PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

  • नेपाली ब्याडमिन्टन खेलाडीको वरीयता सार्वजनिक, रत्नजित र नङसल शीर्ष स्थानमा

    नेपाली ब्याडमिन्टन खेलाडीको वरीयता सार्वजनिक, रत्नजित र नङसल शीर्ष स्थानमा

    काठमाडौं : नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ। ३–३ महिनाको अन्तरालमा शीर्ष आठ खेलाडीको वरीयता निर्धारण गर्ने संघको नीति अनुसार खेलाडीको वरीयता निर्धारण गरिएको ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए। शीर्ष आठमा पर्न सफलमा विभागीय टोलीका खेलाडीको बाहुल्य रहेको छ। पुरुषमा नेपाल आर्मीका रत्नजित तामाङ १७४०० अंकसाथ शीर्ष स्थानमा छन् भने महिलामा रत्नकै दिदी आर्मीकी…

    विस्तृतमा पढ्नुस्

  • लोकतान्त्रिक गठबन्धनको प्याकेज गृहकार्य आजबाट

    लोकतान्त्रिक गठबन्धनको प्याकेज गृहकार्य आजबाट

    काठमाडौं :  लोकतान्त्रिक गठबन्धनको आजबाट बृहत गृहकार्य सुरु भएको छ।  सरकारका निर्वाचनसम्मका न्यूनतम साझा कार्यक्रम, यो गठबन्धन किन भन्ने सन्दर्भमा अवधारण पत्र र सिट संख्या बाडफाटका विषयमा आजबाट छलफल सुरु भएको हो।  ‘हिजोसम्म छुट्टाछुट्टै कुराकानी भइक्षरहेको थियो आजबाट राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम (संसफो)सँग संयुक्त कुराकानी हुन लागेको छ,’ राजपाका तर्फबाट कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लले भने, ‘अब यो…

    विस्तृतमा पढ्नुस्

  • विश्व शारीरिक सुगठन : ननिताको ऐतिहासिक उपलब्धी, नेपाललाई दुई पदक

    विश्व शारीरिक सुगठन : ननिताको ऐतिहासिक उपलब्धी, नेपाललाई दुई पदक

    काठमाडौं : मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबार रजत पदक जितेकी छन्। नेपालबाट तीन खेलाडीले सहभागिता जनाएकोमा दुई खेलाडीले पदक दिलाउँदा ननिताले एतिहासिक रजत पदक जितेकी हुन्। ननिताले आठौँ संस्करणमा पहिलो सहभागितामै कास्य पदक जितेकी थिइन्। ननिताले महिला १६० सेन्टीमिटर उचाईमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जनाएका…

    विस्तृतमा पढ्नुस्

  • ठोस निष्कर्ष विना सकियो नेपाल–भारत प्रबुद्ध समूहको बैठक

    ठोस निष्कर्ष विना सकियो नेपाल–भारत प्रबुद्ध समूहको बैठक

    काठमाडौँ : नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आज सकिएको छ।  दुई दिनसम्म चलेको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायतका विषयमा सौहार्द रुपमा छलफल भएको नेपाली समूहका संयोजक पूर्व परराष्ट्र मन्त्री डा भेषबहादुर थापाले जानकारी दिए।  बैठकमा मैत्रीपूर्ण वातावरणमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • ‘जुडुवा २’ नौ दिनमा सय करोड क्लबमा

    ‘जुडुवा २’ नौ दिनमा सय करोड क्लबमा

    प्रदर्शनरत बलिउड फिल्म ‘जुडुवा २’ सय करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको ९ दिनमा फिल्मले एक सय करोडको व्यापार गरेको हो। बक्स अफिस इन्डियाका अनुसार जुडुवा २ ले पहिलो साता मात्र ९५ करोड २५ लाखको व्यापार गरेको थियो। शुक्रबार ४ करोड २५ लाख र शनिबार ५ करोड ७५ लाखको व्यापार गर्दै फिल्मले कुल १०४ करोडको व्यापार गरेको छ। सलमान…

    विस्तृतमा पढ्नुस्

  • शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउँछः राष्ट्रपति

     शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउँछः राष्ट्रपति

    तनहुँः राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताएकी छन्।  गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन्। उनले यस महत्वपूर्ण अवसरमा एकीकरण अभियानका महानायक पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने बताइन्।  राष्ट्रपति भण्डारीले पूर्वीय दर्शनले अङ्गीकार…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड क्रिकेट लिग : केन्याले नेदरल्याण्ड्सलाई हराएपछि नेपाललाई थप दबाब

    वर्ल्ड क्रिकेट लिग : केन्याले नेदरल्याण्ड्सलाई हराएपछि नेपाललाई थप दबाब

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौँ चरणको दोस्रो खेलमा शीर्ष स्थानको नेदरल्याण्ड्स केन्यासंग हारेपछि शीर्ष चारमा पर्ने होड रोमाञ्चक बनेको छ। पहिलो खेलमा विजयी भएको नेदरल्याण्ड दोस्रो खेलमा केन्यासंग २ विकेटले हारेपनि शीर्ष चारमा रहने पक्का छ। पहिलो खेलमा ६ विकेटको जित हात पारेको डच टोली दोस्रो खेलमा भने घरेलु टोली केन्यासंग २ विकेटले पराजित भयो। दुई खेलको…

    विस्तृतमा पढ्नुस्

  • वैद्यले भने -वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति मात्र हो

    वैद्यले भने -वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति मात्र हो

    पोखराः  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताएका छन्।  पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको आइतबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताए।  सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै वैद्यले वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी…

    विस्तृतमा पढ्नुस्

  • अनशनकै बिचमा डा. केसीको माग परिवर्तन

    अनशनकै बिचमा डा. केसीको माग परिवर्तन

    काठमाण्डौँ : चिकित्सा क्षेत्र सुधारको माग राखेर १३अौँ अनशन बसेका डाक्टर गोविन्द केसीले अनसनको तेस्रो दिन मागहरुलाई परिमार्जन गरेका छन्। ४ बुँदे माग राखेर अनशन बसेका केसीले माग परिमार्जन गर्दै ७ बुँदे बनाएका छन्। अनशन सुरु गर्दा डाक्टर केसीले राखेका ४ बुँदे मागमा चिकित्सा क्षेत्र बाहिरका मागहरु समेटिएका थिए। अहिले परिमार्जित गरिएको मागमा शिक्षा मन्त्रीले सिटीइभिटी मार्फत सम्बन्धन दिएका दर्जनौँ कलेजको सम्बन्धनको…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धन पछि दुई किनारा बनेका देउवा र दाहालबीच भेट

    काठमाडौं : सत्तारुढ दलमै रहँदा रहँदै नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य थालेपछि संकटमा परेको नेपाली कांग्रेसले पनि चुनावी गठबन्धनको थालनी गरेको छ। एमाले अध्यक्ष केपी ओलीलाई सत्ताच्यूत गराउन एकजुट भएका नेपाली कांग्रेसका सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले नदीका दुई किनारा हुने तयारीमा छन्। गठजोडमा रहेका यी दुई दल फरकफरक गठबन्धनका कारण सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • डिआइजी छविलाल जोशीको नाममा नानीमैयाँको यस्तो ठगी

    काठमाडौ :  प्रहरीको  नाममा रकम उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको टोलीले काठमाडौं शंकरापुर नगरपालिकाकी ३० वर्षीया नानीमैया गुरुङलाई पक्राउ गरेको हो।   गरुङले जुवा खेलेर कारवाही पछि छाडिएका ५ जनालाई प्रहरीलाई रकम दिने शर्तमा आफूले छुटाएको भन्दै पीडितबाट रकम उठाउदै गरेको अवस्थामा पक्राउ गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवारले जानकारी दिए।   उनले…

    विस्तृतमा पढ्नुस्

  • चाँदीको मूर्तिसहित भारतीय नागरिक पक्राउ

    चाँदीको मूर्तिसहित भारतीय नागरिक पक्राउ

    विराटनगरः  चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। सेतो कपडामा बेरेर शरीरमा लुकाइछिपाइ ल्याउँदै गरेको बेला विशेष सुराकीका आधारमा इप्रका रानी विराटनगरको टोलीले साहलाई पक्राउ गरेको हो। रासस  

    विस्तृतमा पढ्नुस्

  • झापामा बसको ठक्करबाट ट्याक्टर चालकको मृत्यु

    झापाः पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा झापा गाउँपालिका–४ का ३० वर्षीय नवीन मियाँ छन्। मे१त ५१०९ नम्बरको ट्र्याक्टरलाई सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिम गइरहेको  ना६ख ७८६४ नम्बरको बसले ठक्कर दिँदा ट्याक्टर चालक मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।  बसमा सवार अन्य दुई जना घाइते…

    विस्तृतमा पढ्नुस्

  • दलहरुलाई निर्वाचन आयोगको भन्यो -निर्वाचन विरोधी क्रियाकलाप नगरिदिनुस्

    दलहरुलाई निर्वाचन आयोगको भन्यो -निर्वाचन विरोधी क्रियाकलाप नगरिदिनुस्

    काठमाडौँः  निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित वा असर गर्नेगरी कुनै पनि गतिविधि, क्रियाकलाप सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, राजनीतिक दल र सरोकार भएका सबैमा आग्रह गरेको छ।  आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको थालनी, मतपत्र छपाइलगायतका अत्यावश्यक कार्य प्रक्रिया चरणबद्धरूपमा…

    विस्तृतमा पढ्नुस्

  • परिवार दलले सूर्य चिह्नमा चुनाव लड्ने

    परिवार दलले सूर्य चिह्नमा चुनाव लड्ने

    काठमाडौँः प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने भएको छ। दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन्।  सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ। राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एमाले र परिवार दलबीच सहमति भएको हो।  सहमतिअनुसार संसद् बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • स्पेन विश्वकपमा छनोट, इटलीले प्लेअफ खेल्नुपर्ने

    स्पेन विश्वकपमा छनोट, इटलीले प्लेअफ खेल्नुपर्ने

    स्पेन अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट भएको छ। विश्वकपको युरोपेली छनोटअन्तर्गत गएराती भएको समूह जी को खेलमा अल्वानियालाई ३-० ले पराजित गरेपछि स्पेनले एक खेल बाँकी छदै विश्वकपमा स्थान सुरक्षित गरेको हो। स्पेनको जितमा रोड्रिगो, इस्को र थियागो अलकान्टारोले एक एक गोल गरे। ९ खेलमा २५ अंक जोडेको स्पेन दोस्रो स्थानको इटली भन्दा ५ अंकले अगाडी रहदै छनोट…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा छनोट भइसकेका यी हुन् ११ राष्ट्र

    विश्वकपमा छनोट भइसकेका यी हुन् ११ राष्ट्र

    अर्को वर्ष रसियामा हुने २० औँ संस्करणको विश्वकपका लागि छनोट चरणका खेलहरु धमाधम चलिरहेका छन्। अहिलेसम्म विश्वकपमा आयोजक रसियासहित ११ टिम छनोट भइसकेका छन्। जसमा सर्वाधिक ५ पटकको विश्व च्याम्पियन ब्राजिल र विश्व विजेता जर्मनी समेत छन्। युरोपबाट अहिलेसम्म सबैभन्दा धेरै ५ राष्ट्र तथा एसियाबाट ४ राष्ट्र छनोट भएका छन्। युरोपबाट रसिया र जर्मनीसँगै बेल्जियम, इंगल्याण्ड र स्पेनले रसियाको टिकट…

    विस्तृतमा पढ्नुस्

  • चीनमा एक हजार वर्ष पुरानो विद्यालय पुनः संचालनमा

    चीनमा एक हजार वर्ष पुरानो विद्यालय पुनः संचालनमा

    जिनानः चीनमा झण्डै एक हजार वर्ष पुरानो माध्यामिक विद्यालय पुनर्निर्माण गरी संचालनमा ल्याइएको छ।  चीनको साङडोङ प्रान्तको राजधानी जिनानमा संचालनमा ल्याइएको ऐतिहासिक विद्यालयलाई प्रान्तीय कन्फ्युसी मन्दिरको रुपमा चिनिन्छ।   १०६८ देखि १०७७ सम्मको छिङइङ कालमा बनेको विद्यालय १२७१ देखि १३६८ सम्मको युआन राजबंशीयकालमा क्षतिग्रस्त भएको थियो। त्यसलाई १३६८ देखि १६४४ सम्मको मिङ राजबंशीयकालको सुरुमा फेरि बनाइएको थियो।  सो कन्फ्युसी मन्दिरमा…

    विस्तृतमा पढ्नुस्

  • रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन युरोपेली सङ्घको आग्रह

    रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन युरोपेली सङ्घको आग्रह

    नयाँदिल्लीः युरोपेली सङ्घका अध्यक्ष डोनाल्ड टस्कले रोहिङ्ग्या शरणार्थीहरूलाई मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फर्काउन म्यानमारलाई आह्वान गरेका छन्।  केही हप्ता अघि म्यानमारमा चर्किएको हिंसाका कारण भागेर बङगलादेशमा शरण लिइरहेका रोहिङ्ग्या शरणार्थीहरूलाई तत्काल स्वदेश फर्काउन उनले आह्वान गरेका हुन्।  टस्कले राखिन राज्यबाट शरणार्थी भएका रोहिङ्ग्याहरूलाई आवश्यक सहयोग पनि म्यानमारले तत्काल उपलब्ध गराउनु पर्ने बताए।  म्यानमारको सेनाले रोहिङ्ग्याहरूको घर जलाईदिन थालेपछि…

    विस्तृतमा पढ्नुस्

  • भारतको कोठीबाट एक किशोरी र तीन बालिकाको उद्धार, आज नेपाल ल्याइँदै

    चितवनः मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ।  भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन्।  भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी उनलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा आज चितवन ल्याइने घिमिरेले बताइन्। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell