फुलमान तामाङ - सिन्धुपाल्चोक: रोजगार माग्दै युवाहरु सडक प्रदर्शनमा उत्रन्छन्। उनीहरुको माग हुने गर्छ–स्वदेशमै रोजगार चाहियो। ठुलै ब्यानरमा ‘सरकार काम गरेर खान दे’ भन्दै जुलुशमा निस्कने युवा जमातलाई एकजना युवाले यसरी जवाफ दिएका छन् – काम गरी खान सरकारसँग मागिराख्नु पर्दैन। आफै गरी खान सकिन्छ। यसरी युवाहरुका लागि उदाहरण बनेका उनी हुन्, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका नवलपुरका कृष्णबहादुर तामाङ। आफ्नै…
यात्राको सुन्दै अपत्यारिलो लाग्ने तर सत्य। चीनको चाइना रेलबे एक्सप्रेसले सियानमेनबा बुडापेस्टसम्मको रेलयात्रा सुरु गरेको छ जुन संसारका सबैभन्दा लामो रुट मध्येको एक हो। दक्षिणी पूर्वी चीनबाट हंगेरीको राजधानी बुडापेस्टसम्म रेलले यात्रा तय गर्दा ११ हजार ५ सय ९५ किलोमिटर दुरी तय गर्छ। र, यो दुरी पार गर्न १८ दिन लाग्छ। - सिन्ह्वा हेर्नुस् रेलको फोटो
अक्षय कुमारको फिल्म प्याड म्यानको रिलिज डेट सरेको छ। सञ्जयलीला भन्सालीको चर्चित र विवादित फिल्म पद्मावतले विवादका कारण अन्तिममा भारतको गणतन्त्र दिवशको दिन फिल्म रिलिज गर्ने निर्णय गर्नासाथ बलिउडमा दुई ठूला फिल्मको क्ल्यास हुने निश्चित थियो। तर, अक्षय कुमारको फिल्म फेब्रुअरी ९ मा रिलिज हुने तय भएपछि बक्स अफिसको मैदान दीपिका पादुकोणको फिल्म पद्मावतका लागि खाली भएको छ। बक्स अफिस…
वासिङटन डिसी: संघीय निकायहरुलाई खर्च उपलब्ध गराउनेसम्बन्धी विधेयक पास नभएपछि अमेरिकाका कतिपय सरकारी कार्यालय नै बन्द हुने भएको छ। शनिबार वासिङटनमा रहेको माथिल्लो सदन सिनेटमा अर्को महिनासम्म संघीय निकायहरुलाई उपलब्ध गराउने खर्चसम्बन्धी विधेयक प्रस्तुत गरिएको थियो। उक्त विधेयकका लागि ६० सांसदको समर्थन आवश्यक रहेकोमा ४८ सांसदको मात्र समर्थन भएपछि विधेयक पास हुनबाट रोकियो। विधेयक पारित नभएपछि अमेरिकामा खर्च कटौतीका लागि…
काठमाडौं : नेपाल भलिबल संघ (एनभिए)ले पर्सी सोमवार एनभिए अवार्ड सेरेमोनी आयोजना गर्ने भएको छ। एनभिएले शनिबार पत्रकार सम्मेलन गर्दै खेलाडी, प्रशिक्षक, टिम, उदयीमान खेलाडी र विभिन्न जिल्ला, क्षेत्र र संघसंस्था गरी ४८ वटा अवार्ड प्रदान गर्ने जनाएको हो। यस्तै वार्षिक रुपमा हुने अवार्ड सेरेमोनीका लागि एनभिएले सिटी ट्राभल्स एण्ड टुर्ससँग ३ वर्षको लागि प्रायोजन सम्झौता समेत गरेको छ। एनभिएको…
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’बीच ओली निवास बालकोटमा वार्ता सुरु भएको छ। पार्टी एकताका विषयमा छलफल गर्न दुई अध्यक्षहरुको भेटवार्ता भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। दुई अध्यक्षबीच शुक्रबार भएको भेटर्वातामा तीन बुँदामा छलफल भएको थियो। उक्त भेटमा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने तयारी भएको…
काठमाडौं : नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक ९ स्वर्ण जितेको छ। दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण विजेता एवं छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी संगीना वैद्यको प्रशिक्षणमा रहेको आर्मीले गेरोगीमा ७ स्वर्ण, ५ रजत र ३ कांस्य तथा पुम्सेमा २ स्वर्ण, २ रजत र १ कांस्य हात पार्यो। दोश्रो स्थानमा रहेको…
प्रकाश सिलवाल- काठमाडौं: त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ। विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन (इ गभर्नेन्स)का लागि कूल रु १० करोड विनियोजन गरेको छ। विगतमा…
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको उल्लेख गर्दै अहिले आएर एमाले र माओवादी एकता लाग्दा प्रतिक्रियावादीहरु आत्तिएको दाबी गरे। माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘केही साथीहरु एकताको विरोध गर्दै हुनुहुन्छ, त्यसको कुनै औचित्य छैन। जनताले एकता चाहेका छन्, एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु…
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’बीच ओली निवास बालकोटमा भएको भेटवार्ता सकिएको छ। डेढ घन्टे भेटमा आईतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताबारे एजेन्डा के हुने भन्ने बारे दुई अध्यक्षबीच छलफल भएको छ। आईतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनबारे पनि छलफल गरिने माओवादी…
इन्टरनेशनल ओलम्पिक कमिटी आइओसीले अर्को महिना दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा उत्तर र दक्षिण कोरियालाई एउटै झण्डामुनी मार्च गर्ने स्वीकृती दिएको छ। यसअघि दुई कोरियाले उक्त विषयमा सहमति गरेका थिए। शनिवार स्वीट्जरल्याण्डको लाउसानेमा भएको आइओसीको मिटिङपछि आइओसीका अध्यक्ष थोमस बाकले उक्त घोषणा गरेका हुन्। यसैगरी ओलम्पिकको इतिहासमै दुई कोरिया मिलेर एउटै टिम बनाएर प्रतिस्पर्धा गर्ने भएका छन्। थोमस बाचले उत्तर…
दाङ : राखेप च्याम्पियनसिपअन्तर्गत २८औँ राष्ट्रिय पुरुष फुटबलको उपाधि नेपाल पुलिसले जितेको छ। शनिवार भएको विभागीय डर्बी फाइनलमा पुलिसले त्रिभुवन आर्मीलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै स्वर्ण जितेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीबाट भएको छ। जसमा आर्मीका राजिव गुरुङ गोल गर्न असफल रहे भने पुलिसका पाँचै खेलाडीले पेनाल्टीमा गोल गरे। सुटआउटमा पुलिसलाई जित दिलाउन सुमन…
महेन्द्रनगर : नेपाली सेनाका दिदीभाई नङ्गशल र रत्नजित तामाङले राखेप च्याम्पियनसिपअन्तर्गत भएको ३९औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पिoन बन्दै आफ्नो उपाधी रक्षा गरेका छन्। सुदूरपश्चिमाञ्चलमा भएको प्रतियोगिताको एकलतर्फको नङ्गशल र रत्नजित च्याम्पिन बनेका हुन्। महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ सेनाकी नङ्गशलले एपीएफकी शिक्षा श्रेष्ठलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधी जितिन्। नङ्गशलको यो लगातार तेश्रो उपाधी हो। यस्तै टिम इभेन्टको…
प्रिमिय लिग अन्तर्गत शनिवार भएको खेलमा चेल्सीले ब्राइटनलाई ४-० ले पराजित गरेको छ। ब्राइटनको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एडेन हाजार्डले दुई तथा विलियन र भिक्टोर मोसेसले एक-एक गोल गरे। खेलको तेस्रो मिनेटमै हाजारको गोलमार्फत अग्रता लिएको चेल्सीका लागि छैटौँ मिनेटमा विलियनले गोल गर्दै अग्रता दोब्बर पारे। दोस्रो हाफमा पनि दुई गोल गर्ने क्रममा चेल्सीका लागि हाजार्डले ७७औँ तथा मोसेसले…
प्रिमिय लिग अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी भएका छन्। युनाइटेडले बर्नलीलाई १-० ले पराजित गर्दै शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी ९ मा झारेको छ। युनाइटेडलाई साघुँरो जित दिलाउन खेलको एक मात्र गोल एन्टोली मार्सिएललले दोस्रो हाफमा गरे। जितपछि युनाइटेडको २४ खेलबाट ५३ अंक भएको छ। एक खेल कम खेलेको सिटी ६२ अंकका साथ शीर्ष स्थानमा…
स्पानिस ला लिगा अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड गिरोनासँग बराबरीमा रोकिएको छ। अर्को खेलमा सेभियाले स्पानयोललाई ३-० ले पराजित गरेको छ। घरेलु मैदान एक गोलको अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा एथल्टिको गिरोनासँग १-१ गोलको बराबरीमा रोकियो। एन्टोनी ग्रीजमनले ३४औँ मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। तर ७३औँ मिनेटमा गिरोनाका लागि क्रिस्टियन पोर्टुले बराबरी गोलफर्काएपछि एथलेटिको अंक…
दोलखा: जिल्लाको जिरीमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७४’ आयोजना हुने भएको छ। लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौँ १ नाराका साथ महोत्सव १९ र २० गते दुई दिनसम्म हुनेछ। स्थानीय संस्था युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरु गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो। उत्सव सञ्चालनका लागि स्थानिय युवा एवं संजालका अध्यक्ष केन्द्रज्योती खड्काको…
काठमाडौँ: नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनियताको शपथ आज हुने भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त गरी पद तथा गोपनियताको शपथ गराउने संवैधानिक व्यवस्था छ। राष्ट्रपति कार्यालयले शपथको समय निश्चित गरिसकेको छैन। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार अपराह्न ४ बजे शपथको तयारी गरिएको छ। बिहीबार सार्वजविक विदा परेका कारण नियुक्ति र शपथको कार्यक्रम हुन नसकेको अधिकारीले…
कोपा डेल रे अन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा रियल मड्रिडले लेगानसलाई १-० ले पराजित गरेको छ। अधिकांश दोस्रो रोजाईका खेलाडी खेलाएको रियलका लागि मार्को असेन्सिओले विजयी ल गरे। उनले ८९औँ मिनेटमा थियो हर्नान्नडेजको पासमा गोल गरेका थिए। अब दोस्रो लेगका खेलहरु जनवरी २४ र २५ मा हुनेछ।
काठमाडौँः निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित भएका २२० सांसद्लाई आज निर्वाचित भएको प्रमाणपत्र दिँदैछ। बुधबार निर्वाचित भएको घोषणा गरेसँगै प्रमाणपत्र बुझ्नका लागि आयोगले सम्वन्धित उम्मेदवारलाई सूचित गरिसकेको छ। प्रदेश प्रमुख नियुक्त नभएको भन्दै आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको एक महिनापछि निर्वाचित सदस्यलाई विजयी प्रमाणपत्र दिन लागेको हो। प्रमाणपत्र हस्तान्तरण गरेपछि आयोगले प्रदेशसभातर्फको सम्पूर्ण निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनेछ। प्रदेश प्रमुखले…