PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी

    बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी

    कलैयाः बाराको कोल्हवी नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएकाे छ।  एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याए छन्। त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौधरी सात हजार ३८४ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभ्रदा धिमालले सात हजार १७८…

    विस्तृतमा पढ्नुस्

  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक सर्वसम्मतिले पारित

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक सर्वसम्मतिले पारित

    काठमाडौं :  व्यवस्थापिका–संसद्को आजको बैठकले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४’लाई सर्वसम्मतिले पारित गरेको छ।  गृहमन्त्री जनार्दन शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राखेका थिए।  यसअधि सो विधेयकको दफावार छलफलमा भाग दिँदै नेकपा एमालेका डा गंगालाल तुलाधरले विधेयकलाई कार्यान्वयन पक्ष बलियो बनाउन विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र नभई प्राधिकरण बनाउन सुझाव दिए। उनले व्यवस्थापन प्राधिकरणमा निजामती कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • विकास समितिको निर्देशनः प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्‍याउ

    विकास समितिको निर्देशनः प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्‍याउ

     सुशील दर्नाल  काठमाडौँ : व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ।  सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।  दुई वर्षभित्रमा गाउँ गाउँमा तीव्र गतिको इन्टरनेट…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा अबुधाबीमा, आजै ओमनको मस्कट प्रस्थान गर्ने

    प्रधानमन्त्री देउवा अबुधाबीमा, आजै ओमनको मस्कट प्रस्थान गर्ने

    भीष्मराज ओझा  अबुधाबी : प्रधानमन्त्री शेरबहादुर देउवा आज संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी आइपुगेका छन्।  प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा दिउँसो अबुधाबी आइपुगेका हुन्। प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आजै साँझ ५ बजे ओमनको मस्कटका लागि प्रस्थान गर्नेछ। त्यहाँ प्रधानमन्त्री देउवाले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपाली आप्रवासी कामदारले भोग्नुपरेका समस्या र उनीहरूको…

    विस्तृतमा पढ्नुस्

  • डब्लुएचओले भन्यो– बंगलादेशका रोहिङ्गा शरणार्थी शिविरमा हैजा फैलिने खतरा छ

    डब्लुएचओले भन्यो– बंगलादेशका रोहिङ्गा शरणार्थी शिविरमा हैजा फैलिने खतरा छ

    बङ्गलादेश :  विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेको शिविरमा हैजाको उच्च जोखिम रहेको बताएको छ।  म्यानमारबाट भागेर बंगलादेशमा आई बसेका चार लाखभन्दा बढी शरणार्थी बसेका शिविरमा हैजाको उच्च जोखिम रहेको संगठनले अनुमान गरेको छ।  म्यानमार र बंगलादेशको सीमा क्षेत्र नजिकै चार लाख ३६ हजार शरणार्थीले शरण लिएर बसिरहेका छन्।  उनीहरुलाई विभिन्न ६८ वटा शिविर बनाएर…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थी संगठनले भने–शिक्षा ऐन संशोधनको प्रमाणीकरण रोक्नुपर्‍यो

    ओलीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थी संगठनले भने–शिक्षा ऐन संशोधनको प्रमाणीकरण रोक्नुपर्‍यो

    भक्तपुर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल ठटाएकै आधारमा ऐन पारित गर्ने गलत अभ्यास हुन थालेको बताएका छन्।  भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेका संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझेपछि अध्यक्ष ओलीले संसदमा कतिपय विषयमा कमीकमजोरी हुने गरेको बताए। अध्यक्ष ओलीले ३ गते त्यतिका विषय राखेर हतारहतार विधेयक पारित गर्नुपर्ने आवश्यकता नभएको बताए।  संसद्मा…

    विस्तृतमा पढ्नुस्

  • उद्योगीले भने– बजारमा सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न तयार छौं

    उद्योगीले भने– बजारमा सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न तयार छौं

    रमेश लम्साल  काठमाडौँ :  नेपाली सिमेन्ट उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।  नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन्।  प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली थ्री ए, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको माथिल्लो…

    विस्तृतमा पढ्नुस्

  • ट्रेलरमा कमेडी जनराको फिल्म 'फाटेको जुत्ता'को

    ट्रेलरमा कमेडी जनराको फिल्म 'फाटेको जुत्ता'को

    काठमाडौं: फिल्म 'फाटोको जुत्ता'को ट्रेलर सार्वजनिक भयो। कमेडी जनराको फिल्मको ट्रेलरले तराईको सेटिङ, आकर्षण, राजनीति र सस्पेन्स केन्द्रमा छ। ट्रेलरमा मुख्य कलाकार सौगात मल्ल, कामेश्वर चौरासिया, प्रियङ्का कार्की र अनोज पाण्डेको फिचरिङ रहेको छ। ट्रेलरमा मधेसी परिवेशमा देखिने आम युवाको लुक्स तथा बोली सहित प्रस्तुत छन्। पुराना फिल्महरु लुकामारी, संरक्षण, सडङ्गमा देखिएजस्तै प्रस्तुत भएका सौगात भन्छन्,'मेरो भूमिका धेरै फरक होइन…

    विस्तृतमा पढ्नुस्

  • सागमा २५ खेल समावेश गर्ने नेपाल ओलम्पिक कमिटीको निर्णय

    सागमा २५ खेल समावेश गर्ने नेपाल ओलम्पिक कमिटीको निर्णय

    काठमाडौँ  : नेपाल ओलम्पिक कमिटीले आगामी १३ औं साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ।  आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, खो खो, कराते र गल्फ खेल समावेश हुनेछन्। …

    विस्तृतमा पढ्नुस्

  • १३२ स्थानीय तहको मत परिणाम सार्वजनिक, चार स्थानीय तह र १९ वडाको बाँकी

    १३२ स्थानीय तहको मत परिणाम सार्वजनिक, चार स्थानीय तह र १९ वडाको बाँकी

    काठमाडौँः असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ।  निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणानुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३८, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेकपा माओवादी केन्द्र २१, नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम तीन,…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको खडक नगरपालिका प्रमुखमा संघीय समाजवादी फोरम विजयी

    सप्तरीको खडक नगरपालिका प्रमुखमा संघीय समाजवादी फोरम विजयी

    राजविराज: सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार १२८ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरणकुमार भगतले दुई हजार हजार ९९४ मत प्राप्त गरे। उपप्रमुखमा कांग्रेसका यसमिन सुलतान खातुन तीन हजार २३७ मत प्राप्त गरी…

    विस्तृतमा पढ्नुस्

  • चीनले उत्तर कोरियालाई इन्धन निर्यात घटाउने

    चीनले उत्तर कोरियालाई इन्धन निर्यात घटाउने

    बेइजिङ: चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थ आपूर्तिलाई आगामी अक्टुवर १ देखि नियन्त्रण गर्ने भएको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर रूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाउने विषयप्रति लक्षित गर्दै उक्त निर्णय गरेको हो। चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयातलाई शनिबारबाट नै बन्द गर्ने…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन : १३ स्थानको नतिजा आउन बाँकी, कांग्रेसको अग्रता कायमै

    स्थानीय तह निर्वाचन : १३ स्थानको नतिजा आउन बाँकी, कांग्रेसको अग्रता कायमै

    काठमाडौं : तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना केही स्थानबाहेक अन्तिम चरणमा पुगेको छ। तेस्रो चरणको एकमात्र महानगरपालिका वीरगन्जमा मतगणना अझै केही दिन लाग्ने देखिएको छ। उपमहानगरमध्ये जितपुरसिमरा उपमहानगरेको नतिजा आइसकेको छ। अब धनुषाको जनकपुर उपमहानगर र बाराकै कलैया उपमहानगरको नतिजा आउन बाँकी छ। अहिलेसम्म १२३ स्थानीय तहको नतिजा आइसकेको छ। १३ स्थानीय तहको नतिजा आउन बाँकी छ। हालसम्म नेपाली कांग्रेस ३७, संघीय समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • बाराको जीतपुरसिमरा उपमहानगरमा एमाले विजयी

    बाराको जीतपुरसिमरा उपमहानगरमा एमाले विजयी

    वीरगन्ज: प्रदेश नम्बर २ कै सबैभन्दा बढी सम्भावना बोकेको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले विजय हासिल गरेको छ। मेयरमा डा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी विजयी भएका हुन्।  पौडेलले १४ हजार ८६५ मत ल्याएका छन्, भने चौधरीले १४ हजार ४५९ मत ल्याइन्। मेयरमा पराजित नेपाली कांग्रेसका कृष्णब्रत सिंहले १२ हजार ४३ मत ल्याए। उपमेयरमा पराजित कांग्रेसकी निरु रायमाझीले १२…

    विस्तृतमा पढ्नुस्

  • सिरहा नगरपालिकामा संघीय समाजवादी फोरम विजयी

    सिरहा नगरपालिकामा संघीय समाजवादी फोरम विजयी

    लहान: सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा एमालेका डा नविता यादव विजयी भएकी छन्। फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले नौ हजार ६३ मत प्राप्त गरे। त्यसैगरी उपप्रमुखमा नविता यादव नौ हजार १६३ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शोभाकुमारी मण्डलले आठ हजार ९९०…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा कांग्रेसको चुनाव चिह्न १ नम्बरमा, विवेकशील साझाकाे ४०औँ, हेर्नुस् बाँकी सूची

    प्रतिनिधिसभामा कांग्रेसको चुनाव चिह्न १ नम्बरमा, विवेकशील साझाकाे ४०औँ, हेर्नुस् बाँकी सूची

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचनमा भाग लिने दलहरुको मतपत्रमा छापिने चुनाव चिह्नको रोलक्रम टुंगो लगाएको छ। आयोगले निर्धारण गरेको क्रमअनुसार मंसिर १० र २१ गतेको निर्वाचनमा दलहरुको चुनाव चिह्न छापिनेछ। आयोगले प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिन दल दर्ता भई हाल संसद्मा प्रतिनिधित्व गरेका दलहरुलाई संसद्को रोलक्रम अनुसार चिह्न निर्धारण गरेको हाे। जसमा नेपाली कांग्रेस पहिलो…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुको कृष्णनगरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

    कपिलवस्तुको कृष्णनगरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

    कपिलवस्तुः कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियाबाट कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन्।  इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो।  चौधरीलाई प्रहरीले आज बिहान बुटहनियास्थित आफ्नै मिलबाट पक्राउ गरेको हो।रासस   

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा प्रहरी सहायक निरीक्षकले गरे झुन्डिएर आत्महत्या 

    ताप्लेजुङमा प्रहरी सहायक निरीक्षकले गरे झुन्डिएर आत्महत्या 

    तेह्रथुमः सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्ती बजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन्।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेका ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।  ४१ वर्षीय गुरुङ असोज ५ गते बिदामा घर गएका थिए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • रक्षामन्त्रीलाई बाजुरावासीको ज्ञापनपत्रः मानसरोवर जोड्ने सडक निर्माणको माग

    रक्षामन्त्रीलाई बाजुरावासीको ज्ञापनपत्रः मानसरोवर जोड्ने सडक निर्माणको माग

    बाजुराः बाजुराको हिमाली गाउँपालिकाका बासिन्दाले मानसरोवर जोड्ने सडक निर्माणको माग गरेका छन्। रक्षामन्त्री भीमसेनदास प्रधानलाई १२ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै उनीहरुले कवाडीदेखि विच्छ्या हुँदै मानसरोवर जोड्ने सडक निर्माणका लागि पहल गरिदिन माग गरेका हुन्। हिमाली गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने, गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका माग राखिएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिए।  मन्त्री प्रधानलाई हिमाली गाउँपालिकामा विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • बलिउडबाट फिल्म 'न्युटन' पुग्ने भयो ९० ‍औँ अस्करमा

    बलिउडबाट फिल्म 'न्युटन' पुग्ने भयो ९० ‍औँ अस्करमा

    बलिउडबाट फिल्म 'न्युटन'ले अस्करको लागि अफिसियल इन्ट्री पाएको छ। फिल्मले अस्कार २०१८ मा विदेशी भाषाको फिल्म विधामा प्रतिस्पर्धा गर्न पाउने भएको हो। राजकुमार रावको मुख्य अभिनय रहेको फिल्म न्युटन अस्करका लागि चयन भएको खबर रावले ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्,'यो वर्ष इन्डियाबाट फिल्म न्युटनले अस्करमा सहभागिता जनाउने खबर सार्वजनिक गर्न पाउँदा अत्यन्त खुशी छु।'   Very happy to…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell