काठमाडौँ : निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगको निर्णयमा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई…
रुकुम : गृहमन्त्री जनार्दन शर्माले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टीको आवश्यकता नरहेकाले’ वाम एकताको सुरुवात भएको बताएका छन्। रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि सुरुवात हुनाले देश विकास र प्रगतिको बाटोमा अगाडि बढेको बताए। ‘एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ। सशस्त्र विद्रोह भनेर झापा आन्दोलन…
सप्तरी : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरणको राजविराज वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी र उत्तरी भेगमा विद्युत्को खम्बाबाट तार टाँगेर चोरी गर्ने नौजनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। पक्राउ पर्नेमा डाकोश्वरी नगरपालिका–९ बस्ने सुशीलकुमार मेहता,…
नेपाली कांग्रेसका युवा नेता तथा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीसमेत रहेका गगन थापा माओवादी केन्द्रभन्दा पनि नेकपा एमालेको चरित्र पढ्न नसक्दाको परिणाम मान्छन् पछिल्लो राजनीतिक घटनाक्रम। बामपन्थी शक्तिलाई लोकतान्त्रिक बाटोमा हिँडाउनेक्रममा झड्का लागेको बताउने उनी आगामी चुनावी समिकरणमा चुनौतिसँगै अथाह सम्भावनाहरु पनि कांग्रेससँग रहेको बताउँछन्। थापासँग ऋषिकेश दाहाल र रमेश वाग्लेले गरेको कुराकानी : 'माया बैगुनी... कोलिसनमा प्रचण्ड नभइ नहुने...' भनेजस्तै…
काठमाडौँ : साहित्य चौतारी (झापा) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ। राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा पुगेर संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ सहितका साहित्यकारले अभिनन्दन गरेका हुन्। घिमिरेको ९९औँ जन्म वर्ष र विजयादशमीको कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजित कार्यक्रममा उनले उपस्थित स्रष्टा र सञ्चारकर्मीलाई टीका लगाई आशीर्वाद दिएका थिए। राष्ट्रकवि घिमिरेले टाढादेखि साथीहरु आएर पूर्णिमाको दिनमा यस्तो कार्यक्रम राखेकामा आफ्नो आँगन…
काठमाडौः प्रहरीले विभिन्न अपराधमा संलग्न १० वर्षदेखि फरार पृथ्वी मल्ल भनिने प्रकाश सिंह ठगुन्नालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मल्ललाई बुधवार कञ्चनपुरबाट पक्राउ गरेको हो। मल्ल तीन जनाको हत्या गरेको, लाखौं रकम डकैती र भोटाहिटीमा बम विष्फोट गराएको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए। मल्ल २०६४ साल साउनमा महानगरीय प्रहरी बृत बौद्धको थुनुवा कक्षबाट भागेका थिए । …
काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए। बैठकले असोज २० गते बस्ने…
भक्तपुर : दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छन्। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजेर १५ मिनेटमा मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरिन्। राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारी सुवर्ण वनमाला र नकी विजेश वनमालाले नवदुर्गाको दर्शन गराएका थिए। नवदुर्गाका अर्का पुजारी जुलाल…
काठमाडौँ : व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको परराष्ट्र नीतिमा समयानुकूल परिमार्जन तथा सुधारका लागि विशेष छलफल सुरु गरेको छ। छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा ती मुलुकको स्वार्थ र नेपालको स्वार्थ विषयमा प्रष्ट पारेका थिए। सबै राजदूतले ती मुलुकले नेपालमा शान्ति र स्थायित्व…
काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ। कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे रहेका काँग्रेस नेता डा रिजालले जानकारी दिए। त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक…
नेदरल्याण्ड्स फुटबल टोलीका कप्तान आर्जेन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। विश्वकपको युरोपेली छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्वीडेनलाई २-० ले पराजित गरेपनि विश्वकपकमा छनोट हुन नसकेपछि उनले सन्यासको घोषणा गरेका हुन्। स्वीडेन विरुद्ध दुवै गोल रोबेनले नै गरेका थिए। छनोटमा फ्रान्स समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भयो भने, नेदरल्याण्ड्ससँग हारेको स्वीडेन दोस्रो हुँदै प्लेअफका लागि छानिएको छ। जर्मन क्लब…
काठमाडौं : डाक्टर बाबुराम भट्टराईले बाम एकताको सुरुवातले नेपालको इतिहास पनि एउटा नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। 'अब हामी नेपाललाई समृद्ध बनाई अगाडि लैजाने चरणमा छौं,' तीन बाम दलको सहकार्यमा हस्ताक्षर समारोहमा बोल्दै उनले भने, 'अब हामी कम्युनिष्टहरु, देशभक्तहरु एक भई राष्ट्रिय एकता कायम गर्ने र देशलाई केही समयमै उचाइमा पुर्याउनु्पर्ने आवश्यकता छ।' उनले नेपालका सम्पूर्ण कम्युनिष्ट शक्तिहरु एक…
स्वीडेन : सन् २०१७ को भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार वैज्ञानिकत्रय रेनर विस, बारी सि बारिस र किप एस थोर्नलाई दिइने घोषणा ‘रोयल एकेडेमी अफ साइन्सेस् इन स्टकहोम’ले गरेको छ। म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बारिस र थोर्नले अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ। पुरस्कार गुरुत्वाकर्षण तरङ्गसम्वन्धी अध्ययन…
मस्को: सिरियाली सेनालाई सहयोग गर्न गरेका रसियाली हवाई आक्रमणमा परी यूफ्रेट्स नदीको पूर्वी किनारामा वस्दै आएका ३०४ जना विद्रोहीको दुई दिनमा मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले जनाएको छ। मृतकमध्ये सात जना तहका आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेका मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। हवाई आक्रमणमा आइतबार र सोमबार गरी ३०४ जनाको मृत्यु भएको छ भने १७० जनाभन्दा…
इटहरी: सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति जनाउँदै बिनासर्त रिहाइको कूटनीतिक पहल गर्न आग्रह गरेको छ। सुनसरी बार एशोसिएशनले मंगलबार सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै कपोलकल्पित आरोप लगाएर सीमा सुरक्षाका लागि सक्रिय नेपाली नागरिकलाई विहारको प्रहरीले…
डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट नेपाली कांग्रेसले दुईवटा सिफारिस केन्द्रीय समितिलाई पठाकएका छन्। डडेल्धुराका नेपाली कांग्रेस देउवा निकटकै दुई गुटका छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका हुन्। प्रदेशसभाका लागि दुवै गुटबाट करिब दर्जनभन्दा बढी नेतालाई गुटका आधारमा सिफारिस भए पनि प्रतिनिधिसभाका लागि भने दुवै गुटले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नाम मात्र सिफारिस गरेको जनाएका छन्। मंगलबार दुवै गुटका…
बेसीशहर: आगामी मंसिर १० र २१ गते हुने केन्द्र तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारमा नेपाली कांग्रेस लमजुङले ५१ जनाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ५१ जनाको नाम केन्द्रमा सिफारिस भएको हो। क्षेत्रीय समितिमा दर्ता भएका आकांक्षीको नाम मंगलबार जिल्ला कार्य समितिमा पठाइएको थियो। जिल्ला कार्यसमितिको बैठकले मंगलबार नै बैठक…
हाङ्झाउः चीनले अहिलेसम्म संसारकै ‘सबैभन्दा अग्लो’ विद्युत आपूर्ति गर्ने खम्वाको निर्माण सुरु गरेको छ। पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल अहिलेसम्मकै अग्लो मानिएको लण्डनको विग वेनभन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले जानकारी दिएको छ। यो चीनकै दामाओसानमा घोषणा भएको ३७० मिटर अग्लो विद्युत खम्वाभन्दा १० मिटर अग्लो हुने र विश्वकै अग्लो विद्युतकोखम्वा…
नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि सबै दलबीच सहकार्य आवश्यक रहेको बताएका छन्। नवलपरासीको देवचुलीमा नेपाली कांग्रेस देवचुली नगरकार्य समितिद्वारा आयोजित चियापान कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गरे। महामन्त्री कोइरालाले यसका लागि आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी…
पाल्पाः सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकअन्तर्गत सिद्धबाबा नजिकै सडकमा ढुंगासहित पहिरो खस्दा दुईजना घाइते भएका छन्। घाइतेलार्इ लुम्बिनी अञ्चल अस्पतालमा लगिएकाले उनीहरुको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई जना ढुंगा खस्दा घाइते भएका हुन्। दर्शैंदेखि तिनाउ गाउँपालिका– २ दोभान र सिद्धबाबाको बीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्दा पटक-पटक सडक अवरुद्ध बनेको छ। …