झापाः अपहरण तथा सरकारी कागजात कीर्ते मुद्दामा दोषी ठहर भएका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ। अभियोग लागेपछि फरार रहेका लुइँटेल आज आफैं हाजिर भएपछि जिल्ला अदालतले ५० लाख धरौटी बुझाउन आदेश दिएको थियो। अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ। गत माघमा शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर…
बलिउड स्टर सलमान खान अभिनित फिल्म 'ट्युबलाइट'मा उनकै भाइ सोहेल खान पनि देखिएका छन्। फिल्म रमादानको अवसरमा शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। ट्रेलरमा सलमान र उनको भाइ दुबैलाई गाउँका सरल युवाको रुपमा देखाइएको छ। फस्टपोस्टले गरेको प्रिभ्यूका अनुसर सलमान खान लक्ष्मणको रुपमा देखिएका छन् भने सोहेल उनको दाइ भरतको रुपमा। जब भरत आर्मीमा भर्ती हुन्छ र फर्कदैन तब लक्ष्मणको दैनिकी फेरिन्छ। उ…
काठमाडौंः शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ। अपरान्ह साढे चारबजेदेखि ५ बजेसम्म विमानस्थल पूर्णरुपमा बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। विमानस्थल बन्द भएपछि उडान र अवतरणको सम्पूर्ण काम ठप्प हुन्छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ) को नियम अनुसार प्रत्येक दुइरदुई वर्षमा अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले गर्नुपर्ने ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएका कारण विमानस्थल बन्द गर्न…
काठमाडौं : लामो समयदेखि प्रहरी संगठनमा रोकिएको प्रहरी बढुवा सुरु गरेको छ। बुधबार बसेको बढुवा समितिको निर्णयले २ सय १० जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा गर्न सिफारिस सूची प्रकाशित गरेको छ। माथिल्लो तह एआइजीमा रिक्त रहेको पदमा विवाद हुँदा तल्लो तहबाट बढुवा सुरु भएको प्रहरी स्रोतले जानकारी दियो। बढुवा रोकिँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी), प्रहरी…
कास्कीः पोखरामा बसको ठक्करबाट परीक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी गम्भिर घाइते भएका छन्। कक्षा ११ को परीक्षा दिएर फर्किदै गरेका विद्यार्थी चढेको स्कुटरलाई बसले ठक्कर दिदा उनीहरु गम्भिर घाइते भएका हुन्। बिन्ध्यवासिनी माविमा परीक्षा दिएर फर्किदै गरेका रुपेश थापा र शिशिर थापा चढेको ग १२ प ३८२७ नम्बरको स्कुटरलाई म्याग्दीको बेनीबाट काठमाडौ गइरहेको बा ५ ख ९५०५ नम्बरको बसले…
काठमाडौं : ओलम्पिक डे को अवसरमा अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ बीच बिहिबार मैत्रीपूर्ण फुटबल खेल भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फ मैदानमा भएको खेलमा एन्फाले एनएसजेएफलाई ६-२ ले हरायो। एन्फाको तर्फबाट एन्फा पदाधिकारी र राष्ट्रिय अन्तर्राष्ट्रिय रेफ्रीले खेलेका थिए। आयुष खड्काको गोलमार्फत एनएसजेफले पहिले अग्रता लिएपनि एन्फा टोलीले त्यसपछि लगातार गोल गर्यो।…
काठमाडौं : अफगानिस्तान बुल्सले एसियन क्लब प्रमियर लिग क्रिकेटमा पहिलो जित हासिल गरेको छ। बिहिबार भएको एक मात्र खेलमा अफगानिस्तान बुल्सले डि एल मेथडमा इन्डियन स्टार्सलाई १९ रनले पराजित गरेको हो। इनिडयन स्टार्सको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा इन्डियन स्टार्स श्रीलंकन लायन्ससँग पराजित भएको थियो। कीर्तिपुरस्थति टीयू मैदानमा पहिले ब्याटिङ गरेको अफगानिस्तान बुल्सले निर्धारित २० ओभरमा ८…
काठमाडौँ : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। सम्बन्धित पदमा एकभन्दा बढीको उम्मेदवारी नै नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन आयोगले प्रारम्भिक भन्दै सार्वजनिक गरेले तथ्यांक भएकाले निर्विरोध संख्या थप हुन सक्ने जनाएको छ। निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, 'प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र…
काठमाडौं: एनएफडिसी अवार्डमा विशेष अतिथी रहेकी मनिषा कोइरालाले अवार्ड घोषणा कार्यक्रममा 'क्यान्सर कियर नेपाल' नामक गैह्र सरकारी संस्थालाई सहयोग गरिन्। उनले सोही दिन संस्थाका सदस्यहरु डाक्टर आचार्य र लक्ष्मी गुरुङलाई नगद रकम हस्तान्तरण गरेकी हुन्। कलाकारहरुको पातलो सहभागिता रहेको आलोचना बिच मनिषा भने कार्यक्रमको अन्त्यसम्म रहिन्। उनले कार्यक्रममा भनिन्,'मलाई थाहा छ क्यान्सर कति डर लाग्दो समस्या हो र झन् यसको उपचार महङ्गो पनि छ।…
काठमाडौः काठमाडौंको जोरपाटीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बा १ ज ९८०९ नम्बरको माइक्रोबसको ठक्करबाट भारत श्रीपुरका २७ वर्षीय रूपलाल साहको मृत्यु भएको हो। ठक्करबाट घाइते भएका साहको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत बौद्धले जानकारी दिएको छ। सडक पेटीमा फलफूल बेचिरहेका साहलाई तिव्रगतिमा आएको माइक्रोवसले ठक्कर दिएको थियो। बेक्रफेल भइ माइक्रोबस…
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले अफगानिस्तान र आयरल्याण्डलाई आइसीसीको फुल मेम्बर मान्यता दिएको छ। यससँगै अफगानिस्तान र आयरल्याण्ड क्रमश: ११औं र १२औं टेष्ट प्लेइङ नेशन समेत बनेका छन्। बिहिबार लण्डनमा भएको आइसीसीको एजिएममा आइसीसी बोर्ड उक्त निर्णयमा साइन गरेका हुन्। अफगानिस्तान र आयरल्याण्डको क्रिकेट बोर्डले आफ्नो स्ट्याटस बढाउनका लागि आइसीसीमा आवेदन दिएका थिए। र बिहिबारको भोटिङमा यी दुई राष्ट्रले बोर्डबाट…
कटारीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चोरलाई चौतारो र साधुलाई सुली नगर्न मतदातालाई अपील गरेका छन्। उदयपुरको कटारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसपटक माओवादी केन्द्रलाई जिताएर देशको समृद्धि र विकासको नेतृत्व गर्ने अवसर दिन आग्रह गरेका हुन्। प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्दै गर्दा देश टुक्रने त होइन भन्ने खतरा थियो । केपी ओली एउटा…
दाङ: यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो। दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिकस्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लागाउने निर्णय…
इस्लामाबाद: पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ। मङ्गलबार सेनाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्ने क्रममा पहिलो चरणअन्तर्गत बाजुर, मोहमन्द र खाइबर क्षेत्रमा बार लगाइने बताइएको छ। उक्त क्षेत्रबाट पाकिस्तान प्रवेश गरी पाकिस्तानमा सुरक्षा समस्या हुने गरेको इस्लामाबादको ठम्याई छ। सेनाले नयाँ किल्ला र…
काठमाडौँः आवेदन संकलन गरेको झण्डै एक वर्षपछि यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई दिने तयारी गरेको ट्याक्सी नम्बरको आजदेखि गोलाप्रथा गरेको छ। तर, गोलाप्रथा गरी नम्बर वितरण गर्ने अन्तिम समयमा काठमाडौँ महानगरपालिकाले भने काठमाडौँमा थप ट्याक्सी चलाउन नदिने निर्णय गरेको छ। विभागले आवेदकमध्येबाट तीन दिनसम्म गोलाप्रथा गरी १५ सय ट्याक्सी नम्बरको छिनोफानो गर्दैछ। बुधबार काभ्रे, नुवाकोट र रामेछापका लागि ४९१ ट्याक्सी नम्बरका…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका छन्। विश्व योग दिवसका अवसरमा आज आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताए। उनले भने “योग यस्तो प्राचीन विधि हो, जसले मानिसलाई कुलतबाट मुक्ति दिन्छ, आनन्द दिन्छ।…
अनिल कुम्बलेले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। भारतीय टिमका कप्तान विराट कोहलीसँगको मतभेदका कारण अनिलले राजीनामा दिएका हुन्। राजीनामा दिएको केही घण्टापछि नै कुम्बलेले भनेका छन्, 'एक दिन अगाडि बिसीसीआईले पहिलो पटक मलाई कप्तान विराट कोहलीले मेरो कोचिङ स्टाइल र मुख्य प्रशिक्षकप्रति फरक धारणा राखेको जानकारी गराएको थियो।' कुम्बलेको कोचिङ स्टाइलप्रति कोहलीको असहमति राख्दै आएको थिए। उनको…
काठमाडौँ: ४५ बर्षीय हरिमाया जिमीले २०५५ सालमा नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरुवात गरिन्। जनयुद्धको क्रममा २०५८ सालमा संखुवासभामा राज्य पक्षबाट उनका भाइ मारिए। त्यसपछि उनमा सरकारप्रति नै वितृष्णा पलायो। चटक्कै एमाले नीति र पार्टी नै छोडेर राज्यविरुद्ध लड्ने सङकल्पका साथ नेकपा माओवादीमा पुगिन्। स्थानीय तहको निर्वाचनमा अहिले उनी इटहरी उपमहानगरको मेयरमा माओवादी केन्द्रबाट भोट माग्दै घर दैलोमा छिन्।…
काठमाडौँ: आज विश्व योग दिवस । संयुक्त राष्ट्र संघले जुन २१ लाई योग दिवसको मान्यता दिएपछि हरेक वर्ष योग दिवस मनाउन लागिएको हो। नेपालमा पनि पछिल्ला वर्षहरुमा योग दिवस मनाउने गरिएको छ। बुधबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा योग दिवसको कार्यक्रममा सहभागी हुन खुलामञ्च पुगे। यस्तै, अन्य नेताहरुले पनि विभिन्न स्थानमा योगका आसन कला देखाउँदै योग दिवस मनाए।
काठमाडौं: गायक एवं संगीतकार शान्ति ठटाल पलेँटी श्रृंखलामा प्रस्तुत हुँदै छिन्। जुन महिनाको अन्तिम शुक्रवार/ असार १६ गते नेपालयको आयोजनाका हुँदै आएको पलेंटमा उनको प्रस्तुती रहने भएको हो। नेपालयको आर शालामा ठटालको प्रस्तुती सहितको पाँचौ पलेँटी हुनेछ। फिल्म ‘परालको आगो’र ‘बाँच्न चाहनेहरू’मा संगीत दिएर शान्ति ठटाल नेपाली भाषामा बनेका फिल्ममा संगीत भर्ने पहिलो महिलासंगीतकार बनेकी हुन्। उनले सिक्किमको सांस्कृतिक विभागमा…