काठमाडौँः नेपाल प्रहरीले १२ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालको सरुवा भएको छ। महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले बढुवामा छुटेपछि असन्तुष्टि व्यक्त गर्दै राजिनामा दिएपछि एसपीको ठाँउ खाली थियो। एसपी ढकाल यसअघि रौतहट जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपका कार्यारत थिए। जिल्ला प्रहरी कार्यालमा झापा एसपी दिनेश मैनालीलाई पठाइएको छ। यसअघि एसपी भीम ढाकाल…
काठमाडौँः मंगलबार प्रतिनिधि सभाको बैठकमा नेपाल प्रहरी, प्रदेश प्रहरीको कार्यसञ्चालन सुपरीवेक्षण तथा समन्वय गर्ने विधेयकलाई संशोधनका लागि अनुमोदन गर्ने कार्यसूची थियो। कार्यसूची अनुसार गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभामा ‘विचार गरियोस् प्रस्ताव’ पेस गरेका थिए। प्रस्ताव पेसपछि सभामुख कृष्णबहादुर महराले विधेयकको सैद्धान्तिक छलफलका लागि समय दिए। सैद्धान्तिक छलफलमा सत्तारुढ र विपक्षी दलका सांसद्ले समेत सरकारले प्रस्ताव गरेको विधेयक संविधान र संघीयताको…
काठमाडौँः प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि सुरु हुँदैछ। न्यूनतम रोजगारी र सामाजिक सुरक्षालाई सँगसँगै जोडेर कार्यक्रम सञ्चालन हुन लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष समारोहबीच कार्यक्रमको शुभारम्भ गर्दैछन्। संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेपछि सरकारले न्यूनतम रोजगारीको ग्यारेन्टी गर्न कार्यक्रम लागू गरेको हो। सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत् प्रधानमन्त्री…
महोत्तरीः दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक (असई) फरार भएका छन्। मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असई रामनरेश साह फरार भएका छन्। औरहीस्थित नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिए तापनि स्थानीयवासीले अवरोध गर्दा प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागेका हुन्। महोत्तरीका प्रहरी…
सिन्धुलीः विपी राजमार्ग अन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन्। आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन्। बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन्। घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ। मुख्य खेलाडी नेमार र एडिनसन कभानीबिनै खेलेको पीएसजीले युनाइटेडलाई उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित गर्यो। खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपनि दोस्रो हाफमा फ्रेन्च क्लबले दुई गोल गर्यो। प्रेसनेल किम्पेम्बेले ५३औँ र किलिएन एम्बाप्पेले…
एमाले र माओवादी केन्द्र दुई पार्टीको एकता भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनिसके पनि विगतमा यी दुई पार्टीको सम्बन्धमा भने निकै उतारचढाव आए। माओवादीले सुरु गरेको ‘जनयुद्ध’ लाई एमालेले ‘सशस्त्र द्वन्द्व’मात्रै भन्दै आएको थियो। यो शब्दलाई लिएर नै एकतामा व्यवधान आउने संकेतसमेत देखिएको थियो। अन्ततः ‘जनयुद्ध’लाई पार्टीको दस्ताबेजमा लिपिबद्ध गर्न एमाले सहमत भयो। र, आज पहिलेको एमालेको मुख्य कार्यालयमै…
काठमाडौँ : बी डिभिजन लिग अन्तर्गत मंगलवार भएको दुवै खेल बराबरीमा सकिएको छ। दिनको पहिलो खेलमा बाँसबारी युथ क्लब र टुसाल युथ क्लबले २-२ गोलको बराबरी खेले। दुई गोललले पछि परेको अवस्थामा टुसालले पुनरागमन गर्दै दुई गोल फर्काएर खेल बराबरी गरेको हो। अनुज भण्डारीले ११औँ र सुजन लिम्बुले १४औँ मिनेटमा गोल गर्दै बाँसबारीलाई सुरुमै २-० को अग्रता दिलाएको थियो। २४औँ…
काठमाडौँ : गण्डकी प्रदेशको सदरमुकाम पोखरामा हरेक वर्ष आयोजना हुने तेस्रो कुँवर ब्रदर्श एन्ड सन्स राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको लागि ठमेल युनाइटेडले टोली घोषणा गरेको छ। बुधबार पोखरा प्रस्थान गर्ने टोलीलाई मंगलवार बिदाई गरिएको छ। अर्जुन लाल प्रधानको कप्तानीमा रहेको ठमेल युनाइटेडको टोलीमा मोडल तथा नायक प्रशान्त ताम्राकारले पनि खेल्नेछन्। अर्जुन र प्रशान्त सँगै टिममा विपीन कपाली, कर्मा गुरुङ, विपेन्द…
काठमाडौँ : नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) विधेयकको विरोध संसदको आजको बैठकमा प्रतिपक्षी मात्र हैन सत्तापक्षीय सांसदहरुले समेत गरे। पूर्व गृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्माले विधेयक संघीयता विरोधी रहेको बताए। शर्माले विधेयक बनाउनेहरुले संविधानको अध्ययनै गरेनन् कि भन्दै संविधानका धारा पढेर सुनाए। संघीयता विरोधी रुझान देखिएको विधेयक पूर्ण रुपमा संविधानको मर्म विपरित र संघिता विरोधी भएको ठोकुवा…
कलाकार अनमोल केसी पेय पदार्थ स्प्राइटका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादन स्प्राइटले पहिलोपल्ट नेपालमा ब्रान्ड एम्बेसडर तोकेको हो। युवायुवती माझ लोकप्रिय केसीको नयाँ फिल्म क्याप्टेन रिलिज हुने तयारीमा छ। कलाकार भुवन केसीका छोरा अनमोल नेपाली फिल्म उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारका रुपमा पनि चिनिन्छन्। ब्रान्ड एम्बेसडर भए वापत् अनमोल केसीले कति रकम पाए भन्ने खुलाइएको…
काठमाडौं : नेपाल टेलिकमको भ्वाइस सेवा लिनेको संख्या घट्दा १५ प्रतिशतले नाफामा गिरावट आएको छ। विगत तीन वर्षदेखि नेपाल टेलिकमको भ्वाइस सर्भिसतर्फको आम्दानी घटिरहेको छ। चालु आर्थिक वर्षको छ महिनाको अवधिमा यस्तो सेवाबाट टेलिकमले १८ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले १९ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो। पछिल्लो समय नेपालीहरुले भ्वाइस कलभन्दा पनि…
काठमाडौं : जनयुद्ध दिवसको अवसरमा धुम्वाराहीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको थियो। हरेक वर्ष माओवादी घटकहरुले यसै दिन जनयुद्ध दिवस मनाउँदै आएका छन्। तर, यसपटक तत्कालीन माओवादीको ठूलो समूह जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा (माओवादी केन्द्र) तत्कालीन नेकपा (एमाले)सँग…
काठमाडौँ : आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन्। विशेष अदालतबाट मंगलबार २ करोड ५० लाख रुपैयाँको बैँक ग्यारेन्टी नेपाल इन्भेष्टमेन्ट बैँक बसिदिएपछि उनी छुटेका हुन्। विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरु नारायणप्रसाद पोखरेल र प्रमोदकुमार श्रेष्ठको इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का विरुद्ध १८ करोड रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति…
विश्वकप फुटबल विजेता इंग्लिस गोलकिपर गोर्डन ब्याङ्सको ८१ वर्षको उमेरमा निधन भएको छ। गोर्डनको सोमवार राती निधन भएको उनले परिवनरले पुष्टी गरेको बीबीसीले जनाएको छ। इंग्ल्याण्डले सन् १९६६ मा विश्व कप ट्रफी जित्दा ब्याङ्स गोलकिपर थिए। उनले उक्त विश्वकपमा उत्कृष्ट प्रदर्शन समेत गरेका थिए। ब्याङ्कसलाई इंग्ल्याण्डले पाएको मध्ये उत्कृष्ट गोलकिपर समेत मानिन्छ। ६ पटक 'फिफा गोलकिपर अफ दि इअर' चुनिएका…
काठमाडौँ : नेपालको यू-२१ फुटबल टिमले भारतमा हुने क्षेत्रिय प्रतियोगिता खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली युवा टिमले डक्टर टि एओ सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप खेल्न लागेको हो। उक्त च्याम्पियनसिपका लागि नेपालले एन्फाले २० सदस्यीय टोली मंगलवार घोषणा गरेको छ। यस्तै मुख्य प्रशिक्षकमा चेत नारायण श्रेष्ठ छन् भने सल्यान खड्गी सहायक प्रशिक्षक र छ्न्नुराम चौधरी…
धनगढी : विदेशी खेलाडी पुनित मेहराको अलराउण्ड प्रदर्शनमा रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल)मा लगातार दोस्रो जित हात पारेको छ। पहिलो दिन महेन्द्रनगर युनाइटेडमाथि २ रनको रोमाञ्चक जित हात पारेको रुपन्देहीले मंगलवार विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको हो। लगातार दुई जितपछि २ अंक जोडेको रुपन्देही अंक तालिकामा शीर्ष स्थानमा छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रुपन्देहीलाई जित दिलाउन बलिङमा ३ विकेट…
ठूलो आशा र अपेक्षासहित नयाँ संविधान बनिसकेपछिको पहिलो चुनावमा दुई तिहाईको सरकार बन्यो। तर एक वर्ष नपुग्दै सर्वसाधारण निराश हुन थालेका छन्। सरकारप्रति सकारात्मकभन्दा नकारात्मक धारणा बलियो बन्दैछ। किन भयो यस्तो? सरकारलाई खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कदमप्रति पनि सर्वसाधारण सकारात्मक देखिएका छैनन्। यस परिप्रेक्ष्यमा तेस्रो विकल्पको सम्भावना कति छ? पहिलोपोस्टका वीपी साहले पूर्व पत्रकार तथा विवेकशील साझा पार्टीका…
काठमाडौं: गायक सन्तोष परियारले नयाँ गीत सार्वजनिक गरेका छन्। 'मेरी आमा'बोलको गीतमा सन्तोषकै संगीत छ। हिमांशु रायमाझीको शब्द रहेको गीतको भिडियोमा रश्मी भट्ट, सन्तोष श्याम रोक्का र विशाल थापा फिचर्ड छन्। दीलिप समनको निर्देशनमा बनेको गीतको भिडियोमा फरज अर्पणको सम्पादन र छायाँकन छ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार तत्काल नढल्ने दाबी गरेका छन्। मंगलबार प्रहरी निरिक्षक आधारभुत तालिम १७८ औं समुहको दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देशले विकास र समृद्धि हासिल नगरेसम्म सरकार नढल्ने बताएका हुन्। प्रधानमन्त्री ओलीले भने,’ कतिको बानी परिसकेको छ। नौ महिनामा नै यो प्रधानमन्त्री हटिहाल्छ भन्ने। तर यो सरकार अहिले ढल्दैन।‘ प्रधानमन्त्री ओलीले बहुमतको सरकार भएकाले सुशासन…