युवा स्टार किलिएन एमबाप्पेले १३ मिनेटको अन्तरमा चार गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा लियोनमाथि शानदार जित हात पारेको छ। दोस्रो हाफमा एमबाप्पेले गरेको चार गोल मद्दतमा पीएसजीले लियोनलाई ५-० ले हरायो। यस सिजन अपराजित पीएसजीको यो लगातार नवौँ जित हो। एमबाप्पेले ६१औँ मिनेटमा पहिलो गोल गरेका थिए। ६६औँ र ६९औँ मिनेटमा गोल थप्दै उनले ८ मिनेटमै ह्याट्रिक…
बनेपाः काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना ४ त २८४० नं को ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का २५ वर्षीय इमरन मन्सुरको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका…
स्पानिस ला लिगामा गएराती भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ। त्यसअघि सेभिया सेल्टा भिगोलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो। बार्सिलोना सामु भ्यालेन्सियालाई पराजित गर्दै शीर्ष स्थानमा फर्कने मौका थियो। तर अवे मैदानमा भ्यालेन्सियासँग १-१ को बराबरीमा रोकिएपछि बार्सिलोना अंक तालिमाका सेभिया भन्दा पछि परेको हो। घरेलु मैदानमा इजेक्वेल ग्रेले तेस्रो मिनेटमै गोल गर्दै भ्यालेन्सिायलाई अग्रता दिलाएका थिए।…
काठमाडौँः केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आजदेखि आएको छ। चालु आवदेखि नै उक्त कार्यालय प्रदेश अन्तर्गतमा आएको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन। भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले उक्त कार्यालयको उद्घाटन गर्दै सेवाग्राहीको अधिकारलाई प्राथमिकतामा राखेर यातायातसम्बन्धी विधेयक चाँडो प्रादेशिक संसदमा पेश गर्न लागिएको जानकारी दिए। उनले भने, “यातायात व्यवस्था कार्यालयमा…
प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा म्यानचेष्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्। लिभरपुलको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा सिटीले पेनाल्टी हान्ने अवसर पाएको थियो। तर रियाद महारेजले पेनाल्टीमा गोल गर्न नसकेपछि सिटीले अग्रता लिने मौका गुमाएको थियो। बराबरीपछि दुवै टोलीले १/१ अंक बाँडे। त्यसअघि चेल्सी साउथह्याम्पटनलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानमा…
काठमाडौंः 'मिस काभ्रे'को दशौं संस्करणको उपाधि रुविला श्रेष्ठले जितेकी छिन्। रुविलाले उपाधिको साथमा मोस्ट कन्फिडेन्ट र बेस्ट ट्यालेन्टको सब टाइटल समेत जितिन्। रुविला अब चाइनामा हुने ‘मिस ग्लोब वर्ल्ड’मा सहभागी हुनेछिन्। त्यस्तै प्रतिस्पर्धामा दोश्रो बनेकी प्रियंका पाठकले मोस्ट इनर्जेटिक टाइटल पनि जितिन्। तेश्रो भएकी रिचा न्यौपानेले भ्युअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार जितिन्। प्रतिस्पर्धामा सुस्मिता मानन्धरले पर्सनालिटी, अनुषा गुरुङले मोस्ट…
काठमाडौँः नेपालगन्ज विमानस्थलमा यति एयरलाइन्सको विमानमा स्याल ठोक्किएको छ। विमानको बायाँ भागमा स्याल ठोक्किँदा सामान्य क्षति पुगेको छ। काठमाडौँबाट नेपालगन्जको लागि उडेको यति एयरको 'नाइन एन एएमएम' कल साइनको विमान अवतरणको क्रममा आइतबार राति करिब ८ बजे स्याल ठोक्किएको हो। विमानमा सामान्य क्षति पुगे पनि सवार यात्रुहरु सकुशल रहेको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। आइतबार साँझ अवतरण गर्ने क्रममा…
बलिउड अभिनेत्री तनुश्री दत्तका विरुद्धमा महाराष्ट्रका विधुवाहरु उत्रिका छन्। पाटेकरको पक्ष लिँदै उनीहरुले तनुश्रीका तस्वीर जलाइदिएका छन्। उक्त समुहले नानालाई ‘दाइ’ सम्बोधन गर्दै उनीमाथि गलत आरोप लगाएको बताएका छन्। पाटेकरले १० वर्षअघि ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोपमा तनुश्रीले प्रहरीमा उजुरी गरेसँगै यस किसिमको विरोध प्रदर्शन भएको हो। बलिउडमा अहिले तनुश्री र नानाका विषयमा चर्चा चुलिएको छ। तनुश्रीका विपक्षमा महाराष्ट्र उत्रिए पनि…
काठमाडौंः सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स नेपाल’ हुने भएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले प्रतियोगिता आयोजना गर्ने भएको हो। यो प्रतियोगिता विश्वव्यापी रुपमा सञ्चालन हुँदै आएको म्यान्मारको सौन्दर्य प्रतियोगिता हो। प्रतियोगितामा ४० भन्दा बढी देशका प्रतियोगिहरु सहभागी हुनेछन्। यो प्रतियोगिता ९ ठूला शहरमा आयोजना हुने आयोजक मोनित मर्हजनले बताए। १८…
काठमाडौंः म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करण विराटनगरमा सम्पन्न भएको छ। यसअघि अवार्ड कार्यक्रम काठमाडौंमा हुँदै आएको थियो। कार्यक्रममा गायक शिव परिवारले सर्वोत्कृष्ट सुगम संगीतको अवार्ड जिते। उनले ‘वर्षौं भो छोडेको’बोलको गीतबाट अवार्ड जितेका हुन्। त्यस्तै, सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राश्ना शाक्यले पाइन्। ‘कैदी बनाउ’ बोलको गीतबाट उनले अवार्ड पाएकी हुन्। संगीकार सम्भूजित बास्कोटालाई ‘विराट संगीतरत्न’को सम्मान प्रदान गरियो। पत्रकार गीता…
काठमाडौँ : भुटानमा भएको साफ यू-१८ वुमन्स च्याम्पियसिपको उपाधि बंगलादेशले जितेको छ। उपाधि जित्ने लक्ष्य सहित भुटान पुगेको नेपालले भने उपविजेतामा चित्त बुझाएको छ। आइतवार भएको फाइनलमा नेपाललाई १-० ले पराजित गर्दै बंगलादेश पहिलो संस्करणको च्याम्पियन बन्यो। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा बंगलादेशले एक गोल गर्दै खेल जित्यो। नेपालले उपविजेतामै चित्त बुझाउन बाध्य भयो। थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा…
प्रिमियर लिगमा आइतवार लण्डन क्लब आर्सनलले शानदार जित हात पारेको छ। आर्सनलले फुलह्यामलाई उसैको मैदानमा ५-१ ले पराजित गर्दृ यस सिजन लगातार छैटौँ जित हात पारेको हो। आर्सनलको लागि एलेक्जान्डर लाकाजाटेले र पिएरे एमरिक औवामेयाङले दुई-दुई गोल गरे। यस्तै बरोन राम्सले एक गोल गरे। फुलह्यामका लागि घरेलु मैदानमा आन्द्रे सुर्लेले एक गोल फर्काए। यस सिजन सुरुवाती दुई खेलमा पराजित भएको…
काठमाडौँ: कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७२ दिनपछि संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई ८ बूँदे निर्देशन दिएको छ। आयोगले डिएनए परीक्षण र भेजिनल स्वाबमाथि नै प्रश्न गरेको छ। आयोगको निर्देशनमा भनिएको छ, 'शंकास्पद व्यक्तिको डिएनए गरिएको भनिए पनि उक्त ल्याबमा प्रयोग गरिएका औजार, रसायन, यौनिक स्वाब सुरक्षा र विर्य परिक्षण गर्ने पर्याप्त तत्व थियो वा थिएन…
काठमाडौँ : यू-१९ राष्ट्रिय टिमका प्रशिक्षक विनोद दास एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने टिम काठमाडौँ किंग्स ११ को क्रिकेट निर्देशक डिरेक्टर अफ क्रिकेट नियुक्त भएका छन्। आगामी डिसेम्वर ८ बाट काठमाडौँमा हुने इपीएल टी-२० का लागि काठमाडौँले दासलाई आइतवार उक्त पदमा नियुक्त गरेको जनाएको छ। राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका दासले भर्खरै बंगलादेशमा यू-१९ एसिया कप खेलेर आएको टिमको…
काठमाडौँः केही महिना अगाडि मात्र महानगरीय प्रहरी वृत्त बौद्धको जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले नगद मात्र होइन जिन्सी सामग्रीसमेत घुस लिने गरेको खुलासा भएकाे छ। राईले केही समय अगाडि सेवाग्राही घुसको रुपमा सोनी टीभी खरिद गरी ल्याइदिन लगाएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए। त्यस्तै डिएसपी राईकै संरक्षणमा बौद्धमा जुवा खेल हुने गरेकाे उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको थियो। साेही अाराेपमा राई शनिबार साँझ…
काठमाडाैँः सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)कै सांसदहरुले स्रोत सुनिश्चित गरिएका आयोजनाको बजेट कटौति गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन । ने क पाका प्रतिनिधिसभाका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले स्रोत सुनिश्चित गरिएको आयोजनाको बजेट कटौति गरेको भन्दै अर्थ मन्त्रालयको चर्को आलोचना गरेका हुन् । संघीय संसद अन्तरगतको अर्थ समितिको आइतबारको बैठकमा सांसद पौडेलले निर्माणाधिन आयोजनाको…
काठमाडौँ: स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले राउतलाई आइतबार दिउँसो पक्राउ गरेको हो। जिल्ला अदालतबाट फर्किदै गर्दा राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए। एसएसपी थापाले भने,' रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले उनीसँग सोधपुच्छ भइरहेको छ। प्रहरीले उनलाई के अभियोगमा मुद्धा चलाउने भने निश्चित गरिसेको छैन।
काठमाडौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले र अर्का अध्यक्ष केपी ओलीले एउटा किताब नलेखेसम्म नेपालको शान्ति प्रक्रिया पूरा नहुने बताएका छन्। राष्ट्रिय सभागृहमा आयोजित पुस्तक विमोचन समारोहमा अतिथिका रुपमा निम्त्याइएका प्रचण्डले नेपालको शान्ति प्रक्रिया पूरा भयो भनी भर्खरै अमेरिका र कोस्टारिका भ्रमणमा जाँदा प्रधानमन्त्रीले भनेको कुरा स्मरण गर्दै आभार जनाए। ‘केही पूरा भएको छैन’, उनले भने, ‘एउटा किताब…
काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुशासन दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित पुस्तक विमोचन समारोहमा अतिथिका रुपमा निम्त्याइएका कोइरालाले प्रधानमन्त्रीलाई लक्षित गर्दै सोधे, 'पैसा नपर्ने सुशासन दुइतिहाइको सरकारले किन दिन नसकेको? किन सुशासन दिनमा कन्जुस्याइँ?' पछिल्लो समयमा निकै आलोचित गृहमन्त्री रामबहादुर थापा 'बादल' प्रति लक्षित गर्दै उनले भने, 'निर्मला पन्तको बलात्कार पूँजीवादले भन्न…
काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी-२० वर्ल्डकपको लागि पहिलो चरणको खुड्किलोको रुपमा रहेको एसिया रिजन क्वालिफायर समूह बी मा नेपालले लगातार तेस्रो जित हात पारेको छ। करण केसीको अलराउण्ड प्रदर्शन अनी सन्दीप लामिछानेको ५ विकेट मद्दतमा नेपालले आइतवार थाइल्याण्डलाई डिएल मेथडमा १४० रनले पराजित गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७२…