काठमाडौंः नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्डका बारेमा पार्टीभित्र छलफल गरेको छ। आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसले उम्मेदवारको मापदण्डकाबारेमा छलफल सुरु गरेको हो। बैठकमा यसअघि समानुपातिकमा परेकाहरुलाई नदोहोर्याउने समझदारी बनेको छ। त्यस्तै, २५ गतेसम्म उम्मेदवारी चयन गरिसक्ने समझदारी पनि भएको छ। बैठकमा वाम एकता र त्यसपछि…
अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले जानकारी दिएका छन्। मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी– २ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेर दुर्घटना भएको हो।रासस
भीमदत्तनगरः सुस्तमनस्थिति भएकी महिलालाई बलात्कार गर्न खाज्ने रिक्सा चालकलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलकी ३८ वर्षीय महिलालाई बलात्कार गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले अभियुक्त विष्टलाई नियन्त्रणमा लिई करणी उद्योगमा मुद्दा दर्ता गरिएको…
काठमाडौं: पञ्चायत कालको कथामा आधारित फिल्म 'पञ्चायत'को गीत सार्वजनिक भएको छ। विहीबार 'छोरीको कर्म' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा मुख्य कलकार नीता ढुङ्गानाको फिचरिङ रहेको छ। गीतमा सरु गौतमले स्वर दिएकी छिन् भने शिवम अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ। फिल्ममा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ। रुपा राना, गीता…
काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजकमा नेता विमलेन्द्र निधि तोकिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले निधिलाई संयोजक तोकेको हो। आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा बुधबार कांग्रेससहित छ दलले लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय थियो। कार्यदलमा कांग्रेसबाट निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र…
काठमाडौं : आमाको हत्या गरेको अभियोगमा किर्तिपुर नगरपालिका–१० गुरुङटोल बस्ने ४६ वर्षीय बुद्धिबहादुर गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। गुरुङले आमा ७३ वर्षीया शान्ता गुरुङलाई सुतिरहेको अबस्थामा अचार कुट्ने खलले हान्दा घटनास्थलमा नै मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ।
छोरा आदित्यनारायण झाले गरेको गल्तीबारे गायक उदितनारायण झा बोलेका छन्। उनले छोराको गल्ती स्वीकार्दै माफी माग्नु पर्नु बताएका हुन्। बलिउड हंगामामा जनाइए अनुसार झाले आदित्यले माफी माग्नु पर्ने भए पनि ठूलो अपराध नगरेको प्रष्टिकरण दिए। यसअघि आफूलाई आदित्यले गरेको दुर्व्यवहारबारे थाहा नभएको जनाउँदै, 'कसैले खबर गरेपछि हामीलाई उक्त कुरा विश्वास गर्न गाह्रो भयो। किनकी हाम्रो एक्लो छोरालाई सधै उचित संस्कार…
काठमाडौं : संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)ले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्ने भएका छन्। फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचनमा दुवै पार्टीकाे साझा उम्मेदवारी दिने सहमति गरेको जानकारी दिए। उनीहरुले अन्य दल तथा गठबन्धनसँग तालमेल भएमा दुवै पार्टी संयुक्त सहकार्य गर्ने सहमतिसमेत गरेका छन्।
काठमाडौंः आगामी मंसिर १० र २१ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूत पदबाट राजिनामा दिएका छन्। कपिलवस्तुबाट कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुने तयारी स्वरुप उनले राजिनामा गरेका हुन्। पहिलोपोष्टसँग कुरा गर्दै राजदूत उपाध्यायले परराष्ट्र मन्त्रालयमार्फत राजिनामाको प्रक्रिया अघि बढाएको पुष्टि गरे। तत्कालिन कांग्रेस सभापति स्व.सुशील कोइरालाको प्रधानमन्त्रीकालमा भारतका लागि नेपाली…
बलिउड बादशाह फिल्ममा मात्र होइन टेलिभिजन रियालिटी शोमा पनि आफूलाई प्रस्तुत गर्न माहिर छन्। 'कौन बनेगा करोडपति ३'मा निकै रुचाइएका अन्य कार्यक्रमहरु 'क्या आप पाँच्वि पास से तेज है?'मा पनि प्रस्तोतामा देखिए। हाल उनी 'टेड टक्स इन्डिया- नयाँ सोंच'बाट पुन: टिभी रियालिटीमा फर्किएका छन्। बलिउड हंगामाका अनुसार कार्यक्रम उद्घाटन प्रेस सम्मेलनमा शारुख खानलाई साेधिएकाे प्रश्न - 'के तपाई बिग बोसको होस्ट…
काठमाडौं : नेपाल प्रहरीका तत्कालीन डिआइजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गरेका छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा सिलवालले आफू जस्तै अरु पनि राजनीतिबाट पीडित नहुन् भनेर राजनीतिमा लागेको बताए। उनले भने,‘मेरो जीवनमा राजनीति भयो। राज्यले मलाई समान व्यवहार गरेन र म राजनीतिमा…
काठमाडौं : नेकपा मालेका सांसद शिवचन्द्र चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरमा आज एक कार्यक्रमका बीच सांसद चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन्। लामो समय इन्जिनियरिङ पेशाका संलग्न चौधरी राम्रो छबि भएका नेता मानिन्छन्। यसअघि कृषि तथा जलस्रोत समितिमा बस्दासमेत उनले गरेको कामबाट धेरै प्रभावित भएका थिए। धनुषा जिल्ला र त्यस आसपासका क्षेत्रमा राम्रो पकड बनाएका…
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ स्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्। अहिले पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। फोटोः सन्तोष गौतम, रासस
मस्को : रुसको राजधानी मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल आपसमा ठोक्किदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किएका हुन्। स्थानीय समायअनुसार शुक्रबार बिहान करिब साढे ३ बजे दुर्घटना भएको थियो। गृह मन्त्रालयले दुर्घटनामा परी मारिएका व्यक्तिहरुमा बस र रेल दुबैका यात्रुहरु रहेका जनाएको छ।रासस/एएफपी
नयाँदिल्ली : भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको छ। भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन्। यसरी शिशुको मृत्यु हुने गरेको खबरमा आसामको यो पछिल्लो उदाहरण हो। आसामको सरकारी अस्पताल फखारुद्दिन अलि अहमद मेडिकल कलेजमा जन्मिएका ती शिशुको बिहीबार बिहानसम्म २४ घण्टाभित्र ज्यान…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ। बैठकमा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले विधेयकका विशेषताका बारेमा जानकारी गराउँदै संविधानको प्रावधान बमोजिम विधेयकमा कर्मचारी समायोजनको व्यवस्था गरिएकाले विधेयक पारित गर्न आग्रह गरेका थिए। बैठकमा जीवन परियार, चूडामणि विक जंगली, डिल्लीप्रसाद काफ्ले, मीना पुन, प्रेम सुवाल, रामहरि सुवेदी, रामहरि खतिवडा, रवीन्द्र अधिकारी र रुक्मिणी चौधरीले सबै कर्मचारीले…
काठमाडौं: पशुपती प्रसाद, धनपती, टलकजंग भर्सेस टुल्के लगायत फिल्म लेखेर फिल्म क्षेत्रमा अभिनेतासँगै लेखकको रुपमा पनि स्थापित भएका पात्र हुन् खगेन्द्र लामिछाने। लामिछाने र छेतन गुरुङको संयुक्त कथा लेखनमा नयाँ फिल्म घोषणा भएको छ। फिल्म 'डमरुको डण्डीबियो' बन्ने भएको हो। समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा सुमी श्रेष्ठ घले र विनोद गुरुङले निर्माण गर्न लागेका हुन्। फिल्ममा छेतन गुरुङको निर्देशन रहनेछ। उनको यो…
काठमाडौं : कर्मचारी समायोजन विधेयक आजको संसदबाट पारित भएको छ। पारित विधेयकअनुसार २० वर्ष सेवा गरेका र उमेरले ५० कटेका कर्मचारीका लागि लागू हुने गरी स्वेच्छिक अवकाशको व्यवस्था गरिएको छ। एक पटकमात्र लागू हुने गरी गरिएको व्यवस्था अनुसार यसरी स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई पछिल्लो ग्रेटका आधारमा ७ वर्षको पेन्सन एकमुष्ठ दिइने छ। पूरा भएन कर्मचारीको माग स्थानीय तहमा समायोजन…
काठमाडौ : प्रहरीको नाममा रकम उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको टोलीले काठमाडौं शंकरापुर नगरपालिकाकी ३० वर्षीया नानीमैया गुरुङलाई पक्राउ गरेको हो। गरुङले जुवा खेलेर कारवाही पछि छाडिएका ५ जनालाई प्रहरीलाई रकम दिने शर्तमा आफूले छुटाएको भन्दै पीडितबाट रकम उठाउदै गरेको अवस्थामा पक्राउ गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवारले जानकारी दिए। उनले…
इनरुवा : सुनसरीको इनरुवास्थित राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा राजपाका कार्यकर्ताले तालाबन्दी गरेका छन्। पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहुँदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो। जिल्लाको सहमतिबिना केन्द्रले गर्ने निर्णय नमान्ने र विधान विपरीत गरेको काम नसच्याएसम्म…