ढाका : बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ। बङ्गलादेशमा रहेका करिब चार लाख ३० हजार रोहिङ्ग्या शरणाथीलाई मोबाइल सेवा दिएमा दूरसञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ। सञ्चारमन्त्रालयका उच्च अधिकारी इनायत हुसेनले एएफ्पीसँग भने–केही समयका लागि रोहिङ्ग्या शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्। शनिबार सुरक्षाको…
काबुलः अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापक मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्। शनिबार राति तालिवान विद्रोहीका लडाकूले आश्रय लिँदै आएको दराए इएस जिल्लाको देउकुण्डी गाउँमा भएको सुरक्षा कारबाहीमा जुवाइर भनिने रमामुल्लाहको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उनी त्यस क्षेत्रका कुख्यात तालिवान नेता रहेका साथै उनको मृत्युसँगै समानगनमा क्षेत्रमा तालिवानी…
कञ्चनपुरः आकस्मिकबाहेक सबै सेवा ठप्प पारी महाकाली अञ्चल अस्पताल भीमदत्तनगरका चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन्। तीन दिनदेखि चिकित्सकले बहिरंग सेवा ठप्प पारी आन्दोलनमा लागेपछि बिरामी उपचारका लागि अन्यत्र जान थालेका छन्। सरकारले ल्याएको विधेकको विरोध गर्दै चिकित्सक आन्दोलनमा गएपछि बिरामीले चर्को शुल्क तिर्दै निजी क्लिनिक र भारतका निजी अस्पतालमा उपचार गराउनुपरेको छ। चिकित्सकको राष्ट्रव्यापी आन्दोलन भएकाले यसबाट बिरामी…
काठमाडौं : नेपाल चिकित्सक संघले गरेको अस्पताल बन्दले उपचार पाउनु पर्ने मानव अधिकारमा गम्भीर असर परेको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ। अयोगकी प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा अस्पताल बन्द गर्नु, ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’को दफा ३ बमोजिम हड्ताल गर्न नपाउने नियम विरुद्ध साथै ‘नेपालको संविधान’को धारा ३५ मा रहेको स्वास्थ्य सम्बन्धी हक, धारा ४४ मा रहेको स्वास्थ्यको…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का २८ जना सदस्यहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। उनीहरुले सो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरेका सूचना तथा संचार मन्त्रालयले जनाएको छ। उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ, मन्त्रीहरु गिरिराजमणि पोखरेल, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, जनार्दन शर्मा, प्रभु साह, गोपाल दहित, रामकृष्ण यादव, वीरबहादुर वलायर, मीनबहादुर विश्वकर्मा र यज्ञबहादुर थापाले प्रधानमन्त्री…
काठमाडौँ : नेकपा एमाले केन्द्रीय कमिटीको आठौँ बैठकले प्रतिकूलताका बीचमा पनि प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा तराई–मधेशमा पार्टीले हासिल गरेको उपलब्धि उचित भएको र त्यहाँका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य स्पष्ट भएको निष्कर्ष निकालेको छ। शुक्रबारदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा स्थानीय तहको २ नं प्रदेशमा निर्वाचनको समग्र परिचालन, उम्मेदवार चयन लगायतमा भएका आन्तरिक कमजोरीको उचित…
काठमाडौँः असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार साँझसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा एमाले १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी…
जनकपुर : स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका प्रमुख उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह चार हजार ८४९ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी क्रमशः एमालेका रामबाबु पंजियारले चार हजार ७१ मत र राधादेवी यादवले चार हजार १८९ मत प्राप्त गरे। निर्वाचन अधिकृत दानीकान्त…
गौशाला : महोत्तरीमा राजपा थप दुई स्थानमा नेपालले विजयी हासिल गरेको छ। मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी भएका हुन्। त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३९६ मत ल्याएर विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली कांग्रेसका ओमशंकर यादवले तीन हजार ७६६ र राजनारायण साहले तीन…
काठमाडौं : स्थानीय तह तेस्रो चरणको निर्वाचनमा डा. बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पहिलो जित निकालेको छ। नयाँ शक्तिले सप्तरीको छिन्नामस्ता गाउँपालिका अध्यक्षमा जित निकालेको हो। अध्यक्षमा सूर्यनारायण मण्डल विजयी भएका छन्। निर्वाचन अध्यक्ष मण्डलले दुई हजार ८०५ मत पाएका छन्। तर, उपाध्यक्षमा भने राजपाकी उषा मण्डल विजयी भएकी छन्। नयाँ शक्तिकी विमला देवी उपाध्यक्षमा पराजित भइन।
वीरगञ्ज : पर्साको पर्सागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका लोकनारायण यादव विजयी भएका छन्। तीन हजार ९६५ मत प्राप्त गरी यादव विजयी भएका हुन्। ७० मतान्तरले यादवले एमाले उम्मेदवार गोकर्ण पाठकलाई पराजित गरेका हुन्। पाठकले तीन हजार ८९५ मत पाए। उपमेयरमा पनि कांग्रेसकै अर्चना चौधरी विजयी भएकी छन्। चौधरीले चार हजार ५५९ मत पाइन। उपमेयरमा एमालेकी माली देवीले तीन हजार ६५०…
काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा एमालेले अहिलेसम्म जित हासिल गर्न सकेको छैन। १८ स्थानीय तहमध्ये १६ स्थानको नतिजा आइसकेको छ। तर, एमालेले खाता खोल्न सकेको छैन। अब गरुडा र कटरिया नगरपालिकाको नतिजा आउन बाँकी छ। दुवैमा एमाले पछाडि नै छ। माधव नेपाल मतदाता रहेको गौर राजपाले जितिसक्याे। नगरमात्र हैन एमालेले नेपालको वडा गौर २ समेत जोगाउन…
नयाँदिल्लीः भारतको सर्वोच्च अदालतले गाई संरक्षणका नाममा भईरहेका गतिविधिबाट पीडितहरुलाई तत्काल क्षतिपूर्ति दिन आदेश दिएको छ। भारतमा राष्ट्रवादी भारतीय जनता पार्टी विजेपीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि गाई संरक्षणका नाममा भएको विभिन्न खाले गतिविधिका कारण १२ भन्दा बढी मानिसको मृत्यु भएको अधिकारीले बताए। भाजपाले सन् २०१४ मा सत्तामा आएपछि गाईको मासु खाएको भन्दै मुसलमान र दलित समुदायका व्यक्तिहरूमाथि विभिन्न आक्रमण…
फ्लोरिडाः क्यारेवियन महासागरबाट सुरु भई अमेरिकाको फ्लोरिडामासमेत लाखौं मानिसलाई आतङ्कित पारेको आँधी इर्माले एपोलो मिसनमा चन्द्रमालाई परिक्रमा गरी फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रमा हुर्काइएको एक वृक्ष, ‘मुन ट्री’ लाई नष्ट गरेको छ। केनेडी अन्तरिक्ष केन्द्रले शुक्रबार आँधीबाट भएको क्षतिको लगत सङ्कलन र जानकारी गराउने क्रममा ऐतिहासिक मुन ट्री पनि ढलेको जनाएको छ। सन् १९७१ मा अन्तरिक्ष यात्री स्टुआर्ट रूसाले एपोलो १४…
इस्लामाबाद : पाकिस्तानका पूर्वसैनिक शासक जनरल पर्वेज मुसरफले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यामा आफ्नो संलग्नता नरहेको बताएका छन्। लण्डनबाट भिडियो सन्देश सार्वजनिक गर्दै मुसरफले भुट्टोको हत्याबाट उनका श्रीमान् असिफ अलि जर्दारी एक जनालाई मात्रै फाइदा भएको बताए। भुट्टोको हत्यापछि त्यसैलाई उपयोग गरेर आफू राष्ट्रपति बन्न सफल भएको मुसरफले दावी गरे। सन् २००७ मा रावलपिण्डीमा भुट्टोको आत्मघाती हमलामा परी मृत्यु भएको थियो। पाकिस्तानको…
चन्द्रकान्त खनाल बुटवलः धुलेपहिरो खसेर सिद्धबाबामा कार र ट्रक पुरिएकाे छ। पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। दुई जनाको घटनास्थलमै र एक जनाकाे उपचारका क्रममा मृत्यु भएको हो। लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पहिरोले पुरेको हो। मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम…
काठमाडौंः असोज दुईमा दुई नम्बर प्रदेशमा सम्पन्न निर्वाचनमा आठ जिल्लाका १३६ स्थानीय तहमध्ये एक सय स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र(जेइओसी)बाट आज विहान ११ बजेसम्म प्राप्त विवरण अनुसार प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३२ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका १८ स्थानीय तहमा, नेकपा एमालेका ११ स्थानीय तहमा, राष्ट्रिय जनता पार्टीका १५ स्थानीय तहमा,…
भीष्मराज ओझा न्यूयोर्कः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका लागि विश्वमै उत्कृष्ट भएको बताएका छन्। संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले शुक्रबार संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान जारी भएपछि जनताले पाएका सबै प्रकारका अधिकार कसैले खोस्न नसक्ने बताए। प्रधानमन्त्री देउवाले भने,‘संविधानले राज्यका तीनै अंगबीच शक्ति…
कञ्चनपुरः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक ना ५ ख २६४८ नम्बरको बस पल्टिँदा १० जना घाइते भएका छन्। धनगढीबाट महेन्द्रनगर गइरहेको बस सडक छेउमा पल्टिएको हो। घाइतेको झलारी बजारमा रहेको निजी क्लिनिकमा उपचार भइरहेको छ। घाइते मध्ये दुर्गा जोशीको अवस्था गम्भीर रहे पनि अन्यको अवस्था सामान्य रहेको स्वाथ्यकर्मीले बताएका छन्। बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।रासस
चीनः पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको पटाका कारखानामा शुक्रबार साँझ विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ। घटनापछि जिल्लाका सुरक्षा प्रशासन अधिकारीले दिएको जानकारीअनुसार कारखानालाई उत्पादन स्थगित गर्न निर्देशन दिइएको छ। कारखानाको उत्पादन प्रक्रियामा त्रुटीहरु भेटिएकाले सुरक्षा दृष्टिले उत्पादन स्थगित गर्न यसअघि नै आदेश दिइए पनि कारखानाले आफ्नो उत्पादन प्रक्रिया रोकेको थिएन। कारखानामा के कसरी विष्फोटको घटना भयो…