गौशाला : महोत्तरीको बर्दिवासमा दुई दिनअघि देखापरेको डेंगुका बिरामी क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन्। सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु अहिले ३९ जनामा फैलिसकेको हुँदा बर्दिवासका बासिन्दामा रोगको त्रास देखिएको छ। मंगलबारसम्म बर्दिवास अस्पतालमा र निजी क्लिनिकमा परीक्षणका लागि आएका ३९ जनामा डेंगु रोग देखिएपछि त्यस क्षेत्रका बासिन्दा भयभित भएका छन्। यता जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा…
पोखरा : प्रहरीले पोखरा लेखनाथ महानगरपालिका– १४ छिनेडाँडा शान्ति टोलबाट पाँच जुवाडेलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ३४ हजार ३४८ रुपैयाँ पनि बरामद गरेको छ। विष्णुमाया तामाङको घरमा जुवा खेलिरहेका उनीहरुलाई सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा १४ छिनेडाँडाका मनोज तामाङ, वुद्धिमान तामाङ, हरिदेव शर्मा र राजकुमार गुरुङ छन्। यसैगरी, पोखराबाट काठमाडौं जान लागेका एकजना भारतीय नागरिक पाँच…
मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। आयोजनाबाट उत्पादित विद्युत् तिहार अघि नै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ। माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन सुरु गरेको हो। असोज अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी गरेको…
काठमाडौं: पुर्वाञ्चलको विभिन्न शहरमा 'नेपालस् नेक्स्ट टप मोडल'को अडिसन हुने भएको छ l महिला तथा पुरुषको फरक प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजना गर्ने भएको हो l असोज २२ गते आइतबार विरेन्द्र बजार, असोज २३ गते गोलबजार, असोज २५ गते लाहान र असोज २६ गते जनकपुरमा अडिसन हुने भएको हो। प्रतियोगितामा १६ वर्षदेखि २५ वर्षसम्मका महिला तथा पुरुषले सहभागिता जनाउन पाउछन्। महिलाको…
पाकिस्तान : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ पुनः सत्ताधारी पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन)को प्रमुखमा सर्वसम्मत चयन भएका छन्। पाकिस्तानका राष्ट्रपतिले निर्वाचन नीतिमा सुधार गर्नेसम्बन्धि विधेयकलाई स्वीकृत गरेको एक दिन पछि सरीफलाई पार्टी प्रमुख बनाइएको हो। सरीफको पार्टीमा प्रमुखका लागि उनकाविरुद्धमा कुनै पनि उम्मेदवारी नपरेको पिएमएल–एनले जनाएको छ। पिएमएल–एनका निर्वाचन आयुक्त चौधरी जफार इकवालले सरीफको विरुद्धमा कुनैपनि उम्मेदवारी नपरेपछि पूर्वप्रधानमन्त्रीलाई नै पार्टी…
पोखरा : मुस्ताङको कागबेनीमा मंगलवार दिउँसो भएको बस दुर्घटनाका २० घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान थप उपचारका लागि काठमाडौं लगिएको छ। दुर्घटनामा मृत्यु भएका तीनमध्ये विराटनगर महानगरपालिक ८ का ५४ वर्षीय गणेश सुवेदी र किर्तिपुर नगरपालिका १२ का २४ वर्षीय शर्मिला दुलालको शव घाईतेसँगै पोष्टमार्टमका लागि काठमाडौं लगिएको छ। बसका चालक बागलुङ नगरपालिका ६ का खिमबहादुर मगरको शव भने जोमसोममै…
काठमाडौं : जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरी इथियोपियाको अडिस अवावामा हुन गइरहेको जलवायु परिवर्तनबाट प्रभावित अति कम विकसित राष्ट्रहरुको समूह (एलडिसी)का वातावरणमन्त्रीहरुको बैठकमा सहभागी हुन आज त्यसतर्फ गएकी छन्। आगामी मंसिरमा जर्मनीको बोनमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको २३औँ सम्मेलनमा एलडिसीका तर्फबाट राखिने साझा विषय तय गर्न सो बैठक आयोजना गरिएको हो। बैठकमा जलवायु परिवर्तनबाट एलडिसी राष्ट्रहरुले भोग्नु…
लस भेगस : असोज अमेरिकी सहर लस भेगसमा आइतबार राति भिषण आक्रमण गरी ५९ जनाको ज्यान लिने स्टेफन प्याडककी केटीसाथीलाई अमेरिकी झिकाइएको छ। अमेरिकी प्रहरीले लस भेगसमा गरेको आक्रमण गर्नुकाे उद्देश्य पत्ता लगाउने क्रममा उनलाई अमेरिका झिकाइएको हो। प्रहरीले उनीहसँग आवश्यक सोधपुछ गर्ने जनाइएको छ। प्रहरीले के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने…
काठमाडौं: बलिउड पार्श्व गायक तथा संगीतकार अंकित तिवारी नेपाल आउने भएका छन्। उनी आफ्नो नयाँ म्युजिक भिडियोको प्रचारका लागि नेपालमा आउने भएका हुन्। नयाँ गीत 'तुम हर दफा हो'को प्रचारका लागि आएपनि उनी नेपाली फिल्म 'रोमियो'को प्रचारमा समेत सक्रिय रहनेछन्। किनकी ज्याजी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रमलाई रोमियोले पनि प्रायोजन गरेको छ। अंकित तिवारी नेपाल आउने बारे रोमियो निर्माता हसन…
धनगढी : प्रहरीले भन्सार छली गरी भित्र्याएको दश लाख २४ हजार एक सय मूल्य बराबरका लत्ताकपडा कैलालीको टीकापुरमा बरामद गरेको छ। सत्ती प्रहरी कार्यालयको गस्ती टोलीले टीकापुर नगरपालिका—७ बाट कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए। बरामद भएका सामानमा कुर्ता सुरुवाल, ब्लाङ्केट, मार्किन कपडा, पाइन्ट लगायत रहेको छ। बरामद भएको सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ। रासस
पाकिस्तानः प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा भारतीय प्रहरीकाे गोली लागेर बुधबार दुर्इ नागिरककाे मृत्यु भएकाे छ। झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि एकै परिवारका दाजुबहिनीको ज्यान गएको र अरु दुई जना घाइते भएकाे पाकिस्तानले जनाएको छ। मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय…
काठमाडौं : वामपन्थी पार्टीहरुको चुनावी तालमेल तथा पार्टी एकता प्रयासप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण गराएको छ। पार्टीले विज्ञप्ती जारी गरी नेपाली राजनीतिले सम्बाेधन गर्नैपर्ने सुशासन, विकास र समृद्धिका मुद्धाहरुमा यो एकता प्रक्रियाले कस्तो भूमिका निर्वाह गर्न हो भन्ने कुरा अझै स्पष्ट नभएको उल्लेख गरेको छ। उसले सानो मुलुक तर धेरै संख्यामा राजनीतिक पार्टीहरु क्रियाशील रहेको पृष्ठभूमीलाई हेर्दा उस्तै राजनीतिक विशेषता बोकेका…
काठमाडौँ : नेकपा मसालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालको चुनावी तालमेल तथा एकीकरण गर्ने घोषणालाई सकारात्मक रुपमा लिए पनि त्यो एकता वामएकता हुन नसक्ने जनाएको छ। मसालका महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा सैद्धान्तिक र राजनीतिक रूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने भनिएको छ।…
बलिउड अवार्ड विश्लेषक स्कट फेइनवर्गले नेपाली फिल्म 'सेतो सूर्य'लाई पनि अस्कर विजेता सम्भावित फिल्मीकाे सूचीमा राखेका छन्। अस्करमा विदेशी भाषाको फिल्मका लागि उनले सेतो सूर्य (ह्वाइट सन)लाई दावेदारको रुपमा प्रस्तुत गरेका हुन्। बलिउड रिपोर्टरको लागि स्कटले गरेको विश्लेषणमा स्विजर्ल्यान्डको फिल्म द डिभाइन अर्डर, फिनल्यान्डको फिल्म टम अफ फिनल्यान्ड, थाइल्यान्डको फिल्म बाइ द टाइम इट गेट्स डार्क पनि सूचीमा छन्। विजेता…
काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तान विरुद्वको चौथोँ खेलको लागि फुटबल टोलीको घोषणा गरेको छ। असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय टोलीको आज घोषणा गरेका हुन्। छनोट हुने टोलीको गोलरक्षकमा एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू छन्। त्यसैगरी, डिफेण्डरमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ,…
काठमाडौ : नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच भएको तालमेल र एकता प्रयासलाई दक्षिणपन्थी र प्रतिक्रियावादी कदमको संज्ञा दिएका छन्। बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उपाध्यक्ष गजुरेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिएका हुन्। उनले भने,‘यो वाम एकताको प्रयास नै गलत छ, हुन त यो गठबन्धनले केही प्रभाव पार्दैन, र तीन…
पाल्पा : पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। आज सडक मर्मतका लागि चार घण्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि यात्रुले निकै सास्ती भोग्नु परेको छ। पाँच दिनदेखि लगातार सडकमाथिबाट ठूल्ठूला चट्टानसहितका ढुंगा खसेर सडक छिनछिनमै खुल्ने र बन्द हुने भइरहेको छ। …
काबुल : अफगानिस्तानका विभिन्न भूभागमा २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका विरुद्ध गरेको कारबाहीमा ८१ जना लडाकू मारिएका छन्। अफगान सेना र प्रहरीले गरेको कारबाही र केही स्थानमा भएका भिडन्तहरुमा परी लडाकू मारिएका हुन्। अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ। अफगानिस्तानको गृह मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी गरेकाे छ। यस कारबाहीमा मारिनेमा…
सिन्धुली कमलामाइ नगरपालिकाको सिन्धुलीगढीमा रहेको अंग्रेजसँग युद्ध गर्न बनाइएका गढी र दरबारको भग्नावशेष । फोटोः रत्न श्रेष्ठ, रासस
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको एकतालाई आफूहरुले नौलो विषयको रुपमा नलिएको बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा अध्यक्ष केसीले उनीहरुसँग आफ्नो पार्टीको एकता हुनै नसक्ने स्पष्ट पारे। उनले भने,‘हाम्रो पार्टीले उनीहरुसँग एकता गर्दैन, चुनावी एकता मात्रै हुन्छ।’ केसीले भने,‘तीन पार्टीबीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला र रुवानी छ।’ संसदमा सँगै हिँडिरहेका दलहरुले…