बलिउड अभिनत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरविरुद्ध प्रहरीमा उजुरी गरेकी छिन्। सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकनको क्रममा पाटेकरले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाउँदै उनले उजुरी दर्ता गरेको भारतीय मिडियाले जनाएको छ। उनले नानासँगै उक्त फिल्मका कोरियोग्राफर गणेश आचार्य, निर्माता समीर सिद्दीकी, निर्देशक राकेश साराङ विरुद्ध उजुरी गरेकी छिन्। यसअघि फिल्मका निर्माताले ह्यारेसमेन्टका समयमा तनुश्रीलाई रजश्वला भएका…
काठमाडौंः गायक विशाल निरौलाले दशैं गीत सार्वजनिक गरेका छन्। नजिकिँदै गरेको दशैंको अवसरमा उनले ‘ज्यान यो परदेशी भयो, मन यो गाउँबेसी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। गायक निरौलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा काम विशेषले परदेशिन बाध्य भएका सेनाको पीडा झल्किन्छ। चाडपर्वका बेला परदेशमा रहेकालाई गाउँघर र परिवारको सम्झनालाई भिडियोमा उतार्ने प्रयास गरेको भिडियो निर्देशक प्रशान्त पौडेलले बताए। भिडियोमा…
काठमाडौँ : शनिवार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा १५औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आयोजना भएको आयोजक नेपाल व्यायाम मन्दिरकै मिलन सिजापति १५औँ धर्मश्री च्याम्पियन बने। १३औँ संस्करणको विजेता तथा एसियन च्याम्पियनसिपको गोल्ड मेडलिस्ट महेश्वर महर्जन उपविजेता बने। च्याम्पियन मिलनले नगद ५ लाख र ब्यानेट पाए भने महेश्वरले २ लाख प्राप्त गरे। बलिबिल्डरहरु स्टेजमा प्रवेश गर्नुअघि उनीहरुलाई विशेष किसिमले तयार पारिन्छ। अन्य…
काठमाडौः प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस भएको छ। आज बसेको बढुवा समितिको बैठकले ११ जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो। एसएसपी विनोद शर्मा घिमिरे बढुवा सिफारिसमा पहिलो नम्वर परेका छन्। एसएसपी विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणीप्रसाद लम्साल लगायत बढुवा सिफारिसमा परेका हुन्।
काठमाडौः महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शनिवार साँझ पक्राउ गरेको आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए । आयोगको टोलीले एक लाख ४० हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेकाे उनले बताए।
काठमाडौँ : डिफेण्डिङ च्याम्पियन नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ। बंगलादेशमा भइरहेको प्रतियोगितामा समूह ए को दुवै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाट घर फर्कने भएको हो। शनिवार भएको समूहको दोस्रो तथा अन्तिम खेलमा नेपाल प्यालेष्टाइनसँग १-० ले पारजित भएको हो। सन् २०१६ मा भएको चौथो संस्करणको च्याम्पियन नेपाल पहिलो खेलमा ताजिकिस्तानसाग २-० ले पराजित भएको थियो। दुवै…
काठमाडौँ : पूर्व विजेता तथा एसियन बलिबिल्डिङको समेत गोल्ड मेडलिस्ट महेश्वर महर्जनलाई पछि पार्दै मिलन सिजापती १५औँ धर्मश्रीको विजेता बनेका छन्। नेपाल व्यायाम मन्दिरले आयोजना गरेको १५औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा अन्य ६ तौल समूहमा विजेतालाई पछि पार्दै व्यायाम मन्दिरकै मिलन च्याम्पियन बनेका हुन्। मिलन त्यसअघि ८० केजी तौल समूहमाथि विजेता बनेका थिए। १३औँ संस्करणका च्याम्पियन महेश्वरले कडा टक्कर दिएपछि मिलनले…
पूर्व प्रहरी महानिरिक्षक अच्यूतकृष्ण खरेलको आत्मकथा विमोचित भएको छ। शनिबार नेपाल प्रहरी क्लबमा आयोजित समारोहमा रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारी (माओवादीद्वारा हत्या गरिएका प्रहरीकी श्रीमती) लाई हस्तान्तरण गर्दै पुस्तक सार्वजनिक गरिएको हो। विमोचनअघि खरेलले राजनीतिशास्त्री हरि शर्मासँग संवाद गरे। जसमा उनले पुस्तक लेख्नुपर्नाको कारण बारे बोलेका थिए। ‘जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र माओवादी द्वन्द्व नेपाली इतिहासकै…
कवि नवराज पराजुली एक्लै मञ्चमा देखिन्छन्। उनी आफ्नो कुरा सुनाउन थाल्छन्, एकोहोरो। 'फ्याट्ट एसएलसी फेल भएँ। मेरो पठ्ठो बुद्धिले सोच्यो, अब जिन्दगी सक्कियो। उड्नु थियो आकाश-आकाश, पखेटा भाँचियो। बग्नु थियो नदीझैँ, किनारा भत्कियो। बढ्नु थियो जंगली झारझैँ, जरा काटियो।' कवि बोल्दा लाग्छ उनी कुनै कविता सुनाउँदै छन्। बोल्दै जाँदा घटनाक्रम लम्बिन्छ र लाग्छ उनी कविता होइन कथा सुनाइरहेका छन्।…
बुटवल : बाँकेको राप्तीसोनारी गाउँपालिकाको मुगुवा खोला नजिक आज बिहान ट्रक र माइक्रो बस ठोक्किँदा ज्यान गुमाउनेको सनाखत भएको छ। दुर्घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको छ। चारजनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए। दुर्घटनामा हाइस चालक दाङ तुलसीपुर उपमहानगरपालिका ७ का ३९ वर्षीय सुगने चौधरी,…
दमक : राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले राजा महेन्द्रले ल्याएको पुनर्वासको योजनाले मधेसको सम्पत्ति, सभ्यता र अधिकार खोसिएको बताएका छन्। दमकस्थित युथ नेट्वर्कले आयोजना गर्दै आएको ‘बैसि दुडुब'को छैटौं श्रृङ्खलामा राजनीतिक विश्लेषकहरु चन्द्रकिशोर र खगेन्द्र संग्रौलाबीच भएको अन्तर्क्रियामा संग्रौलाले भने,'संविधान त तीनै खोसिएकाहरुमाथिको दमनमा बनाइयो। फास्टट्र्याकमा। जसले मधेसको समस्या झनै जटिल बनाएको छ।' उनले मधेसलाई सभ्यताको रुपमा व्याख्या गरे। भने, ‘पहिले मधेस थियो…
काठमाडाैँः प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन्। शनिबार आफ्नै सरकार निवास बालुवाटारमा पूर्वाञ्चल विश्वविद्यालयको २९ औं सभा बैठकमा प्रधानमन्त्री अाेली विकासको कामलाई तीव्रता दिन सक्ने दक्ष जनशक्ति निर्माणमा जुट्न सबै विश्वविद्यालयलाई आह्वान समेत गरे। 'अब कक्षा कोठाको पाढइले मात्र पुग्दैन। विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ,' उनले भने। प्रधानमन्त्री ओलीले शिक्षाले आजको…
काठमाडाैँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपालले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा जोड दिएका छन्। मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना बढदै गइरहेका बेला उनले त्यस्ता घटना हुन नदिन सामाजिक अभियान संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्। निबार दशैँ, तिहार, नेपाल संवत र छठको अवसर पारेर काठमाडौंमा आयोजित…
काठमाडौँ : नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजुले १२औं काठमाडौँ म्याराथनको उपाधि जितेका छन्। शनिवार भएको प्रतिस्पर्धामा हेमलालले ४२.१९ कि.मि.को दूरी २ घन्टा २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे। नेपाली सेनाकै राजन खत्री दोस्रो र नेपाल पुलिसका भूमिराज राई तेस्रो भए। खत्रीले २ घन्टा २३ मिनेट ३३ सेकेन्ड र राईले २ घन्टा २४ मिनट ३१…
काठमाडाैंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूदुरपश्चिम प्रदेशकाे राजधानी गाेदावरी राखेकोमा अापत्ति जनाएका छन्। नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा उनले केही व्यक्ति निहित स्वार्थका लागि गोदावरी प्रदेश राजधानी राखेर वातावरणीय सन्तुलन बिगार्न लागिएकाे अाराेप लगाएका हुन्। उनले वातावरणीय लगायतका सबै हिसाबले उपयुक्त नभएको ठाउँमा राजधानी तोकिएको भन्दै सो निर्णयको…
सञ्जिला तामाङ - अहिले देशभर दिनहुँजसो बलात्कारका घटना सार्वजनिक भइरहेका छन्। बलात्कारका घटनाविरुद्ध अहिले नागरिक समाज जुरुक्कै उठेको छ। बलात्कारको घटनामा संलग्नलाई फाँसीको सजाय दिनुपर्नेसम्मका माग सडकबाट उठेको छ। बलात्कारको घटनामा संलग्नलाई फाँसीकै सजाय नभए पनि नेपालमा यस्ता घटनामा संलग्नलाई दिने सजाय त्यति कमजोर भने छैन। तथापि, बलात्कारका घटना कम हुनुको साटो दिनदिनै बढ्दो छ। पछिल्ला समय यस्ता घटनमा संलग्नमाथि…
उद्धव थापा - काठमाडौं : गत आर्थिक वर्षमा मदिराको आयात करीब ७ करोड रुपैयाँले घटेको छ। ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिईपिसी) को तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बराबरको मदिरा आयात भएको छ। अघिल्लो आर्थिक बर्ष ३ अर्ब ११ करोड ४९ लाख रुपैयाँ बराबरको मदिरा आयात भएको थियो। तथ्यांक अनुसार, गत आर्थिक बर्षमा…
काठमाडौँ : सन्दीप लामिछानेको उत्कृष्ट बलिङ तथा कप्तान पारस खड्काको अर्धशतक मद्दतमा नेपालले टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा मलेसियालाई ८ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। क्वालिफायरमा नेपाललाई लगातार दोस्रो जित दिलाउन बलिङमा सन्दीप लामिछानले ५ विकेट लिँदा ब्याटिङमा कप्तान पारसले नटआउट ५२ रन बनाए।…
काठमाडौँ : स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा नेपालले मलेसियालाई १०० रनमा अलआउट गरेको छ। क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर सय रन बनायो। मलेसियाका लागि विकेटकिपर ब्याट्सम्यान सफिक सरिफले सर्वाधिक ४९ रन बनाए। नेपालका लागि सन्दीपले ४ ओभरमा २० रन…
काठमाडौँ : आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर समूह बी अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ। घरेलु टोली मलेसिाले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई हराएको थियो। मलेसियालाे भुटानलाई पराजित गरेको थियो भने थाइल्याण्ड विरुद्धको खेल वर्षाको कारण रद्ध भएपछि अंक बाँडेको थियो। नेपाल र मलेसिया टी-२० फर्म्याटमा भिड्न लागेको पाँच वर्षपछि…