काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा च्याम्पियनसिप आयोजना गर्ने भएको छ। राखेप च्याम्पियनसिप सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा शनिबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले च्याम्पियनसिप कात्तिक १५ गतेदेखि आयोजना गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जानकारी गराए। ‘राखेप च्याम्पियनसिप’ को नाममा च्याम्पियनसिप…
काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ। शनिबार अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक चरणमा छानिएका २७ खेलाडीबाट १४ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो। यस्तै नेपाली टोलीको प्रशिक्षकमा पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान राकेश श्रेष्ठ, राजेश शाही र विष्णु गुरुङ रहेका छन्। एएफसी फुटसल च्याम्पियनसिप छनोट अक्टोबर १३ देखि १५ सम्म…
काठमाडौं : दिगो विकासमा युवाहरुको भूमिकालाई अपरिहार्य बनाउने उदेश्यले काठमाडौंमा शनिबार एकदिने राष्ट्रिय युवा सम्मेलन आयोजना गरिएको छ। ग्लोबल पीस फाउन्डेसन नेपालको आयोजना र विभिन्न संघ संस्थाको साझेदारीमा सम्मेलन आयोजना गरिएको हो। सम्मेलनको पहिलो सत्रमा ‘नैतिक तथा सिर्जनशील युवा नेतृत्व विकास’ कार्यशाला र दोस्रो सत्रमा ‘दिगो विकासमा युवाहरुको भूमिका’ सम्बन्धी दिगो विकासका लक्ष्यहरु (एसडीजीज) गुणस्तरीय शिक्षा (लक्ष्य४), सफा पानी र सरसफाइ…
काठमाडौँ : नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँगको चुनावी तालमेल र एकताको सहमतिलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । असोज १७ गते एमाले र ती दुई दलबीच भएको सहमतिलाई वाम एकताको सन्दर्भमा ऐतिहासिक घटना भएको भन्दै बैठकले त्यसको कार्यान्वयनमा दृढताका साथ लाग्ने निर्णय गरेको छ। बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले आफूहरुको गठबन्धनबाट कुनै पनि शक्ति तर्सनु…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग पार्टी एकताको प्रस्ताव आफैंले राखेको खुलासा गरेका छन्। शनिबार पार्टीको पोलिटब्युरो राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन्। एमाले उपाध्यक्ष वामदेव गौतमले आगामी संघीय र प्रदेशसभाको निर्वाचनमा वाम तालमेल गर्न प्रस्ताव ल्याउनुभएको र सोही प्रस्तावमाथि छलफल गर्दै जाँदा पार्टी एकतासम्मको निर्णयमा पुग्न सफल भएको अध्यक्ष प्रचण्डको भनाइ…
काठमाडौं : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी तालमेल र एकता गर्ने घोषणा गरेलगतै सरकारको आयु के हुन्छ भन्ने चर्चा चलिरहेको छ। अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार कानुन व्यवसायीहरुलाई बोलाएर नै संसदमा अविस्वासको प्रस्ताव आए के गर्ने भनेर सुझावसमेत लिइसकेका छन्। नेकपा एमालले भने अहिलेको सरकारलाई कुनै पनि तवरले चलाउन नचाहेको बताउँदै आएको छ। नेकपा…
काठमाडौं : सत्ता नै धर्मराउने गरी नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गरेको साँठगाँठ अप्रत्यासित भए पनि अनौठो होइन। संसारका कम्युनिष्टलाई एक बनाउनुपर्ने मान्यताबाट निर्देशित दलहरु एक ठाउँमा जोडिनु सामान्य भए पनि संशयहरुले प्रश्न गर्ने प्रशस्तै ठाउँ उब्जाएका छन्। प्रमुख सत्ता साझेदारका रुपमा कृष्णबहादुर महराको नेतृत्वमा माओवादी केन्द्र सत्तामा पनि छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नेकपा एमालेमा…
नेपाली कांग्रेसका युवा नेता तथा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीसमेत रहेका गगन थापा माओवादी केन्द्रभन्दा पनि नेकपा एमालेको चरित्र पढ्न नसक्दाको परिणाम मान्छन् पछिल्लो राजनीतिक घटनाक्रम। बामपन्थी शक्तिलाई लोकतान्त्रिक बाटोमा हिँडाउनेक्रममा झड्का लागेको बताउने उनी आगामी चुनावी समिकरणमा चुनौतिसँगै अथाह सम्भावनाहरु पनि कांग्रेससँग रहेको बताउँछन्। थापासँग ऋषिकेश दाहाल र रमेश वाग्लेले गरेको कुराकानी : 'माया बैगुनी... कोलिसनमा प्रचण्ड नभइ नहुने...' भनेजस्तै…
काठमाडौं : वाम गठबन्धनले एकाएक सुरु भएको राजनीतिक ध्रुविकरणको भविष्य के हुन्छ अहिल्यै भन्न नसकिने भए पनि चुनावसम्मका लागि भने राजनीति गर्माउने देखिएको छ। नेकपा एमालेको छाताभित्र सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल आश्रय लिन पुगेपछि नेपाली कांग्रेसले पनि दलीय गुटबन्धी थाल्यो। हिरो राति नेपाली कांग्रेस नेतृत्वको टीमले गठबन्धन बनाउन कार्यदल तयार गरेको छ। राजनीतिक खेलको यो…
पाकिस्तान: पाकिस्तानको दक्षिणपश्चिम राज्य बोलिचिस्तानमा रहेको सुफी मुश्लिम धर्मावलम्वीको पवित्रस्थल नजिकै बिहीबार एक जना आक्रमणकारीले आत्मघाती हमला गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन्। घटनामा २० जनाभन्दा बढी घाइते भएको बताइएको छ। बोलिचिस्तानको गान्दवा क्षेत्रको झाल माग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्र हो। मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जिद परिसरमा पस्न रोकेपछि बाहिरै…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी आज रसुवाको गोसाइकुण्ड दर्शनका लागि जाने भएकी छन्। गोसाइकुण्ड प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित छ। पूर्व निर्धारित कार्यतालिका अनुसार शुक्रबार बिहान ८ः३० बजे राष्ट्रपति भण्डारी गोसाइकुण्ड प्रस्थान गर्ने कार्यक्रम छ। राष्ट्रपतिको तीर्थयात्राको सुरक्षा प्रवन्धका लागि राष्ट्रपति कार्यालयले यसअघि नै गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ। गोसाइकुण्डमा गरिने स्नान र दानले चिताएको पूरा हुने धार्मिक विश्वास छ। समुन्द्री सतहबाट चार…
काठमाडौं : दशैंको माहोल नसकिँदै राजनीति तरंगित बनाएको वाम गठबन्धनको कार्यदल यतिबेला प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँडमा व्यस्त छ। बिहीबारदेखि गृहकार्य सुरु गरेको कार्यदलले टिकट बाँडफाँडका आधार तयार पारेको छ। गठबन्धनमा आवद्ध साना दलहरुको हिस्सा छुट्याएर एमाले र माओवादी केन्द्रबीच ६०/४० प्रतिशतको अनुपातमा निर्वाचन क्षेत्र छुट्याउने गृहकार्य भइरहेको छ। एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका दोस्रो तहका नेता सम्मिलित कार्यदलले…
रत्ननगर : नेकपा एमाले चितवनले प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ। समानुपातिक बाहेकको सदस्य टुंगो लगाएको एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। चितवनमा तीन वटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि पूर्वअर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको हो।…
विश्व विजेता जर्मनी र इंगल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन्। गएराति भएको खेलमा जित हात पार्दै दुवै टोली समूहमा एक खेलअघि नै छनोट भएका हुन्। जर्मनीले समूह सी'मा उत्तरी आयरल्याण्डलाई ३-१ ले पराजित गर्दै समूह विजेता बन्यो। जर्मनीको सेबास्टिन रुड्डी, सान्ड्रो वागनर र जोसुअ किमिचले एक एक गोल गरे। उत्तरी आयरल्याण्डका लगि जोस मेगेनिसले सान्त्वना गोल…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज रसुवाको गोसाइकुण्डमा पूजा अर्चना गरेकी छन्। नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार बिहान राष्ट्रपति भण्डारी गोसाइकुण्ड पुगेकी हुन्। बिहान करिव १० बजे पूजा अर्चना सकेर भण्डारी धुन्चेस्थित सेनाको व्यारेकमा फर्किएकी थिइन्। राष्ट्रपतिको धार्मिक यात्रामा छोरी–ज्वाइँ पनि साथमा छन्। गोसाइकुण्ड प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित छ। गोसाइकुण्डमा गरिने स्नान र दानले चिताएको पूरा हुने धार्मिक विश्वास छ। समुन्द्री सतहबाट…
दशैं चलिरहँदा राजनीतिमा अप्रत्याशित तरंग सिर्जना भयो। सधैं टुट्ने फुट्ने उपमाले चिनिएका वामपन्थी दलहरु एकाएक मिलनको खबर सार्वजनिक भयो। राष्ट्रिय राजनीतिमा वाम एकताले नयाँ तरंग सिर्जना गर्यो। वाम एकताको काउन्टरमा लोकतान्त्रिक गठबन्धन निर्माणको पनि अग्रसरता अघि बढ्यो। सुत्रधारहरुले लामो प्रयासपछिको परिणाम बताए पनि अप्रत्याशित घटनाक्रम एक हिसाबले ‘सर्जिकल स्ट्राइक’ थियो। कसरी सम्भव भयो अप्रत्याशित परिणाम? कसरी अघि बढ्छ चुनावी तालमेल?…
काठमाडौं : यो साता फ्राइडे रिलिजअन्तर्गत एक नेपाली फिल्म काठमाडौं बाहिरको लागि सार्वजनिक भयो। फूलपातीको अवसरमा उपत्यका रिलिज गरिएको फिल्म 'मेरो पैसा खै?' मोफसलमा शुक्रबारबाट मात्र प्रदर्शनमा आएको हो। रोज राणाको निर्माण तथा निर्देशन रहेको फिल्म डिसहोममा यसअघि नै प्रदर्शनमा आएको थियो। कमेडी जनराको फिल्ममा सौगात मल्ल, बुद्धी तामाङ, वर्षा राउत, छुल्ठिम गुरुङ, प्रमोद अग्रहरी तगायत कलाकारको अभिनय रहेको छ।…
चितवन : नेकपा एमाले चितवनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ। समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको नेकपा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। चितवनमा तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले चितवनले…
जाकार्ता : इन्डोनेसियाको बालीमा आएको ज्वालामुखीका कारण विस्थापित हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ। माउन्ट अगुङ नामक ज्वालामुखीले यती धेरै जनालाई विस्थापित गराएको विपद व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन्। स्थानीय काराङ असेम भन्ने ठाँउमा आएको ज्वालामुखी तीन हजार ३१ मिटर माथिसम्म आएको अधिकारीहरुले बताएका छन्। उनीहरुले त्यस क्षेत्रलाई अति उच्चजोखिम क्षेत्र घोषणा गरेका छन्। विस्थापितहरुलाई चार सय बढी…
डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय बालक एक सातादेखि बेपत्ता भएका छन्। असोज १४ गते सत्घाट नजिक खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवश बोहरा घर नफर्केको उनका आमाबुबाले बताए। मेला हेर्न गएको छोरा एक साता बितिसक्दा पनि केही पत्ता नलागेको विवशका बुबा केशव बोहराले बताए।रासस