काठमाडौं: फिल्म 'अनुराग'को एक गीतको भिडियोमा कार्टुन्स क्रुका सरोज अधिकारी देखिएका छन्। उनीसँग फिचरिङमा छिन् निर्माता एवं अभिनेत्री एलिजा गौतम। उनको यो डेब्यु फिल्म हो। फिल्मको एक गीत बाहेकको छायांकन सकिएको छ। एक गीतको भने दरबारमार्गस्थित क्लबमा छायांकन भयो। ताराप्रकाश लिम्बुको संगीत रहेको गीत 'कान्छा दाइ गाना बजाइदेउ'मा ताराप्रकाश स्वयंमको र ममता गुरुङको स्वर रहेने जानकारी दिइएको छ। सरोज अधिकारीले…
नयाँ दिल्ली : राजस्थान र मध्य प्रदेश सरकराले फिल्म पद्मावत रिलिज गर्न सर्वोच्च न्यायालयले गरेको फैसला पुनर्विचार गर्न दायर गरेको याचिकालाई खारेज गरेको छ। साथै सर्वोच्च न्यायालयले गत बिहीवार आफूले गरेको फैसला कार्यान्वयनमा ल्याउन दुवै राज्यलाई निर्देशन दिएको छ। फिल्मले निर्वाध रिलिज पाउनुपर्ने र त्यसले उत्पन्न गराउने अवस्थामा कानुन र व्यवस्थालाई कायम राख्नसमेत अदालतले आदेश दिएको छ। हिंसात्मक घटना हुनसक्ने…
'स्क्रिन एक्टर्स गिल्ड अवार्ड २०१८' सम्पन्न भयो। अवार्डको यो २४ औं संस्करण हो। अवार्डमा 'थ्री बिलबोर्ड्स आउटसाइट एबिङ: मिसौरी'ले मात्र ३ अवार्ड जित्यो। फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सह अभिनेताको अवार्ड हात पारेको हो। तीन अवार्डसँगै फिल्मले अस्करको लागि आफ्नो सम्भावना बलियो बनाएको छ। फिल्ममा फ्रान्सेस म्याक डोरम्यान्डले अभिनेत्री र साम रकवेलले सह अभिनेताको भूमिका निर्वाह गरेका छन्।…
काठमाडौं: राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा मधेशी गठबन्धनभित्रका दलहरु राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच छलफल सुरु भएको छ। बैठक दिउँसो १ः ३० बाट राजपाको पार्टी कार्यालय बबरमहलमा सुरु भएको छ। वाम गठबन्धनसँग तालमेल गर्ने अथवा कांग्रेससँग तालमेल गर्ने विषयमा छलफल केन्द्रीत रहेको फोरम नेतृ रेणु यादवले बताइन्। राजपाको राजनीतिक समितिले तालमेल र उम्मेदवार चयनको…
काठमाडौं: नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेद्वारको नामावली टुंगो लगाएको छ। केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सातै प्रदेशमा उम्मेद्वार छिनोफानो गरेको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए। राष्ट्रियसभाको उम्मेद्वारमा रामबहादुर थापा बादलदेखि दीनानाथ शर्मालगायत १४ जनाको नाम रहेको छ। माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु प्रदेश नं. १ (१) बीना पोखरेल (महिला) प्रदेश नं.…
सँगै रहेकी प्रेमिकाले अस्ट्रेलिया छाड्ने तयारी गरेको थाहा पाएपछि तनावमा पुगेका एक नेपाली युवकले उनको हत्या गरेका छन्। उनको हत्यामात्रै होइन आफूलाई पनि सिध्याएरै छाडे। बेलायती प्रेमिकाको हत्या गरी आत्महत्या गरेको घटनामा ड्रग्स समेत जोडिन पुगेको छ। प्रेमिकाको हत्या गरी आत्महत्या गर्ने ब्राजिल गुरुङ कोकिनको नशामा रहने गरेको खुलासासँगै घटनाक्रमले नयाँ मोड लिएको हो। ३३ वर्षका ब्राजिल गुरुङले उच्चस्तरको ड्रग…
काठमाडौं : सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फ प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीहरुले पहिलो दिन जित हात पारेका छन्। मंगलबारदेखि पार-६८ रोएल नेपाल गल्फ क्बलमा सुरु भएको प्रतियोगितामा नम्वर वान प्रो शिवराम श्रेष्ठसँगै जयराम श्रेष्ठ, रवि खड्का, सूर्य प्रसाद शर्मा, यलम्बर सिंह अधिकारी, भुवन नगरकोटी, रामे मगर र सन्जय लामा पहिलो चरणको खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सूर्य नेपाल गल्फ…
काठमाडौं : नेपाल निर्माण ब्यवसायी महासघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा सलग्न भएको आरोपमा मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित नौ जनालाई जेल चलान गरिएको छ। नौ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले आदेश सुनाएको प्रवक्ता कृष्ण नेपालले जानकारी दिए। राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी, वसन्त थेवे र धनराज योङहाङलाई जेल चलान…
काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक उम्मेद्वारको अन्तिम नामावली टुङ्गो लगाएको छ। केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले सातै प्रदेशमा उम्मेद्वार छिनोफानो गरेको हो। राष्ट्रिय सभाको उम्मेद्वारमा रामबहादुर थापा बादलदेखि दीननाथ शर्मा लगायत १४ जनाको नाम रहेको छ। प्रदेश नम्बर १ मा विना पोख्रेल, २ मा शशीकला दाहाल, ३ मा गंगा पराजुली र रामबहादुर…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काको बयान लिएको छ। इन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले बयान लिएको हो। मंगलवार बिहान १० बजे नै निर्देशक खड्का बयान दिन आयोग कार्यालय पुगेका थिए। आयोगको टोलीले खड्कासँग करिब ५ घन्टा बयान लिएको हो। सरकारले खड्कालाई निगमको निर्देशकबाट पदबाट बर्खास्त गरेको…
काठमाडौं: फिल्म 'कान्छी'को ट्रेलर तथा पोस्टर रिलिज भएको छ। फागुन ४ गते रिलिज टार्गेट गरेको फिल्म युनिटले मङ्गलबार कार्यक्रम आयोजना गरी प्रचारका लागि तीन पोस्टर साथै युट्युबमार्फत ट्रेलर रिलिज गरेको हो। सार्वजनिक पोस्टरहरुमा अभिनेत्री तथा निर्माता श्वेता खड्का र दयाहाङ राईको फिल्मी लुक्स देख्न सकिन्छ भने ट्रेलरमा फिल्मको थिम। सोसियल ड्रामाले प्रेमसाथै ग्रामिण परिवेशको अन्य कथा भन्छ। यम थापाको कथामा बनेको…
काठमाडौं: नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवार चयनका लागि बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको संसदीय बोर्डको बैठकले चार प्रदेशको उम्मेदवार चयन भइसकेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। ४, ५, ६ र ७ को उम्मेदवार चयन भएको हो। प्रत्येक प्रदेशबाट ४–४ जना उम्मेदवार चयन गरेको कांग्रेसले जनाएको छ। माघ २४ गते हुने निर्वाचनका लागि…
अलास्कामा मंगलबार ८.२ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ। भूकम्पसँगै सुनामी आउन सक्ने भन्दै गल्फ अफ अलास्काबाट मानिसहरुलाई बाहिरिन सूचना जारी गरिएको छ। चिनिकभन्दा २ सय ५६ किलोमिटर दक्षिणपूर्वलाई केन्द्र बनाएर भूकम्प गएको युएस जिओलोजिकल सर्वेले जनाएको छ। 'तपाईँहरु समुन्द्री तटीय क्षेत्रमा हुनुहुन्छ भने उचाइको स्थानतिर जानुहोला,' अलस्का र ब्रिटिस कोलम्बियामा आपतकालीन व्यवस्थापन कार्यालयको बताएको छ। अलास्का र क्यानडाका भागहरुमा सुनामी…
काठमाडौं: नेपाल प्रहरीका एक असइलाई प्रहरीले पक्राउ गरेको छ। ती असइलाई अवैध लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत असई सुमितराज सिटौला रहेका छन्। तालिमका लागि काठमाडौं आएका उनलाई ११० ग्राम गाँजासहित महानगरीय प्रहरी वृत्त महाराजगञ्जलको टोलीले पक्राउ गरेको हो।
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पुरा भएको जनाएको छ। प्रदेशको उच्च अदालमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भोली बिहान १० बजे देखी ४ बजे सम्म उम्मेदवारी दर्ता गराउने व्यवस्था आयोगले मिलाएको छ। आयोगले प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। उम्मेदवारले नागरिकताको प्रमाणपत्रको…
काठमाडौं : शिवम् न्यु डायमण्ड र टप्स उच्चमाबीले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलवार जित पारेका छन्। न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै ६ खेलबाट १८ अंक बनाएको छ। डायमण्डले पुलिसलाई पहिलो र दोश्रो सेटमा २५–१७, २५–१५ ले हरायो। प्रतिस्पधात्मक बनेको तेश्रो सेट पुलिसले ३१–२९ ले जित्दै खेलमा पर्कने आश जगाएको थियो। तर चौथो…
काठमाडौं: नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल नेपालले पर्साको वीरगञ्ज महानगरपालिका १ छपकैयामा भारतले मिचेको नेपाली भूमिमा नेपालको राष्ट्रिय झण्डा गाडेको छ। छपकैयामा भारतले ५० बिघा जमिन भारतले मिचेको खबर बाहिरिएपछि वाइसिएल केन्द्रीय समितिको कमाण्डमा करिब एक सय जनाको टोली निरिक्षणका लागि छपकैया पुगेका थिए। भारतले मिचेको भनिएको नेपाली भुमि निरिक्षण गर्दै वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले आफ्नो भूमि रक्षाका…
काठमाडौं : स्थानीय तहको निर्वाचनमा आफ्नो बलियो पकड रहेको भरतपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुलाई काँधमा बोकेर विजयी गराएको नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यमा भने एक माओवादी पीडितलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले प्रदेश ६ मा अपाङ्ग तथा अल्पसंख्यकबाट गोपालप्रसाद शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। शर्मालाई तत्कालीन माओवादीले दुवै आँखामा तेजाब हालेका थिए।…
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि चारवटा प्रदेशबाट उम्मेदवार तय गरेको छ। प्रदेश १,२,३ र ४ का उम्मेदवार आज तय भएको हो। यसअघि ५,६ र ७ नम्बर प्रदेशमा एमालेले उम्मेदवार चयन गरिसकेको छ। आज पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको स्थायी कमिटीको बैठकले बाँकी रहेका प्रदेशका उम्मेदवार तय गरेको हो। साथै स्थायी कमिटीको ९६ औं बैठक समेत…
गोपाल पराजुली - प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको सौन्दर्यलाई प्रष्फुटन गराउने मूल्यवान आभुषण हो। यसको अपरिहार्यता नै लोकतन्त्रको एउटा अविच्छिन्न पक्ष पनि हो। आफूलाई लोकतान्त्रिक सिद्ध गरेका समाज र राष्ट्रले प्रेस स्वतन्त्रतालाई स्वीकार नगरेको कुनै दृष्टान्तसमेत छैन। जनताको सञ्चारमाध्यमप्रतिको विश्वास र निर्भरता जति चुलिँदै गएको छ, सञ्चारमाध्यमलाई विश्वसनीयता आर्जन गर्ने चुनौती पनि त्यति नै मात्रामा थपिएको छ। सामाजिक गतिविधिमा वृद्धि भएको…