रुपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई संस्थागत गर्न मेलमिलापको आवश्यकता रहेको बताएका छन्। नेपाली कागे्रस र नेकपा माओवादी केन्द्रले रुपन्देहीको देवदहमा आयोजना गरेका संयुक्त चुनावी सभालाई सम्वोधन गर्दै खाँणले मुलुकलाई शान्ति र स्थायीत्व दिनको लागि काग्रेस र माओवादी केन्द्रको गठबन्धन आवश्यक रहेको बताए। कांग्रेस नेता शंकर भण्डारीले यो गठबन्धनले नया उर्जा प्राप्त भएकाले यो सहमति…
काठमाडौं : एसियन क्लब प्रिमियर लिग एसिपिएलमा नेपाल स्ट्रोमले विजयी सुरुवात गरेको छ। नेपाली खेलाडी भुपेन्द्र थापाले अर्धशतक बनाएपछि नेपाल स्ट्रोमले बंगलादेशी टाइगर्सलाई बुधबार ७ विकेटले हरायो। १ सय ४९ रनको लक्ष्य नेपाल स्ट्रोमले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा भुपेन्द्रले नटआउट रहदै ५१ रन बनाए। नेपाल स्ट्रोमको यो पहिलो खेल हो भने बंगलादेश टाइगर्सको दोस्रो…
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएको सहभागिता उच्च प्रशंसनीय रहेको बताएका छन्। सूक्ष्म अनुगमनकर्ता अभिमुखीकरणको आज शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले उम्मेदवारी मनोनयन शान्तिपूर्ण र उत्साहजनक रुपमा भएकाले यसले निर्वाचनको माहौल बढाएको बताए। उनले निर्वाचनको अनुगमका लागि खटिने सूक्ष्म अनुगमनकर्तालाई निर्वाचन प्रचारप्रसारका क्रममा हुनसक्ने आचारसंहिता उल्लंघन र पैसाको चलखेलका गतिविधि रोक्न गहिरो…
अभिनेता रणबिर कपूरले बलिउडका स्टार मानिने सलमान खानको मजाक उडाएका छन्। तर यो मजाक रियल नभएर रिल जिन्दगीको हो। लामो समयको प्रोडक्शनको कामपछि प्रदर्शनको लागि तयार फिल्म 'जग्गा जासुस'मा कपूरले खानको नक्कले गरेका हुन्। फिल्मको 'गलती से मिस्टेक' बोलको गीतको भिडियोमा रणबिरले सलमानको सिग्नेचर पोज प्रस्तुत गरेका हुन्। गीतको भिडियोमा रणबिरले ६ प्याक्स देखाउन नक्कली ब्रैडको समेत प्रयोग गरेका छन्।…
चितवनः गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई जनताले टिप्पणी नगर्ने गरी पुनर्संरचना गरिने बताएका छन्। बुधवार चितवनको भरतपुरमा १७३ औं समूहको प्रहरी सहायक निरीक्षक (असई)को पास आउट समरोहलाई सम्वोधन गर्दै गृहमन्त्री शर्माले जनताको टिप्पणी नहुने प्रहरी संगठन निर्माणका लागी आफूले प्रयत्न गर्ने बताए। गृहमन्त्री शर्माले भने, ‘संघीय स्वरुप अनुरुप संगठनको पुनर्संरचना गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइनेछ।’ सिपाही वा प्रहरी महानिरीक्षक सबै…
काठमाडौं : राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यू डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई 'शेरबहादुर खड्का स्मृति खेलकुद अवार्ड' बाट सम्मानित भएका छन्। राष्ट्रिय टोलीकी प्रमुख स्पाईकर माली र रार्ईलाई बुधबार शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो। न्यू डायमण्ड अध्ययन गर्ने माली र राई गुरु चेली हुन्। घरेलु प्रतियोगितामा एकछत्र राज गर्दै आएकी प्रतिभाले माध्यमिक शिक्षा परीक्षा…
काठमाडौं: राजनीतिज्ञ रुपचन्द्र बिष्टको बायोपिक ‘रुदाने: बिद्रोहको नेपाली नाम’को फस्टलुक सार्वजनिक भएको छ। विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर फिल्म निर्माण युनिटले बुधबार फस्टलुक रिलिज गरेको हो। फिल्म प्रचारका लागि दुई पोस्टर बाहिर ल्याइएको छ। ति मध्य एकमा रुपचन्द्रको भुमिका निर्वाह गरेका अभिनेता दिव्यदेव अभियान प्रचार गर्दै गरेको अवस्थामा देखिएका छन्। अर्कोमा भने राजनीतिक अभिनयानको झल्को दिने अवस्थाको चित्रण…
काठमाडौं: नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिनेविरुद्ध कडा निर्णय लिएको छ। पहिलो चरणको स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिनेका कारण धेरे ठाउँमा हार्ने अवस्था आएको भन्दै अब कुनै निर्णय विना नै स्वतः सदस्यता खारेज हुने गरी निर्णय गरेको हो। ‘नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध पार्टीका कुनै सदस्यले वागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमा भित्र…
काठमाडौंः बहुचर्चित सुडान घोटला काण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेका दुई प्रहरी महानिरीक्षकसहित चार जनाले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्न सर्वोच्च अदालत पुगेका पूर्वआइजीपीद्वय ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वएआइजी दिपकसिंह थाङ्देन र पूर्वडिआइजी दीपक श्रेष्ठलाई सदरखोर डिल्लीबजारमा लगिएको छ। ‘उहाँहरु चारै जनाले आएर आत्मसमर्पण गर्नुभयो र कानुनन अनुसार कार्वाही अघि बढाउन आग्रह गर्नुभयो,’ महानगरीय प्रहरी आयुक्त डिआइजी बमबहादुर…
काठमाडौं : सिनियर राष्ट्रिय टोलीका प्रशिक्षक राजुकाजी शाक्यले एएफसी एसियन कप छनोटमा नेपालको यू-२३ टोलीको प्रशिक्षण सम्हाले भएका छन्। आगामी जुलाई १९ देखि २४ सम्म युएईको अल अइनमा हुने छनोटका लागि यसअघि मेघराज केसीको नाम प्रशिक्षकमा प्रस्ताव गरिएको थियो। तर जापानबाट इन्स्ट्रक्टर कोर्स गरेर फर्केपछि केसीले टोली हेर्न अस्वीकार गरेपछि राजुकाजी शाक्यले मेघराज केसीलाई प्रतिस्थापन गरेका हुन्। शाक्यकै प्रशिक्षणमा नेपालले…
ललितपुरः मंगलवार राति ललितपुरको सातदोवाटोमा ग्याङ्फाइट गर्ने युवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृतबाट खटिएको टोलीले ४ जना युवतीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ। ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोक नजिक काभ्रेकी १७ वर्षीया कोपिला गिरीलाई युवतीको समूहले छुरा प्रहार गरी घाइते बनाएको थियो। गिरीको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौं : एम सामाराक्कोडीले अलराउण्ड प्रशर्दन गरेपनि श्रीलंकन लायन्सले काठमाडौंमा जारी एसियन क्लब प्रिमियर लिग क्रिकेटमा पहिलो हार बेहोरेको छ। पहिलो खेलमा इन्डियन स्टारलाई ५३ रनले पराजित गरेको लायन्स बुधबार दुबई वारियर्सससँग २१ रनले पराजित भएको हो। कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको दुबई वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदे १ सय ८९ रन बनाएको थियो। वारियर्सका लागि इजाज…
काठमाडौं : साउन १३ गते प्रदर्शन हुने फिल्म 'रुद्र'को पहिलो गीत 'आइएम च्याङ्ग्वा' रिलिज भएको छ। पछिल्लो समय सार्वजनिक विभिन्न फिल्ममा प्रायः गीत भन्दा भिन्न परिवेश जोडिएको गीतमा अभिनेता निखिल उप्रेतीले संगीत भरेका छन्। गीतमा छ। तामाङ जातीमा प्रसिद्ध तामाङ सेलोले प्रेमभाव बोल्छ। गीतमा शब्द जगदिश्वर थापाको छ भने स्वर शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यको छ। उक्त गीतमा…
चन्द्र खनाल - रुपन्देही :हातेमालो गरिरहे झै लाग्ने दुई घरहरु छन्। गुल्मीको सदरमुकाम तम्घासको पुतली बजारमा जोडिएका वल्लो घरमा एमालेको झण्डा फर्रफराई रहेको छ भने पल्लो घरमा कांग्रेसको चारतारे झण्डा। त्यसभन्दा नजिकै जिल्ला पार्टी कार्यालय वरपर माओवार्दी केन्द्रको झण्डा त्यसैगरी फहराइरहेको छ। तीन पार्टीका झण्डाबीचमा एकै परिवारका जेठानी - देउरानी एउटै पदका लागि दुई अलग–अलग पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्। बिहान…
काठमाडौं: रिलिज भएको एक वर्षपछि एक करोड भ्युज बटुलेर युट्युबमा नेपाली संगीतको इतिहास बनायो गीत 'सुर्के थैली खै?' ले। मौलिक शब्द र संगीत प्रयोग गरिएको गीत नेपाली फिल्मको लागि नयाँ प्रयोग थियो। गीत यसरी चलिदियो कि 'वडा नं छ' निर्माण युनिटले आफ्नो नयाँ फिल्म 'छक्कापञ्जा'मा पनि उस्तै मौलिक गीतको प्रयोग गरे। गीत थियो 'पूर्व पश्चिम रेल'। उक्त गीत पनि स्रोताले…
राजविराज: राजविराज–रुपनी सडक खण्डअन्तर्गत सप्तरीको राजविराज रुपनीरोडमा आज यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सो दुर्घटनामा परी बसमा सवार सप्तरी नेगडा–३ बस्ने ३५ वर्षीय फूलकुमार यादव, सोही ठाउँका ५७ वर्षीय नथुनी यादव, मौवाहा बेल्ही–२ बस्ने अन्दाजी ५२ वर्षीय सहदेव यादव, सोही नगरपालिकाका २५ वर्षीय किरण झा, ६५ वर्षीय हरिनारायण यादव, ३७ वर्षीय सुदीप कापर, ३० वर्षीय…
अबुजा: नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बोर्ने प्रदेशमा आइतबार राति भएको आत्मघाती आक्रमणमा परी २० जनाभन्दा बढी मारिएका छन् । आक्रमणकारी पाँच जना महिलासहित १७ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। त्यस बाहेक अन्य चार जनाको अस्पताल लगेपछि उपचारको क्रममा सोमबार मृत्यु भएको राष्ट्रिय विपद व्यवस्थापन कार्यालयले जनाएको छ। घटनास्थल कोफा गाँउ बोर्नो…
रोल्पा: रोल्पाको एक गाउँपालिकामा सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच चुनावी तालमेल भएको छ । जिल्लाको माडी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र नेकपा एमालेले उपाध्यक्ष लिने गरी तालमेल गर्ने सहमति भएको हो। सहमतिपछि असार ४ गते नै उनीहरुले अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट गोपाल घर्तीमगरलाई र उपाध्यक्षमा एमालेका तर्फबाट प्रेम घर्तीमगरलाई उम्मेदवारी दर्ता गराएको बताइएको छ। उनीहरुले सो गाउँपालिकाका अन्य…
काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले आज चुनाव चिन्ह पाउँदैछन्। राजनीतिक दलका उम्मेदवारले दलीय चिन्ह पाउँनेछन्। आयोगले यसअघि तय गरेको पूर्वनिर्धारित कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ताको कार्यक्रम सम्पन्न भइसकेपछि चुनाव चिन्ह दिइनेछ। निर्वाचन आयोगको कार्यतालिका आज बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। असार १४ गते दोस्रो चरणमा ३३४ स्थानीय तहमा निर्वाचन हुँदैछ।…
काठमाडौँ: भरतपुर प्रकरणमा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय रोक्ने सर्वोच्चको अन्तरकालीन आदेश निरन्तरता हुने/नहुनेबारे आजदेखि बहस सुरु हुँदैछ। कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको इजलासमा मुद्दाको पेसी तोकिएको छ। पराजुलीसँगै न्यायाधीश हरिकृष्ण कार्कीलाई मुद्दामा सामेल गरिएको छ। मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएपछि सुरु भएको भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णयउपर सर्वोच्चमा रिट दर्ता भएको थियो । जेठ २२ गते सर्वोच्चको…