PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • भेरी अञ्चल अस्पतालमा अनियमितता प्रकरणः आरोपित ११ जनाले अदालतबाट पाए सफाई

    भेरी अञ्चल अस्पतालमा अनियमितता प्रकरणः आरोपित ११ जनाले अदालतबाट पाए सफाई

    काठमाडौँः विशेष अदालतले भेरी अञ्चल अस्पताल बाँकेको भ्रष्टाचारसम्बन्धी मुद्दामा ११ जनालाई सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासले पद्मबहादुर जिसीसहित चार र पीताम्बर सुवेदीसहित सात जनालाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि भेरी अञ्चल अस्पतालको सरकारी रकम अनियमता गरेको विसं २०७३ भदौ २६ मा जिसीसहित चार जनाविरुद्ध र विसं २०७४ वैशाख १२…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु गोल्डकप : सेमिफाइनल पुग्न नेपालले अन्तिम खेलमा प्यालेष्टाइनलाई हराउनैपर्ने

    बंगबन्धु गोल्डकप : सेमिफाइनल पुग्न नेपालले अन्तिम खेलमा प्यालेष्टाइनलाई हराउनैपर्ने

    काठमाडौँ : नेपाल बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकपको डिफेण्डिङ च्याम्पियन हो। २०१६ मा नेपालले बहराइनको यू-२३ टोलीलाई हराउँदै उपाधि जितेको थियो र नेपालको अन्तर्राष्ट्रिय उपाधि खडेरी यात्रा समाप्त गरेको थियो। चौथो संस्करणको च्याम्पियन नेपाललाई पाँचौ संस्करणको समूह चरण पार गर्नु नै ठूलो चुनौती बनेको छ। तीन टिम समावेश समूह ए मा नेपालले पहिलो खेल हारिसकेको छ। अब सेमिफाइनल पुग्न नेपालले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले आज सेमिफाइनलमा भारतसँग खेल्दै

    साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले आज सेमिफाइनलमा भारतसँग खेल्दै

    काठमाडौँ : भुटानमा भइरहेको पहिलो संस्करणको साफ यू-१८ वुमन्स च्याम्पियनको सेमिफाइनल खेलहरु आज हुँदैछन्।  पहिलो सेमिफाइनल खेल नेपाल र भारतबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल स्थानिय समयअनुसार दिउँसो ३:३० बजे चाङलिमिथाङ स्टेडियममा हुनेछ। उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली टोलीले समूह चरणमा एक खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो। समूहको…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : आर्सनल, चेल्सी र एसी मिलान विजयी, सेभिया पराजित

    युरोपा लिग : आर्सनल, चेल्सी र एसी मिलान विजयी, सेभिया पराजित

    युरोपको दोस्रो दर्जाको क्लब फुटबल प्रतियोगितामा उपाधि दाबेदार क्लबहरु आर्सनल, चेल्सी, एसी मिलान विजयी भएका छन्। स्पानिस क्लब सेभिया भने पराजित भएको छ। सेभिया सर्वाधिक पाँच पटकको च्याम्पियन हो। समूह सी मा रहेको आर्सनलले क्वारावाक एफसीलाई ३-० ले हरायो। लण्डन क्लबका लागि सोक्रेटिस, एमिल स्मिथ रोवे र माटेओ गुन्डोउजीले एक-एक गोल गरे।  अर्को लण्डन क्लब चेल्सीले समूह समूह एल को…

    विस्तृतमा पढ्नुस्

  • एसिड अट्याकको कथामा दीपिकाको अभिनय

    एसिड अट्याकको कथामा दीपिकाको अभिनय

    फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यू गरेपछि दीपिका पादुकोणले पछाडि फर्कनु परेन। फिल्ममा उनले गरेको अभिनयलाई दर्शकले रुचाए। त्यसपछि फिल्महरुको अफरको ओइरो लाग्न थाल्यो। फिल्महरु मै व्यस्त भइन् पादुकोण। उनी अभिनित कयाैँ फिल्म हिट छन्। पछिल्लो समय ‘पद्मावत’मा देखिएकी पादुकोण अब नयाँ फिल्म गर्दैछिन्। ‘राजी’ फिल्म निर्देशक मेघ्ना गुलजारको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनी देखिने भएकी हुन्। एसिड अट्याकमा परेकी लक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • 'क्लेमेसनका पिता' विल भिन्टनको निधन

    'क्लेमेसनका पिता' विल भिन्टनको निधन

    'क्लेमेसनका पिता' विल भिन्टनको निधन भएको छ। अस्कर बिजेता एवंम फिल्म एनिमेटर भिन्टनको ७० वर्षको उमेरमा निधन भएको हो। १२ वर्षदेखि क्यानसरसँग लड्दै आएका उनको बिहिबार निधन भएको हलिउड मिडियाले जनाएको छ। उनका छोरा विल्ली, जेस्सी  र एलेक्सले सामाजिक सञ्जाल फेसबुकमा पनि उनको निधनको खबर दिएका छन्। उनी पहिला फिल्मकर्मी थिए। एनिमेसनको इतिहासमा उनको ठूलो योगदान छ। आर्किटेक्चरका विधार्थी उनले बिस्तारै आफूलाई फिल्मकर्मी…

    विस्तृतमा पढ्नुस्

  • अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा ट्विटरमा पोखिएका सयौँ अक्षर

    अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा ट्विटरमा पोखिएका सयौँ अक्षर

    काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल प्रधानमन्त्रीसँगै अमेरिकाबाट नेपाल फर्किने क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग विमानभित्रैबाट सेल्फीसहित  एउटा ट्वीट गरे। रेडी टु फ्लाइ ब्याक, गुडबाई न्युयोर्क। 'गल्तीले मिस्टेक भएर' न्युयोर्कमा N हुनुपर्ने ठाउँमा M हुन पुगेछ। त्यसपछि त के चाहियो र, सुरु भयो ट्विटेको व्यङ्ग्यमिश्रित आक्रमण। १२ दिनसम्म प्रधानमन्त्रीले विदेशमा रहेर आर्जन गरेको ख्याति एउटा अक्षरबाट…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा ‘निर्जला’सँगै दुई विदेशी फिल्म

    फ्राइडे रिलिजमा ‘निर्जला’सँगै दुई विदेशी फिल्म

    काठमाडौंः यो साताकाे शुक्रबार नेपाली फिल्म ‘निर्जला’ प्रदर्शनमा अाएकाे छ। निर्जलाले सोलो प्रदर्शन पाएको हो। योसँगै दुई अाेटा विदेशी फिल्म पनि नेपाल प्रदर्शनमा आएका छन्। बलिउड फिल्म ‘अन्धाधुन’ र हलिउड फिल्म ‘भेनम’ नेपाल प्रदर्शनमा अाएका हुन्। निर्जलालाई राजु गिरीले निर्देशन गरेका हुन भने ‍किशोर खतिवडा, शुभेच्छा थापा, श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतको अभिनय छ। निर्जलामा अशोक खड्काको द्वन्द, कमल…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई स्वागत गर्न हेर्नुहोस् रित्याइएको सडक

    प्रधानमन्त्री ओलीलाई स्वागत गर्न हेर्नुहोस् रित्याइएको सडक

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको 'फिर्ती सवारी'मा अवरोध हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको लागि बिहिबार दिउँसो केही समयको लागि दुईतर्फी बाटो बन्द गर्‍यो। त्रिभुवन विमानस्थलदेखि उनको सरकारी निवास बालुवाटारसम्मको बाटोमा अन्य सवारी निषेध गरिएको हो। ट्राफिक महाशाखाले विशेष कारण भन्दै ओली फर्किँदाको समयमा दुईतर्फी नै बाटो सर्वाधारणका लागि निषेध गरेको थियो। एयरपोर्ट, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, भाटभटेनी…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आरोहणको नक्कली अनुमतिपत्र बनाउने तीन पक्राउ, यसरी बनाए किर्ते अनुमतिपत्र

    सगरमाथा आरोहणको नक्कली अनुमतिपत्र बनाउने तीन पक्राउ, यसरी बनाए किर्ते अनुमतिपत्र

    काठमाडौं : नक्कली आरोहण अनुमतिपत्र बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ सुकेधारा न्यू कोलोनी बस्ने २९ वर्षीय निभेश कार्की, ४१ वर्षीय विजयश्वर अर्याल र ३० वर्षीय फुर्तेञ्जी शेर्पालाई नियन्त्रणमा लिएको व्यूरोका डिएसपी श्याम ओलियाले जानकारी दिए। उनीहरू तीनै जना सेभेन समिट ट्रेकिङ प्राइभेट लिमिटेडमा कार्यरत कर्मचारीहरू हुन्। उनीहरूले गत चैत ३० गते…

    विस्तृतमा पढ्नुस्

  • राजपरिवारको सम्पत्तिबारे जानकारी दिनेलाई पुरस्कार

    राजपरिवारको सम्पत्तिबारे जानकारी दिनेलाई पुरस्कार

    काठमाडौं : पूर्व राज परिवारको सबै सम्पत्ति अहिले पनि नेपाल ट्रष्टमा आउन नसकेको भन्दै त्यसबारे जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरिने नेपाल ट्रष्टले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा रहेको नेपाल ट्रष्टका कार्यकारी सचिव डाक्टर रमेशप्रसाद सिंहले लुकाइएको सम्पत्ति वा ट्रष्टमा आउन नसकेको सम्पत्तिबारे जानकारी दिनेलाई पुरस्कारको व्यवस्था भइरहेको बताए। संसदको राज्य व्यवस्था समितिलाई जानकारी दिँदै सिंहले भने, ‘लुकेको…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलबाट अाेलीकाे नेपाललार्इ व्यंग्यः कविले कविता वाचन गर्नु ठूलो कुरा हाेइन

    विमानस्थलबाट अाेलीकाे नेपाललार्इ व्यंग्यः कविले कविता वाचन गर्नु ठूलो कुरा हाेइन

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष केपी शर्मा ओलीले अाफ्ना पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति व्यंग्य गर्दै 'कविले कविता वाचन गर्नु ठूलो कुरा नभएकाे' बताएका छन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सो  कुरा बताएका हुन्। प्रधामन्त्री ओलीले भने, 'कवि मनले केही भन्नुभएको होला। मैले पूरा सुनेको पनि छैन। उहाँ (माधप नेपाल)ले कवितात्मक शैलीमा केही भन्नुभएको होला।…

    विस्तृतमा पढ्नुस्

  • न्यूयोर्ककाे भ्रमण सकेर प्रधानमन्त्री ओली काठमाडौं अाइपुगे

    न्यूयोर्ककाे भ्रमण सकेर प्रधानमन्त्री ओली काठमाडौं अाइपुगे

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा सहभागी हुन असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली १२ दिनपछि अाज स्वदेश फर्किए हुन् । उनी दिउँसो ४ बजे कतार एयरवेजको विमानबाट त्रिभवन अन्तर्राष्ट्रिय  विमानस्थल अाइपुगेका छन्। विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री र्इश्वर पोखरेल र…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थल निर्माणकाे नाममा प्रदेश २ को अर्थतन्त्र कमजोर पर्ने काम नहाेस्ः राजकिशोर यादव

    विमानस्थल निर्माणकाे नाममा प्रदेश २ को अर्थतन्त्र कमजोर पर्ने काम नहाेस्ः राजकिशोर यादव

    राजविराजः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजकिशोर यादवले जनताको आकाँक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले पूर्णरुपमा सरकार असफल भइसकेको बताएका छन्। राजपा नेपाल सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको समस्या समाधान गर्न सरकारले नसकेको बताए। मधेश आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै उनले मधेश आन्दोलनका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको 'फिर्ती सवारी'मा दुईतर्फी बाटो बन्द

    प्रधानमन्त्री ओलीको 'फिर्ती सवारी'मा दुईतर्फी बाटो बन्द

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको 'फिर्ती सवारी'मा अवरोध हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणका लागि दुईतर्फी बाटो बन्द गरेको छ। प्रधानमन्त्री आज नेपाल उत्रिँदै छन्। त्रिभुवन विमानस्थलदेखि उनको सरकारी निवास बालुवाटारसम्मको बाटोमा अन्य सवारी निषेध गरिएको हो। ट्राफिक महाशाखाले विशेष कारण भन्दै ओली फर्किँदाको समयमा दुईतर्फी नै बाटो सर्वाधारणका लागि निषेध गरेको हो। एयरपोर्ट, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर,…

    विस्तृतमा पढ्नुस्

  • काजोल पनि उत्रिन् तनुश्रीको पक्षमा, पाटेकरको विरुद्ध बलिउडमा बहस

    काजोल पनि उत्रिन् तनुश्रीको पक्षमा, पाटेकरको विरुद्ध बलिउडमा बहस

    बलिउडकी चर्चित अभिनेत्री काजोल पनि नाना पाटेकरविरुद्ध उभिएकी छिन्। सेक्सुअल ह्यारेस्मेन्टको विषयमा विवादमा तानिएका पाटेकरले  हालै बलिउड अभिनेत्री तनुश्रीलाई लिगल नोटिस पठाएका थिए। तनुश्रीले लगाएको 'सेक्सुअल ह्यारेसमेन्ट'को आरोप गलत रहेको बताउँदै उनले  लिगल नोटिस पठाएका हुन्। उनले तनुश्रीबाट माफी पनि आउनुपर्ने बताएका थिए। भारतीय मिडियाका अनुसार अहिलेसम्म उक्त नोटिसप्रति तनुश्रीले कुनै प्रतिक्रिया दिएकी छैनन्। तर, यस विषयमा बलिउडमा चर्चा चलिनै…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणका अध्यक्ष झाको नियुक्तिबारे जानकारी गराउन सरकारलाई निर्देशन

     प्राधिकरणका अध्यक्ष झाको नियुक्तिबारे जानकारी गराउन सरकारलाई निर्देशन

    काठमाडौंः नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झाको नियुक्तिबारे सांसदहरुले जानकारी मागेका छन्। विहीबार बसेको विकास तथा प्रविधि समितिको बैठकले झाको नियुक्ती विवादित रहेको भन्दै सरकारसँग विस्तृत जानकारी माग गरेको हाे। समितिले नियुक्तिबारे १५ दिनभित्र जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समिति सदस्य इन्दु शर्माले बताइन्। समितिको बैठकमा सांसदहरु जिपछिरिङ लामा, यज्ञराज सुनुवारलगायतले झाको नियुक्तिबारे प्रश्न गरेका…

    विस्तृतमा पढ्नुस्

  • चिनीको मूल्यबारे संसदले छानविन गर्ने, ६३ रुपैयाँ कायम राख्न सरकारलाई लेखा समितिको निर्देशन

    चिनीको मूल्यबारे संसदले छानविन गर्ने, ६३ रुपैयाँ कायम राख्न सरकारलाई लेखा समितिको निर्देशन

    काठमाडौंः चिनीको मूल्यवृद्धिबारे छानविन गर्न संसदीय समिति गठन गरिएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिले लेखराज भट्टको संयोजकत्वमा ५ सदस्यीय छानविन उपसमिति गठन गरेको हो। विहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चाडपर्व नजिकिएसँगै चिनीलगायत खाद्य वस्तुमा मूल्यवृद्धि गरिएकाे भन्दै अध्ययन र छानविन उपसमिति गठन गरिएको हो। उपसमितिले अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने छ। आजकै बैठकबाट लेखा समितिले चिनीको खुद्रा मूल्य ६३…

    विस्तृतमा पढ्नुस्

  • फेकोफनकाे अध्यक्षमा भारती पाठक चयन

    फेकोफनकाे अध्यक्षमा भारती पाठक चयन

    काठमाडौं: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)काे अध्यक्षमा भारती पाठक सर्वसम्मतले चयन भएकी छन्। महासंघमा छैटौँ महाधिवेशनले उनलार्इ अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि महासचिव थिइन् । यसैगरी उपाध्यक्ष, महासचिव र सचिव पदमा क्रमशः भीमप्रकास खड्का, बिर्खबहादुर शाही र ठाकुर भण्डारी चयन भइसकेका छन्। यस्तै कोषध्यक्ष पदमा भने पार्वता गौतम र शान्ता न्यौपाने मध्ये एकलाई सर्वसम्मतबाट चयनको प्रयास गरिएको…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा सुरक्षाफौजको कारबाहीमा ९ जना तालिबानी लडाकूहरु मारिए

    अफगानिस्तानमा सुरक्षाफौजको कारबाहीमा ९ जना तालिबानी लडाकूहरु मारिए

    काबुलः अफगानी सुरक्षाफौजको कारबाहीमा ९ जना तालिबानी लडाकूहरु मारिएका छन्। सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानको पश्चिमी प्रान्त बदघिसमा बुधबार राति तालिबानी लडाकूले आक्रमण गरेका थिए ।  तालिबानी लडाकूहरुले अब कमारी जिल्लामा बन्दुक र रकेटसहित भीषण हमला गरेको बताउँदै प्रान्तीय प्रहरी विभागले लडाकूहरुलाई धपाएको बताएको छ। यसक्रममा ९ जना लडाकू मारिएको विभागको भनाइ छ।  अब कमारी जिल्लामा तालिबानका छायाँ गभर्नर पनि कारबाहीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell