विराटनगरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा पर्न सक्ने, मुलुकमा अस्थिरता उत्पन्न हुन सक्ने र निर्वाचन धरापमा पर्न सक्ने भएकाले वर्तमान सरकारलाई समर्थन गरेको बताए। …
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताएका छन्। एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न कांग्रेसलगायत दललाई आग्रह गरे। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रावलको नाम कैलाली क्षेत्र नं २ र अछाम क्षेत्र…
लहान : सिरहाको लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल परिसरभित्र सञ्चालित आधा दर्जन औषधि पसल १५ दिनभित्र खाली गर्न अस्पताल प्रशासनले निर्देशन दिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलकुमार कुशवाहाले अस्पताल परिसरभित्र सञ्चालनमा रहेको सूर्य मेडिकल हल, जनकल्याण मेडिकल हल, शक्ति मेडिकल हल, एच के मेडिकल हल, कुशवाहा मेडिकल हल, यादव मेडिकल हल र विजय मेडिकल हललाई पत्र काटेर खाली गर्न…
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ अक्टोबर ११ देखि अन्तर्राष्ट्रिय बालिका दिवस विश्वाव्यापी रुपमा मनाउने क्रम सुरु भयो। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजन गरी मनाउने गरिएको छ। यस क्रममा छैठौं अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा तीन सय किशोरी एकै पटक रेडियोकर्मीको भूमिकामा देखिने भएका छन्। सामूदायिक रेडियो प्रसारण संघ र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा 'म बालिका भएकीले' भन्ने नाराका साथ तीन…
भक्तपुर : भक्तपुर मध्यपुरथिमिस्थित चक्रवर्ती हवी नर्सिङ कलेजको सम्बन्धन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले खारेज गरेको विषयमा कलेजले अदालतको मानहानी भएको भन्दै आपत्ति जनाएको छ। भदौ ३० गते उच्च अदालत पाटनका न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले कलेज नवीकरण गर्न र विद्यार्थीको पढाइलाई अवरोध नगर्न सिटिइभिटीका नाममा अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेश विपरित कलेजलाई कुनै जानकारी नै नदिई प्रमाणपत्र…
काठमाडौं : एसियाली फुटबल महासंघ एएफसी अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा नेपाल आइपुगेका छन्। अध्यक्ष खालिफासहित एएफसीका अन्य पदिधकारीहरु दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका हुन्। उनलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष मणि कुवँर, महासचिव धिरेन्द्र प्रभान र सिईओ इन्द्रमान तुलाधर ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। यस्तै खालिफाको टोली धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा…
पोल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट भएको छ। युरोपेली छनोटअन्तर्गत समूह ई को सबै खेल सकिदा शीर्ष स्थानमा रहदै पोल्याण्डले विश्वकपको टिकट काटेको हो। पोल्याण्डको समूहको अन्तिम खेलमा मोन्टेनेग्रोलाई ४-२ ले हरायो। यस्तै रोमानियासँग १-१ को बराबरी खेल्दै डेनमार्क यस समूहबाट दोस्रो स्थानमा रहदै प्लेअफका लागि छनोट भएको छ। यता जर्मनी र इंगल्याण्ड शीर्ष स्थानमा रहदै छनोट भएको…
मोहमद सलाहले इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गर्दै कंगो विरुद्ध २-१ को जित दिलाएपछि इजिप्ट १९९० पछि पहिलो पटक विश्वकपमा छनोट भएको छ। अफ्रिकन छनोटअन्तर्गत समूह ई को खेलमा सलाहले इजिप्टका लागि दुवै गोल गरेका हुन्। इजिप्ट अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट हुने दोस्रो अफ्रिकन तथा समग्रमा १५औँ राष्ट्र हो। यसअघि अफ्रिकाबाट नाइजेरियाले विश्वकपकमा स्थान बनाइसकेको छ। अब…
अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि अहलेसम्म आयोजक रसियासहित १५ राष्ट्र छनोट भइसकेका छन्। रसियाले छनोट नखेली सिधै विश्वकपमा स्थान बनाएको होभने बाँकी १४ टिमले छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन्। कुन महादेशबाट कती राष्ट्र छनोट अहिलेसम्म युरोपबाट आयोजक रसियासहित सर्वाधिक ६ राष्ट्र छनोट भइसकका छन् भने एसियाबाट ४, अफ्रिका र उत्तर अमेरिकाबाट २-२ तथा दक्षिण अमेरिकाबाट १…
काठमाडौँ: राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न धरौटी रकम नलाग्ने भएको छ। सरकारले राष्ट्रपतिको मनोनयनका लागि एक लाख र उपराष्ट्रपतिको लागि ७५ हजार रुपैयाँ धरौटी रकम प्रस्ताव गरेकोमा संसद्ले उक्त व्यवस्था हटाएर राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्वन्धी विधेयक पारित गरेको हो। धरौटी रकम बढी भएको भन्दै सांसद्हरुले संशोधनसमेत दर्ता गरेका थिए। संसद्को पूर्ण बैठकमा भएको दफाबार छलफलमा पदीय गरिमा अनुकूल नहुने भन्दै…
बेँसीशहर: अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ। लमजुङ सदरमुकाम बेँसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार साँझ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी २६ वर्षीय इजरायली पर्यटक एवियाजर बेरिडको मृत्यु भएको हो। गम्भीर घाइते बेरिडलाई उपचारको लागि बेँसीशहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक…
काठमाडौँ: निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन पर्यवेक्षण अनुमति आवेदनको समय थप गरेको छ। यसअघि १५ दिनको समयसीमा दिएर आयोगले पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको थियो। उक्त समयसीमा आइतबार सकिएको हो। आयोगले आज पुनः सूचना प्रकाशन गरी सात दिनभित्र निवेदन पेस गर्न सूचित गरेको छ । आवेदकले संस्थाको हकमा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। यस्तै, संस्थाको विधानको…
काठमाडौँ : साझा प्रकाशनको अध्यक्षबाट हटाउने सरकारको निर्णयविरुद्ध तत्कालीन अध्यक्ष डोलिन्द्र शर्माले सर्वोच्चमा रिट दायर गरेका छन्। शर्माको रिटको प्रारम्भिक सुनुवाइ आज हुँदैछ। न्यायाधीश दीपकराज जोशीको एकल इजलासमा शर्माको रिटको पेसी तोकिएको छ। दैनिक पेसी सूचीको (छ) नम्बरमा शर्माको रिटको पेसी तोएिको छ। कार्यकाल पूरा नहुँदै सरकारले हटाएको भन्दै आइतबार शर्माको रिट दर्ता भएको थियो। आइतबार नै सर्वोच्चले आयल निगमका कार्यकारी निर्देशक…
काठमाडौँ : नेकपा एमालेले आशन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ। जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा हालै पार्टी प्रवेश गरेका पूर्वडिआइजी नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ। क्षेत्र नं. १ मा मधुसुदन पौडेल, पुरुषोत्तम हुमागाईं र श्याममायाँ कार्कीको थप नाम सिफारिस भएको छ। यस्तै क्षेत्र नं…
काठमाडौं: नेपाली व्यापारीको हत्या योजनामा नेपाल प्रवेश गरेका दुई भारतीय सार्पसुटर काठमाडौंमा पक्राउ परेका छन्। सम्भावित घटनाअघि नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको विशेष व्यूरोले शनिबार जोरपाटीस्थित नारायणटारबाट भारत रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरी महानगरीय प्रहरी बृत बौद्धमा राखिएको छ। पक्राउ परेका दुवै भारतीय…
अमेरिकाः समुद्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। आँधी अमेरिकाको न्यू अर्लियन्सतर्फ लागेपछि त्यस क्षेत्रका बासिन्दालाई समुद्री आँधी नेटको प्रभाव नपुग्ने स्थानतर्फ जान स्थानीय प्रशासनले आग्रह गरेको छ। आँधीले १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ दिशा लिएपछि मीसीसीपी, अलाबामा, लुइजियाना र फ्लोरिडा राज्यमा आँधी सम्बन्धी सूचना र सुरक्षित ठाउँमा जान आदेश जारी गरिएको…
इस्तानबुलः टर्कीका दण्डाधिकारी (अभियोजक)ले एम्नेष्टी इन्टरनेशनलका टर्की प्रमुखसहित १० जना अधिकारकर्मीलाई आतङ्ककारी भएको वा सघाएको आरोप लगाएका छन्। टर्कीको अनादोलु न्यूज एजेन्सीले अभियोजकहरूलाई उदृत गर्दै ११ जना मानव अधिकारकर्मीमाथिको अनुसन्धान पूरा भएको तर सुनुवाई भने हुन बाँकी रहेको जनाएको छ। उनीहरूलाई जुलाईमा इश्तनबुलमा एक कार्यक्रम गरिरहेको स्थानबाट सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको थियो। उनीहरूमाथि सशस्त्र आतङ्कवादी संगठन तथा कुर्दिस…
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली कांग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अहिले ११ बजे आकस्मिक बैठक बोलाइएको हो। बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए। पार्टी…
कपिलवस्तुः आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख तीन दलले जिल्लाबाट केन्द्रमा उम्मेदवारको नाम सिफारिस गरेका छन्। प्रतिनिधि सभाका तीन र छ वटा प्रदेश सभा क्षेत्र रहेको कपिलवस्तुमा लामो कसरतपछि तीन ठूला दलले उम्मेदवारको नाम टुंगो लगाएका हुन्। नेपाली कांग्रेसबाट भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्यायसहित सांसद अतहर कमाल तथा पूर्वमन्त्री कमलेश शर्माको नाम प्रतिनिधि…
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा भटाभट सूचना अधिकारी तोकिएका छन्। फ्रिडम फोरमको अगुवाइमा त्रिविअन्तर्गतका ६० वटा क्याम्पसमा सूचना माग गरेपछि ती क्याम्पसले अहिले सूचना अधिकारी तोकी त्यसको जानकारी सूचना मागकर्ता र राष्ट्रिय सूचना आयोगलाई दिन थालेका छन्। विश्वविद्यालय केन्द्रमा मात्र सूचना अधिकारी तोकिएको र क्याम्पसमा सूचना अधिकारीको प्रावधान नरहेको भन्दै सूचनाको हकलाई कार्यान्वयन गर्न आनाकानी गरेका क्याम्पस प्रमुख अन्ततः सूचना…