काठमाडौं : नेपाल आइडलको टप थ्री विजेता बुद्ध लामा, निशान भट्टराई र प्रताप दासकाे पहिलो अन्तराष्ट्रिय कन्सर्टको लागि बुधबार दुबई प्रस्थान गरे। लगत्तै नेपाल आईडलका टप थ्री अस्ट्रेलियाका केही सहरको लागि पनि कार्यक्रम तय भएको छ। नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप थ्रीलाई लिएर अस्ट्रेलिया कार्यक्रम आयोजना गर्ने भएको हो। डिसेम्बर १ को लागि तय भएको कार्यक्रम सिड्नीको ओलम्पिक पार्क…
झापा : भारतीय नम्बरको पिकअप भ्यानको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ। पिकअप भ्यानको ठक्करबाट कमल गाउँपालिका–५ का ४५ वर्षीय खेम चम्लागाईंको मृत्यु भएको हो। पश्चिमबाट पूर्व गइरहेको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
चितवन : बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ। हाल सो सडकमा दैनिक आठ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्ने गर्छन्। आगामी पाँच वर्षभित्रमा यो संख्या १५ हजार हाराहारी पुग्ने अनुमान छ। हाल विस्तार भइरहेको सडकले पाँच वर्षपछि सवारी चाप थेग्न नसक्ने देखिएको छ। जसका कारण सो सडकको विकल्पको रुपमा धादिङको…
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले बाम गठबन्धनका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन्। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको क्षेत्र निर्धारण र संयुक्त घोषणापत्र तयार गर्न गठित दुई वटै कार्यदलको प्रथम संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका…
दाङ : दाङको घोराही उपमहानगरपालिकाले बुधबारदेखि बजारमा फ्री वाइफाई सेवा प्रारम्भ गरेको छ। वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम तुलसीपुर चोकमा जडान गरिएको फ्री वाइफाई सेवा सबैले उपभोग गर्न सक्नेछन्। उच्च क्षमता रहेको वाइफाईले २०० मिटर आसपाससम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा जडान गरिएको उपमहानगरका सूचना अधिकृत प्रेम केसीले जानकारी दिए। इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ड लिंकसँगको समन्वयमा वाइफाई…
लस भेगसः अमेरिकी सहर लस भेगासमा आइतबार राति गोली हानी ५९ जनाको ज्यान लिने स्टेफन प्याडककी केटीसाथीले यस्तो आक्रमण र नरसंहारको योजना प्याडकले बनाएको आफूलाई केही थाहा नभएको बताएकी छन्। प्रहरीसँगको बयानमा उनले आफूलाई यसबारेमा केही थाहा नभएको बताएकी हुन्। बन्दुकधारीले लस भेगासमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास स्वरुप प्रहरीले उनीसँग पनि सोधपुछ गरेको थियो। उनकी केटीसाथी मार्लो डेन्लीसँग प्रहरीले…
भक्तपुर : भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको खाजा पसलमा आगलागी हुँदा तीन लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको छ। उदयपुर लेखगाउँ–२ घर भई हाल रेदिहाङ खाजा पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर राईको खाजा पसलमा आज बिहान ग्यास सिलिण्डर पड्केर आगलागी भएको थियो। आगलागीबाट रेदिहाङ खाजा पसलमा रहेको पाँच थान ग्यास सिलिण्डर, एक थान फ्रिज, भाँडा वर्तन, एउटा मोटरसाइकल, दुई…
भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकता सत्ता प्राप्तिका लागि मात्र भएको बताएका छन्। नेपाली कांग्रेस सूर्यविनायक नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महतले वाम एकताले आत्तिनु पर्ने अवस्था नआएको र यसबाट कांग्रेस विचलित नहुने बताए। उनले भने,‘राजनीतिमा एमाले सबैतिरबाट एक्लिँदै गयो, अनि बाध्य भएर एमाले…
काठमाडौं : सत्ता नै धर्मराउने गरी नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गरेको साँठगाँठ अप्रत्यासित भए पनि अनौठो होइन। संसारका कम्युनिष्टलाई एक बनाउनुपर्ने मान्यताबाट निर्देशित दलहरु एक ठाउँमा जोडिनु सामान्य भए पनि संशयहरुले प्रश्न गर्ने प्रशस्तै ठाउँ उब्जाएका छन्। प्रमुख सत्ता साझेदारका रुपमा कृष्णबहादुर महराको नेतृत्वमा माओवादी केन्द्र सत्तामा पनि छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नेकपा एमालेमा…
नुवाकोट : दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारवाही गरेको छ। पर्वका समयमा चालकले यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो चौतर्फी आएपछि आज विभिन्न स्थानमा जाँच गरी सातवटा सवारी साधनका चालकलाई कारबाही गर्नुका साथै ती सवारी साधनमा यात्रा गर्ने १६५ यात्रुको १८ हजार रुपैयाँ फिर्ता गरिएको कार्यालय इञ्चार्ज अर्जुन…
बैंककः थाईल्याण्डको सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहेको पुष्टी भएको छ। थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार उनी दुबईमा रहेकी पुष्टी गरेका हुन्। बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा उनी दुबईमा रहेको समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताए। उनले थाई विदेश मन्त्रालयले प्रारम्भिक जानकारीमा सो कुरा पत्ता लागेको र उनी हाल संयुक्त अरब इमिरेट्सको…
नवलपरासीः वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ। कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ का मीनराज भुसाल १० वर्षपछि घर फर्किएका हुन्। लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुसाललाई घर फर्काइएको हो। दश वर्ष बितिसक्दा पनि भुसाल घर नफर्केपछि अलपत्र परेको हुनसक्ने परिवारले आशंका…
लहानः कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ का ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। असोज ९ गते राति रायमाथि धारिलो हतियार प्रहार भएको थियो। टाउकामा धारिलो हतियार र जीउभरि रडले हानेको निलडाम रहेको अवस्थामा उद्धार गरी रायलाई तत्कालै जिल्ला अस्पताल पुर्याइएको थियो। प्राथमिक उपचार पछि थप उपचारका लागि उनलाई विराटनगर…
बग्दाद : इराकी सेनाले हाविजा सहर कब्जामा लिएकाे छ। इस्लामिक स्टेटको कब्जाम रहेको यो सहर सेनाले कब्जा गरेको इराकी सेनाले बताएको छ। यो सहर स्लामिक स्टेटको बलियो पकड भएको सहरकाे रुपमा लिइन्छ भने याे सिरियाको सिमानाामा रहेको छ। इराकको राजधानी बग्दादबाट उत्तरतर्फ रहेको यस सहरमा करिब ७८ हजार इस्लामिक स्टेटका मानिस बसोबास गर्दै आएको यूनाइटेड नेसनले बताएको छ। पछिल्लो…
पूर्वी दिल्लीको विवेक विहार पुलिस स्टेसन यतिखेर चर्चाको शिखरमा छ। स्वघोषित 'देवी' राधे माँका कारण पुलिस स्टेसन चर्चामा आएको हो। राधे माँ त्यहाँका स्टेसन हाउस अफिसरको कुर्सीमा बसिरहेको र उनको छेवैमा हात बाँधेर बसेका प्रहरी अधिकृत सञ्जय शर्माको फोटो यतिखेर भाइरहल भइरहेको छ। भारतका स्वनामधान्य धर्मगुरुहरु यौन प्रकरणमा मुछिँदै जेलयात्रा जारी रहेकै बेलामा राधे माँको पुलिस स्टेसन यात्रा भने अर्कै…
काठमाडौँ : नेपाली कांग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीकातर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मत रुपमा टुङ्गो लगाई केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले जानकारी दिए। एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्य समिति बैठकले प्रतिनिधि सभामा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग…
काठमाडौं : साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्नमा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णय गरेपछि मोर्चाका तर्फबाट आज यस्तो निर्णय आएको हो। मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको…
दक्षिण कोरिया : नेपालको अग्रणी लोक–रक ब्याण्ड नेपथ्यले सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा बुधबार प्रस्तुती गरेको छ। यसअघि अन्तर्राष्ट्रिय स्तरमै बहुचर्चित सांगीतिक नामहरु ‘डिप पर्पल’, ‘जुडास प्रिस्ट’, ‘मारिया क्यारे’ र ‘एयर सप्लाइ’लेसमेत यसै हलमा प्रस्तुत गरिसकेका छन्। कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’कै बखत पारेर त्यहाँस्थित कास्की परिवारले नेपथ्य कन्सर्टको आयोजना गरेको थियो। चुसोक कृषिमा आधारित परम्परागत पर्व हो। आप्रवासीहरुको निम्ति भने…
बेइजिङ : चीनले उत्तर कोरियामा गर्ने पेट्रोलियम पदार्थको निर्यात घटाएको छ। चीनले अक्टोबरको सुरुदेखि नै निर्यात कम गर्ने यसअघि जनाएको थियो। यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएको छ। सोही नाकाबन्दी स्वरुप चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडापार्दै उक्त निर्णय गरेको हो। त्यसैगरी उत्तर काेरियाबाट आफूले गर्ने कपडाको आयात पनि बन्द…
काठमाडौँ : नेपाली कांग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याई संविधान कार्यान्वयन गर्नुपर्ने समयमा लोकतान्त्रिक र वाम ध्रुवीकरण ठीक नभए पनि साम्यवादी दलहरु त्यसतर्फ लागेकाले लोकतान्त्रिक विचार राख्ने दलका बीचमा एकताको विकल्प नरहेको निष्कर्ष निकालेको हो। दलहरु फुट्नुभन्दा जुट्नु राम्रो…