काठमाडौ : प्रहरीले ललितपुरबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ। गोदावरी नगरपालिका ११ स्थित लक्ष्मीप्रसाद शाहीका ३६ वर्षीय छोरा राजकिरण शाही सुत्ने कोठाबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको हो। सोमवार नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई अज्ञात समूहले गोली हानी हत्या गरेपछि उपत्यकाभित्र सुरु गरेको सर्च अप्रेसनअन्तर्गत पेस्तोल बरामद गरिएको हो। शाही भने फरार रहेकाले खोजी कार्य भइरहेको…
अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलको २१ औँ संस्करणका लागि छनोट चरणका खेलहरु भइरहेको छ। अहिलेसम्म आयोजक रसियासहित २३ राष्ट्र छनोट भइसकेका छन्। अब ९ राष्ट्र छनोट हुन बाँकी छन्। विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसीको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल अन्तिम खेलपछि मात्र छनोट हुन सफल भए। अहिलेसम्म आइसल्याण्डले र पानामा विश्वकपमा पहिलो पटक छनोट भएर इतिहास रचेका छन्। तर केही…
काठमाडौं : अभिनेत्री रेखा थापाको कार दुर्घटनामा परेको छ। बुधबार अपराह्न १२ बजे चाबहिलमा उनी आफैले चलाएकाे कारलाई ट्रकले ठक्कर दिएको हो। कार उनी आफैले चलाएकी थिइन्। गोपीकृष्ण मुभिजको कार्यालय सरस्वतिनगरबाट अन्तरवार्ता दिएर उनी बस्दै आएको अम्बे अपार्टमेन्ट फर्कने क्रममा उनी दुर्घटनामा परेकी हुन्। दुर्घटनामा परेर थापा सवार गाडीमा क्षति भए पनि उनी सकुशल छिन्। हाल थापा र ठक्कर दिने…
विश्व चलचित्रमा बलिउड भन्नासाथ धेरैको मानसपटलमा आउने अनुहार हो अमिताभ बच्चन। अनवरत हिन्दी फिल्ममा रहेका अमिताभका धेरै समकक्षी कलाको दुनियाँबाट बिलाइसके। अमिताभको तेज भने यथावत छ। हिन्दी फिल्ममा लामो समय एकछत्र राज गरेका उनका पछिल्ला फिल्महरुमा पनि लिड उनैले गरेका हुन्छन्। भलै त्यसमा हिरो-हिरोइनका रुपमा नयाँ र चर्चित कलाकारहरु समावेश हुन्। अमिताभ आजबाट ७५ वर्षका भएका छन्। यो उमेरमा पनि…
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भए पनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भए पनि मंसिर २१ गते हुने निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका हुन्। केन्द्र र प्रदेश सभाको निर्वाचन एकै…
लस एन्जेलस : अमेरिकाको क्यालिफोर्निया राज्यको अंगुर बगानमा लागेको डढेलो बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ। आइतबार रातिदेखि लागेको डढेलोमा परी १५ जनाको मृत्यु भएको छ भने कैयौँ हराइरहेका छन्। क्यालिफोर्नियाको करिब ५० हजार हेक्टर क्षेत्रफलमा डढेलो सल्किएको छ। राज्यका विभिन्न २४ स्थानबाट डढेलो सुरु भएको थियो। डढेलो अहिले सबैजसो जंगलमा फैलिएको छ। डढेलोका कारण करिब २५ हजार बासिन्दालाई त्यहाँबाट अन्यत्रै…
काठमाडौं : नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको वाम गठबन्धनको निर्वाचन क्षेत्रसम्बन्धी बाँडफाँट आज कार्यदलले टुङ्गो लगाउने अन्तिम चरणमा रहेको छ। एमाले र माओवादी केन्द्रका नेताहरुको संयुक्त कार्यदलले निर्वाचनहरुमा हुने दलीय भागबन्डाबारे एक सातादेखिको छलफलबाट आज टुङ्गो लगाउने भएको हो। 'हामीले छलफल गरिरहेका छौँ, सिट भागबन्डाको टुङ्गो आज लाग्ने सम्भावना अधिक रहेको छ' कार्यदलका सदस्य रहेका एमाले नेता सुरेन्द्र…
कृष्ण अधिकारी काठमाडौँ : व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ। आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य राष्ट्र बनेको छ। संसदबाट विधान अनुमोदन गरी त्यसको जानकारी आइरेनामा पठाएपछि नेपाल विविधवत रुपमा सदस्य बन्नेछ। अन्य २७ वटा देशले पनि सदस्यताका लागि प्रक्रिया सुरु गरेका छन्। व्यवस्थापिका–संसदको आजको बैठकमा जनसंख्या तथा…
पोखरा : पोखराको लेकसाइडमा ग्यास सिलिण्डर विष्फोट हुँदा दुई जना घाइते भएका छन्। पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को वडा कार्यालय नजिकै रहेको एक घरमा ग्याँस सिलिण्डर फेर्ने क्रममा लिक भई विष्फोट भएको हो । विष्फोटबाट प्रतिक्षा पाण्डे र विक्रम नेपाली घाइते भएका प्रहरीले जानकारी दिएको छ। उनीहरुको पोखराको नयाँबजास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
काठमाडौँ : भूकम्पले क्षतिग्रस्त पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण सुरु भएको छ। क्षतिग्रस्त महास्नान घर पुनःनिर्माण गरी पशुपति संग्रहालय बनाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड रुपैयाँको लागतमा महास्नान घर पुनःनिर्माण गर्ने सम्झौता भएको छ। महास्नान घर पुनःनिर्माण सम्पन्न भएपछि बैंकले दुई करोड रुपैयाँको लागतमा पशुपति संग्रहालय निर्माण गर्ने सम्झौता पनि भइसकेको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले जानकारी…
काठमाडौं : व्यवस्थापिका संसदले भाषा आयोग विधेयक पारित गर्न संसदको नियमावलीको उपनियम निलम्बन गरेको छ। आज बसेको संसद बैठकले व्यवस्थापिका–संसद् नियमावली १२७ को उपनियम एकलाई बहुमतले निलम्बन गरेको हो। व्यवस्थापिका–संसद्को बैठकले भाषा आयोग विधेयक, २०७३ लाई असोज २७ गतेभित्र पारित गर्न आवश्यक भएकाले सो नियमावलीलाई निलम्बन गरेको हो । निलम्बनसम्बन्धी प्रस्तावलाई बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गरेका थिए…
जुल्स कर्टेनहस्र्ट डेन्भर : संयुक्त राज्य अमेरिकामा आएका ऐतिहासिक सामुद्रिक तुफानहरु र एशियामा सर्वत्र आएका बाढीपछि जलवायु परिवर्तनको बढ्दो चालले हामी सजिलै अत्यासमा पर्न सक्छौँ। यी प्रलयकारी पूर्व सूचनाहरु पश्चात पनि विश्वव्यापी तापमानलाई नियन्त्रणमा राख्न सकिने बृहत र तेज उर्जा रुपान्तरणको एउटा उपाय हाम्रो अगाडि छ– अझ राम्रो कुरा त के हो भने यो परिवर्तन कार्यान्वयन गर्न नयाँ आविष्कारहरुको प्रतिक्षा पनि…
काठमाडौं : नेपालको ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए)ले बंगलादेशमा अक्टोबर ११ अर्थात आजदेखि शुरु भएको बिकेएसपी कप क्रिकेट टुर्नामेन्टमा खेल्ने भएको छ। उक्त टोलीलाई बुधबार मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा संसाद विनोद श्रेष्ठले बिदाई गरे अक्टोबर १७ सम्म चल्ने यू-१८ लेभलको प्रतियोगितामा कूल ६ टोलीको सहभागी रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइने जिएचसिएले जनाएको छ। नेपालको जिएचसिए…
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई आफ्नो सदस्यबाट निलम्वन गरेको छ। फेडेरेसनमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलको ब्युरोले मंगलबार गरेको निर्णय अनुसार फिफाले पिएफएफलाई निलम्वन गर्ने निर्णय गरेको हो। पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग पनि लिएको थिएन। कोर्टले नियुक्त गरेको फुटबल बडीले पिएफएफको अफिस र…
जुम्ला : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताएकी छन्। चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको बताइन्। उनले भनिन्‘कर्णाली क्षेत्र भाषा, संस्कृति, कलाको ऐतिहासिक भूमि हो नै, त्यसको अलवा दुर्लभ वनस्पति तथा वन्यजन्तु र बहुमूल्य वस्तु प्राप्त हुने मूल स्रोत पनि…
बर्दिया : विजयदशमी तथा दीपावलीका अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकामा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीको मृत्यु भएको छ। स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका– ३ बगनाहाका १७ वर्षीय नरेश थारुको मृत्यु भएको हो। फुटबल खेल्दै गर्दा बेहोस भएका थारुको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज…
गोकर्णप्रसाद भण्डारी चरिकोट : नदी कटानबाट बस्ती जोगाउन दोलखाको सिंगटी बजारमा तटबन्ध निर्माण गरिएको छ। दोलखा उत्तरी क्षेत्रको केन्द्रका रुपमा विकास भइरहेको सिंगटी बजारमा रहेको ४०० घरलाई नदी कटानबाट जोगाउन तटबन्ध निर्माण गरिएको हो । भूकम्पले भत्काएको र तामाकोशी नदी, सिंगटी खोलाले जमिन कटान गर्न थालेपछि त्यहाँका चार सय घर बाढीपहिरोको उच्च जोखिममा परेको छ। जोखिम न्यूनीकरण गर्न र सिङटी बजार क्षेत्र…
काठमाडौँ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(नेशनल प्याब्सन)को छैठौँ राष्ट्रिय अधिवेशन आगामी कार्त्तिक १७ देखि १९ गतेसम्म चितवनको सौराहामा हुने भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। साथै संघीयतामा विद्यालय शिक्षा तथा निजी शिक्षाको भूमिका, शुल्क निर्धारणका वैज्ञानिक आधार, मापदण्ड निर्धारणसम्बन्धी संस्थाको धारणा, छात्रवृत्ति, विद्यालय संरचना, विद्यालयको बैंक ऋण जस्ता विषयमा विज्ञका अलगअलग सत्र पनि सञ्चालन हुने आज आयोजित पत्रकार…
काठमाडौं : चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा आवद्ध पत्रकार चेतनाथ आचार्यको पुस्तक चीन चिहाउँदा सार्वजनिक भएको छ। सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक गैर आख्यान भए पनि आख्यानात्मक शैलीमा लेखिएको छ। चिनियाँ समाजलाई आचार्यले जुन हिसाबले हेरेका छन्, नेपाली पाठकका लागि रोचक विषय हुनसक्छ। चिनियाँ समाजसँगै नेपालप्रतिको चिनियाँ बुझाईका विषयलाई पुस्तकमा समेटिएको छ। लामो समयदेखि बेइजिङलाई कर्म थलो बनाउँदै आएका आचार्यका यसअघि पनि…
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिने निर्व्याजी तीन लाख ऋण सहजरुपमा प्रदान गर्ने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सहरी विकास मन्त्रालय, बैंकर्स एशोसियशन र महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधिलाई मन्त्रिपरिषद्बाट सोमबार स्वीकृत कार्यविधिअनुसार निजी आवास पुनःनिर्माणका लागि भूकम्पपीडितलाई तत्कालै निर्व्याजी ऋण दिने काममा सहजीकरण गर्न…