काठमाडौँ : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै गठन गरेको १७ सदस्यीय संसदीय समितिको पहिलो बैठक बालुवाटारस्थित उनकै निवासमा बसेको छ। बैठकले यही असोज २९ गते बुझाउनु पर्ने समानुपातिकतर्फका उम्मेदवारहरुको सूची तयार पार्न गृहकार्य गरेको समितिका सदस्य प्रकाशशरण महतले बताए। यसका लागि बैठकले केही मापदण्ड पनि बनाएको छ- अपवादबाहेक समानुपातिकमा पहिलेका उम्मेदवारहरुलाई नदोहोराउने, स्थानीय तहमा उम्मेदवारी दिएका र निर्वाचित भएका…
भक्तपुर : प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई बुधबार उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन्। प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए। केही दिनअघि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले कालोमोसो दलेका…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा भेटघाट गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भएको वाम तालमेलले विभिन्न शक्ति केन्द्रमा भूकम्प पैदा गरेको बताए। उनले देशलाई स्वाधीन र समृद्ध बनाउन…
काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ। महासंघका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर गौचनलाई शहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन्। अध्यक्ष गौचनको हत्याका साथै अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट धम्की दिने प्रवृत्तिले असुरक्षा भएको भन्दै…
खोटाङः बसको ठक्करबाट खोटाङमा एक वृद्धाको मृत्यु भएको छ। दिक्तेलबाट जयरामतर्फ गइरहेको बा ३ ख ६३३५ नम्बरको बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएको हो। वृद्धाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन्। दोषीलाई कारबाही र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गदै आफन्तले दिक्तेल–हलेसी सडक अवरुद्ध गरेका हुन्। घटनाको अनुसन्धान गर्न र अवरुद्ध…
बैंकक : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आगामी वर्षको नोभेम्बर महिनामा थाइल्याण्डमा आमनिर्वाचन हुने जानकारी दिएका छन्। प्रधानमन्त्री ओचाले मङ्गलबारको मन्त्रिपरिषद बैठकपछि सन् २०१८ को नोभेम्बरमा निर्वाचन गर्ने योजनामा सरकार रहेको बताए। थाइल्याण्डमा हाल सैनिक सरकार छ। प्रधानमन्त्री ओचा सन् २०१४ मा तत्कालनी प्रधानमन्त्री यिङलक सिनावात्रालाई अपदस्थ गरी सत्तामा आएका हुन्। सैनिक जर्नेलसमेत रहेका ओचाले राजनीतिक दलका क्रियाकलापहरुमा प्रतिबन्ध लगाइएकोमा प्रतिबन्ध…
सोल : उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामग्रीहरु चोरेको आरोप लगाइएको छ। चोरी गरिएका सामग्रीहरुमा कोरिया युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको बताइएको छ। कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन्। उत्तर कोरियाको ह्याकरले दक्षिण…
काठमाडौं : कांग्रेस सांसद रामहरि खतिवडाले संसदमा गृहमन्त्रीको राजिनामा मागेका छन्। आजको संसद बैठकको विषेश समयमा बोल्दै सांसद खतिवडाले दिनदहाडै निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या घटना संसदमा जानकारी दिनुपर्नेमा गृहमन्त्री उपस्थित नै नभएको भन्दै राजिनामा माग गरेका हुन्। 'दिनदहाडै निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली ठोकेर हत्या भएको छ, अहिलेसम्म हत्याराबारे कुनै जानकारी आएको छैन' खतिवडाले भने, 'घट्नाबारे गृहमन्त्रीले आज संसदमा…
काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन्। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो। शीर्ष नेताले वरिष्ठ कानुन व्यवसायी तथा पूर्व महान्यायाधिवक्तासँगमेत छलफल गरेका थिए। राष्ट्रियसभामा बहुमतीय निर्वाचन प्रणालीअनुसार जाने कि…
काभ्रे : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन्। मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालिमको आज उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले आयोग निर्वाचनको व्यवस्थापन तथा तयारी जोडतोडका साथ अघि बढिसकेको…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्। राष्ट्रिय अभिलेखालयको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालको एक मात्र आधिकारिक अभिलेख राख्ने केन्द्र अभिलेखालयको भवन सर्वोच्च अदालतले लिनलाई ताकेता गरेका विषयमा आफूले कुरा गर्ने र निष्कर्ष निकाल्ने बताए। कार्यालयका महत्वपूर्ण मानिएका २५ वर्ष पुगेका अभिलेख अभिलेखालयलाई बुझाउनुपर्ने कार्यलाईसमेत प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले…
काठमाडौं : रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीमा अन्य ११ वटा राजनीतिक दल समाहित भएका छन्। नेपाल संघीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय समुक्ति पार्टी, किराँत जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम श्रमिक पार्टी, दलित अधिकार अभियान, गण्डकी, धौलागिरी, लुम्बिनी र संयुक्त दलित…
जेनेभा : संयुक्त राष्ट्रसंघले बंगलादेशमा म्यानमारका रोहिङ्गा मुस्लिम शरणार्थीको सहयोगका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएको छ। संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा म्यानमारका करिब पाँच लाख म्यान्मालीले शरण लिएर बसेका छन्। उनीहरुको अवस्था प्रतिदिन कष्टकर बन्दैछ। संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीले उनीहरु तत्कालै घर फर्किने अवस्था नरहेको बताए। राष्ट्रसंघले भनेको छ– रोहिङ्गा अहिले नै घर फर्किनसक्ने अवस्था देखिँदैन, त्यसैले…
अष्ट्रियाले रसियामा अर्को वर्ष हुने विश्वकपका लागि प्लेअफमा स्थान बनाएको छ। एसियन छनोट अन्तर्गत अन्तिम प्लेअफ खेलमा सिरियालाई समग्रमा ३-२ ले पराजित गर्दै अष्ट्रेलिया प्लेअफमा छनोट भएको हो। टिम काहिलले अतिरिक्त समयमा निर्णायक गोल गर्दै दोस्रो लेगमा २-१ को जित दिलाएपछि अष्ट्रेलिया विश्वकप नजिक पुगेको हो। त्यसअघि ओमार अल सोमाहले गोल गर्दै पाहुना टोली सिरियालाई पहिले अग्रता दिलाएका थिए। तर…
काठमाडौं: नेपाल भाषाको फिल्म बन्ने भएको छ। मङ्गलबार कार्यक्रम आयोजना गरी 'लाखे भाजु' घोषणा गरिएको हो। अभिनेत्री अशिष्मा नकर्मीको प्रस्तुती रहने फिल्म 'लाखे भाजु'मा आर्यन नकर्मीको लेखन तथा निर्देशनमा बन्ने भएको हो। एकवर्षको निर्माण तयारी पछि फिल्मको विश्वव्यापी रिलिज गर्ने निर्णय सहित फिल्म घोषणा भएको छ। जसको लागि नरेन्द्र महर्जन, गोपाल काजी कायस्थ साथै युरोपबाट चिजकुमार श्रेष्ठ, अमेरिकाबाट सुन्दर राजभण्डारी…
रमेश लम्साल काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सवस्टेशनको ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँग ठेक्का सम्झौता तोडेपछि आन्तरिक मूल्यांकन गरी नयाँ ठेकेदार छनोटको प्रक्रिया सुरु गरेको छ। तोकिएको समयमा काम पूरा गर्न नसकेको भन्दै प्राधिकरणले चिनियाँ ठेकेदारसँगको ठेक्का प्रक्रिया यही असोज ६ गते तोडेको थियो। आगामी हिउँदमा सहजरुपमा विद्युत् उपलब्ध गराउन महत्वपूर्ण मानिएको सवस्टेशनको काम ९० प्रतिशत सम्पन्न भएको छ। …
नवलपुर : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा पहिलोपटक जिल्लास्तरीय फुटबल प्रतियोगिता भोलि बुधबारबाट सुरु हुँदैछ। नवलपुर युनाइटेड क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता इन्द्रावती–५ स्थित ऐसेलुखर्क मैदानमा सञ्चालन हुनेछ। आयोजक क्लबका अध्यक्ष चीन लामाका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र हात पार्नेछन् भने दोस्रो हुनेले १ लाख एक हजार रुपैयाँ, मेडल, कप, प्रमाणपत्र र तेस्रो हुने…
काठमाडौँ : सर्वोच्च अदालतले केन्द्र र प्रदेशको निर्वाचनमा समावेशी र समानुपातिक संवैधानिक व्यवस्थाअनुसार अपाङ्गता भएका व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि असोज २६ गते छलफलका बोलाउने आदेश दिएको हो। अपाङ्गता अधिकार क्रियाशील नेपालका अध्यक्ष वीरेन्द्रराज शर्मा पोखरेलले प्रधानमन्त्री तथा…
काठमाडौं : सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कप फुटबल प्रतियोगितामा छनौट हुने नेपालको सम्भावना सकिएको छ। छनौट अन्तर्गत समूह एफमा तेस्रो हार बेहोरेपछि नेपालको सम्भावना दुई खेल अघि नै समाप्त भएको हो। पेनाल्टीमा तीन वटै गोल खाएपछि मंगलबार ताजिकिस्तानको हिसोर सेन्ट्रल स्टेडियममा भएको अवे खेलमा नेपाल ३-० ले पराजित भएको हो। खेलको शुरुवातदेखि नै आक्रामक बनेको घरेलु टोलीले…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकले ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री पोखरेलले हुनेबाट लिएर नहुनेलाई दिने गरी स्वास्थ्य सेवासम्बन्धी अन्य निःशुल्क कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार प्रयत्नशील रहेको बताए। सरकारी अस्पतालका सेवामा प्रभावकारिता र स्थानीय तहसम्म गरिब…