काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीलाई निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिन सुरु गरेको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न गर्न गम्भीर भएर लाग्नु पर्ने बताए। ‘राष्ट्रियसभा सदस्य निर्वाचन गम्भीर र संवेदनशील प्रकृतिको छ,’ उनले भने, ‘यस पटक अझ…
काठमाडौं : ओलम्पियन निशा रावलले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथि बिहीबार स्वर्ण जितेकी छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको फाइनलमा नेपाल आर्मीकी निशाले मध्यमाञ्चलकी सुष्मा गुरुङलाई पराजित गरिन्। यसैगरी महिला ७३ केजीमुनि एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनि नेपाल प्रहरीकी सीता तामाङले पहिलो स्थान हात पारे। फाइनलमा अप्सराले प्रहरीकी सुमित्रा केसी तथा सीताले आर्मीकी रेश्मा थापालाई…
दाङ : नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब राखेप च्याम्पियनसिपअन्तर्गत दाङमा भइरहेको २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। दुवै विभागीय टोलीले सेमिफाइनलमा एक गोलले पछि परेको स्थिती उल्टाउदै जित हात पारेका थिए। दाङको तुल्सीपुरमा भएको विभागीय भिडन्तमा पुलिसले नेपाल एपीएफ क्लबलाई २-१ ले पराजित गर्यो। एपीएफका दीपक खड्काले १७औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएपछि…
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि पुन: बस्ने भएको छ। आज बिहान ११ बजेबाट सुरु भएको बैठकमा २९ जनाले आफ्नो भनाइ राखेपछि बैठक भोलिका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए। कांग्रेसमा सभापतिबाहेक ८० जनाको कार्यसमिति रहेको छ। बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवारी चयनकाबारेमा छलफल गर्ने भनिएपनि बहुप्रतिक्षित बैठक भएकाले केन्द्रीय सदस्यहरुले निर्वाचनको हारबारे प्रधानमन्त्री एवं…
काठमाडौं: बहुप्रतिक्षित कांग्रेस केन्द्रीय समितिको बैठकमा कांग्रेसको केन्द्रीय समितिको बैठकको औचित्यमाथिसमेत प्रश्न उठेको छ। आज सुरु भएको बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि अधिकांश केन्द्रीय सदस्यले आक्रोश पोखेका थिए। कांग्रेसलाई नवजीवन दिनुपर्ने माग गर्दै आएका नेताहरुले भने केन्द्रीय समितिले गरेको निर्णय कार्यन्वयन नगरेको अवस्थमा बैठक बसेर केही नहुने धारणा राखे। बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङले यसअघिकै केन्द्रीय समितिबाट नेताहरुलाई…
काठमाडौं: राजनीतिक दलबीचमा प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक आज बसिरहेको छ। प्रधानमन्नी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको छ। प्रदेश प्रमुखको सिफारि र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ। मंगलबार राजनीतिक दलबीचमा कुनै पनि परामर्श हुने नसकेपछि बैठक स्थगित गरिएको थियो। माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गरिसक्न निर्वाचन आयोगले ताकेता गरेरहेको छ। माघ ७…
काठमाडौं: काठमाडौंको शंखमुलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। बा७२प ११२५ नम्बरको मोटरसाइकल बुधबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने एक जनाको मृत्यु भएको छ। झापा घर भएका ३० वर्षीय मोहन रायमाझीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। रायमाझीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो।
उर्लाबारीः मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ। यस्तै, कानेपोखरी गाउँपालिका–२…
काठमाडौं: भक्तपुरको ब्रह्मयणी मन्दिरमा बुधबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। ५५ वर्षीय सीताराम सैजु मृत अवस्थामा फेला गरेको प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। भक्तपुर ताथलीका ५५ वर्षीय सैजु मृत अवस्तामा फेला परेको प्रहरीले जनाएको छ। सैजुको मृत्युबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
सन् २००२ को विश्वकप विजेता ब्राजिलियन फुटबल खेलाडी रोनाल्डिन्होले सन्यास लिंएका छन्। रोनाल्डिन्होका दाजु रोबर्टो असिसले मंगलबार सन्यास लिएको बताएका हुन्। 'हि हाज स्टप्ड इट, इट इज इन्डेड’, असिसको भनाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। ३७ वर्षीय रोनाल्डिन्होले २०१५ यता फुटबल खेलेका छैनन्। उनले ब्राजिलका लागि एक पटक कोपा अमेरिकाको उपाधि समेत जितेका छन्। रोनाल्डिन्होले ब्राजिलका लागि ९७ खेल खेल्दै…
काठमाडौं: फिल्म 'प्रेम गीत २' अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ। अस्ट्रेलियाको पहिलो सो सिड्नीमा हुनेछ। सिड्नीका इभेन्ट आयोजक कलिउड क्लबले सिड्नी सोको व्यवस्थापन गर्दैछ। फिल्मको पहिलो सो फ्रेव्रुअरी ३ शनिबारका दिन हर्स्टभिलको सिभिक थिएटरमा हुनेछ। बाँकी सोको लागि भने जानकारी सार्वजनिक भएको छैन। आसुसेन फिल्मसको ब्यानरमा निर्मित फिल्मलाई रामशरण पाठक निर्देशन गरेका हुन्। प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता…
काठमाडौं: भक्तपुरको ब्रह्मयणी मन्दिरमा बुधबार बिहान मृत भेटिएका ५५ वर्षीय सीताराम सैंजुको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ। हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। टाउको पछाडि इँटा प्रहर भएको देखिएकाले हत्या भएको हुन सक्ने आशंकामा तीन जनलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यलय भक्तपुरका डिएसपी कृष्ण प्रसाईले बताए। चाँगुनारायण वडा नम्वर ९ घर भएका सैंजुले मदिरा सेवन गरेको…
काठमाडौं: युवा अभिनेता अनमोल केसी बेनेली बाइकको लागि पहिलो नेपाल ब्राण्ड एम्बासडर नियुक्त भएका छन्। बेनेलीको आधिकारिक फेसबुक पेजमा उक्त जानकारी दिइएको छ। अनमोलले पनि आफ्नो बाइक मोह बारे बोल्दै गरेको भिडियो सार्वजनिक गर्दै आफू बेनेली राइडर्स ग्रुपसँग जोडिएको बताएका हुन्। इटालियन मोटरसाइकल बेनेलीको लागि पहिलोपटक नेपाल एम्बासडर चयन भएको हो। यसअघि कोही पनि एम्बासडरको रुपमा चयन भएका थिएनन्। बेनेली राइडर्स ग्रुपले प्रचारात्मक…
काठमाडौं: धेरै फिल्म निर्माण युनिटले फिल्म घोषणासँगै रिलिज मिति तय गरेपनि प्रायको टार्गेट मिट गर्दैन। कहिले फिल्मभित्रको प्रविधिक वा अन्य कारक बन्छन् त कहिले बलिउड, हलिउड वा उक्त मितिमा प्रदर्शन हुने अर्को कुनै नेपाली फिल्म। कति निर्माताले त एकपटक मात्र नभएर दुई, तीनपटकसम्म पनि प्रदर्शन मिति फेर्छन्। त्यस्तै फिल्मको सूचीमा परेको छ फिल्म 'ह्याप्पी डेज'। निर्माण युनिटले तेस्रोपटक रिलिज तय…
काठमाडौं: ८ दिनदेखि आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले वार्ता समिति गठन गरेको छ। मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो। समितिका सदस्यमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा छन्। ११ बुँदे माग लिएर आन्दोलनमा उत्रेका नर्सहरुले आज माइतीघरमा र्याली गरेका छन। यस अघि उनीहरुले सेवा छाड्ने, कालोपट्टी बाँध्ने लगायतका आन्दोलनका कार्यक्रम…
काठमाडौं: बिहिवार भोलिको सार्वजनिक बिदा दिने सरकराले निर्णय गरेको छ। तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरेको बताए। उनले भने 'पूर्वनिर्धारित विदा अनुसार भोली पनि बिदा हुने छ।' तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए। तामाङ जातिले चरा…
प्रकाश सिलवाल काठमाडौं: “उसबेला बूढानीलकण्ठदेखि शंखमूल–पाटनसम्मलाई एउटै विशालनगर भनिन्थ्यो।” शताब्दी वाड्यमय पुरुष सत्यमोहन जोशीले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई भने, “लिच्छविकालीन राजधानी मानिने हाँडीगाउँ आसपासका ठाउँमा नेपालको पहिलो प्रामाणिक अभिलेख मानिने प्रस्तर मूर्तीहरु पनि पाइएका थिए। त्यसको उचित संरक्षण गर्न सक्नुपर्छ।” जोशीले पछिल्लो पुस्तक ‘नेपाली कलाको रुपरेखा (प्राचीन र मध्यकालीन)’ उपहार दिएपछि महासचिव पोखरेलले कैलाशकुट दरबारको इतिहासबारे चासो राख्दा उक्त…
रमेश गिरी भक्तपुर: मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ। केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो। केन्द्रले वरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलो पटक सूर्यविनायक नगरपालिका–४…
काठमाडौं : १३औँ संस्करणकमो रेडबुल ढोरपाटन महिला युएम डबल लिग भलिबल च्याम्पियनसिप भोलीदेखि सुरु हुँदैछ। नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा काठमाडौं र मोफसलका लागि कूल १२ टोलीको सहभागिता रहनेछ। मुख्य प्रायोजकमा आगामी ३ वर्षका लागि रेडबुलको साथ पाएको प्रतियोगिताको विजेताले नगद ३ लाख २५ हजार हात पार्नेछन्। माघ ४ देखि १९ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी…
अमेरिकी कलाकार तथा सञ्चारकर्मी किम कार्डासियन र उनका पती र्यापर कान्या वेस्टले आफ्नो तेस्रो सन्तान सेरोगेसीमार्फत जन्मिएको जानकारी दिएका छन्। उनीहरुले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उक्त खबर सार्वजनिक गरेका हुन्। यसअघि चार वर्षिय छोरा नर्थ र २ वर्षिय छोरी सेन्टको अभिभावक रहेका यी कलाकार जोडीको तेस्रो सन्तान छोरी हो। कार्डासियनले 'हाम्री छोरीसँग हामी प्रेममा परेका छौं।' उनले स्वस्थ र सुन्दर छोरी…