काठमाडौँ : युएईविरुद्धको टी २० अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेपछि नेपाली खेलाडीहरुले टी २० अन्तर्राष्ट्रिय वरीयतामा समेत फड्को मारेका छन्। नेपालका कप्तान पारस खड्का अलराउण्डरतर्फ शीर्ष ४० भित्र अटाएका छन् भने बलरतर्फ सोमपाल कामी २२ स्थान माथि उक्लिएका छन्। अलराउण्डरतर्फ ७६ रेटिङ रहेका पारस ३९औँ स्थानमा छन्। यस्तै ब्याटिङतर्फ पाँच स्थानमाथि उक्लेका पारस ९०औँ स्थानमा छन्। टी २० मा ब्याटिङतर्फ…
गत सिजनको उपविजेता काठमाडौँ गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा विजयी सुरुवात गरेको छ। सोमवार भएको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौँले सोमपाल कामीको धनगढीलाई ४ विकेटले पराजित गरेको हो। धनगढी गत वर्षको च्याम्पियन टोली हो भने फाइनलमा काठमाडौँलाई नै हराएर उपाधि जितेको थियो। धनगढीले दिएको १३३ रनकमो लक्ष्य काठमाडौँले एक बल अगावै ६ विकेट गुमाएर पुरा गरेको हो। काठमाडौँका लागि…
काठमाडौं: 'क्याप्टेन' टिम यतिखेर फिल्म प्रचारमा व्यस्त छ। फिल्मका मुख्य अभिनेता अनमोल केसी प्रचारका लागि नेपालगञ्ज पुगेका छन्। नेपालगञ्जमा आयोजित 'व्यापार एंव पर्यटक महोत्सव २०७५' मा उनी पुगेका हुन्। महोत्सवमा अनमोललाई हेर्न दर्शकको भीड नै जम्मा भएको थियो। अनमोलले फिल्म 'क्याप्टेन'का विषयमा दर्शकलाई बताएका थिए। उनले फिल्म आगामी फागुन १७ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएका थिए। स्टेजमा अनमोलले फिल्मको एक गीतमा डान्सका…
काठमाडौं: नवीन निरौला निर्देशित फिल्म 'फिङ्गर प्रिन्ट'को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी फागुन १० गतेदेखि प्रदर्शनमा आउने फिल्ममा नवीनकै कथा र सम्पादन छ। कामना फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने,राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की,आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेललागयतको अभिनय छ। मेडिकल साइन्सका विषयमा फिल्म आधारित रहेको बताइएको छ। फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुमन…
एथ्लेटिक विल्वाओसँग बराबरीमा रोकिएपछि लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडमाथि अंकदूरी बढाउने मौका गुमाएको छ। गएराती भएको खेलमा विल्वाओले घरेलु मैदानमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो। लियोनल मेसी, लुइस सुअरेज जस्ता खेलाडी भएपनि गोल गर्न नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो। बराबरीपछि २३ खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा आसिन छ। समान खेलबाट ४५ अंकसहित रियल…
काठमाडौं: 'सोसल मिडिया फिल्म अवार्ड २०७५' वितरण कार्यक्रम सम्पन्न भएको छ। 'ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स'ले आयोजन गरेको कार्यक्रममा १२ विधामा अवार्ड प्रदान गरियो। फिल्म निर्देशक संगीता श्रेष्ठ, ब्लगर तथा सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर करुण थापा अवार्डका निर्णायक रहेका थिए। निर्णायक मण्डलले कार्यक्रममा जुरी अवार्डबाट 'बोकाहरु' टिमलाई सम्मानित गरे। कार्यक्रममा 'सोसल मिडिया रङ्ग पत्रकारिता सम्मान' कुवेर गिरीलाई प्रदान गरियो।…
सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा चेल्सीमाथि शानदार जित हात पारेको छ। आइतवार भएको खेलमा चेल्सीलाई ६-० ले पराजित गर्दै सिटी पहिलो स्थानमा समेत उक्लेको छ। एक खेल बढी खेलेको सिटीले समान अंक भएको लिभरपुललाई गोलअन्तरमा पछि पारेको हो। घरेलु मैदान एतिहाड स्टेडियममा अगुएरोले १३औँ, १९औँ र ५६औँ मिनेटमा गरे। यस्तै रहिम स्टर्लसङले चौथो र ८०औँ मिनेटमा गोल…
वीरगंजः निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुट्याउन सरकारलाई आग्रह गरेको छ। आयोजना कार्यालय सिमराका प्रमुख ओम शर्माका अनुसार प्रारम्भिक चरणको काम अन्तर्गत चर्चामा रहेको टागियाबस्तीलाई स्थानान्तरण गर्न र विमानस्थलको सिमाना निर्धारण गर्न उक्त बजेट तत्कालै विनियोजन गर्न आवश्यक रहेको छ। सिमरामा आयोजित अन्तरक्रियामा प्रमुख शर्माले भने “विमानस्थलको मुख्य चुनौती टागियाबस्तीको करिब १५…
साँखुः महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नंको पल्सर, गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नंको २०० सिसीको मोटरसाइकल हराएको थियो। त्यस्तै सोही मितिमा गोकर्णेश्वर नगरपालिका माकलबारीबाट बा ७० प ७२५४ नंको…
काठमाडौँः तीनकुनेमा (एयरपोर्ट कार्गो गेट नजिकै) बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। बिहान करिब ५३० बजेको समयमा कोटेश्वरबाट एयरपोर्ट जाँदै गरेको बा ३ ख ७०५७ नम्बरको बसले पैदलयात्रुलाई ठक्कर दिएको थियो। घाइते पैदलयात्रु सोलुखुम्बु बाँसा नगरपालिका ९ घर भई गैरीगाउँ बस्ने पदम कार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको…
नारायण ढुङ्गाना- काठमाडौँः सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो। एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गरे। त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो। “सानी छोरीले गीत गाउँछिन् अब”,…
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ। श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी ४ दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन्। गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा सुधार नभएपछि यही माघ २५ गते अधिकारीलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। अधिकारीलाई…
काठमाडौँ : रानी पोखरी कर्नर टिम आरसिटीले शहिद स्मारक बी डिभिजन लिगमा आइतवार नयाँ बस्ती युवा क्लबलाई पराजित गरेको छ। दोस्रो मिनेटमा गोल खाएर पछि परेको आरसिटीले पुनारगमन गर्दै नयाँ बस्तीलाई ३-१ ले पराजित गरेको हो। जितपछि आरसिटीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा दोस्रो मिनेटमै शानी कुमार चौधरीले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो…
काठमाडौं : भारतको चर्चित गायन रियालिटी सो 'सारेगमप लिटल च्याम्प'मा नेपालबाट बाल गायक प्रितम आचार्य सहभागी छन्। अडिसन राउण्डदेखि नै उनले आफ्नो गायकीबाट दर्शक अनि निर्णायकको मन जितेका छन्। स्टेजमा उनको आफ्नै शैली छ। उनी नेपाली टोपी पहिरेर हिन्दीमा गाउँछन्। हालै, सोमा प्रितमले 'सन्देशे आते है'बोलको गीत गाउँदा स्टेजमै सबैले उनलाई काँधमा बोके। निर्णायक सान प्रितमको आवाज सुनेर चकित पनि भएका थिए। प्रितमको…
काठमाडौँ : रानी पोखरी कर्नर टिम आरसिटीले शहिद स्मारक बी डिभिजन लिगमा आइतवार नयाँ बस्ती युवा क्लबलाई पराजित गरेको छ। दोस्रो मिनेटमा गोल खाएर पछि परेको आरसिटीले पुनारगमन गर्दै नयाँ बस्तीलाई ३-१ ले पराजित गरेको हो। जितपछि आरसिटीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा दोस्रो मिनेटमै शानी कुमार चौधरीले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो…
काठमाडौं : फिल्म 'ए मेरो हजुर ३'को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिजर सार्वजनिक गरेको हो। टिजरमा अभिनेता अनमोल केसी र सुहाना थापा फिचर्ड छन्। झरना थापाकी छोरी सुहानाको यो डेब्यू फिल्म हो। टिजरमा सुहानाको परिचय दिँदै अनमोललाई मेगा स्टार भनेर देखाइएको छ। पछिल्लो समय अनमोललाई मेगा स्टारको उपनाम दिँदा फिल्मककर्मीबीच लामो समय यो विषयमा…
काठमाडौः प्रहरीले अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना नेपाली सेनाका जवानसमेत रहेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले शनिवार कैलाली २४ वर्षीय ऐकेन्द्र शाही र घोडाघोडी नगरपालिका ६ घर भएका २३ वर्षीय कृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको हो। शाही नेपाली सेनाका जवान हुन्। प्रहरीले काठमाडौँको सगरमाथा गेस्टहाउसको कोठा नम्बर १०३ मा राखेको अवस्थामा उनीहरूको शरीर खानतलासी…
कप्तान ग्लेन म्याक्सवेलको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शन मद्दतमा मेलवर्न स्टार्स सिड्नी सिक्सर्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। लिगको अन्तिम खेलमा स्टार्सले सेमिफाइनल पुगिसकेको सिक्सर्सलाई ९४ रनले पराजित गर्दा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले ३ विकेट लिए। यसिअघिको खेलमा ब्रिसवन हिटसँग १० विकेटले हारेपछि स्टार्सलाई सेमिफाइनल पुग्न अन्तिम खेल जित्नैपर्ने दबाब थियो। त्यसमा बलरहरु चम्केपछि स्टार्सले नकआउट यात्रा तय…
वीरगंजः नेपालबाट महँगा गाडीमा भारततर्फ मदिरा तस्करी हुने गरेको रहस्य खुलेको छ। बारा प्रहरीले भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीमा ठूलो परिमाणमा मदिरा फेला पारेपछि नाकाबाट महंगा गाडीमा मदिरा तस्करी भइरहेको पुष्टि भएको हो। शनिवार राती ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले सीमावर्ती पचरौता गाउँपालिका वडा नं ४ ईनावाबाट जिजे ५ सिए ६८३८ नम्वरको भारतीय स्कोर्पियोलाई मदिरासहित समातेको थियो।T गाडीबाट सस्तो खाले…
काठमाडौं : लोकप्रिय गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ। उनले दर्शकमा 'तिमी नै मेरो सास हौ'बोलको गीत सार्वजनिक गरेका हुन्। एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतमा शिवको स्वर छ। यसअघि शिवकै 'आँशुको अर्थ'मा रुचाइएको अभिनेत्री स्वस्तिमा खड्का र आकाश श्रेष्ठको जोडी गीतको भिडियोमा देख्न सकिन्छ। गीतलाई शिवकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सुहाना क्रियसनको प्रस्तुति रहेको भिडियोमा बुद्ध…