PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • टी-२० वर्ल्डकप क्वालिफायर एसिया : भुटान विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

    टी-२० वर्ल्डकप क्वालिफायर एसिया : भुटान विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत समूह को चौथो खेलमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ। युकेएम ओभरमा टस हारेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नेपालका ओपनर विनोद भण्डारी खाता नखोली आउट भएका छन्। दुई खेलको विश्रामपछि पहिलो रोजाईँमा फर्केका प्रदिप ऐरीले विनोदसँग ओपनिङ गरेका थिए। अहिले प्रदिपलाई अनिल कुमार शाहले साथ दिइरहेका छन्। यो समाचार तयार…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणमा खटिएका प्राविधिक कर्मचारी ‘फिल्ड’ छाडेर पढाईमा, हाजिर प्रमाणित नगर्न स्थानीय तहलाई निर्देशन

    पुनर्निर्माणमा खटिएका प्राविधिक कर्मचारी ‘फिल्ड’ छाडेर पढाईमा, हाजिर प्रमाणित नगर्न स्थानीय तहलाई निर्देशन

    काठमाडौँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले करार सम्झौता गरी सेवामा रहेका तर, तोकिएको स्थानमा नियमित रुपमा नखटिएका प्राविधिक कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। प्राधिकरणले विभिन्न स्थानमा खटिएका कर्मचारीहरु शैक्षिक संस्थामा नियमित विद्यार्थीका रुपमा समेत पाइएको भन्र्दै छानबिन भइरहेको समेत जनाएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता कर्मचारीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको समेत जनाएको छ। फिल्डमा खटिएको भनिएका…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

    नुवाकोटः जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडकखण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको हो। पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ फलामको बाकस बोकेर आउँदै गरेको ना ३ ख ४७६८ नंको ट्रकलाई बिजुलीको तारले छुन लागेपछि ट्रकमाथि छतमा गई तार पन्छाउने…

    विस्तृतमा पढ्नुस्

  • बालोन डे'ओर अवार्डका लागि मनोनयन सार्वजनिक, हेर्नुस को-को परे

    बालोन डे'ओर अवार्डका लागि मनोनयन सार्वजनिक, हेर्नुस को-को परे

    फ्रान्स फुटबल म्यागाजिनले सन १९५६ देखि प्रदान गर्दै आएको बालोन डे'ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ। फ्रान्स फुटबलले सोमवार ६ चरणमा ३० खेलाडीको नाम सार्वजनिक गरेको छ। जसमा साविक विजेता क्रिस्टियानो रोनाल्डो देखि पूर्व विजेता लियोनल मेसी, फिफा वेस्ट अवार्ड विजेता लुका मोडरिच, फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेल लगायतका खेलाडी छन्। सन् २०१० देखि फिफासँग मिलेर फिफा बालोन…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको 'एम्बुस'मा दुर्लभ वन्यजन्तुका चार जना छाला तस्कर

    प्रहरीको 'एम्बुस'मा दुर्लभ वन्यजन्तुका चार जना छाला तस्कर

    काठमाडौः दुर्लभ वन्यजन्तु चितुवको छाला कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले नागढुङगाबाट मंगलवार राति उनीहरुलार्इ पक्राउ गरेको हो। प्रहरीले विशेष सूचनाको आधारमा राति एम्बुस राखेर चेकिङ गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए। पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय सुराजन थापा, गोरखा जिल्ला बस्ने २३…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि प्रहरीकै 'अपरेसन', तीन वृत्तका डिएसपी फेरिए

    प्रहरीमाथि प्रहरीकै 'अपरेसन', तीन वृत्तका डिएसपी फेरिए

    काठमाडौँ : प्रहरीहरु गैरव्यवसायिक क्रियाकलापमा लिप्त हुने गरेको गुनासो आउन थालेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरीमाथि नै निगरानी बढाएको छ। सेवाग्राहीसँग घुस लिनेदेखि अन्य अवैध क्रियाकलाप गरेका प्रहरीहरु माथि अपरेसन गर्ने विशेष टोली गठन भएको छ।  सोमबार टोलीले महानगरीय प्रहरी  वृत्तका एक सईलाई घुस लिएको अभियोगमा अनुसन्धान शुरु गरेको छ। सईले सेवाग्राहीसँग १० हजार रुपैया घुस लिएको जानकारी प्रहरीमा आएको…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाकाे अन्त्य हुन्छः मन्त्री विष्ट

    पाँच वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाकाे अन्त्य हुन्छः मन्त्री विष्ट

    काठमाडाैँः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा बाध्य भएर जाने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन्। मन्त्री विष्टले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको दाबी गरे। सोमबार सर्जक दुर्गा रायमाझीको शब्द, लय र स्वरमा सजिएको गीति एल्बम ‘फर्क दाइ फर्क’काे विमोचनमा उनले मुलुकलाई समृद्ध बनाउन जनताको श्रम र सीपलाई…

    विस्तृतमा पढ्नुस्

  • दुई सौन्दर्य प्रतियोगिताको एउटै ट्यालेन्ट राउण्ड

     दुई सौन्दर्य प्रतियोगिताको एउटै ट्यालेन्ट राउण्ड

    काठमाडौंः ग्ल्याम वोर्ल्ड इन्टरटेनमेन्टले आयोजना गरेका दुई सौन्दर्य प्रतियोगिता ‘मिसेस युनिभर्सल नेपाल २०१८’ र  ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’मा ट्यालेन्ट राउण्ड सम्पन्न भएका छन्। ट्यालेन्ट राउण्डमा दुवै प्रतियोगिताका प्रतियोगीले गीत, नृत्य, स्पिच, ड्रामा, आर्ट प्रस्तुत गरेका छन्। प्रतियोगीका निर्णायकमा फिल्म निर्देशक शुसिल पाण्डे, संगीतकार सरोज प्याकुरेल, इभेन्ट निर्देशक बालकृष्ण पोखरेल, नृत्य निर्देशक सबित्रा खत्री रहेका थिए। रीना थापा, हिमानी गह थापा,…

    विस्तृतमा पढ्नुस्

  • रौतहट प्रिमिर लिग : पुलिस फाइनलमा, सुनिल धमलाको अलराउण्ड प्रदर्शन

    रौतहट प्रिमिर लिग : पुलिस फाइनलमा, सुनिल धमलाको अलराउण्ड प्रदर्शन

    काठमाडौँ : सुनिल धमलाको अलराउण्ड प्रदर्शनको मद्दतमा नेपाल पुलिस क्लब रौतहट प्रिमियर लिग टी-२० को फाइनलमा प्रवेश गरेको छ। सोमवार भएको फाइनलमा पुलिसले मलपोखराी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्‍यो। पुलिसलाई फाइनल पुर्‍याउन धमलाले ब्याटिङमा ७८ रन बनाए भने किफायती बलिङ गर्दै २ विकेट लिए। पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको मलपोखरी १८.४ ओभरमा ८४ रनमै अलआउट भयो। टस जितेर…

    विस्तृतमा पढ्नुस्

  • पीपीएललाई आइसीसीको मान्यता

    पीपीएललाई आइसीसीको मान्यता

    काठमाडौँ : आगामी कात्तिकमा पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेट लाई आइसीसीले मान्यता दिएको छ। आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टमा प्रवन्ध निर्देशक छुम्मी लामाले आवश्यक डकुमेन्ट बुझाएपछि आइसीसीले पीपीएललाई मान्यता दिएको बताए। साथै उनले तयारी पनि अन्तिम चरणमा पुगेको बताए। आइसीसीको मान्यता पाएपछि अब पीपीएलको आयोजकले आइसीसीलाई २० हजार अमेरिकी डलर बुझाउनुपर्नेछ। आइसीसीको मान्यतासँगै पीपीपएलमा खेल्न विदेशी खेलाडीलाई समेत…

    विस्तृतमा पढ्नुस्

  • प्रमलाई ट्विटरमा व्यङ्ग्य : स्याट्ट गर्दा कहिले बलात्कारी, कहिले हत्यारा लुकाउने जादू हैन त के हो ?

    प्रमलाई ट्विटरमा व्यङ्ग्य : स्याट्ट गर्दा कहिले बलात्कारी, कहिले हत्यारा लुकाउने जादू हैन त के हो ?

    काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विकास जादूगरी शैलीबाट नभई योजनाबद्ध तरिकाले मात्र हुने बताए। प्रमले आफ्नो चिरपरिचित ठट्यौलो शैलीमा भनेका थिए,  'समाजमा जादू देखाउन खोजेको होइन। विकास गर्न खोजेको हो। हामी जादुगर होइन जादूगरले जस्तो अलमल्याउन। स्याट्ट गर्दा कहिले अन्डा, कहिले रुमाल आउने।' हामी जादूगर हो र, स्याट्ट गर्दा कहिले अण्डा कहिले रुमाल आए जस्तै विकास गर्न :…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सरकारलार्इ भन्याेः वाइडबडी विमान खरिदबारे छानविन गराैँ, बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ

    कांग्रेसले सरकारलार्इ भन्याेः वाइडबडी विमान खरिदबारे छानविन गराैँ, बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ

     काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समसामयिक जनजीविकाका विषयमा विभिन्न निर्णय गरेको छ। आइतबार राति सकिएको बैठकले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानविनलाई शीघ्र टुङ्गोमा पुर्‍याइ दोषीलाई कानूनी कारबाही गर्न माग गरेको हो।  साथै बूढीगण्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीका पूर्वकप्तान टेरीले लिए सन्यास

    चेल्सीका पूर्वकप्तान टेरीले लिए सन्यास

    चेल्सीका पुर्व कप्तान जोन टेरीले फुटबल खेलबाट सन्यासको घोषणा गरेका छन्। इंग्ल्याण्डको राष्ट्रिय टोलीको समेत पूर्व कप्तान रहेका ३७ वर्षीय डिफेन्डरले खेलाडी जीवनबाट सन्यास लिएका हुन्। इंग्ल्याण्डको दोस्रो श्रेणीको क्लब लिग च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि क्लबविहिन रहेका टेरीले खेलाडी करियरमा पूर्णविराम लगाएका हुन्। 'फुटबलरको रुपमा २३ वर्षको अविश्वसनीय यात्रापछि मेरो लागि सन्यास लिने यो नै उपयुक्त समय हो।' टेरीले इन्स्टाग्राममा लेखेका…

    विस्तृतमा पढ्नुस्

  • नेकपाकाे सचिवालय बैठक नेताहरुको विदेश भ्रमणको ब्रिफिङमै सीमित

    नेकपाकाे सचिवालय बैठक नेताहरुको विदेश भ्रमणको ब्रिफिङमै सीमित

    काठमाडौः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक नेताहरुको विदेश भ्रमणको ब्रिफिङमै सकिएको छ। पछिल्लो समय पार्टी र सरकारको काम काबाहीबारे देखिएको विवादबारे छलफल गर्ने भनिए पनि बैठक नेताहरुको विदेश भ्रमणको ब्रिफिङ गरेर सकिएको हो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओलीको अमेरिका तथा कोस्टारिका,पुष्पकमल दाहाल प्रचण्डको चीन, वरिष्ठ नेता माधन नेपालको घाना र  चीन तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको चीन…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा ३२ वर्षे उमेर हद पारितः पौडेल समूहको 'नोट अफ डिसेन्ट', हाेला त १२ अाैं महाधिवेशन?

    नेविसंघमा ३२ वर्षे उमेर हद पारितः पौडेल समूहको 'नोट अफ डिसेन्ट', हाेला त १२ अाैं महाधिवेशन?

    काठमाडौः नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ। आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने संघको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले पहिलाेपाेस्टलार्इ बताए।  तर, साे निर्णयकाे पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी लगायतका लगायत नेताले निर्णयप्रति…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या प्रकरणः शव र लुगा पखाल्ने दुई प्रहरी निलम्बित

    निर्मला हत्या प्रकरणः शव र लुगा पखाल्ने दुई प्रहरी निलम्बित

    काठमाडौँः १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुसन्धानमा लापरबाही गरेको आरोपमा थप दुई प्रहरी निलम्बनमा परेका छन्। एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको छानबिन प्रतिवेदनका आधारमा दुई जनालाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाल क्षेत्रीले जानकारी दिए। घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र सोको अफिसर सई हरसिंह धामीलाई निलम्बन गरिएको हो। साउदले निर्मलाको शवको…

    विस्तृतमा पढ्नुस्

  • घरायसी विवादमा २० वर्षीया रोशनीले गरिन शरीरमा आगो लगाएर आत्महत्या

    घरायसी विवादमा २० वर्षीया रोशनीले गरिन शरीरमा आगो लगाएर आत्महत्या

    राजविराजः सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन।  स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर ९गाईगोठ०मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताए।  घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा टिपर दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

    सिन्धुपाल्चोकमा टिपर दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

    चौताराः सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा ४ ख ३३३१ नम्बरको टिपर आइतबार बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन्। उनीहरु दुबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपछिको पुनर्निर्माणः प्राधिकरणद्वारा चार एकीकृत बस्ती बनाउन योजना स्वीकृत, तीन लाख नयाँ घर बने

    भूकम्पपछिको पुनर्निर्माणः प्राधिकरणद्वारा चार एकीकृत बस्ती बनाउन योजना स्वीकृत, तीन लाख नयाँ घर बने

    काठमाडौँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित तीन जिल्लाका चार एकीकृत बस्ती निर्माणका लागि योजना स्वीकृत गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा आइतबार बसेको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा, सिन्धुपाल्चोक र काठमाडौँमा गरी चार स्थानका एकीकृत बस्ती निर्माणको प्रारम्भिक योजना स्वीकृत गरेको हो।  प्राधिकरणले ओखलढुंगाको मोलुङ गाउँपालिका ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमुना बस्ती, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको सचिवालय बैठक बस्दै

    नेकपाको सचिवालय बैठक बस्दै

    काठमाडौँः अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवस्तताको कारण आइतबार बस्न नसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। आइतबार अन्तिम समयमा बैठक स्थगित भएको थियो। आइतबार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको थियो।  यसअघि प्रदेश अध्यक्ष तथा इञ्चार्ज तोक्ने काम सम्पन्न गरेको सचिवालयले आजको बैठकबाट प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टी एकीकरणको प्रक्रिया अघि बढाउनेबारे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell