काठमाडौं : मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली महिला खेलाडी ननिता महर्जनले रजत पदक जितेकी छिन्। प्रतियोगिताअन्तर्गत आइतबार भएको एथलेटिक फिजिक्सतर्फ महिला १६० सेन्टिमिटर उचाईमा ननिता महर्जनले रजत जित्दै नेपाललाई दोस्रो पदक दिलाइन्। ननिताको स्पर्धामा ८ जनाले प्रतिस्पर्धा गरेका थिए। सोही स्पर्धामा ननिताले थाइल्यान्डको पटायामा २०१६ मा भएको आठौं संस्करणमा कांस्य जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो…
विराटनगर : चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ। विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको दक्षिणपूर्वी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ। तर, ती क्षेत्रमा भदौं महिनामा आएको बाढीले डुबानमा परेपछि तरकारी उत्पादनमा कमी भई मूल्य वृद्धि भएको हो। कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन्। एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी…
नगरकोटः भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन्। सरोकार भएकासँग छलफल नगरी तथा अन्य कुनै तयारीबिना असोज १ गतेबाट नगरकोट जाने पर्यटकसँग नगरपालिकाले ठेकेदारमार्फत प्रवेश शुल्क उठाउन थालेकामा व्यवसायी दुःखी बनेका छन्। नगरकोट नाल्दुम पर्यटन विकास समिति सदस्य एवं होटल क्लब हिमालयनका प्रवन्धक अशोक थापा स्थानीय निकायमा…
काठमाडौं : नेपालमा दुई दिनकाे अन्तरमा सार्वजनिक भएका फिल्महरु हुन् 'छक्का पञ्जा २' र 'जुडुवा २'। असोज ११ गते बुधबार फूलपातीको अवसरमा रिलिज गरिएको छक्का पञ्जा २ र १३ गते रिलिज जुडुवा २ दुवैले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहदा समीक्षक र दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाइरहेका छन्। समीक्षकहरुले फिल्मको कमजोर र नकारात्मक पक्षबारे लेख्दा छक्का पञ्जा २ निर्माता एवं लेखक दीपकराज गिरीले र जुडुवा…
काठमाडौं : सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ। आगामी बुधबार आयोगले ती दुई तहको विज्ञापन गर्नका लागि रिक्त दरबन्दी पठाएको मन्त्रालयका जनशक्ति विकास शाखाका प्रमुख शालिकराम दाहालले जानकारी दिए। उनका अनुसार प्राविधिक र अप्राविधिकतर्फका सहसचिव ९३ र उपसचिव २९५ जनाको रिक्त दरबन्दीका लागि आयोग पठाइएको छ। तीमध्ये प्रशासनमा सबभन्दा बढी रिक्त रहेका छन्। प्रशासनमा सहसचिवमा…
चितवन : चितवनको रत्ननगरस्थित शान्तिचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वी चितवनबाट भरतपुरतर्फ आइरहेको ना १६ प ७९३१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ३ त ३३४५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका–७ का मनोजकुमार पोखरेलको मृत्यु भएको हो। गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।रासस…
जुम्लाः संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न जुम्लाबाट नेकपा एमालेले १० जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि क्षेत्र नं १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नं २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरिएको छ। त्यस्तै, क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवार गंगा महत, आदिप्रसाद न्यौपाने र क्षेत्र नं २…
द कपिल शर्मा सो बन्द हुनुले कपिल शर्माका फ्यानलाई केही निराश बनाएको छ। उनले केही समय ब्रेक लिएर पुन: कार्यक्रम लिएर आउने बताएका छन्। रक्तचापको आयुर्वेदिक उपचार गराइरहेका उनले यो ब्रेकमा पनि दर्शकलाई हसाउँन भने नछाड्ने भएका छन्। जसका लागि सब च्यानलबाट प्रशारण हुने हास्य टेलिश्रृङ्खला 'आदत से मजबुर'मा उनी देखिने भएका छन्। टेलिश्रृङ्खलामा उनी नियमित कलाकार भने होइनन। एक…
कृष्णप्रसाद सिटौला वर्तमान वाम गठबन्धन दुई कम्युनिष्ट पार्टीले गरेको अप्रत्यासित निर्णय हो। यसले शान्ति प्रक्रियाको कार्यदिशालाई सही बाटोमा अघि बढ्न दिदैन। अवरोध खडा गर्छ। नेपाली कांग्रेसले गठबन्धनबाट हुने मुठभेडको खतरालाई अन्य राजनीतिक दललाई विश्वासमा लिएर रोक्ने प्रयत्न गर्छ। शान्ति प्रक्रियालाई वाम गठबन्धनले टुङ्गिन दिन्न। राज्यलाई कब्जा गर्ने उद्देश्यका साथ जसरी गठबन्धन बनेको छ र उहाँहरुका अभिव्यक्ति जे आइरहेका छन्, हामीले…
काठमाडौं: फिल्म 'छक्का पञ्जा २'ले प्रदर्शनको ११ दिनमा ११ करोडको व्यापार गरेको छ। वितरक गोपाल कायस्थले फिल्मले गरेको ग्रस कलेक्शनको जानकारी दिएका हुन्। देशभर १०० बढी पर्दामा प्रदर्शन भएको फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएपनि व्यापार राम्रो देखिन्छ। फिल्मकै प्रिक्वेल भनिएको 'छक्कापञ्जा'ले सर्वाधिक कमाई गर्ने फिल्ममा नाम लेखाएको छ। उक्त फिल्मले ५२ दिन मनाउँदा १६ करोड ग्रस कमाइ गरेको दाबी गरिएको…
काठमाडौं : संयुक्त राज्य अमेरिकामा नागरिकले बन्दुक राख्न पाउनुपर्ने अधिकारको वकालत गर्दै आएका लस भेगास घटनादेखि भने झस्किएका छन्। एउटा व्यक्तिले राखेको बन्दुक त्यतिका मानिस मार्न सक्नेगरी कसरी शक्तिशाली बन्न पुग्यो भन्ने बहस अहिले उनीहरुबीच सुरु भएको छ। हुन पनि लस भेगास नरसंहार कुनै एक जना व्यक्तिले आफूसँग भएको एउटै बन्दुकबाट सम्भव छैन। कन्सर्ट भइरहेको स्थानमा नजिकको होटलको ३२ औँ तल्लाबाट…
कलैयाः आफ्नै घरको पर्खालले च्यापिएर बारामा एक जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर का ६५ वर्षीय अहमद अन्सारीको आज बिहान पर्खालमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए। पर्खाल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका अन्सारीको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको प्रवक्ता साहले बताए।रासस
भीमदत्तनगर : नेकपा एमाले कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ। एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिए। उनका अनुसार जिल्लाबाट सिफारिस भएका नाम प्रदेश कमिटी हुँदै केन्द्रमा छनोटका लागि जानेछन्। …
साना : यमनमा चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भएको छ। अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ। यमनका २३ वटा प्रान्तमध्ये २२ वटा प्रान्तमा हैजा फैलिएको थियो। हैजाबाट कुल आठ लाख ६२६ जना बिरामी भएका विश्व स्वास्थ्य संगठनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह…
काठमाडौं : संसद्ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित गरेको छ। असोज २० गतेको संसद बैठकमा गणपूरक संख्या नपुगेर पारित हुन नसकेकाे विधेयक आज सर्वसम्मतिमा पारित भएको हो। आजको बैठकबाट प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक पनि सर्वसम्मतिले पारित भएको छ। बैठकले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक…
भीमदत्तनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएपछि अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ। सुत्केरी गराउने क्रममा शिशुको मृत्युभएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। सुत्केरीका आफन्तले डिउटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोड गरेको चिकित्सक संघले जनाएको छ। शनिबार राति सुत्केरी गराउने क्रममा शिशुको मृत्यु भएको थियो। चिकित्सकको लापरबाहीले नभर्इ महिलाको पेटमै शिशुले दिसापिसाव गरेकाले महिलाले…
काठमाडौं : संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ। सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालिमको आज उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई कसरी लैजाने भन्ने गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिए। उनले भने,‘सशस्त्र प्रहरी बलको प्रदेशस्तरको स्वतन्त्र संरचना बन्दैन, तर यसको प्रदेश संरचना भने बन्छ।’ विदेशमा शान्ति मिसनमा जाँदामात्रै राम्रो कमाइ हुने परिपार्टीको अन्त्य गर्दै बलका…
काठमाडौं : भ्रष्टाचार आरोपमा नेपाल आयल निगमबाट सरकारले बर्खास्त गरेका गोपाल खड्कालाई सर्वोच्च अदालतले नहटाउन आदेश दिएको छ। एक महिनाअघि सरकारले बर्खास्त गरेका खड्कालाई सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। सर्वाेच्चको अन्तरिम आदेशसँगै नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट खड्कालाई बर्खास्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयनमा ब्रेक लागेको हो। यससँगै करोडौँ…
काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै सर्वाधिक नगद पुरस्कार राशी राख्दै धनगढी प्रिमियर लिग डिपीएल २ टी २० क्रिकेट प्रतियोगिताको घोषणा भएको छ। आइतबार राजधानीमा डिपीएल २ को घोषणासँगै रुस्लानले मुख्य प्रायोजकको रुपमा सम्झौतासमेत गरेको छ। प्रायोजन सम्झौतामा आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र विजय डिस्टीलरीका श्रीहर समशेर जवराले हस्ताक्षर गरे। सम्झौतापछि विजय डिस्टीलरीको रुस्लानले डिपीएल २ का लागि ३५…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकै स्थानमा उभिनु पर्ने अवस्था आएको बताएका छन्। नेकपा मालेबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि एकता जरुरी रहेको बताए। उनले भने,‘ध्रुवीकरणको प्रक्रिया राष्ट्रिय आवश्यकता…