काठमाडौं : एनसेल लाभकर प्रकरणमा अदालती ‘ट्रायल’ सुरु भएको छ। एनसेलका तात्कालीन स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठले बेचेको शेयरमा कर निर्धारण रोक्न माग गर्दै सर्वोच्च अदालतमा टेष्ट केस'का रुपमा अदालती 'ट्रायल' सुरु गरिएको हो। श्रेष्ठले एनसेलको २० प्रतिशत शेयर भावना सिंह श्रेष्ठलाई बिक्री गर्दा ११ अर्ब ३२ करोड लाभ भएको भन्दै दुई अर्ब ८३ करोड कर तिरेका थिए। एनसेलको बाँकी ८०…
काठमाडौँ : सरकारले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निरब्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले भूकम्पपीडितलाई घर बनाउन सामूहिक जमानीमा निरब्याजी गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेकाे अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन…
ढाका : म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोड्ने क्रम अझै रोकिएको छैन। जसले उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ। म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन्। जोखिमपूर्ण रुपमा नदी पार गर्दा ज्यान पनि जाने गरेको छ। त्यस क्रममा सोमबार कम्तीमा १२ जनाको ज्यान गएको छ। आइतबार राति नदीमा डुंगा…
काठमाडौं : विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुको फिचरिङ रहेको गीति भिडियो सार्वजनिक छ। 'परिवर्तन' बोलको गीतको म्यूजिक भिडियोमा डाक्टर, समाज सेवी, खेलाडी, कलाकार, लेखक लगायत देखिएका छन्। संदेश मुलक गीतको भिडियोमा समाजको लागि आफ्नो स्तरबाट योगदान पुर्याएका रिल र रियल लाइफका हिरोहरुलाई प्रस्तुत गर्न खोजेको भिडियो निर्देशक आशिष पौडेलले बताए। भने,'सफल व्यक्तिहरुले दिएको संदेशले सकारात्मक परिवर्तनमा केही सहयोग पुर्याउँला भन्ने विश्वास…
काठमाडौँ : यस वर्षको नेपाल संवत् ११३८ मनाउन साहित्यकार चित्तरञ्जन नेपालीको अध्यक्षतामा २१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। नागरिक स्तरमा गठन गरिएको न्हुँदया समारोह समिति’ले वर्षभरी नेपाल संवत् बारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसारलगायत विभिन्न गतिविधि गर्नेछ। समितिका पूर्वअध्यक्ष सल्लाहकार रहनेछन्। अध्यक्ष नेपालीले शङ्खधर साख्वाले प्रचलनमा ल्याएको नेपाल संवत् चन्द्रमासमा गणना गरिने हुँदा यो वैज्ञानिक रहेको र यसलाई अभ्यासमा…
अभिनेत्री कंगना रनोटले एक अन्तर्वातामा अभिनेता ऋतिक रोशनलाई आफ्नो पूर्वप्रेमी भएको संकेत गरेपछि सुरु भएको यी दुई कलाकारको विवाद अहिले चुलीमा पुगेको छ। अदालतमा पुगेको यो मामलाबारे ऋतिक रोशनले यो साता मुख खोले। दुवै पक्षबाट स्पष्टिकरण दिने क्रम जारी छ र दुवैको पक्षमा बोल्नेहरुको पनि कमी छैन। केही समय यता सामाजिक सञ्जाल वा मिडियामार्फत ऋतिक रोशनको पक्षमा केही कलाकार देखिए।…
काठमाडौं : हिन्दूराष्ट्र बारे जनमत संग्रहको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा जुलुस निकालेको छ। नेपाललार्इ हिन्दूराष्ट्र स्थापना गर्ने बारे जनताको प्रत्यक्ष अभिमत लिन मंसिर १० र २१ मा हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसँगै जनमतसंग्रहको माग गर्दै राप्रपाले रत्नपार्कदेखि वसन्तपुरसम्म जुलुस निकालेको हो। वसन्तपुरमा आयोजना गरिने सभालाई राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम छ।
ताप्लेजुङ : पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मे १ ज १३०८ नम्बरको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीया होमराज घिमिरेको मृत्यु भएको हो। अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी…
टोकियो : भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पाँचजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन्। अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन्। लामो समयदेखि जापानमा बसोवास गर्दै आएका डा उज्ज्वल न्यौपाने, लुसन चालिसे, प्राविधिक इञ्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठको पहलमा यससम्बन्धी अनलाइन सञ्चालनमा ल्याइएको हो। …
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिष्ट पार्टीबीच एकता हुन लागेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच हुने पार्टी एकताले नयाँ विचारसहितको पार्टी…
काठमाडौँ : संघीय संरचनाअनुसार मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ। विद्यामान ३१ वटा मन्त्रालयलाई घटाएर १५ वटा मात्र मन्त्रालय राख्न प्रस्ताव गरिएको हो। मुलुकलाई संघीय संरचनामा विद्यमान मन्त्रालयलाई समायोजन गर्दा १५ वटा मन्त्रालय रहने सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवहरि न्यौपानेले जानकारी दिए। सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले केन्द्रमा १५ र प्रदेशमा…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काभ्रेका नायव सुब्बा घुस लिंदै गर्दा पक्राउ परेको छ। अदालतका नायव सुब्बा राजेन्द्र खत्रीले सवारी दुर्घटनामा भएको अङ्गभङ्ग मुद्दा मिलाईदिने भनि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय टंगालबाट गएको टोलीले एक लाख २५ हजार रुपैयाँ घुस लिंदै गर्दा धुलिखेल बसपार्कबाट पक्राउ गरेको हो। उनका बारेमा थप अनुसन्धान भइरहेको आयोगले…
काठमाडौं : ए डिभिजन क्लब थ्री स्टारलाई डेढ करोड रुपैयाँ क्षतीपूर्ती दिने यसअघिको निर्णयलाई अखिल नेपाल फुटबल संघको विशेष साधारण सभाले पास गरेको छ। सोमबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न एन्फाको विशेष साधारण सभाबाट थ्री स्टारलाई १ करोड ५० लाख क्षतीपूर्ती दिने निर्णय दुई तिहाई बहुमतले पारित गरेको एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले बताए। क्षतीपूर्ती अन्तरिक श्राेतबाट दिने र बढीमा तीन किस्तामा उपलब्ध…
काठमाडौं: भक्तिमती स्व. भारती खरेलको ८०औं स्मृति पुरस्कार अद्वैत संस्थालाई प्रदान गरिने भएको छ। भारती खरेल प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री शैलेन्द्र साकारको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो। अद्वैत संस्था वि.सं. २०२३ सालमा स्थापना भएको हो। वैदिक सनातन धर्मलाई जागृत गर्दै कर्म, ज्ञान र भक्तिका माध्यमबाट ब्रह्मसाक्षातकार गर्ने उद्देश्यले स्थापित संस्था आधा शताब्धी भन्दा बढी समयदेखि आध्यात्मिक…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार भएको विशेष साधारण सभाको दुई तिहाईले विधान संशोधन गरेको छ। सभाले विभिन्न २० धारको कूल ३८ बुँदामा संशोधन गरेको एन्फा सिईओ इन्द्रमान तुलाधरले जानकारी दिए। संशोधित विधान अनुसार अब एन्फामा चुनाव लड्न फुटबलसंग सम्बन्धित कुनै पनि क्षेत्रमा पछिल्लो ५ वर्षमध्ये २ वर्ष सक्रिए रुपमा लागेको व्यक्ति भए हुनेछ। 'विगत ५ वर्षमा २…
काठमाडाैं : विवेकशील साझा पार्टीद्धारा पार्टीका संयोजकद्धय रवीन्द्र मिश्र र उज्वलबहादुर थापालाई क्रमश: काठमाडौंको क्षेत्र नम्बर १ र ५ बाट संघीय प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी तोकिएको छ। त्यसैगरी काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्यहरु सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डेसमेतलाई प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। विगत २०…
फिल्म 'पद्मावाती'को ट्रेलर सार्वजनिक भएको छ। सोमबार फिल्मको ट्रेलर पाँच लाख हिट्ससहित केही घण्टामै ट्रेन्डिङ नम्बर १ मा आएको छ। ट्रेलरमा मुख्य तीन कलाकार रणवीर सिंह, दीपिका पादुकोण र साहिद कपूरको फिचरिङ रहेको छ। पद्माोवतीमा दीपिकाले रानी पद्मावतीको भूमिका निभाएकी छिन्। शाहिद उनको पति राजा रावल रतन सिंहको भूमिकामा देखिने छन्। एन्टागोनिस्टका रुपमा स्थापित हुनेछन् रणवीर जसले अलाउद्धिन खिलजीको भूमिका…
बेइजिङः चिनियाँ राष्ट्रपति सि चिनफिङले गरिबी निवारणका लागि ठोस कार्यक्रम ल्याएर काम गर्न चिनियाँ अधिकारीहरुलाई निर्देशन दिएका छन्। चीनको चौथोँ राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा बेइजिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गरिबी निवारण कुराबाट मात्र सम्भव नभएकाले ठोस कार्यक्रम ल्याएर काम गर्नुपर्ने बताए। राष्ट्रपति सिले भने,‘यो अरु लडाईंहरुभन्दा पनि कडा लडाईं हुनसक्छ। हामीले गरिबीविरुद्धको लडाईं छोड्नु हुँदैन र यसको निवारणका…
स्वीडेन : अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ। सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यक्तिगत निर्णयहरू तथा बजारका गतिविधिलाई प्रभावित तुल्याउँछन् भन्ने विषयमा गरेको खोजमूलक अध्ययनका लागि…
काठमाडौ : सत्तारुढ कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलका लागि सहमति जुटेको छ। निर्वाचन क्षेत्र नतोकिकन राप्रपाले प्रतिनिधि सभामा ७ र प्रदेश सभामा ३२ सिट पाउने गरी दुई दलबीच सहमति भएको हो। ‘नेपाली कांग्रेससँग प्रतिनिधि सभामा र प्रदेश सभा निर्वाचनमा निश्चित सिट पाउने गरी भद्र सहमति भएको छ,’ राप्रपाका सह-प्रवक्ता मोहन श्रेष्ठले भने, ‘हामीले लोकतान्त्रिक गठबन्धनमा जाने सहमति भएपछि सरकारलाई…