसिएसन निर्वाचनः फागुन ६ मा उम्मेदवारको मनोनयन, यी हुन् अध्यक्षका दाबेदार

    बार एशोसिएसन निर्वाचनः फागुन ६ मा उम्मेदवारको मनोनयन, यी हुन् अध्यक्षका दाबेदार

    काठमाडौँः नेपाल बार एशोसिएसनको २५औँ केन्द्रीय कार्य समिति निर्वाचनका लागि फागुन ६ गते मनोनयन हुने भएको छ। निर्वाचन समितिले आइतबार सार्वजनिक सूचना जारी गर्दै मनोनयन तालिका सार्वजनिक गरेको हो। चैत १६ मा निर्वाचन गर्ने मिति भने यसअघि नै सार्वजनिक भइसकेको थियो। समावेशी रुपमा चयन हुने कार्य समितिमा बारमा एक अध्यक्ष, आठ उपाध्यक्ष रहनेछन्। खुलातर्फ एक महिला र सबै प्रदेशबाट एक–एक उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • सवारीसाधन चलाउनेले गल्ती गरे ट्राफिकलाई १५ हजारसम्म जरिवाना गराउने अधिकार, मोबाइल चलाए पनि कारबाही

    सवारीसाधन चलाउनेले गल्ती गरे ट्राफिकलाई १५ हजारसम्म जरिवाना गराउने अधिकार, मोबाइल चलाए पनि कारबाही

    काठमाडौँः ट्राफिक जरिवाना तीन गुणासम्म बढ्ने भएको छ। सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लङ्घनको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म बढाउन लागिएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। अहिले सामान्यतया ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ। विभागले ९ हजारसम्मको पनि जरिवाना गर्न सक्छ। अब आउने नयाँ ऐनमा १५ सयदेखि १५ हजारसम्म जरिवाना तोक्ने विभागले तयारी…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : अन्तिम लिग खेलमा सन्दीप स्टार्सको पहिलो रोजाईँमा, सेमिफाइनल पुग्न सिक्सर्सलाई हराउनैपर्ने

    बीबीएल : अन्तिम लिग खेलमा सन्दीप स्टार्सको पहिलो रोजाईँमा, सेमिफाइनल पुग्न सिक्सर्सलाई हराउनैपर्ने

    अष्ट्रेलियामा भइरहेको बिग बास लिग बीबीएल ८ अन्तर्गत आज अन्तिम लिग खेल हुँदैछ। यस खेलबाट सेमिफाइनल पुग्ने चौथो टिमको टुङ्गो लाग्नेछ। नेपाली खेलाडी सन्दीप लामिछाने रहेको मेलवर्न स्टार्सले मस्ट विन खेलमा आज सिड्नी सिक्सर्ससँग खेल्दैछ। उक्त खेलका लागि सन्दीप पहिलो रोजाईँमा परेका छन्। स्टार्सले शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने बाध्यता छ। यसअघि ब्रिसवन हिटसँग १०…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडकमा चैतबाट कालोपत्र

    राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडकमा चैतबाट कालोपत्र

    गलेश्वरः दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ। प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक…

    विस्तृतमा पढ्नुस्

  • श्रीपञ्चमी आज, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

    श्रीपञ्चमी आज, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

    काठमाडौं माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम,…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल पुन: शीर्ष स्थानमा

    प्रिमियर लिग : लिभरपुल पुन: शीर्ष स्थानमा

    लिभरपुल पुन: प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा एएफसी बर्नमाउथलाई ३-० ले पराजित गर्दै लिभरपुलले म्यानचेष्टर सिटीलाई ३ अंकले पछि पारेको छ। २६ खेलबाट लिभरपुलको ६५ अंक भएको छ भने समान खेलबाट सिटीको ६२ अंक छ। लिभरपुलका लागि घरेलु मैदानमा साडियो मानेले २४औँ, जर्जिनो विजनाल्डमले ३४औँ र मोहमद सलाहले ४८औँ मिनेटमा गोल गरे। प्रिमियर लिगमा…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मड्रिड डर्बीमा एट्लेटिकोलाई हराउँदै रियल दोस्रो स्थानमा उक्लियो

    ला लिगा : मड्रिड डर्बीमा एट्लेटिकोलाई हराउँदै रियल दोस्रो स्थानमा उक्लियो

    स्पानिस ला लिग अन्तर्गत शनिवार भएको मड्रिड डर्बीमा एट्लेटिकोलाई पराजित गर्दै रियल मड्रिड दोस्रो स्थानमा उक्लेको छ भने शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ५ मा झारेको छ। एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा रियलले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको एट्लेटिकोलाई ३-१ ले हरायो। खेलको १६औँ मिनेटमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएको थियो। २५औँ मिनेटमा एन्टोनी ग्रीजमन घरेलु टोलीका…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

    दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

    धादिङः  'लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने' सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ। धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा ३ ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौँ ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक…

    विस्तृतमा पढ्नुस्

  • १४ एसपीको एसएसपीमा र २६ डिएसपीको एसपीमा बढुवा

    १४ एसपीको एसएसपीमा र २६ डिएसपीको एसपीमा बढुवा

    काठमाडौँ : गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न बढुवा सिफारिश सूची प्रकाशित गरेको छ।  १४ जना मध्ये सशस्त्र प्रहरी गण नं १ नक्सालमा दरबन्दी रहेका सन्दिप भण्डारी पहिलो नम्बरमा छन्। त्यसैगरी प्रहरी प्रधान कार्यालय युएन जगेडामा दरबन्दीमा रहेका टेकप्रसाद राई र इन्टरपोल शाखामा रहेका उमेशराज जोशी थोरै अङ्कको अन्तरले दोस्रो र तेस्रो नम्बरमा छन्।  बढुवा…

    विस्तृतमा पढ्नुस्

  • उमेर समूहको खेलाडी छनोट खुला प्रतिस्पर्धाबाट : एन्फा

    उमेर समूहको खेलाडी छनोट खुला प्रतिस्पर्धाबाट : एन्फा

    काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ। एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) र एशियाली फुटबल महासङ्घ (एएफसी)द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो उपस्थिति जनाउन आगामी फागुनको पहिलो साताबाट खेलाडीको छनोट खुल्ला प्रतिपस्र्धाबाट गरिने जानकारी दिए। उमेर समूहको दक्षिण एशियाली फुटबल प्रतियोगिता…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय हक्की प्रतियोगिता शुरु, गण्डकी प्रदेश र आर्मी विजयी

    राष्ट्रिय हक्की प्रतियोगिता शुरु, गण्डकी प्रदेश र आर्मी विजयी

    भद्रपुर : तीस वर्षपछि पहिलोपटक पूर्वक्षेत्रमा राष्ट्रियस्तरको हक्की प्रतियोगिता आजबाट शुरु भएको छ। भद्रपुरस्थित मेची रङ्गशालामा गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिता शुरु भएको हो। नेपाल हक्की सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद्को संयोजनमा शुरु भएको प्रतियोगितामा छ प्रदेशसहित विभागीय टोली नेपाल आर्मीले भाग लिएका छन्। आज भएको उद्घाटन खेलमा प्रदेश नं ३ लाई ८–१ ले पराजित…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड चौथो स्थानमा उक्लियो

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड चौथो स्थानमा उक्लियो

    पउल पोग्वाले दुई गोल गरेपछि फुलहमलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ। शनिवार भएको खेलमा युनाइटेडले फुलहमलाई उसैको मैदानमा हरायो। युनाइटेडको जितमा पोग्वाले १४औँ र ६५औँ मिनेटमा गोल गरे भने एन्टोनी मार्सिएलले २३औँ मिनेटमा गोल गरे। नयाँ म्यानेजर ओले गनर सोल्सायरले प्रशिक्षण सम्हालेयता प्रिमियर लिगमा अपराजित रहेको युनाइटेडले शीर्ष चारमा पर्ने सम्भावनालाई बलियो बनाउदै लगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बडिबिल्डर महेश्वर सम्मानित

    बडिबिल्डर महेश्वर सम्मानित

    ललितपुर : नेपाल स्क्वास र्‍याकेट्स संघले १०औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शनिबार नगदसहित सम्मान गरेको छ। थाइल्यान्डको चाइमाइमा गत डिसेम्बरमा भएको उक्त प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए। विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन्। महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन्। महेश्वरलाई स्क्वास…

    विस्तृतमा पढ्नुस्

  • वीर गणेशमान स्मृति बक्सिङ : आर्मी टिम च्याम्पियन, आर्मीकै सुशील र दिवाना उत्कृष्ट खेलाडी

    वीर गणेशमान स्मृति बक्सिङ : आर्मी टिम च्याम्पियन, आर्मीकै सुशील र दिवाना उत्कृष्ट खेलाडी

    काठमाडौं : त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिप २०१९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। सर्वोत्कृष्ट घोषित भएसँगै बक्सिङको इतिहासमै पहिलोपटक सुशीलले टिभीएस मोटरसाइकल र दिवानाले टिभिएस स्कुटर प्राप्त गरे। दुवै विजेतालाई वीर गणेशमान फाउन्डेसनका कार्यकरी अध्यक्ष माननीय प्रकाशमान सिंह, प्रतियोगिता संयोजक राजीव श्रेष्ठ लगायतले पुरस्कृत गरे।…

    विस्तृतमा पढ्नुस्

  • हिरो वुमन्स गोल्डकप : पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित

    हिरो वुमन्स गोल्डकप : पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित

    काठमाडौँ : आजदेखि भारतमा सुरु भएको हिरो वुमन्स गोल्डकपमा नेपालले खराब सुरुवात गरेको छ। नेपाली महिला टोली म्यानमारको महिला टोलीसँग ३-० ले पराजित भएको हो। भारतको उडिसास्थित कालिङ्गा रंगशालमा भएको खेलमा म्यानमारले पहिलो हाफमा एक गोल मात्र गरेपनि दोस्रो हाफमा दुई गोल थपेको थियो। आजै भारत र इरानबीच पनि खेल हुनेछ। चार राष्ट्र सम्मिलित प्रतियोगिताले नेपालले अब सोमबार घरेलु टोली…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् जब हिउँले छोप्यो सेताम्मे बनाउँदै

    हेर्नुस् जब हिउँले छोप्यो सेताम्मे बनाउँदै

    काठमाडौं : हिमाली क्षेत्र र उच्च पहाडहरुमा दुई दिनदेखि हिउँ परेको छ। उच्च हिमाली क्षेत्रमा हिउँले जनजीवन पूर्ण प्रभावित बनाएको छ भने उच्च पहाडी क्षेत्रमा समेत यसको प्रभाव परेको छ। हिमपातले जनजीवन प्रभावित बनाइरहँदा कतै भने त्यसले मनोरञ्जन प्रदान गरिरहेको छ। हेर्नुस् फोटोहरु :

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell