PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • हिरो वुमन्स गोल्डकप : नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

    हिरो वुमन्स गोल्डकप : नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

    काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स गोल्डकपको उपाधिका लागि नेपालको महिला टोलीले आज म्यानमारको महिला टोलीसँग खेल्दैछ। चार राष्ट्र सम्मिलित प्रतियोगितामा म्यानमार र नेपाल शीर्ष दुई स्थानमा रहँदै फाइनल पुगेका हुन्। म्यानमारले लिग चरणमा सबै तीन खेल जित्दा नेपालले दुई खेल जितेको थियो। पहिलो खेलमै म्यानमारसँ ३-० ले पराजित भएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगितामा बाँकी दुई खेल जित्यो।…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : चेल्सी, नेपोली र सेभिया विजयी, आर्सनल पराजित

    युरोपा लिग : चेल्सी, नेपोली र सेभिया विजयी, आर्सनल पराजित

    युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा चेल्सी, नेपोली, सेभिया विजयी हुँदा आर्सनल भने पराजित भएको छ। लण्डन क्लब आर्सनल स्वीस क्लब बाटे बारिसोभसँग १-० ले पराजित भएको हो। बाटेका लागि स्टानिस्लाभ ड्रागनले घरेलु मैदानमा ४५ औँ मिनेटमा गोल गरेका थिए। अलेक्जान्डर लाकाजेट ८५औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि आर्सनल १० खेलमाडीमा झरेको थियो। उता अर्को लण्डन…

    विस्तृतमा पढ्नुस्

  • मिनी ट्रकको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु

    मिनी ट्रकको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु

    काठमाडौँः मिनी ट्रकको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रुको मृत्यु भएको छ। बिहीबार साँझ करिब ७ः२० बजे भक्तपुर चारदोबाटोस्थित सडकमा नम्बर नखुलेको निशान मिनी ट्रकले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। नयाँ ठिमीबाट गठ्ठाघरतर्फ जाँदै ट्रकले बाटो काट्दै गरको पैदलयात्रु भक्तपुर सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने मिथिलेश उपाध्यायलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनको उपचारकै क्रममा मध्यपुर ठिमी अस्पतालमा राति…

    विस्तृतमा पढ्नुस्

  • सहकारीमार्फत करिब २७ लाख ठगी गरेर फरार अधिकारी पक्राउ, फैसला कार्यान्वयनका लागि जेल चलान

    सहकारीमार्फत करिब २७ लाख  ठगी गरेर फरार अधिकारी पक्राउ, फैसला कार्यान्वयनका लागि जेल चलान

    काठमाडौँः अदालतले रु २६ लाख ७५ हजार २९५ नगद र एक वर्ष कैद सजाय सुनाएपछि फरार भएका उद्धव अधिकारी पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ जिल्ला अदालतको विसं २०७३ असोज ४ को फैसला अनुसार उक्त सजाय सुनाएका काठमाडौँ साङ्ला बस्ने ५६ वर्षीय अधिकारीलाई बुधबार दरबारमार्गबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्राउ परेका अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारीलाई जोगाउन न्यायिक समितिः श्रेष्ठ

    भ्रष्टाचारीलाई जोगाउन न्यायिक समितिः श्रेष्ठ

    स्याङ्जाः पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन्। सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताए। वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले भने, “कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भयो, मुलुकमा महँगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ, सरकारले ठूला माछा समाउन सकेको छैन।” निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • डच बिस्ट रोली विङ्कलार नेपालमा

    डच बिस्ट रोली विङ्कलार नेपालमा

    काठमाडौँ : विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो शरिर भएको बडिबिल्डरको छवी बनाएका रोली विङ्कर नेपाल आएका छन्। नेपालमा पहिलो पटक आयोजना हुन लागेको आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ प्रो क्वालिफायरमा सहभागि हुन विङ्कलार बिहीवार नेपाल आइपुगेका हुन्। डच बिस्ट द सामुराई जस्ता उपनामले चर्चित विङ्कलार यही शुक्रवार र शनिवार हुने प्रो क्वालिफायरमा गेष्ट पोजरको रुपमा प्रस्तुत हुनेछन्। पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : वर्षाका कारण खेल रद्ध भएपछि महेन्द्रनगर र विराटनगरले अंक बाँडे

    डीपीएल : वर्षाका कारण खेल रद्ध भएपछि महेन्द्रनगर र विराटनगरले अंक बाँडे

    धनगढी : धनगढी प्रिमियर लिग डीपीएल अन्तर्गत बिहीवारको दोस्रो खेल वर्षाको कारण रद्ध भएपछि विराटनगर किंग्स र महेन्द्र नगर युनाइटेडले अंक बाँडेका छन्। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभर खेल्दै ८२-७ रन बनाउँदा ठूलो वर्षा भएपछि खेल रोकिएको थियो। र त्यसपछि पुन: सुरु नहुँदा दुवै टिमले १-१ अंक बाँडे। खेल रद्ध भएपछि महेन्द्रनगर अझै पहिलो जितको खोजीमा छ।…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : सन्दीपको टोली फाइनलमा

    बीबीएल : सन्दीपको टोली फाइनलमा

    काठमाडौँ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले खेलिरहेको मेलवर्न स्टार्स अष्ट्रेलियन बिग बास लिग बीबीएल सिजन आठ को फाइनलमा प्रवेश गरेको छ। लिग चरणमा चौथो स्थानमा रहेको स्टार्सले बिहीवार भएको पहिलो सेमिफाइनलमा शीर्ष स्थानको होबार्ट हुरिकेनलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। होबार्टले दिएको १५४ रनको लक्ष्य स्टार्सले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। स्टार्सका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्यो प्रदीप र जसिता अभिनित 'लभ स्टेशन'को गीत

    यस्तो बन्यो प्रदीप र जसिता अभिनित 'लभ स्टेशन'को गीत

    काठमाडौं:  पछिल्लो समय 'लिलिबिली'बाट रुचाइएको स्क्रिन जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित दोस्रो फिल्म 'लभ स्टेशन'को गीत सार्वजनिक गरिएको छ। प्रणय दिवसको अवसरमा निर्माण टिमले फिल्मको 'घाम जुन चाहिँदैन'बोलको गीत सार्वजनिक गरेका हुन्। दीपक शर्माको शब्द तथा संगीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको गीतको भिडियोमा प्रदीप र जसिता फिचर्ड छन्। भियतनामको दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल सेमिफाइनलमा सन्दीप विकेटविहिन

    बीबीएल सेमिफाइनलमा सन्दीप विकेटविहिन

    काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियामा भइरहेको बिग बास लिग बीबीएलको सेमिफाइनलमा विकेटविहिन बनेका छन्। लिग अन्तर्गत बिहीवार सन्दीपको टोली मेलवर्न स्टार्सले होबार्ट हुरिकेनसँग पहिलो सेमिफाइनल खेलिरहेको छ। स्टार्सले ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेको थियो। सन्दीपले ४ ओभर बलिङ गर्दा ३१ रन खर्चिए। २४ बल बलिङ गर्दा उनले चार बल डट फाले भने तीन चौका दिए। सन्दिपको खेलको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाइज क्रिकेट लिग हुने, चैतमा हुने लिगमा ५ टिमले प्रतिस्पर्धा गर्ने

    नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाइज क्रिकेट लिग हुने, चैतमा हुने लिगमा ५ टिमले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ : नेपालमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने भएको छ। क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी चैतमा काठमाडौँमा वुमन च्याम्पियन्स लिग डब्लुसिएल आयोजना हुन लागेको हो। बिहीवार आयोजकले पत्रकारसम्मलेन गर्दै चैत २२ देखि ३० गतेसम्म कीर्तिपुस्थित टीयू क्रिकेट मैदानमा पलिग गर्ने जानकारी दिएको हो। आयोजक संस्थाका अध्यक्ष छुम्बी लामाका अनुसार लिगमा नेपालका पाँच शहरका ५ टिमले प्रतिस्पर्धा गर्नेछन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङ्गे भन्छन् : आम्स हेरेर डराउने होइन, प्रचण्ड र बाबुरामले पाखुरा देखाएर देश हल्लाएका हुन् र?

    दीपक मनाङ्गे भन्छन् : आम्स हेरेर डराउने होइन, प्रचण्ड र बाबुरामले पाखुरा देखाएर देश हल्लाएका हुन् र?

    काठमाडौँ : प्रदेश नम्बर ४ का सांसद दीपक मनाङ्गेले आफू नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सदस्य नभएको दाबी गरेका छन्।  बिहीवार ठमेलमा आयोजित एक कार्यक्रममा प्रदेश सांसद मनाङ्गेले कम्युनिस्ट विचार बोकेको भन्दै एमाले भन्ने हल्ला चलाए पनि आफू कम्युनिस्ट पार्टीको सदस्य नभएको दाबी गरेका हुन्। उनले भने, 'पार्टी भनेको सबैको हुनुपर्छ। जसले राम्रो काम गर्छ त्यही पार्टी हो। कम्युनिस्टले…

    विस्तृतमा पढ्नुस्

  • आइजीपी शैलेन्द्र खनालले ल्याए 'भुर्र भुर्र'

    आइजीपी शैलेन्द्र खनालले ल्याए 'भुर्र भुर्र'

    काठमाडौं: आइजीपी शैलेन्द्र खनालले प्रणय दिवसको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन्। उनले शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीतमा 'भुर्र भुर्र' बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा सानिध्य खनाल र स्मीता दाहालको स्वर छ। 'शरद २' एल्बममा समावेश गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन्। गीतको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन्। आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने अन्तिम तयारीमा रहेको 'शरद…

    विस्तृतमा पढ्नुस्

  • प्रियंका र आयुष्मानको 'प्रेम दिवस'

    प्रियंका र आयुष्मानको 'प्रेम दिवस'

    काठमाडौं:  फिल्म 'प्रेम दिवस'को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। प्रेम दिवसकै अवसरमा निर्माण टिमले फिल्मका दुई पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठ प्रेमिल भावमा देखिन्छन्। रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सनको ब्यानरमा बनेको फिल्म जेठ ३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ। योगेश घिमिरेको निर्देशनमा बनेको फिल्ममा प्रियंका र आयुष्मानसँगै विशाल…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले गरे 'जनताको जलविद्युत आयोजनाको' थालनी

    प्रधानमन्त्री ओलीले गरे 'जनताको जलविद्युत आयोजनाको' थालनी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रमको सुभारम्भ गरेका छन्। 'नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी' भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमको प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहबाट आरम्भ गरेका हुन्। बजेट मार्फत् प्रस्तत कार्यक्रमलाई कार्यरुप दिने क्रममा कार्यक्रमको शुभारम्भ गरिएको उर्जामन्त्री वर्षमान पुनले बताए। 'समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्न हरेक नेपाली जनताको सहभागी हुनेछ। यस…

    विस्तृतमा पढ्नुस्

  • बिहीवार नै नेपाल प्रदर्शनमा दुई विदेशी फिल्म, निर्माता संघको माग 'विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्छ'

    बिहीवार नै नेपाल प्रदर्शनमा दुई विदेशी फिल्म, निर्माता संघको माग 'विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्छ'

    काठमाडौं: बिहीवारदेखि दुई विदेशी फिल्म नेपाल प्रदर्शनमा आएका छन्। हलिउड फिल्म 'एलिटा : ब्याटल एन्जल' र बलिउड फिल्म 'गल्ली बोई' प्रेम दिवसको अवसरमा नेपाल प्रदर्शनमा आएका हुन्।  नेपाली फिल्म 'बुलबुल' प्रदर्शन अगावै विदेशी फिल्म नेपाल प्रदर्शनमा आएका हुन्। 'बुलबुल' भने १५ फेब्रुअरीदेखि मात्रै प्रदर्शनमा आउँदैछ। रणवीर सिंह अभिनित 'गल्ली बोई'ले आज मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा १३ सो पाएको छ। उता, साइबर पङ्क एक्सन फिल्म…

    विस्तृतमा पढ्नुस्

  • ब्रेकअप कन्फेसन : प्रेमको अर्थराजनीति

    ब्रेकअप कन्फेसन : प्रेमको अर्थराजनीति

    निमेषराज सापकोटा – “मेरे बाद किस्को सताओगे मुझे किस् तराह से मिटाओगे कहाँ जाके तिर चलाओगे...” यो गीत सुनिरहेको थिएँ। घरका मान्छेहरु सोच्दा हुन् यो बौलायो। हुन तः पागल नै थिएँ पहिले पनि। जे सुकै सोचुन्। आत्म स्वतन्त्रता भन्ने कुरा पनि हुन्छ नि यार! मनपसन्द पाराले बाँच्ने हो यो एकबारको जिन्दगी। कति न बाँचिएला र ! ५० वर्ष को आसपास बाँचे…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनमा अत्तरियाको लगातार दोस्रो जित

    डीपीएल : दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनमा अत्तरियाको लगातार दोस्रो जित

    कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउनुका साथै २ विकेट समेत लिएको खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै धनगढी प्रिमियर लिग डीपीएलमा दोस्रो जित हात पारेको छ। रुपन्देहीलाई बिहीवार ३९ रनले पराजित गरेपछि २ खेलबाट ४ अंक जोडेको अत्तरिया रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा समेत उक्लेको छ। अत्तरियाले पहिलो खेलमा धनगढी स्टार्सलाई पराजित गरेको थियो। सुरुको दुई खेल जितेको रुपन्देहीको भने…

    विस्तृतमा पढ्नुस्

  • सरकारले खोल्यो पानी जहाज कार्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

    सरकारले खोल्यो पानी जहाज कार्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

    काठमाडौँः सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एकान्तकुनमा रहेको कार्यालयको उद्घाटन गरेका हुन्। भौतिक पूर्वाधार मन्त्रालय मातहत रहनेगरी कार्यालय उद्घाटन भएको हो। यसअघि २०२७ सालमा पानी जहाज दर्ता ऐन प्रचलनमा आए पनि कार्यालय समेत स्थापना भएको थिएन। माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठनको एक वर्षः उपलब्धि सार्वजनिक गर्न प्रधानमन्त्रीले सम्बोधन गर्ने

    सरकार गठनको एक वर्षः उपलब्धि सार्वजनिक गर्न प्रधानमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौं: वर्तमान सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारका उपलब्धिको समीक्षा गर्दै सम्बोधन गर्ने भएका छन्। बिहीबार दिउँसो ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडि प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ। सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरेका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell