काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्। सिंहदरबारमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम एकताले सरकारलाई कुनै असर नगर्ने र आफूहरुले सरकार ढालेर निर्वाचन प्रभावित गर्न नचाहेको बताए।उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताए। उनले भने,‘वाम गठबन्धन, पार्टी एकता फरक विषय…
भारतिय फिल्म, कला एवं साहित्यमा योगदान पुर्याएको पात्र जावेद अख्तरको जीवनकथामा फिल्म बन्ने भएको छ। कवि, लेखक, गीतकारको छवि बनाएको गीतकार अख्तरको बायोपिकमा उनको भूमिका निभाउँदै छन् फरहान अख्तरले। सन् १९६४ मा जावेद मुम्बई आएका थिए। १९ वर्षका उनले दुई जोर लुगा, केही किताब र हजार सपना बोकेर आएको बताइन्छ। सपना पुरा गर्न लागिपर्दाको संघर्षमा उनी बाटमा, रेल स्टेटशनमै बसे,…
धुलिखेलः धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ। शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र १८ सिट क्षमता र १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्थालाई…
संयुक्त राष्ट्रसंघः सन् २०१७ को नोबेल शान्ति पुरस्कार बिजेता अभियन्ता–समूह इन्टरनेशनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आइक्यान) लाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बधाई ज्ञापन गरेका छन्। यसै क्रममा उनले आणविक हतियारमुक्त विश्वको नवनिर्माण गर्न सबै आणविक शक्ति सम्पन्न राष्ट्रहरुलाई गहिरो प्रतिवद्धता जनाउन आह्वान गरे। आणविक हतियार निसस्त्रिकरण र सम्झौतामा आधारित निषेधिकरणको दिशामा उपलब्धि हासील गर्न आइक्यानले अहिलेसम्म गरेको…
काठमाडौँ : नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य जयन्तप्रसादले अघिल्लो बैठकमा प्रस्तुत गरेको सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा नेपालले आफ्नो प्रतिक्रियासहित राय पेश गरिरहेको छ। बैठकमा नेपाली प्रबुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले नेपाल–भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा…
पाल्पाः पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र चालकले सास्ती खेप्नु परेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन्। उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन्। यस सडकखण्डमा पर्ने दोभानदेखि सिद्धबाबा मन्दिरसम्म सडक माथिबाट झर्ने ठूलाठूला चट्टान र पहिरोका कारण यात्रु र चालकले…
अन्नपूर्ण पदमार्गमा पर्ने गंगापूर्ण हिमालको फेदीमा रहेको गंगापूर्ण तालमा रमाउँदै गरेका विदेशी पर्यटक। फोटो : नविन लामिछाने, रासस
गाईघाटः उदयपुरमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आगामी मंसिर २१ गते हुने प्रदेश र केन्द्रको चुनावको लागि पार्टीकातर्फबाट सम्भावित उम्मेदवारको नाम निर्धारण गरेका छन्। नेपाली काँग्रेसको जिल्ला समितिको बैठकले आगामी मसिर २१ गते हुने केन्द्रको चुनावका लागि उदयपुर क्षेत्र नं १ बाट पार्टीका केन्द्रीय सदस्य डा नारायण खड्का प्रमिला राई, लक्ष्मी परियार र जिल्ला पार्टी सभापति विदुर बस्नेतको…
लमजुङ : भूकम्पबाट क्षतिग्रस्त बनेको पूर्वी लमजुङको पर्यटकीय गाउँ राईनासकोटमा पुनःनिर्माणसँगै घरबास (होमस्टे) सुरु भएको छ । पुनःनिर्माण गरिएका १४ घरमध्ये ९ घरमा घरबास कार्यक्रम सुरु गरिएको हो। भूकम्पपछि अमेरीकी नागरिक नातासाको सहयोगमा राईनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको थियो। करिब एक करोड ५० लाख रुपैयाँको लगानीमा घर निर्माण गरिएका हुन्। पाँचवटा कोठा रहने भूकम्प…
सलिम जहाँ न्यूयोर्क : अधिकांश मानिसको धारणा हुन्छ, विकासको उत्कृष्ट मापदण्ड भनेकै संख्यात्मक रुपमा के कति परिवर्तन भयो त्यसको मापन हो, जस्तै औसत आयमा वृद्धि, मानिसको आयुमा बढोत्तरी, अथवा विद्यालयमा बिताएका वर्षहरु। मानव विकास सूचकांक (एचडीआई)मा यी महत्वपूर्ण तीनवटा तथ्यांकीय विषयको एकअर्कासँगको सम्बन्धका आधारमा हरेक मुलुकको मानव विकास स्थितिलाई श्रेणीबद्ध गरिन्छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले संसारभरका मुलुकको पछिल्लो राष्ट्रिय प्रगतिलाई यही…
काठमाडौँ : पर्वतीय पर्यटनको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) ले १५ वर्षदेखि उठाउँदै आएको पिकको राजश्व अबदेखि सरकारले नै उठाउने भएको छ। सन् २००२ देखि एनएमएले १५ वटा पिकको पर्मिट (आरोहण अनुमतिपत्र) दिँदै आएको थियो। पछि १२ वटामा सीमित रहेको थियो। बाह्रवटा सरकारले दिएको र १५ वटा अन्य पिक गरी जम्मा २७ वटा पिकको राजश्व एनएमएले उठाउँदै आएको थियो। यसबाट…
चितवनः नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वाम एकता स्वागतयोग्य रहेको बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको वाम एकता स्वागतयोग्य रहेको बताए। उनले निर्वाचनमा मिलेर जानुपर्छ भन्ने भावना मात्रै नभई अब दीर्घकालीन एकता आवश्यक रहेको बताए। उनले भने,‘तत्काल कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट पार्टी निर्माण हुने देखिदैन।’ वाम एकतापछि…
दार्चुलाको व्याँस गाउँपालिका १ स्थित नेपाल–चीन सीमा स्तम्भ १ लिपुलेक क्षेत्र। दार्चुला–तिंकर सडक विस्तारको कामले गति लिन नसक्दा ओझेलमा परेको धार्मिक तथा पर्यटकीयस्थल लिपुलेक पुग्न दार्चुला सदरमुकामबाट पाँच दिनको पैदलयात्रा गर्नुपर्दछ। फोटोः विनोदसिंह विष्ट, बैतडी, रासस
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय राजनीतिको वातावरण अस्थिर जस्तो देखिए पनि निर्वाचनका बारेमा आशंका नगर्न आग्रह गरेका छन्। समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आज आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले निर्वाचनका बारेमा दुबिधा नराख्न आग्रह गरेका हुन्। यादवले…
काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम एकता संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा पनि साम्यवादी गणतन्त्रन निर्माणका लागि भएको बताएका छन्। 'उहाँहरुको चुनावी तालमेल प्रधानमन्त्री बन्नका लागि मात्र होइन,' नेता निधिले पहिलोपोस्टसँग भने, 'चुनावी तालमेल देशमा एउटामात्र कम्युनिस्ट पार्टी बनाउनका लागि भइरहेको छ।' नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको ६ बुँदे…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र दुई देशको आपसी सम्वन्धकाबारेमा कुराकानी भएको बताइएको छ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी संघ र प्रदेशको निर्वाचन सँगसँगै हिन्दुराष्ट्रको विषयमा जनमत संग्रह हुनुपर्ने माग गरेका छन्। नेपाल धर्म संस्कृति संगठनको उद्घाटन कार्यक्रममा अध्यक्ष थापाले हिन्दुराष्ट्रका विषयमा जनमत संग्रह नगरे सडक आन्दोलनबाटै नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने चेतावनी दिए। अध्यक्ष थापाले हिन्दूत्व नेपालको पहिचानको विषय भएको भन्दै सबै धर्म प्रति सम्मान रहेको स्पष्ट पारे। हिन्दूत्व पुजापाठ वा कर्मकान्डी…
विसकेक : किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा निधन भएको छ। एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको थियो। स्थानीय समयानुसार शनिबार विहान करिब साढे सात वजे विसकेक–कारा–बाल्टा राजमार्गमा पर्ने साडोभोए गाउँमा उनको कार दुर्घटना भएको थियो। उपप्रधानमन्त्री झुमाकादिरोभ र उनका सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिरहेका थिए। दुर्घटनामा उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको बताइएको छ। उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको थिए।…
खोटाङ : नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रदेशसभा निर्वाचन समन्वय कमिटीको सिफारिसमा जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो। प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा आर्थिक विभाग प्रमुख अम्बिरबाबु गुरुङ, सचिवालय सदस्य मेखबहादुर खड्का, जिल्ला सचिव शंकरबहादुर कटवाल र सांसद हर्कबोल राईको नाम सिफारिस…
राजविराज : भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का देवनारायण यादव र उनका छोरा अजय यादव शनिबार साँझ साधारण तारिखमा छुटेका छन्। सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले बाबुछोरालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए। असोज १५ गते एक युवतीलाई अपहरण गरेको भन्दै भारतीय प्रहरीबाट पक्राउ परेका…