अंकारा : अमेरिकी सहयोगमा सक्रिय कुर्दिस मिलेसियामाथि आक्रमण भएको दोस्रो दिन टर्कीको स्थल सेना सिरियाको अफ्रोन प्रवेश गरेको छ। गत शनिबार टर्कीले अपरेसन ओलिभ ब्रान्च सुरु गर्दै आफ्नो स्थल सेना परिचालन गरेको थियो। सेना आइतबार सिरिया प्रवेश गरेको हो। अफ्रोनमा मात्रै ८ देखि १० हजार आतंकवादी रहेको अनुमान छ। तिनलाई समाप्त पार्ने उद्देश्यसहित टर्की युद्धमा होमिएको हो। उसको सक्रियतालाई लिएर…
काठमाडौं : दाङको तुलसीपुरमा छोराले आफ्नै बाबुको हत्या गरे खुलेको छ। घरायसी विवादमा २९ वर्षका तेजबहादुर चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको हो। आइतवार राति ११ बजेतिर बाबुराम घरको भान्छा कोठमा झुन्डिएको अवस्थामा फेला परेका थिए। छोरा तेजबहादुरले प्रहरीलाई झुक्काउन हत्या पछि आत्महत्या देखाउन झुन्ड्याएको प्रहरी अनुसन्धानमा देखिएको हो। विवाद पछि छोराले बाबुलाई खुकुरीले प्रहरार गरी…
काठमाडौं: नेपाली कांग्रेस पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला खोटाङको हलेसीमा सम्पन्न भएको छ। आज दिउँसो बसेको भेलाले मुख्यत: तीनवटा निर्णय गरेको सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामाले जानकारी दिए। 'आजको बैठकमा सभापतिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन नेतृत्वसमक्ष माग गर्ने र महासमितिको बैठक बोलाउन माग गर्ने निर्णय भएको छ,' लामाले भने, 'विधानअनुसार पार्टी चलाउनका लागि पनि राष्ट्रिय भेला र महासमिति बैठक आवश्यक…
चिनियाँ कामदारले आफ्नो अद्भु त कार्य क्षमता फेरि सार्वजनिक गरेका छन्। करिब १ हजार ५ सय कामदारले जम्मा ९ घन्टा काम गरेर नयाँ रेल स्टेसन खडा गरेर सबैलाई आश्चर्यमा पारे। तीब्र गतिमा चिनियाँ कामदारले नयाँ रेल स्टेसन बनाएको ठाउँ भने दक्षिणपूर्वी चीनको फुजियान प्रान्तमा हो। डेली मेलका अनुसार सात ट्रेन र २३ डिगर प्रयोग गरेर यो प्रोजेक्ट पूरा गरिएको थियो।…
काठमाडौं : न्यू डायमण्ड एकेडेमीका प्रतिभा माली र त्रिभुवन आर्मीका मान बहादुर श्रेष्ठ वर्ष २०७३ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल भलिबल संघ (एनभिए)ले पहिलो पटक आयोजना गरेको एनभिए अवार्ड सेरेमोनीमा प्रतिभा उत्कृष्ट महिला तथा मान बहादुर उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन्। राष्ट्रिय टिमका सदस्य समेत रहेका दुवैले बेस्ट प्लेअर अवार्डसँगै नगद २५-२५ हजार हात पारे। सोमबार राजधानीमा भएको अवार्ड…
काठमाडौं : पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजना भएको पाँचौ एकदिवसीय नेत्रहीन विश्वकपमा सहभागिता जनाएर नेपाल पर्केको नेपाल राष्ट्रिय नेत्रहीन क्रिकेट टोली नगदसहित सम्मानित भएका छन्। पहिलो पटक एकदिवसीय नेत्रहीन विश्वकप खेलेको नेपाली टोलीलाई सोमबार नेपाल क्रिकेट सपोर्टर सोसाइटी एनसिएसएसले नगद सहित सम्मान गरेको हो। ६ टोली सम्मिलित प्रतियोगितामा नेपालले अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै सुदख अन्त्य गरेको थियो। एनसिएसएसले…
मेलवर्नमा यसअघि ६ पटक च्याम्पियन बनेका नोभाक जोकोभिच वर्षको पहिलो ग्राण्डसलाम टेनिस अष्ट्रेलियन ओपनको प्रिक्वाटरफाइनलबाटै बाहिरिएका छन्। चोटसँग संघर्ष गरिरहेका सर्वियन खेलाडी जोकोभिचलाई २१ वरष्य दक्षिण कोरियाली खेलाडी ह्येओन चुङले ७-६, ७-५, ७-६ को सोझो सेटमा पराजित गरे। पहिलो सेटपछि दायाँ कुइनाको ट्रिटमेन्ट गरेका जोकोभिचले त्यसपछि राम्रोसँग खेल्न सकेनन्। सन् २००८ मा पहिलो पटक अष्ट्रेलियन ओपन जितेका जोकोभिचले २०११,१२,१३,१५ र…
काठमाडौं : इटहरीमा १३औं राष्ट्रिय उसु प्रतियोगिता सकिएसँगै राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक आयोजना गरेको राखेप च्याम्पियनसिप सम्पन्न भएको छ। च्याम्पियनसिपअन्तर्गत अन्तिम प्रतियोगिताको रुपमा रहेको उसु प्रतियोगिता सोमबार सम्पन्न भएपछि राखेप च्याम्पियनसिपमा समावेश सबै २९ खेलको प्रतियोगिता सकिएको हो। विभागीय टोली नेपाल आर्मी सर्वाधिक १५ स्वर्ण ३ रजत र ७ कास्य जित्दै १३औँ उसु राष्ट्रिय प्रतियोगितामा सोमबार पहिलो भएको छ।इटहरीमा…
काठमाडौं : स्वास्थ्य मन्त्री दीपक बोहोरा हरेक दिनजस्तो अर्थ मन्त्रीदेखि त्यहाँका सचिव, सहसचिवहरुको चेम्बरमा भेटिन्छन्। मन्त्रालयको कोठाकोठा चाहार्नुको पछाडि एउटै कारण छ- मन्त्रीलाई एक अर्ब रुपैयाँ चाहिएको छ। सरकारले मृर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण पक्षघात ब्योहोर्न बाध्य भएका विरामीलार्इ मासिक पाँच हजार भत्ता दिने निर्णय गर्यो। स्वास्थ्यमन्त्री दीपक बोहोराको ठाडो प्रस्तावमा मन्त्रिपरिषद् (क्याबिनेट) बाट ‘लोकप्रिय’ निर्णय…
स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले डेपोर्टिभा ला कुरानालाई ७-१ ले पारजित गरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै फराकिलो जित हात पार्यो। रियलका लागि नाचो फर्नान्डेज, गारेथ बेल र क्रिस्टियानो रोनाल्डोले दुई-दुई गोल गरे भने लुका मोडरिचले एक गोल गरे। खेलको २३औँ मिनेटमै एड्रियन लोपेजले गोल गर्दै ला कुरानालाई पहिले…
प्रिमियर लिग अन्तर्गत आइतबार भएको एक मात्र खेलमा टोटनहम हट्सपर र साउथह्याम्टनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै गोल टोटनहमका खेलाडीले गरेका गरेको थिए। १५औँ मिनेटमा टोटनहमका डेभिडसन सान्चेजले आत्मघाती गोल गरेपछि साउथह्याम्पटनले पहिले अग्रता लिएको थियो। तर त्यसको ३ मनेटपछि नै ह्यारी केनले टोटनहमका लागि बराबरी गोल फर्काए। बराबरीपछि २४ खेलबाट ४५ अंक रहेको टोटनहम पाँचौ स्थानमा…
सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा न्यूकासल युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। जितपछि सिटीले दोस्रो स्थानमा रहेको छिमेकी म्यानचेष्टर युनाइटेडमाथि फेरी १२ अंकको अग्रता कायम गरेको छ। घरेलु मैदान एतिहाड स्टेडियममा अगुएरोले ३४औँ, ६३औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। न्यूकासलका लागि ६७औँ मिनेटमा ज्याकोव मर्फीले गोल फर्काए। यस सिजनमा अगुएरोको यो दोस्रो…
काठमाडौँः सशस्त्र प्रहरीमा नयाँ दरवन्दी थप गर्ने निर्णय कार्यान्वयन रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता जयनारायण हुजेदारले शुक्रबार रिट दायर गर्नुभएको हो। हुजेदारले रिटको प्रारम्भिक सुनुवाइ आज हुने बताए। सशस्त्र प्रहरी नियमावली २०६० विपरीत संगठनात्मक सर्वेक्षण विना सरकारले पहिलो दरवन्दी सिर्जना गरेको, नियमावलीले तोके अनुसार काम कारबाही नभएको भन्दै रिट दायर गरिएको भन्दै निर्णय बदरको माग…
काठमाडौँ: नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथग्रहण गर्दैछन्। प्रदेश प्रमुखको गत शुक्रबार नियुक्ति र शपथ भएपछि प्रदेशसभा सदस्यको शपथको बाटो खुलेको थियो। सम्वन्धित प्रदेशसभा सदस्यले प्रदेश प्रमुखले तोकेको वा प्रदेशसभाका लागि तय भएको भवनमा शपथ लिनेछन्। राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका अनुसार आज नै प्रदेशसभाका मतदाताको नामावली प्रकाशन गर्ने कार्यतालिका भएका कारण सातै प्रदेशका सदस्य आजै अनिवार्य शपथ लिनुपर्नेछ। प्रत्यक्ष…
सुरुङ्गा: झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गएराति हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन्। लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ। श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
नयाँ दिल्ली: भारतको दिल्लीस्थि बवाना औद्योगिक क्षेत्रमा आगलागी हुदाँ १० महिलासहित १७ को मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन्। शनिबार तीन फेक्ट्रीमा आगो लागेपछि उक्त घटना भएको बताइएको छ। फेक्ट्रीका मालिक मनोज जैनलाई प्रहरीले पक्राउ गरेको छ। घटनमा परी मृत्यु भएका मृतकका परिवारलाई जनही पाँच लाख दिने र घाइतेलाई एक एक लाख दिने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घोषणा…
सुर्खेतः प्रदेश ६ को प्रमुखमा नियुक्त दुर्गाकेशर खनाल तोकिएको मुकाम सुर्खेत पुगेका छन्। आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट खनाल सुर्खेत पुगेका हुन्। पत्नीसहित सरकारले तोकेको अस्थायी राजधानी सुर्खेत पुगेका खनाललाई विमानस्थलमा प्रदेश प्रमुखको सविचलयका कर्मचारी तथा सुर्खेतमा रहेका जनप्रतिनिधि तथा सरकारी कार्यालय प्रमुखले स्वागत गरेका थिए। खनाललाई त्यहाँको वस्तुस्थितीबारे संक्षिप्त ब्रिफिङ पनि भएको थियो। गत शुक्रबार पद तथा…
काठमाडौं: रुपन्देहीको देवदहका काठ मिल व्यवसायी वसन्त पौडेलको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। हत्या अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लानारायण पाण्डेले बताए। उनले भने, 'अनुसन्धानको सिलसिलामा केही मानिसलाई नियन्त्रणमा लिएका हौं।' पक्राउ परेका तीन जना नै गुन्डा नाइके मनोज पुन समूहका भएको प्रहरी अनुसन्धानमा देखिएको छ। हत्याको मुख्य योजनाकार भनिएका पुन भने…
बलिउड अभिनेता नेपाल आउन चाहन्छन्। आउँदो मार्च १० मा हुन लागेको सलमान खानको 'दब्याङ्ग टुर'मा उनी पनि सहभागी हुन् चाहेका हुन्। कार्यक्रम आयोजक रहेका सोहेल खानले उक्त जानकारी दिएका हुन्। सोहेलले बताए अनुसार बरुण आफ्ना नेपाली दर्शकको अगाडी लाइभ प्रस्तुति दिन चाहन्छन्। आफूले नेपाली दर्शकबाट पाएको मायाका कारण नेपाल आउन धेरै उत्साहित रहेको बताएका हुन्। काठमाडौंमा प्रेस सम्मेलन आयोजना गरेका…
जनकपुरधाम: दुई नम्बर प्रदेशका विधायकहरुले चारवटा भाषामा शपथग्रहण गरेका छन्। दुई नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरधामस्थित उद्योग बाणिज्य संघ जनकपुरको हलमा एक सय सात जना प्रदेशसभा सदस्यले शपथ लिएका छन्। जसमध्ये ४७ जनाले मैथिली भाषामा सपथ लिएका छन् भने २५ जनाले भोजपुरी, ३४ जनाले नेपाली र ११ जनाले हिन्दीमा सपथ लिएको सचिवालयले जनाएको छ। मधेशवादी दलका अधिकांश विधायकहरुले मैथिली, भोजपुरी…