काठमाडौं: दशैं बिदा दैनिक काम र प्रेसरबाट छुट्कारा पाउने राम्रो अवसर हो। फूलपातीको दिनबाट सुरु हुने सार्वजनिक बिदा पूर्णिमाको दिनसम्म हुन्छ। टीकाटालो गर्ने र आफन्त भेट्नुमै समय अवश्य खर्च हुँदैन। यस्तोमा दशैं बिदालाई मनोरञ्जनात्म एवं सिर्जनशिल ढङ्गमा कटाउने राम्रो माध्यम बन्न सक्छ। तपार्इले बिदामा प्रस्तुत नयाँ, पुरानो फिल्म हेरेर खाली समय कटाउनु राम्रो हुनसक्छ : १. दशैं: महसञ्चार निर्मित फिल्म…
काठमाडौं : सत्तामै रहेको नेकपा माओवादी केन्द्रले सत्तासाझेदार दलसँग सम्बन्ध टुटाउँदै वाम एकताका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य अघि बढाएको भोलिपल्ट नेपाली कांग्रेसले पनि चुनावी सहकार्यका लागि प्रकृया अगाडि बढाएको छ। आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेताबीच आगामी चुनावमा सहकार्य गर्न सहमति भएको…
काठमाडौँः निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ। आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणी अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ गतेदेखि…
इटहरीः धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा १५ करोड भन्दा बढीको ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारीमा होमबहादुर भट्टराई, शंकर न्यौपाने,…
ललितपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताएका छन्। एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होछारको अवसरमा बुधबार आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन, कानुनी राज्य तथा शान्ति स्थापनाका लागि एमाले पार्टीले अग्रसरता लिएको बताए। उनले देशलाई आर्थिक समृद्धिको…
स्विडेनः यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कारबाट तीन जना बैज्ञानिक सम्मानित भएका छन्। रसायन शास्त्र बिधामा निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु – जाकेस डुबोसेट, जोएसिम फ्र्याङ्क र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा नोबेल केमिस्ट्रि प्राइजबाट पुरस्कृत गरिएको हो। पुरस्कारको धनराशी ९० लाख स्विडिस क्रोनार (करिब ११ लाख अमेरिकी डलर) बराबर रहेको जनाइएको छ। शरीरका अति सूक्ष्म र…
नवलपरासीः नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले वाम एकताले नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन्। नेपाल प्रेस युनियन नवलपरासीले बुधबार कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको टिप्पणी गरे। महामन्त्री कोइरालाले अब कांग्रेसले पार्टीभित्रको सांगठनिक र वैचारिक एकतालाई मजबूत बनाएर आगामी निर्वाचनमा लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड…
नयाँ दिल्ली : भारतको रायपुरबाट मुम्बई यात्रामा रहेका गायक आदित्य नारायणले इन्डियो एयरलाइन्सका ग्राउन्ड स्टाफलाई दुर्व्यवहार गरेका छन्। अतिरिक्त व्यागेजको पैशा तिर्न भनेपछि आदित्य भड्किएका थिए। चर्चित गायक उदित नारायणका छोरा आदित्यले विमानका कर्मचारीलाई अपशब्द समेत प्रयोग गरेका थिए। उनको चुरिफुरी यति धेरै भयो कि अन्तिममा उनले माफी नमागी विमानमा उनलाई बस्नसमेत दिइएन। इन्डियोका प्रवक्ताले आदित्य नारायण फ्लाइट नम्बर सिक्स…
काठमाडौं : आगामी चुनावमा धेरै आकांक्षी भएकाले व्यवस्थापनमा समस्या देखिएको नेकपा एमालेकै सूर्य चिन्ह लिएर राजपाका नेता हृदयश त्रिपाठी चुनावी मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र उम्मेदवारको पूर्ण व्यवस्थापन नहुँदै मधेश मुद्दा लिएर एमालेविरुद्ध खनिँदै आएका त्रिपाठीलाई आफ्ना उम्मेदवारकै टोकरीमा समेट्ने सहमति गरेको छ। गैर एमाले भए पनि अब उनी सूर्य चिन्हसहित चुनावमा उत्रने छन्। सहमति कार्यान्वयनको चरणमा पुग्न सकेमा उनी उठ्ने…
लग भेगसमा आयोजित म्युजिक फेस्टिभलमा भएको नरसंहारमा परी मर्नेको संख्या कम्तिमा ५८ पुगेको छ। घटनामा ५ सय १५ जना घाइते भएका छन्। प्रहरीले गोली चलाउने व्यक्ति ६४ वर्षीय स्टेफन पोड्डक रहेको जनाएको छ। बन्दुकधारी स्थानीय हुन्। उनले होटल मान्डल्यको रुमबाट मानिस ताक्दै गोली चलाएका हुन्। प्रहरीले पोड्डकलाई होटलमा नै गोली हानी मारेको जनाएको छ। नरसंहारका लागि उनले धेरै हतियार होटलमा…
लस भेगसमा ५९ जनाको ज्यान लिँदै ५ सय २७ जनालाई गोलीको सिकार बनाउने स्टेफन पोड्डक मल्टिमिलिनियर थिए भने जुवाका लत बसेका। उनले नरसंहारका लागि लामो योजनासमेत बनाएको तथ्य फेला परेको छ। ६४ वर्षका उनी समय समयमा लस भेगसमा ९० मिनेटको समय तय गरेर आइरहन्थे। गत बिहीबार मन्डाल्य बे रिसोर्टमा उनी 'चेक इन' भए। त्यहाँ उनले लुकाएर हतियारहरु भित्र्याए। सोमबारमात्र…
स्टकहोमः सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकलाई प्रदान गर्ने निर्णय गरिएको छ। मानव शरीर तथा जैविकले विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेमा अनुसन्धान गरेबापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ। मानिसको शरीरले पनि बिहान घाम उदाउँदा, दिउँसो र घाम अस्ताउँदा के कस्तो प्रतिक्रिया दिन्छ…
धादिङ : जिल्ला स्वास्थ्य कार्यालय, धादिङले सदरमुकाम धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रुप लिएपछि नियन्त्रण गर्न २० टोली परिचालन गर्ने भएको छ। सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा महामारी नियन्त्रण विभागको टोली र जिल्लाका सरोकारवालाको बैठकले २० टोली परिचालन गरी डेंगु नियन्त्रण गर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिए। धादिङ जिल्लामा एक साताको अवधिमा २० भन्दा बढी बिरामी…
नुवाकोटः नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। त्रिशूलीबाट काठमाडौं गइरहेको ना ६ ख ८१४७ नम्बरको बस र काठमाडौंबाट केरुङ गइरहेको कन्टेनर ठोक्किँदा चालकसहित ११ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। घाइतेको जिल्ला अस्पताल, त्रिशूली, सिटी अस्पताल विदुर र सञ्जिवनी अस्पताल,…
लुम्बिनी : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताएका छन्। नेपाल प्रेस युनियनले भैरहवामा गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले नेपाली कांग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेकाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानुपर्ने बताए। लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने उल्लेख गर्दै कोइरालाले…
चितवन : चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि गाडेको तारमा आएको खराबीले दक्षिण चितवनको माडी नगरपालिकामा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएकाे छ। विद्युत् नहुँदा स्थानीयवासीले यसपटक अन्धकारमै दशैँ मनाएका छन्। आजसम्म पनि विद्युत् सेवा सुरु नहुँदा स्थानीयवासी पीडित भएका छन्। माडीमा चार हजारभन्दा बढी विद्युत उपभोक्ता छन्। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समस्या पत्ता लगाउने यन्त्र भारतबाट मगाउनुपर्ने भएकाले विद्युत् सेवा…
चितवन : आगामी मंसिर २१ गते हुन लागेको संघ र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस चितवनले २७७ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ। आज नगर र क्षेत्रबाट सिफारिस सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। कांग्रेस केन्द्रीय समितिले जिल्लाबाट ५४ जनाको नाम सिफारिस गर्न आह्वान गरे पनि नगर र क्षेत्रबाट सिफारिस गरिएका नामलाई जिल्ला समितिले काँटछाँट गर्न नसकेपछि सबै नाम टुंगो…
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल आउने भएका छन्। असोजको अन्तिम वा कार्तिकको पहिलो साताभित्र मोदी नेपाल आउने गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउने गृहकार्य भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेशचन्द्र भट्टराईले जानकारी दिए। उनी आउने मिति र कति दिन…
सर्लाही : सर्लाहीको लखन्देही नदीले बगाएर सोमबार पाँच जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार अपराह्न वर्षापछि लखन्देहीमा आएको बाढीले पत्थरकोटस्थित जियाजोरबाट आमासहित तीन छोराछोरी बगाएर बेपत्ता भएका हुुन्। दशैंको टीका लगाउन बाराबाट सर्लाहीको जियाजोरस्थित माइती जाँदै गर्दा २९ वर्षीया राधिका ढुंगाना र उनका सात वर्षीय छोरा किस्मत, पाँच वर्षीया छोरी कृतिका र एक वर्षीय छोरा कृतिलाई बाढीले बगाएको सर्लाहीका प्रहरी प्रमुख…
गुलरिया : बर्दियाको गुलरियास्थित लालपुर क्षेत्र आसपासमा लगाइएको कफ्र्यू २३ घण्टापछि हटाइएको छ। आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कफ्र्यू लगाइएको थियो। कफ्र्यू आज बिहान ९ बजेदेखि हटाइएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिए। कफ्र्यू हटाइएपछि जनजीवन सामान्य बन्दै गएको छ।रासस