PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

  • ओली र बेलायती रक्षा राज्यमन्त्री मार्कबीच भेटवार्ता 

    ओली र बेलायती रक्षा राज्यमन्त्री मार्कबीच भेटवार्ता 

    काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरबीच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा मार्कले ओलीसँग राजनीतिक स्थिरताको कामना गरे।  ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मार्कले वाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा खुसी व्यक्त गरे। मार्कले भने, ‘स्थीर राजनीतिक परिस्थितीका कारण नेपालमा लगानीमैत्री वातावरण बन्नेमा बेलायत आशावादी छ।’   प्रतिउत्तरमा…

    विस्तृतमा पढ्नुस्

  • शुरु भयो बक्स अफिसः फागुन ७ बाट लागु हुने

    शुरु भयो बक्स अफिसः फागुन ७ बाट लागु हुने

    काठमाडौंः नेपाल चलचित्र बिकास बोर्डले फागुन ७ देखि लागु हुनेगरी बक्स अफिस प्रणाली इ टिकेटिङ शुरु गरिएको छ। मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी बक्स अफिस प्रणालीबारे जानकारी दिएको हो।  बक्स अफिस सिष्टम बोर्ड मातहतमा रहने छ। जसको संचालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहबले गर्नेछ। यस्तै उपत्यका बाहिर संचालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमाझ…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : केन्यालाई हराउँदै नामिबिया दोस्रो स्थानमा, नेपालले क्यानडालाई हराउनैपर्ने, केन्या डिभिजन थ्री मा घटुवा

    डिभिजन टू : केन्यालाई हराउँदै नामिबिया दोस्रो स्थानमा, नेपालले क्यानडालाई हराउनैपर्ने, केन्या डिभिजन थ्री मा घटुवा

    काठमाडौं : घरेलु टोली नामिबिया केन्यालाई ८ विकेटले पराजित गर्दै आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो स्थानमा उक्लेको छ। आज भएको खेलमा नामिबियाले १११ रनको लक्ष्य १६ ओभरमा २ विकेट पूरा गर्दै नेपाललाई रनरेटमा पछि पारेको हो। अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ। तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख पुग्दा दङ्ग दिलिप कुमार

    शाहरुख पुग्दा दङ्ग दिलिप कुमार

    शाहरुख खान र दिलिप कुमार एकै फ्रेमको फोटोमा देखेपछि फ्यानहरु दङ्ग नपर्ने कुरै भएन। जति फ्यान खुशी देखिए त्यीभन्दा कम देखिएनन् दिलिप कुमार। दिलिप कुमारले शाहरुख भेट्न आएकोमा ट्विट गरेर कृतज्ञता जाहेर गरे। बलिउडका सुपरस्टार रहिसकेका दिलिपकुमार अहिले ९५ वर्षका पुगिसकेका छन्। शाहरुख उनको दीर्घायु र सुस्वास्थ्यको कामना गर्न गएका थिए।    .@iamsrk came to visit Saab at home today.…

    विस्तृतमा पढ्नुस्

  • किरणको टोली मिनेर्भा पञ्जाव पराजित, हारेपनि शीर्ष स्थानमा यथावत

    किरणको टोली मिनेर्भा पञ्जाव पराजित, हारेपनि शीर्ष स्थानमा यथावत

    काठमाडौं : आइ लिग अन्तर्गत मंगलवार भएको खेलमा नेपालका गोलकिर किरण चेम्जोङको टिम मिनेर्भा पञ्जाव किंगफिसर इस्ट बंगलासँग पराजित भएको छ। मिनेर्भालाई उसैको मैदानमा पराजित गर्न इस्ट बंगलाका लागि कोलिन लोवोले ६०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। गोल खाएलगत्तै किरण गोलिकर डागरलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका थिए। त्यसपछि मिनेर्भाले कुनै गोल खाएन तर गोल गर्न नसक्दा पराजित भयो। हारपछि…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा सर्वाधिक धनराशीको पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

    धनगढीमा सर्वाधिक धनराशीको पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

    सीताराम ओझा धनगढी : फागुन ९ गतेदेखि धनगढीमा सर्वाधिक धनराशीको प्रधानमन्त्री (पिएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। फागुन ९ देखि १४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी तिव्र तयारी भइरहेको छ। प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र विभागिय टोली एपीएफ गरि कूल ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी टी-२० कप : शान्तिनगर युथ क्लब र केसीटिसी सेमिफाइनलमा, आर्मी र जिएचसिए बाहिरियो

    खुकुरी टी-२० कप : शान्तिनगर युथ क्लब र केसीटिसी सेमिफाइनलमा, आर्मी र जिएचसिए बाहिरियो

    काठमाडौं : शान्तिनगर युथ क्लब र केसीटिसी खुकुरी च्यालेन्जर्स टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलवार भएको क्वाटरफाइनलमा शान्तिनगरले त्रिभुवन आर्मी तथा केसीटिसीले जिएचसिएलाई पराजित गर्दै अनतिम चारमा स्थान बनाएका हुन्। मुलपानी क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनलमा शान्तिनगरले आर्मीलाई ७ रनले हरायो। टु हारेर पहिले ब्याटिङ गरेको शान्तिनगरले सुनिल धमलाको ५१ रन मद्दतमा ८ विकेट गुमाएर १२८ रन बनाएको…

    विस्तृतमा पढ्नुस्

  • न्यू डायमण्डलाई हराउँदै एपीएफ च्याम्पियन

    न्यू डायमण्डलाई हराउँदै एपीएफ च्याम्पियन

    पटिहानी (चितवन) : चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। मंगलबार सम्पन्न भएको फाइनलमा चिरपरिचित प्रतिस्पर्धी शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो। प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २९–२७ ले जितेको एपीएफले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२१ ले जित्दै च्याम्पियन…

    विस्तृतमा पढ्नुस्

  • ७ फोटोमा हेर्नुस् सैनिक दिवसमा आतिसबाजी

    ७ फोटोमा हेर्नुस् सैनिक दिवसमा आतिसबाजी

    काठमाडौ : सैनिक दिवसको अवसरमा मंगलवार साँझ टुडिखेलस्थित सेनिक मञ्चमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। जसमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो। सो अवसरमा नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए। सैनिक मञ्चमा गरिएको आतिसबाजी  

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल विजयी, म्यानचेष्टर युनाइटेड न्यूकासलसँग पराजित

    प्रिमियर लिग : लिभरपुल विजयी, म्यानचेष्टर युनाइटेड न्यूकासलसँग पराजित

    प्रिमिरयर लिग अन्तर्गत आइतवार भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड पराजित हुँदा लिभरपुल विजयी भएको छ। युनाइटेडलाई न्युकासलले १-० ले पराजित गरेको हो। न्यूकासलको जितका एक मात्र निर्णायक गोल म्याच रिचीले गरे। हारपछि २७ खेलबाट ५६ अंक रहेको युनाइटेड दोस्रो स्थानमा यथावत छ। युनाइटेड पराजित हुँदा उता लिभरपुलले साउथह्याम्पटनलाई २-० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ। लिभरपुलले युनाइटेडसँग अकदूरी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को सभामुखमा माओवादीका पूर्ण घर्ती, दुई मन्त्रीको नाम तय

    प्रदेश ५ को सभामुखमा माओवादीका पूर्ण घर्ती, दुई मन्त्रीको नाम तय

    रूपन्देहीः प्रदेश नम्बर ५ को सभामुखमा माओवादी केन्द्रले रुकुमका पूर्ण घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार राति सम्पन्न माओवादी प्रदेश संसदीय दलको बैठकले घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकले संसदीय दलको उपनेतामा प्युठानका कृष्णध्वज खड्का, प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई चयन गर्ने निर्णय गरेको हो। सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तीको नाम…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नेपाली र भारतीय नोटसहित दुई युवक पक्राउ

    नक्कली नेपाली र भारतीय नोटसहित दुई युवक पक्राउ

    लहानः नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो। नयाँ चोहर्वा चोकमा…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सांसद् छान्न कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

    समानुपातिक सांसद् छान्न कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौंः प्रतिनिधिसभाका समानुपातिक सांसद् छनोटका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बोलाइएको छ। निर्वाचन आयोगले यसअघि सिफारिस नामावलीको क्लष्टर मिलाएर पठाउन पत्राचार गरेपछि दलहरु आन्तरिक छलफलमा छन्। नेकपा एमाले, र संघीय समाजवादी फोरमले औपचारिक रुपमा नामावली टुंगो लगाइसकेका छन्। ठूला दलमध्ये कांग्रेस र माओवादी अन्तिम नामावली सिफारिस गर्ने गृहकार्यमा छन्। निर्वाचन आयोगमा…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सांसद्ः एमालेले टुंगो लगायो, कांग्रेस र माओवादी अन्तिम गृहकार्यमा

    समानुपातिक सांसद्ः एमालेले टुंगो लगायो, कांग्रेस र माओवादी अन्तिम गृहकार्यमा

    काठमाडौँः राष्ट्रिय दलको मान्यताप्राप्त पाँच राजनीतिक दलहरु प्रतिनिधिसभातर्फ समानुपातिक सूचीलाई अन्तिम रुप दिन गृहकार्यमा जुटेका छन्। पाँच दलमध्ये नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले समानुपातिक सूचीलाई अन्तिम रुप दिइसकेका छन्। अन्य तीन दल भने आन्तरिक परामर्शमै छन्। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यको सूची बुझाउन आज अन्तिम समयसीमा तोकेको छ। एमालेले सदस्यको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ। यी हुन् एमालेले…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सांसद् एमालेले टुंगो लगायो, कांग्रेस र माओवादी अन्तिम गृहकार्यमा

    समानुपातिक सांसद् एमालेले टुंगो लगायो, कांग्रेस र माओवादी अन्तिम गृहकार्यमा

    काठमाडौँः राष्ट्रिय दलको मान्यताप्राप्त पाँच राजनीतिक दलहरु प्रतिनिधिसभातर्फ समानुपातिक सूचीलाई अन्तिम रुप दिन गृहकार्यमा जुटेका छन्। पाँच दलमध्ये नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले समानुपातिक सूचीलाई अन्तिम रुप दिइसकेका छन्। अन्य तीन दल भने आन्तरिक परामर्शमै छन्। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यको सूची बुझाउन आज अन्तिम समयसीमा तोकेको छ। एमालेले सदस्यको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ। कांग्रेस, माओवादी केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्सको ठक्करबाट चितवनमा भारतीय नागरिकको मृत्यु

    एम्बुलेन्सको ठक्करबाट चितवनमा भारतीय नागरिकको मृत्यु

    रत्ननगरः पूर्वी चितवनको खैरहनीस्थित ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब १ बजेको समयमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका भारत बिहारका अन्दाजी ५० वर्षीय विद्यानन्द झाको उपचारका क्रममा मृत्यु भएको हो। पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा पूर्वबाट आउँदै गरेको ना२च ४१२६ नंको एम्बुलेन्सले उनलाई ठक्कर दिएको…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारका प्रमुख बस्न्यातको आज बिदाइ हुँदै, को बन्ला प्रमुख आयुक्त?

    अख्तियारका प्रमुख बस्न्यातको आज बिदाइ हुँदै, को बन्ला प्रमुख आयुक्त?

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको आज बिदाइ हुँदैछ। उमेरहदका कारण बस्न्यातले अवकाश पाएका हुन्। फागुन २ गतेदेखि बस्न्यातको कार्यकाल सकिने भए पनि १ गते सार्वजनिक बिदा परेकाले बस्न्यातको सोमबार नै बिदाइ हुन लागेको हो। बस्न्यात ०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा सिफारिस भएका थिए। ०७४ पुसमा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सर्वोच्चले बदर गरेपछि बस्न्यातले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस केन्या : प्लेअर्स टु वाच

    नेपाल भर्सेस केन्या : प्लेअर्स टु वाच

    काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ। नेपाल ३ खेल खेल्दा १ मा जित र १ हारको नताज निकालेको छ भने केन्या खेलेको दुवै खेलमा पराजित भएको छ। प्रतियोगितामा केन्याले दुवै खेलमा सय रनको स्कोर बनाउन सकेको छैन। नेपालको पनि ब्याटिङ सोचेअनुरुप चल्न सकेको छैन। यसअघिका दुवै खेल नेपालले जित्दा…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्ड ‘वान टु वान’ वार्तामा, पार्टी एकताबारे छलफल हुने

    ओली-प्रचण्ड ‘वान टु वान’ वार्तामा, पार्टी एकताबारे छलफल हुने

    काठमाडौंः पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट फर्केपछि ललितपुरमा दुई अध्यक्ष गोप्य भेटर्वातामा जुटेका हुन्। भेटवार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने तयारी समेत रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।  निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम शनिबार राष्ट्रपतिलाई बुझाइसकेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालले टस जित्यो, केन्यालाई ब्याटिङको निम्तो

    नेपालले टस जित्यो, केन्यालाई ब्याटिङको निम्तो

    काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू मा नेपालले आफ्नो चौथो खेलमा आज केन्या विरुद्ध खेल्दैछ। नेपालले टस जितेर पहिले फिल्डिङ रोज्दै केन्यालाई ब्याटिङको निम्तो दिएको छ। नेपालका प्रशिक्षक जगत टमाटाले केन्या विरुद्ध पहिले फिल्डिङ गरेमा विपक्षीलाई १४० सम्म रोक्ने बताएका छन्। यसै खेलबाट नेपालका अनिल कुमार शाहले डेब्यु गर्दैछन्। प्रशिक्षक टमाटाले यसअघि पहिलोपोस्टसँगको कुराकानीमा मैदानको कन्डिसन र विकेट हेरेर खेलाडी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell