काठमाडौँ: भक्तपुरको सिर्जनानगरमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा चार घाइते भएका छन्। मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका १३ का ३५ वर्षीय रोशनकुमार बस्नेत रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते बस्नेतको उपचारका क्रममा भक्तपुर अस्पतालमा निधन भएको हो। मृतक बस्नेत एमाले केन्द्रीय कार्यालयमा कार्यरत थिए। गएराति ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको…
इनरुवा: सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को १ ख ६२७१ नम्बरको टिपरले सोही दिशाबाट आइरहेको को १८ प ३९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मगरको…
काठमाडौँ: पूर्वडिआइजी एवं नेकपा एमालेका तर्फबाट ललितपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवालले राजनीतिक प्रतिशोधका लागि सरकारले आफूमाथि नौटंकी गरिरहेको बताएका छन्। आइजिपी बढुवाको विवादमा अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको आरोप खेपिरहेका सिलवालले विपक्षीले आफूमाथि प्रहार गर्न नौटंकी गरिरहेको बताएका हुन्। शुक्रबार बिहान ट्वीट लेख्दै सिलवालले भनेका छन् ‘म जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक जिम्मेवार नागरिक…
बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ। स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए।…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म 'लालपुर्जा' र 'पिंजडा ब्याक अगेन' सार्वजनिक भएका हुन्। निगम श्रेष्ठ लिखित तथा निर्देशित फिल्म 'लालपुर्जा'ले जग्गाको लागि हुने विवादको कथा भन्छ। फरक शैलीमा प्रस्तुत गरिएको कथा लेखनमा फिक्सन डिजाइनर कुमार नगरकोटी पनि लेखकको रुपमा प्रस्तुत छन्। फिल्ममा विपिन कार्की, सौगात मल्ल, हरिहर शर्मा, मेरुना मगर, मेनुका प्रधान,…
वीरगंज: स्वतन्त्र मधेश अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ। राउतलाई धनुषाको माछाबजारस्थित डेरामा नजरबन्दमा राखिएको हो। मधेश अान्दोलन सुरु भएको दिन उनले गर्न सक्ने गतिविधिलाई मध्यनजर गरी उनलाई नजरबन्दमा राखिएको हो।
काठमाडौं: फिल्म रिलिज टार्गेट मिट नहुनु र मिट नगराइनु नौलो कुरा रहेन। नेपाली फिल्महरुले तीन चारपटकसम्म फिल्म रिलिज सारिरहेका छन्। यस्तै सूचीमा रहन गयो फिल्म 'रोमियो एण्ड मुना' पनि। फिल्मको चौथोपटक रिलिज तय भएको छ। रोमियो एण्ड मुनाले सुरुमा माघ २६ लाई रिलिज मिति तोक्यो। आन्तरिक समस्याका कारण बताउँदै दोस्रो पटक चैत २३ लाई टार्गेट गरेको थियो। तर दोस्रोपटक पनि…
काठमाडौं: क्रेजोना मिडिया ग्रुपले आयोजना गरेको ‘अल्टिमेट मोडल नेपाल सिजन–२’ को उपाधि अस्मिता बुढाथोकी तथा शंकर चापागाईंले जितेका छन्। प्रतियोगितामा एलिसन गुरुङ तथा विवस बस्नेतले फस्ट रनर्सको उपाधि जित्न सफल भए भने निकिता शर्मा तथा दिपेश शाह सेकेन्ड रनर्स अपमा बने। प्रतियोगितामा अस्मिता लिम्बु तथा रिकित बस्नेतले मोस्ट पपुलर, एलिसन गुरुङ तथा निरोज राईले बेस्ट वाक, विजय श्रेष्ठ तथा निकिता…
काठमाडौं: फिल्म 'इन्टु मिन्टु लण्डनमा'को फस्टलुक सार्वजनिक भएको छ। फिल्मको ७५ प्रतिशत छायांकन पुरा हुँदा फिल्मका दुई मुख्य कलाकारको लुक्स रिलिज गरिएको हो। कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशकिय डेब्यु फिल्मको नेपालमा खिच्नु पर्ने सबै र युकेमा खिच्नु पर्ने पहिलो तालिका पुरा भएको रेनशाले जानकारी दिइन्। फिल्मको बाँकी २५ प्रतिशत, बसन्त ऋतुको अवसर पारेर चैत, वैशाखको समयमा युकेमै छायांकन गरिनेछ। पहिलो…
काठमाडौ: डिल्लीबजार जेलबाट दुई कैदी भागेका छन्। लुटपाट तथा डकैती मुद्दामा जेल परेका टीकाबहादुर थापा र भुपाल थापा फरार भएका थिए। भुपाललाई भने प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी पूर्णचन्द्र जोशीले बताए। बिहीबार राति कारागारमा रहेको गलैंचा कारखानाको तार काटेर उनीहरु भागेका थिए। प्रहरीको मिलोमतोमा कैदी भागेको हुन सक्ने भन्दै प्रहरीले डिउटीमा रहेका प्रहरीमाथि नै अनुसन्धान सुरु गरेको जोशीले…
काठमाडौं: विहीबार फिल्म 'लालपूर्जा'को प्रिमियर भयो। कार्यक्रममा फिल्मका सम्पूर्ण मुख्य कलाकार सहित युनिटको उपस्थिती रह्यो। विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, कुमार नगरकोटी, मेरुना मगल लगायत प्रिमियरको केन्द्रमा रहेका थिए। फिल्ममा कथा तथा निर्देशन निगम श्रेष्ठको रहेको छ। फिल्म लेखनमा श्रेष्ठलाई फिक्सन डिजाइनर कुमार नगरकोटीले साथ दिएका छन्। फिल्ममा अन्य कलाकार कमलमणी नेपाल, मिश्री थापा, मेनुका प्रधान, कामेश्वर चोरासिया लगायतको…
चाइना इस्टर्न एअरलाइन्सले विमानभित्रै फोन चलाउन र वाइफाइको सुविधा खुला गरेको छ। बिहीबार फ्लाइट एम यु ५५३ बाट यस्तो सुविधा सुरु गरेको हो। विमानभित्र पोर्टेबल इलेक्ट्रोनिक डिभाइस चलाउन सुरु गरेको एअरलाइन्सले मोबाइल फोन भने एरोप्लेन मोडमा मात्र चलाउन दिएको हो। विमानभित्रै वाइफाइ सुविधा दिँदै एरोप्लेन मोडमा स्विच गरेर मोबाइल चलाउने व्यवस्था गरेको हो। चाइना इस्टर्न एयलाइन्सका ७४ वटा विमानमा यो…
थारु भाषाको गीतहरु संग्रह सार्वजनिक भएको छ। आधुनिक गीति एल्बम 'हमर दिल' विहीबार एक माघी विशेष सांकृतिक कार्यक्रमको अवसरमा विमोचन गरिएको हो। ६ गीत समावेश एल्बममा चार गायक गायिकाले स्वर दिएका छन्। पुरुषतर्फ आरसी चौधरी र भिभाष चौधरी साथै महिलातर्फ सुनिरा चौधरी र अनुमा चौधरीले आवाज दिएका हुन्। एल्बमका गीतहरुमा भिभाष चौधरीकै शब्द तथा संगीत रहेको छ। गीतहरुको हाल अडियो…
काठमाडौं: सांगीतिक ब्यान्ड नेपथ्यको मोफसल यात्र सकिएको छ। विहीबार भैरहवामा आयोजित कन्सर्टसँगै योपटकको यात्रा समापन भएको हो। झापा, चितवन र भैरहवामा नेपथ्यको कन्सर्ट आयोजना भयो। दमकबाट सुरु भएको यात्रा, नारायणगढ हुँदै पक्लिहवामा गएर टुङ्गियो। कार्यक्रममा नेपथ्यले आफ्नो नयाँ तथा पुराना गीतहरु सुनाउनुका साथै ब्यान्ड स्थापनाको स्मरणहरु सुनाए र केही सम्बन्धित फोटोहरु पनि देखाए। भैरहवाको कन्सर्ट केही फरक रह्यो। किनकी योपटक…
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः आज बिहान ११ बजेबाट सुरु भएको छ। बैठकमा केही नेताले बोलिसकेपछि दिउँसो ४ बजे बस्नेगरी स्थगित गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीका बुबाको निधन भएपछि बैठक केहीबेर प्रभावित भएको हो। अहिले कांग्रेस नेताहरु पशुपतिमा जोशीका पिता गजेन्द्रराजलाई श्रद्धाञ्जलि दिन पुगेका छन्। अब बस्ने बैठकमा दर्जन नेताले आफ्नो…
काठमाडौं: हालै नियुक्त भएका प्रदेश सभाका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेका छन्। आज दिउँसो राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष सातै प्रदेशका प्रमुखहरुले शपथ लिएका हुन्। सरकारले प्रदेश नम्बर १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गा खनाल र ७…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली बैंककबाट स्वास्थ्य उपचार गरी फर्केपछि दुई नेताबीच यो पहिलो भेट हो। राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनबारे छलफल गर्न ओली निवास बालकोटमा भेटवार्ता भएको हो। भेटमा दुई अध्यक्षहरुबीच करीब ३ घण्टा वार्ता भएको र तीन…
पोखरा : एमाले प्रदेश कमिटी ४ नम्बर प्रदेशले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ। सिफारिस अनुसार खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम परेको छ। अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामबहादुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सूर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ। भागवण्डाका क्रममा एमालेको पोल्टामा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी…
काठमाडौं : आउँदो फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको 'दब्याङ्ग द टुर नेपाल'को बारेमा जानकारी दिन सोहेल खानले पत्रकार सम्मेलन आयोजना गरे। आयोजक समेत रहेका सोहेलले कार्यक्रम सफल बनाउने सबैभन्दा ठूलो जिम्मेवारी दर्शकको भएको बताए। भने,'हरेक ठाउँ बनाउने भनेको त्यहाँको मान्छेले हो। र नेपालमा ती मान्छे छन् जसले हाम्रो सांगीतिक टुर आयोजना सम्भव बनाए। अब कार्यक्रम पनि…
काठमाडौं: स्वास्थ्य क्षेत्रको सुधारको लागि लामो समययता संघर्ष गर्दै आएका डा गोविन्द केसीले त्रिविका पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। अदालती आदेश र सरकारको निर्णय नै लत्याउँदै त्रिविका पदाधिकारी अघि बढ्न लागेको भन्दै केसीले उनीहरुलाई बर्खास्त गर्न माग गरेका हुन्। आज विज्ञप्ति जारी गर्दै डा केसीले भनेका छन्, ‘अदालती आदेश तथा सरकारको निर्णयअनुसार चिकित्साशास्त्र अध्ययन संस्थामा हाल कायम रहेका तथा…