PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • इपीएल डिसेम्वर ८ देखि २२ सम्म हुने

    इपीएल डिसेम्वर ८ देखि २२ सम्म हुने

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल-२०१८ आगामी डिसेम्वरमा हुने भएको छ। आयोजक इपीएल प्रालीले बिहीवार पत्रकार सम्मलेन गर्दै यस वर्षको इपीएल डिसेम्वर ८ देखि २२ (मंसिर २२ देखि पुस ७ गते) सम्म आयोजना हुने जानकारी दिएको हो। आयोजक इपीएल प्रालीका प्रबन्ध निर्देशक आमिर अख्तरले यस पटक इपीएल हुने समय समेत बढाइएको बताए। इपीएल २०१८ मा १५ दिन चल्नेछ र यसमा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा रातिसम्म तनाव : आक्रोशित प्रदर्शनकारीमाथि नौ राउन्ड अश्रुग्यास प्रहार

    भक्तपुरमा रातिसम्म तनाव : आक्रोशित प्रदर्शनकारीमाथि नौ राउन्ड अश्रुग्यास प्रहार

    काठमाडौँ : टिपरले मोटरसाइकललाई ठक्कर दिएर चालकको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन बुधबार राति प्रहरीले भक्तपुरको सूर्यविनायकमा अश्रुग्यास प्रहार गर्नुपरेको छ।  एसपी हिमाल श्रेष्ठका अनुसार बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा २५ वर्षका मोटरसाइकल चालक रामकृष्ण श्रेष्ठको मृत्यु भएको थियो।  घटनाले आक्रोशित स्थानीय बासिन्दाले टिपर जलाइदिएका थिए। टिपरमा लागेको आगो…

    विस्तृतमा पढ्नुस्

  • बा ९९ प ९९९९ नम्बर दर्ता भइसक्यो, अब के गर्ने ? अन्यौलले रोकियो नयाँ मोटरसाइकल दर्ता

    बा ९९ प ९९९९ नम्बर दर्ता भइसक्यो, अब के गर्ने ? अन्यौलले रोकियो नयाँ मोटरसाइकल दर्ता

    काठमाडौं :  'बा९९प' मा '९९९९' सम्म मोटरसाइकल दर्ता भैसकेका कारण साबिकको बाग्मती अञ्चलमा  मंगलबारदेखि नयाँ दर्ता रोकिएको छ। योसँगै साविकको बागमती अञ्चलमा दर्ता हुने मोटरसाइकलको सख्या १० लाख पुगेको छ। ९९ लटसम्म वितरण भैसकेको र कानुनले नयाँ दर्ता गर्न नपाइने अवस्था आएपछि बाइक दर्ता रोक्नुपरेको यातायात व्यवस्था विभाग अन्तर्गतको मोटरसाइकल दर्ता कार्यालयले जनाएको छ। यातायात व्यवस्थापन नियमावलीमा दुर्इ अंकका नम्बर…

    विस्तृतमा पढ्नुस्

  • नेपाल ८ विकेटले विजयी, सन्दीपको ४ विकेट

    नेपाल ८ विकेटले विजयी, सन्दीपको ४ विकेट

    काठमाडौँ : आइसीसी टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा बुधवारबाट सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हरायो। म्यानमारले दिएको ३० रनको सामान्य लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। त्यसअघि सन्दीप लामिछानेले ४ र ललित नारायण राजवंशीको ३ विकेट लिएपछि नेपालले म्याने म्यानमारलाई १० ओभरभित्र २९ रनमा…

    विस्तृतमा पढ्नुस्

  • अग्रिम टिकट बुकिङमा हुने अनियमितताको अनुगमन शुरु

    अग्रिम टिकट बुकिङमा हुने अनियमितताको अनुगमन शुरु

    काठमाडौंः दशैँको अग्रिम टिकट बुकिङमा कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ।  अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए। सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उनले सुनाए।  विभागको नेतृत्वमा बुधबार नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ। नयाँ बसपार्कलगायतका स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

    ३३ किलो सुन प्रकरणमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

    काठमाडौः ३३ किलो सुन प्रकरणमा उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश दिएका दुई प्रहरी अधिकृतको निलम्बन फुकुवा भएको छ। गृहमन्त्रालयले एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरेको हो। जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालतले उल्टाएसँगै उनीहरुले निलम्बन फुकुवाको लागि गृहमा निवेदन दिएका थिए। तीनै जना गत बैशाखमा निलम्वनमा परेका थिए। गृह…

    विस्तृतमा पढ्नुस्

  • रामदेवले उत्पादन गरेका आयूर्वेद सामान गुणस्तरहिन रहेकाे आचार्य बालकृष्णकाे स्वीकारोक्ति

    रामदेवले उत्पादन गरेका आयूर्वेद सामान गुणस्तरहिन रहेकाे आचार्य बालकृष्णकाे स्वीकारोक्ति

    काठमाडौं: पतञ्जली योगपीठ नेपालका अध्यक्ष एवं प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालको हित प्रतिकूल आफूहरुले केही सोच्न नसक्ने बताएका छन्। भारतीय योग गुरु रामदेवको संस्थाले नेपालको राष्ट्रियतामा आँच आउने काम गरेको अाराेप लागेकाे भोलिपल्ट (बुधबार) मण्डिखाटारस्थित समिति केन्द्रीय कार्यालयमा पत्रकार गर्दै साे कुरा बताएका हुन्। अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दाबी गरे।…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके समिरमान बस्नेतकी श्रीमती भन्छिन् : 'प्रहरीले इनकाउन्टर गर्न जेलबाट सारे'

    गुन्डा नाइके समिरमान बस्नेतकी श्रीमती भन्छिन् : 'प्रहरीले इनकाउन्टर गर्न जेलबाट सारे'

    काठमाडौः निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समीरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोमा बस्नेतका परिवारले बस्नेतको जीवन रक्षाको माग गरेको छ। बुधवार बस्नेतका परिवारले पत्रकार सम्मेलन गरी जेल सारेकोमा आपत्ति जनाउँदै जीवन रक्षाको माग गरेका हुन्। बस्नेतकी श्रीमती माया शेरचन र दाइहरू सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समीरलाई काठमाडौँबाट रातारात मुस्ताङ पुर्‍याएको भन्दै आपत्ति जनाए। बस्नेतकी श्रीमती शेरचनले भनिन्,‘मलाई…

    विस्तृतमा पढ्नुस्

  • मधेशको भावना समेटेर संविधान संशोधन गर्नुकाे विकल्प छैनः राजेन्द्र महतो

    मधेशको भावना समेटेर संविधान संशोधन गर्नुकाे विकल्प छैनः राजेन्द्र महतो

    सप्तरीः राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताएका छन्।  राजविराज बुधबार पत्रकारसँगकाे भेटघाटमा उनले मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । नेता महताेले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्रधानमन्त्री कार्यालयमा सरकारलाई यस सम्बन्धमा ज्ञापनपत्र दिइने जानकारी दिए।  उनले संविधान संशोधन, सांसद रेशम चौधरीको शपथ, ‘झुटा…

    विस्तृतमा पढ्नुस्

  • महानगरपालिकाकै न्यायिक समिति निष्क्रिय

    महानगरपालिकाकै न्यायिक समिति निष्क्रिय

    काठमाडौंः स्थानीय तहका समस्या हल गर्न संविधानले न्यायिक समितिको परिकल्पना गरेको छ। तर, स्थानीय निकायमा रहेका त्यस्ता न्यायिक समिति अझै क्रियाशील हुन सकेका छैनन्। त्यस्ता समितिमा उजुरीसमेत निकै कम पर्ने गरेका छन्।  देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा निकै न्यून उजुरी पर्ने गरेको महानगरपालिकाले जनाएको छ। स‌ंघ–संस्थासँग सम्बन्धित उजुरी पर्ने गरेका भए पनि घरेलु तथा महिला हिंसाका उजुरी अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको गोठाटारबाट बालक अपहरण! 'अज्ञात समूहले गाडीमा हालेर लगेका थिए'

    काठमाडौंको गोठाटारबाट बालक अपहरण! 'अज्ञात समूहले गाडीमा हालेर लगेका थिए'

    काठमाडौः काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेको प्रहरीमा खबर आएको छ। गोठाटारका ८ वर्षीय बालक अपहरणमा परेका हुन्। तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले जानकारी दिएको प्रहरीले जनाएको छ। बालकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए। एसएसपी लामाले भने,'बालक अपहरणमा परेको जानकारी आएको छ। अपहरण हो कि के हो हामी बुझ्दै छौं।' तीन जनाको समूहमा आएका अज्ञात…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक प्रहरीले सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्ने, दिउँसाे पनि मापसे चेक गरिने

    ट्राफिक प्रहरीले सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्ने, दिउँसाे पनि मापसे चेक गरिने

    काठमाडौंः ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ। नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको हो। प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित तवरले गन्तव्यसम्म पुर्‍याउन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका १८ सय स्थानमा सिसी क्यामेरा जडान गरिने, फोहर संकलन क्षेत्रमा पनि

    काठमाडौंका १८ सय स्थानमा सिसी क्यामेरा जडान गरिने, फोहर संकलन क्षेत्रमा पनि

    काठमाडौँः काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउन एक हजार ८ सय स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ। यसअघि नेपाल प्रहरीले कामपाभित्र ३ सय ५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ। ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो। प्रहरीले उपत्यकामा करीब ५ सयभन्दा बढी क्यामेरा जडान गरेको छ। अब जडान गर्ने अरु एक हजार ४…

    विस्तृतमा पढ्नुस्

  • अपराध अन्त्यका लागि जनस्तरबाट अभियान : गृहमन्त्री थापा

    अपराध अन्त्यका लागि जनस्तरबाट अभियान : गृहमन्त्री थापा

    चितवनः गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन्।प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताएका हुन्। देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै गृहमन्त्री थापाले विद्यालय र वडा…

    विस्तृतमा पढ्नुस्

  • इजलास तोडफोड र आक्रमण गरेका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्दाको तयारी

    इजलास तोडफोड र आक्रमण गरेका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्दाको तयारी

    काठमाडौँ: आफ्नो पक्षले मुद्दा हारेपछि इजलास तोडफोड र आक्रमण गरेका नुरप्रसाद अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरेको छ। प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।  उच्च अदालत पाटनका इजलास अधिकृत रोशन बस्नेतमाथि ज्यान लिने उदेश्यले कुर्सी हानेको तथा इजलास तोडफोड गरेको अभियोगमा अधिकारी पक्राउ परेका थिए। अधिकारीलाई असोज ७ गते नियन्त्रणमा लिएको थियो। प्रहरीले अदालतको पत्राचार…

    विस्तृतमा पढ्नुस्

  • बालाजुबाट पाँच किलो सुनसहित एक जना पक्राउ, लोकल बस चढेर आएका युवकले कम्मरमा बाँधेर ल्याएका थिए सुन

    बालाजुबाट पाँच किलो सुनसहित एक जना पक्राउ, लोकल बस चढेर आएका युवकले कम्मरमा बाँधेर ल्याएका थिए सुन

    काठमाडौँः रसुवाको केरुङ नाका हुँदै काठमाडौँ ल्याइएको पाँच किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार बालाजुको तिनपिप्ले भन्ने स्थानबाट सुनसहित एक जनालाई नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए। प्रहरीले सुनसहित रसुवा घर भएका  १८ वर्षीय सोमबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो। बरामद गरेको ५ केजी सुनको बजार मूल्य दुई करोड ५० लाख…

    विस्तृतमा पढ्नुस्

  • माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

    माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

    कञ्चनपुरः माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्षीया जानकी बिष्टको मृत्यु भएको छ। चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो। ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। रासस

    विस्तृतमा पढ्नुस्

  • शून्य दरबन्दीमा मावि सञ्चालन

    पाल्पाः यहाँका दुई विद्यालयमा मावि दरबन्दी शून्य रहे पनि कक्षा सञ्चालन भइरहेको छ। रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा माविमा शून्य दरबन्दी रहेको छ। प्राविका शिक्षक र निजी शिक्षकका भरमा माविमा कक्षा सञ्चालन गर्नु परेको छ। मावि तथा आधारभूत तहमा पर्याप्त दरबन्दी नहुँदा विद्यालयलाई शौक्षिक गुणस्तरसँगै शिक्षकको पारिश्रमिक व्यवस्थापनमा समस्या भएको छ। तल्ला तहका शिक्षकका भरमा माविका कक्षा…

    विस्तृतमा पढ्नुस्

  • टी-२० वर्ल्डकप क्वालिफायर (एसिया) : नेपालले आज म्यानमारसँग खेल्दै

    टी-२० वर्ल्डकप क्वालिफायर (एसिया) : नेपालले आज म्यानमारसँग खेल्दै

    काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत समूह बी को खेलहरु आजबाट मलेसियामा सुरु हुँदैछ। एसिया कवालिफायरको पहिलो चरणको छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल, आयोजक मलेसिया, सिंगापुर चीन थाइल्याण्ड भुटान र म्यानमार छन्। नेपालले आज म्यानमारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। नेपाल र म्यानमारबीचको खेल आज दिउँसो नेपाली समयअनुसार सवा १२ बजे मलेसियाको क्वालालम्पुरस्थित…

    विस्तृतमा पढ्नुस्

  • माझीको खोजीमा माधव नेपाल

    माझीको खोजीमा माधव नेपाल

    किशोर नेपाल- यति बेला सामान्य नेपाली जनताको मनमा देश दुखेको छ। सामाजिक सञ्जालमा नजर लगाउँदा मात्र पनि थाहा हुन्छ –मानिसको मनमा देश दुख्नुको कुनै एउटा मात्र कारण छैन। जनता अभावमा बाँचेका छन्। सन्तुष्टि कसैको मनमा पनि छैन। दलका मानिसहरू सत्तामाथि आफ्नो गुटको पकड नभएकोमा असन्तुष्ट छन्। सबैभन्दा ठूलो उदाहरण बनेका छन्ः एमालेका स्वनामधन्य वरिष्ठ नेता माधव नेपाल। देशमा पहिलोपटक कम्युनिस्टहरूको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell