काठमाडौं: फिल्म लिलिबिलीको शिर्ष गीत रिलिज भएको छ। 'घुम्न जाउँ इन्जिन गाडीमा' बोलको गीत भिडियोसहित इन्टरनेट रिलिज भएको हो। एस डी योगीको स्वर तथा संगीत रहेको गीतमा एकतारेले शब्द दिएका छन्। मुख्य दुई कलाकार प्रदीप खड्का र जसिता गुरुङ फिचर्ड गीतको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाईले खिचेका हुन्। गीत रिलिजसँगै कभर भिडियो प्रतियोगिता समेत आह्वान…
काठमाडौं: फिल्म 'जय भोले'को छायांकन सुरु भएको छ। पूर्व नेपालको झापाबाट मंगलबार सुरु भएको छायांकनमा कलाकारहरु स्वस्तिमा खड्का, सौगात मल्ल र खगेन्द्र लामिछानेले ओपनिङ सट् दिए। कमेडी एवं सोसल ड्रामा सिनेमा जय भोले युनिटले अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा मुहूर्तसँगै फ्लोरको यात्रा सुरु गर्यो। युनिट ४० दिन पूर्वमा रहनेछ। निर्माता, निर्देशक र अभिनेता अशोक शर्माले १२ वर्षपछि यही फिल्मबाट पुनरागमन…
काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को अन्तिम लिग खेलमा अहिले नेपालले क्यानडासँग खेलिरहेको छ। प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै वान डे वर्ल्ड कप क्वालिफायर खेल्न दुवै टोलीका लागि जितको विकल्प छैन। नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडाले पहिले ब्याटिङ गरिरहँदा नेपालका लागि एउटा खेलाडी तगारो बनेर ब्याटिङ गरिरहेका छन्। ओपनर श्रीमन्था विजयरत्ने प्रतियोगितामा दोस्रो खेल…
काठमाडौं : नेपाली बलरहरुको प्रयास असफल पार्दै क्यानडाका खेलाडी श्रीमन्था विजेरत्नेले शतक पूरा गरेका छन्। नेपालको धारिलो बलिङलाई निस्तेज पार्दै १ सय ५० बलमा उनले १ सय १ रन जोडेका हुन्। ४९ ओभरको अन्तिम बलमा सोमपाल कामीलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे। नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को अन्तिम लिग खेलमा अहिले नेपालले क्यानडासँग खेलिरहेको छ।…
काठमाडौँ: सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए। पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ। पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट…
जनकपुरधामः प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी फागुन ३ गतेभित्र मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक दललाई आह्वान गरेका छन्। प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ उपधारा (१) बमोजिम प्रदेश नं २ को प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नरहेकाले मुख्यमन्त्री नियुक्तिका लागि सोही धाराको (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएको हो। प्रदेश प्रमुख कार्यालय…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिलाई लक्षित गरी सवारी व्यवस्थापनका वैकल्पिक रुटहरुको व्यवस्था गरेको छ। महाशाखाले पशुपतिनाथ तथा आसपासका क्षेत्रहरु सवारी निषेध गरेको छ। नियमित रुटको सट्टा वैकल्पिक रुटको व्यवस्था गरेको हो। महाशाखाको अनुसार चावहिल मित्रपार्क हुँदै गौशाला, तथा पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै गौशलासम्मको रुपमा सवारी रोक लगाएको छ। यस्तै, तीनकुनेबाट सिनामंगल हुँदै एयरपोर्टतर्फका सवारीसाधनलाई पनि रोक लगाइएको छ। सिनामंगल पुलको…
उमेश श्रेष्ठ- काठमाडौँ: २३ वर्षअघि आजकै दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्ध थालेको माओवादीले राजतन्त्र अन्त्य र धर्म निरपेक्षताको आफ्नो अजेन्डालाई संविधानसभाबाट बनेको संविधानमा लिपिवद्ध गर्न सफल भयो। एमालेसित एकताको संघारमा पुगेको माओवादीले आज पेरिसडाँडामा जनयुद्ध दिवस मनाउँदैछ। २०५२ सालमा औपचारिक रुपमा सशस्त्र युद्ध थालनी भए पनि विद्रोहको उद्गम थलोमा यसको कारक तत्वहरुले धेरै अगाडिदेखि…
काठमाडौँः २३ वर्षअघि आजकै दिन तत्कालीन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाबाट प्रहरी चौकी आक्रमण गरी सुरु गरेको सशस्त्र युद्धको सम्झनामा युद्धका घटक दलहरुले आज जनयुद्ध दिवस मनाउँदै छन्। तत्कालीन युद्धको मूल पार्टी नेकपा माओवादी अहिले चार टुक्रामा विभाजित भएको छ। संस्थापनको रुपमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र मूलधारमा छ। यस्तै, मोहन बैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’…
प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा चेल्सी विजयी भएको छ। चेल्सीले घरेलु मैदानमा भएको खेलमा वेष्टब्रोमलाई ३-० ले पराजित गर्दै ३ अंक जोडेको हो। स्टानफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन एडेन हाजार्डले दुई तथा भिक्टोर मोसेसले एक गोल गरे। जितपछि २७ खेलबाट ५३ अंक जोडेको चेल्सी टोटनहमलाई पछि पार्दै अंक तालिकामा चौथो स्थानमा उक्केको छ। समान खेलबाट ५४ अंक जोडेको…
काठमाडौंः माओवादी केन्द्रले २३ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुँने भएका छन्। माओवादी केन्द्रको भातृ संगठन वाइसिएलले ओलीलाई निमन्त्रण गरे पनि सहभागी नहुँने जानकारी ओलीले गराएका छन्। ओलीको सट्टा एमालेबाट उपाध्यक्ष बामदेव गौतमले कार्यक्रममा सहभागिता जनाउँने छन्। वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा'ले ओलीले कार्यक्रममा सहभागी नहुँने जानकारी पठाएको बताए। एमाले अध्यक्ष ओलीका…
काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ। स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन्। यो अवार्डको पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ। त्यस्तै ‘एनएनआईपीए पत्रकारिता’ पुरस्कार फोटो पत्रकार श्याम चित्रकारलाई प्रदान गरियो। चित्रकारले अवार्डका साथै…
काठमाडौं: भक्तपुरको सूर्यविनायकबाट हराएका ६ वर्षीय बालक शिरीष तामाङ दुई दिनपछि मृत अवस्थामा फेला पारेका छन्। सोमबार साँझ महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बालकुमारी सामुदायिक बनभित्र अङ्गभङ्ग भएको अवस्थामा तामाङको फेला परेको परिसरका डिएसपी कृष्ण प्रसाईँले बताए। डिएसपी प्रसाईँले भने 'शव हेर्दा कुनै जंगली जनवारले आक्रमण गरेको जस्तो देखिन्छ। बालकको शव अंगभंग भएको अवस्था थियो।'
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अब राजनीतिक संक्रमणकाल सकिएको बताएका छन्। महाशिवरात्रिको अवसरमा शुभकामना दिँदै ओलीले अबको प्राथमिकता बिकास र समृद्धि भएको समेत बताए। 'प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएको छ। निर्वाचनमार्फत् जनताले प्रकट गरेको स्थिरता, बिकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि कसैसँग पनि सम्झौता गर्दैनौ’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले मुलुकको…
सुर्खेतः कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ। सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ। हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिएका छन्। भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ। लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने हवाई सेवा पनि बन्द भएको छ। हिजो विहान २ बजेदेखि हिमपात…
काठमाडौं: नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को अन्तिम राउण्डका खेल बाँकी रहँदा शीर्ष दुईमा पर्न चार टिम होडमा छन्। सोमबार भएको खेलमा पराजित भएपछि केन्या र ओमान भने एक खेलअघि नै शीर्ष दुईको होडबाट बाहिरिएका छन्। अब बुधबार शीर्ष स्थानको क्यानडासँग दोस्रो स्थानको नेपालले खेल्दैछ र यो खेलको विजेता शीर्ष दुईमा रहने पक्का छ। ४ खेल खेल्दा समान…
काठमाडौं: महाशिवरात्रिमा प्रतिवन्धित लागूपदार्थ सेवन गरी होहल्ला गर्ने तथा विक्री वितरण गर्ने ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३९ जना गाँजा सेवन गर्ने युवक र २ जना जोगी बाबालाई नियन्त्रणमा लिएको छ। पशुपति क्षेत्रमा भीड हुने भएकाले सम्भावित चोरी, लुट्पाट लगायतका गतिविधि नियन्त्रण गर्न चार हजार तीन सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी…
काठमाडौं: गायक अमृत छेत्रीको गीत ’मग मग’ सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतको भिडियोमा उनी र उनको रियल लाइफ श्रीमती फिचर्ड छन्। गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा क्षेत्रीको स्वर, एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ। गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने विकास धमलाले…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै पार्टी एकता गर्ने पक्षमा एमाले–माओवादी लागेको बताएका छन्। भ्रातृ संस्था वाइसिएलले पेरिस डाँडामा आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले आज पार्टी एकता गर्ने अन्तिम प्रयासमा जुटेको बताएका हुन्। कम्युनिष्ट शक्तिलाई एक केन्द्रमा आउन आह्वान गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको महत्वलाई स्वीकार गरेको बताए। प्रचण्डले भने, ‘हिजो…
सिओल : दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क जी ह्युका एक सहकर्मी भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएकी छिन्। उनलाई २० वर्षको जेल सजाय सुनाइएको छ। सामसुङसहितका ठूला दक्षिणी कोरियाली कम्पनीहरुहरु घुस लिएको प्रकरणमा चोइ सुन – सिल दोषी ठहरिएकी हुन्। यो घुस प्रकरणले दक्षिण कोरियामा राजनीति र व्यवसायी घरानाबीचको सम्बन्धलाई लिएर बहस सुरु भएको छ। २० वर्ष जेलसँगै उनलाई १ करोड ६०…